STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०८१ कार्तिक ४, आइतबार

    गुरुङको जग्गामा पार्टी भवन बन्नु गलत भन्दा रावलसहित ३ नेतालाई एमालेले सोध्यो स्पष्टीकरण

    काठमाडौं- नेकपा एमालेको सचिवालय बैठकले पार्टीको भवन निर्माणको विषयमा पार्टी निर्णयविरुद्ध उभिएको भन्दै तीन जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। सचिवालयको आइतबारको बैठकले पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। एमाले महासचिव शंकर पोखरेललले पार्टीको निर्णयविरुद्ध अभिव्यक्ति दिएकाले स्पष्टीकरण सोधिएको...

  • २०८१ कार्तिक ३, शनिबार

    माओवादी पार्टीहरूबीच छिट्टै एकता हुन्छ : अध्यक्ष दाहाल

      भरतपुर, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छरिएर रहेका माओवादी पार्टीहरूबीचको एकता प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने बताउनुभएको छ । चितवनको भरतपुर महानगरपालिका–१३ मा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरिएको जनसांस्कृतिक कार्यक्रममा उहाँले हिजो एउटै ‘स्कुलिङ’बाट आएका तर हाल विभक्त रहेका माओवादीहरू एकताबद्ध भएर जानुपर्नेमा...

  • २०८१ आश्विन १६, बुधबार

    प्रधानन्यायाधीशमा प्रकाशमान सिंहको नाम सर्वसम्मतिले अनुमोदन

    काठमाडौं- प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतको नाम सर्वसम्मतिले अनुमोदन भएको छ। बुधबार बसेको संसदीय सुनुवाइ समितिले उनको नाम सर्वसम्मतले अनुमोदन गरेको समिति सदस्य ईश्वरी घर्तीले जानकारी दिइन्। संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेका राउतको बुधबार दिउँसो संसदीय सुनुवाइ समितिमा सुनुवाइ सुरु भएको थियो। उनीविरूद्ध समितिमा ६ वटा उजुरी परेका थिए। समितिले...

  • २०८१ आश्विन १६, बुधबार

    वडाध्यक्षले हङकङबाट पठाउनुभयो राजीनामा

    फुङ्लिङ (ताप्लेजुङ), १६ असोजः विगत ११ महिनादेखि हङकङमा रहनुभएका सिरिजङ्घा गाउँपालिका–३ का वडाध्यक्ष दिलप्रसाद बोखिमले पदबाट राजीनामा दिनुभएको छ । वडाध्यक्ष बोखिमले गाउँपालिकाको अध्यक्षमार्फत ताप्लेजुङ जिल्ला निर्वाचन कार्यालयलाई सम्बोधन गर्दै उहाँले यही असोज १८ गतेदेखि लागू हुनेगरी राजीनामा दिनुभएको हो । विसं २०८० कात्तिक २४ गतेदेखि वडामा अनुपस्थित उहाँले जनताको सेवा गर्न नसकेकामा दुःख व्यक्त...

  • २०८१ आश्विन १५, मंगलबार

    छुटेपछि दुर्गा प्रसाईंले भने- अबको प्रधानमन्त्री मै हो

    काठमाडौं - जिल्ला अदालत काठमाडौंबाट एक लाख धरौटीमा छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले यस पटक प्रधानमन्त्री केपी शर्मा ओली पनि आफूसँग हारेको बताएका छन् । साइबर अपराधसम्बन्धी मुद्दामा मंगलबार एक लाख धरौटी बुझाएर प्रहरी हिरासतबाट रिहा भएका प्रसाईंले माइतीघर मण्डलमा समर्थकलाई सम्बोधनका क्रममा यस्तो बताएका हुन् । उनले आफूसँग एमालेले पहिले नै हारिसकेको अवस्थामा यस पटक प्रधानमन्त्री ओली पनि हारेको...

  • २०८१ आश्विन १४, सोमबार

    बाढी पहिरोमा परेका मृतकका परिवारलाई दुई लाख दिने

    काठमाडौँ - सरकारले बाढी पहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । आज (सोमबार) बसेको मन्त्रीपरिषद् बैठकले कार्यविधि अनुसार उक्त राहत रकम दिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।  साथै  प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (मंगलबार) चार बजे प्रेसमिट गरेर राहतको अरु प्याकेज घोषणा गर्ने पनि निर्णय भएको छ । यसका साथै बैठकले राहतकोषमा एक अर्ब रकम अर्थ...

  • २०८१ आश्विन १०, बिहिबार

    स्थानीय तह उपचुनावको तालिका सार्वजनिक

    काठमाडौं - निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनको कार्यातालिका सार्वजनिक गरेको छ । आयोगले बिहीबार सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार मंसिर २ गते उम्मेदवारी दर्ताको मिति तय गरिएको छ । मंसिर २ मा बिहान १० देखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तोकिएको आयोगका सहसचिव एवम प्रवक्ता नारायण सापकोटाले जानकारी दिए । उनका अनुसार त्यसै दिन साँझ ५ बजेदेखि...

  • २०८१ आश्विन १०, बिहिबार

    देशव्यापी रूपमा पार्टीप्रति जनआकर्षण बढ्यो :अध्यक्ष दाहाल

      काठमाडौँ, ले सरकारमा रहँदा सुशासन र भ्रष्टाचारविरुद्ध कडा कदम चालेका कारण देशव्यापी रुपमा पार्टीप्रति जनआकर्षण बढेको दाबी गर्नुभएको छ । पार्टी सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को आजदेखि सुरु भएको २३औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले पार्टीप्रति बढेको आकर्षणलाई संस्थागत गर्दै आगामी निर्वाचनमा पहिलो पार्टी बन्नेगरी लाग्नुपर्ने बताउनुभयो । सरकारको...

  • २०८१ आश्विन ६, आइतबार

    प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेट

    न्युयोर्क (अमेरिका)- प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच स्थानीय समयअनुसार शनिबार साँझ राष्ट्रसङ्घ भवनमा भेटवार्ता भएको हो ।  भेटवार्तमा के कुराकानी भयो भन्ने खुलाइएको छैन । शनिबार न्यूयोर्क...

  • २०८१ आश्विन ५, शनिबार

    सुशासनको पक्षमा लाग्दा सरकारबाट हटाइयो ः अध्यक्ष दाहाल

    काठमाडौँ, ५ असोज स् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा रहेका व्यक्तिहरूले गलत कदम चाल्दा वर्तमान सरकार सुरुआतमै असफल भएको टिप्पणी गर्नुभएको छ । माओवादी केन्द्र चितवन–काठमाडौँ सम्पर्क समन्वय समितिको आठौँ भेलालाई आज काठमाडौँमा सम्बोधन गर्दै उहाँले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक र उपसभामुखलाई हटाउन खोज्नेलगायत गलत कदमका कारण सरकार सुरुआतकै चरणमा असफल...

  • २०८१ आश्विन ४, शुक्रबार

    गोर्खा मिडियाका सञ्चालकहरूले सहकारीको रकम अपचलन गरेको पुष्टि

    काठमाडौं- सहकारी संस्थाहरूको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिले गोर्खा मिडियाका सञ्चालकहरूले सहकारी संस्थाहरूको रकम अपचलन गरेको पुष्टि गरेको छ। समितिले सार्वजनिक गरेको प्रतिवेदनमा खर्चको विश्लेषण गर्दा कम्पनीलाई घाटा हुँदाहुँदै सञ्चालकहरूले अत्यधिक रूपमा लगेको तलब रहेको उल्लेख छ। गोर्खा मिडिया नेटवर्क प्रालि असफल हुनुको प्रमुख कारण ठूलो लगानी, अत्यधिक खर्च तर न्यून आय रहेको...

  • २०८१ आश्विन ४, शुक्रबार

    नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः अध्यक्ष दाहाल

    काठमाडौँ, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको बताउनुभएको छ । जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानको ज्ञापनपत्र बुझ्दै उहाँले टकरावयुक्त बन्दै गएको विश्व राजनीतिको चपेटाबाट नेपाललाई जोगाउँदै राष्ट्रिय स्वाधीनता कायम गर्न शान्ति क्षेत्रको प्रस्ताव अघि बढाउने बेला आएको छ भन्नुभयो ।अध्यक्ष दाहालले अब शान्ति...

Pages