राजनीति
-
२०७८ जेठ ११, मंगलबार
ओली सरकारलाई बढारेर कानूनी राज स्थापना गर्न नेपालको आह्वान
काठमाडौं - पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूसहित ११ नेतालाई नेकपा एमालेबाट निष्काशन गर्ने निर्णय अर्थहीन भएको टिप्पणी गरेका छन् । नेपालले आफूहरुमाथिको निष्कासनको कारवाही औचित्यहीन,अनाधिकारिक र अर्थहीन रहेको भन्दै ओली सरकारलाई बढारेर मुलुकमा कानूनी राज स्थापना गर्न आह्वान समेत गरेका छन् । यस्तै उनले राजनीतिक तथा सडक आन्दोलनबाट प्रतिगामी ओली सरकारलाई बढार्दै मुलुकमा कानूनको राज स्थापना गर्ने...
-
२०७८ जेठ ११, मंगलबार
निष्काशन गुट कारबाही मात्र : एमाले निष्काशित नेता
नेकपा एमालेको साधारण सदस्यबाट निष्कासित नेताहरूले स्थायी कमिटीको निर्णयलाई गुटको कारबाहीको संज्ञा दिएका छन् । उनीहरूले पार्टीलाई विग्रहको दिशामा धकेल्ने मनसाय राखेका ओलीले हाल त्यसको पुष्टि गरेको आरोप समेत लगाएका छन् । नेकपा एमालेको साधारण सदस्यबाट निष्कासित नेताहरूले स्थायी कमिटीको निर्णयलाई गुटको कारबाहीको संज्ञा दिएका छन् । उनीहरूले पार्टीलाई विग्रहको दिशामा धकेल्ने मनसाय राखेका ओलीले हाल...
-
२०७८ जेठ १०, सोमबार
माधव नेपाल र झलनाथ खनाल एमालेबाट निष्काशित
नेकपा एमालेले झलनाथ खनाल र माधवकुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ । सोमबार बालुवाटारमा बसेको स्थायी समिति बैठकले नेपाल र खनालसहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको हो। बैठकले भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई पार्टी सदस्य नै नरहने गरी...
-
२०७८ जेठ १०, सोमबार
संसद् विघटनविरुद्ध सर्वोच्चमा रिट दायर
प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । प्रधानमन्त्रीमा विपक्षी गठबन्धनका शेरबहादुर देउवालाई नियुक्ति गर्न, चुनाव गराउने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न, चुनावी कार्यक्रम रोक्न र संविधानले तोकेकै मितिमा बजेट ल्याउन प्रतिनिधिसभा बैठक आह्वानको प्रबन्ध गर्नुपर्ने मागसहित विपक्षी गठबन्धनले सोमबार सर्वोच्चमा रिट दायर गरेको हो । रिटमा १ सय ४६ सांसदको...
-
२०७८ जेठ १०, सोमबार
विघटनविरुद्धको रिट निवेदनमा नेपाल पक्षका २३ सांसदको हस्ताक्षर
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने दाबी गर्दै सर्वोच्चमा रिट निवेदन दर्ताका लागि नेकपा एमालेका २३ जना सांसदले हस्ताक्षर गरेका छन् । २३ जना सांसदको हस्ताक्षरसहित आफूहरू सर्वोच्च अदालतमा आइपुगेको र हस्ताक्षर गर्ने एमालेका सांसद अझै थपिने खनाल–नेपाल समूहका नेता जीवनराम श्रेष्ठले बताए । देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने पक्षमा झलनाथ खनाल,...
-
२०७८ जेठ १०, सोमबार
हामी चुनावका पक्षमा छौँः राप्रपा
काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले सर्वदलीय सहमतिका आधारमा चुनाव निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने सुनिश्चित गर्न सरकारसंँग माग गरेको छ ।जनअभिमत र शक्तिबाट अहिले देखिएका कमजोरी र विकृतिको समाधान खोज्न सकिने जनाउँदै राप्रपाले सोही विश्वासका साथ पार्टी चुनावको पक्षमा रहेको बताएको छ । राप्रपा केन्द्रीय सचिवालय कार्यव्यवस्था समिति बैठकद्वारा पारित प्रस्तावमा भनिएको...
-
२०७८ जेठ ९, आइतबार
राष्ट्रपतिबाट नागरिकतासम्बन्धी अध्यादेश जारी
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गरेकी छन् । जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको हो । सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
-
२०७८ जेठ ९, आइतबार
राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीरमा गोबर छ्याप्ने एकजना पक्राउ
काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरमा गोबर छ्याप्दै प्रदर्शन गरेका एकजनालाई काठमाडौं प्रहरी परिसरले जनाएको छ । संसद विघटनको विरोधमा प्रदर्शनमा गोबर छ्याप्ने नेपाल विद्यार्थी संघका एकजना नेता पक्राउ परेका गरेका हुन् । मध्यबानेश्वरको पिपलबोटबाट नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई हाल महानगरीय प्रहरी वृत्त,...
-
२०७८ जेठ ९, आइतबार
विपक्षी गठबन्धनले सर्वोच्चमा सामूहिक रुपमा रिट दर्ता गर्दै
काठमाडौँ - प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनले आज सर्वोच्चमा सामूहिक रुपमा रिट दर्ता गर्दैछन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनको निर्णय असंवैधानिक भएको र नयाँ सरकार बन्ने सम्भावना हुँदाहुँदै मनपरी निर्णय गरेको भन्दै सकभर एक सय ४९ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा रिट दर्ताको तयारी गरिएको विपक्षी गठबन्धनले जनाएको छ । रिट दर्ताको लागि अहिले दलहरु आन्तरिक...
-
२०७८ जेठ ९, आइतबार
ओलीलाई साथ दिने जसपाका सांसदहरुमाथि कारबाही निर्णय
जसपाको कार्यकारिणी समितिको बैठकले राजेन्द्र महतोका संसदीय दलको नेताको पद खारेज गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई साथ दिने सांसदहरुलाई कारवाही गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवका अध्यक्ष उपेन्द्र यादवका अध्यक्षतामा शनिवार साँझ बसेको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको जनाइएको छ । पार्टीको विधानविपरीत फर्जी तरिकाले अध्यक्ष महन्थ ठाकुरले महतोलाई संसदीय दलमा...
-
२०७८ जेठ ८, शनिबार
प्रतिनिधिसभा विघटन कपटपूर्ण, जालसाजी र धोका : सर्वोच्च अदालत बार
सर्वोच्च अदालत बार एशोसिएशनले प्रतिनिधिसभा विघटनलाई संविधानमाथिको कपटपूर्ण, जालसाजी र धोका भनेको छ । शुक्रबार राति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गर्दै निर्वाचनको मिति घोषणापछि सर्वोच्च बारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै यो कदमलाई संविधानमाथिको कपटपूर्ण जालसाजी भनेको हो । 'प्रधानमन्त्री तथा राष्ट्रपतिको मिलोमतोमा भएको स्पष्ट देखिने गरी धारा ७६ को उपधारा ७ बमोजिम...
-
२०७८ जेठ ८, शनिबार
संसद विघटनविरुद्ध विपक्षी गठबन्धन अदालत जाने
काठमाडौं - विपक्षी गठबन्धनमा रहेका दलहरूले मध्यरातमा भएको संसद विघटनविरुद्ध अदालत जाने भएका छन् । नयाँ बानेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकले प्रतिनिधि सभा विघटनविरूद्ध सडक र अदालतमा लडाइँ लड्ने निर्णय गरेको हो । संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा कांग्रेस सभापति शेरवहादुर देउवा, माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव,...


