STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७८ जेठ ५, बुधबार

    प्रधानमन्त्रीबाट आचारसंहिता उल्लंघन : माैन अवधिमा मागे बादलकाे लागि भोट

    प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आचारसंहिताको मौन अवधिलाई चुनौती दिँदै राष्ट्रियसभा सदस्यको निर्वाचनमा रामबहादुर थापा बादललाई भोट नहाले क्षम्य नहुने चेतावनी दिएका छन् । ६ जेठमा हुने निर्वाचनका लागि निर्वाचन आयोगले ३  जेठदेखि मौन अवधि लागू गरेको थियो । यो अवधिमा चुनावी प्रचार प्रसार तथा भोट माग्ने क्रियाकलाप निषेधित हुन्छ । आयोगले मौन अवधिको सूचना प्रकाशित गर्दै भनेको थियो, ‘मौन अवधिमा एस....

  • २०७८ जेठ ५, बुधबार

    बादललाई मत दिन राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा ह्वीप जारी

    काठमाडौँ । भोलि जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रहेका गृहमन्त्री रामबहादुर थापा बादललाई राष्ट्रिय प्रजातन्त्र पार्टीले मत दिन ह्वीप जारी गरेको छ। बादललाई मत दिन नेकपा एमालेबाट पार्टीलाई औपचारिक पत्र प्राप्त भएकोले मत दिनेबारे निर्णय भएको हो। बागमती प्रदेशमा २०७४ सालमा भएको निर्वाचनमा बादल नेकपा माओवादी केन्द्रबाट बिजयी भएका थिए। एमाले प्रवेशसँगै उनलाई...

  • २०७८ जेठ ४, मंगलबार

    आन्तरिक सहमतिपछि जसपाले बोलायो केन्द्रीय समितिको बैठक

    काठमाडौं - फुटको संघारमा पुगेको जनता समाजवादी पार्टीले आन्तरिक सहमतिपछि केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । देशको वर्तमान परिस्थितिमा विभिन्न विषयमा विचार–विमर्श गरी निष्कर्षमा पुग्नुपर्ने भएको हुँदा बैठक राखिएको अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ । जेठ ८ र ९ गते पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा बैठक बस्न लागेको हो। बैठक बिहान ११...

  • २०७८ जेठ ४, मंगलबार

    प्रधानमन्त्रीको शपथविरुद्धको रिटमा १५ दिनभित्र लिखित जवाफ माग

    काठमाडौं - सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीको शपथ विरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अदालतले यस प्रकरणमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । सोमबार रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री ओलीसहितका विपक्षीसँग लिखित जवाफ माग गरेको छ ।

  • २०७८ जेठ ४, मंगलबार

    ओलीको 'त्याे पर्दैन' शपथ वैध वा अवैध : आज सुनुवाइ हुँदै

    प्रधानमन्त्री केपी ओलीले लिएको शपथ अवैध भएको दाबी गर्दै सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुने भएको छ । सपथका क्रममा राष्ट्रपतिले वाचन गरेका वाक्यांश प्रधानमन्त्रीले दुरुस्तै उतार्नुपर्नेमा फेरबदल गरेकाले उक्त शपथ बदर गरी पुनः शपथ नखाउञ्जेल ओलीलाई प्रधानमन्त्रीको हैसियतमा काम गर्न नदिन रिटमा माग गरिएको छ । ओलीले आफ्नाे शपथमा 'प्रतीज्ञा गर्दछु...' भन्ने शब्द नभनेका र त्याे दाेहाेर्याउन...

  • २०७८ जेठ ४, मंगलबार

    पेट्रोलियम पदार्थको मृल्यवृद्धिमा नेविसंघको विराेध

    नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरोध गरेको छ। नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले कोरोना महामारीले जनजीवन कष्टकर बनाइरहेको अवस्थामा सरकार भने महँगी बढाउन तल्लीन रहेको आरोप लगाउँदै विरोध जनाएका हुन्। रोजगार, आय–आम्दानी र अवसर गुमेको स्थितिले आफू र आफ्नालाई बचाउने कसरी भन्ने संकटपुर्ण अवस्थामा पनि अनेक बाहानामा सरकार जनताको ढाड सेक्न तल्लीन छ, महामन्त्री...

  • २०७८ जेठ ३, सोमबार

    कर्णाली प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, ६ सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन

    कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका सिफारिशमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेका हुन् । प्रदेश प्रमुख कलौनीले मुख्यमन्त्री शाहीका नेतृत्वमा ६ सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन  गरेका छन् । नन्दसिंह बुढालाई उद्योग, पर्यटन, वन तथा वातावरण, अम्मरबहादुर थापालाई भौतिक पूर्वाधार तथा शहरी...

  • २०७८ जेठ २, आइतबार

    प्रधानमन्त्रीको शपथ दोहोर्‍याउन माग गर्दै सर्वोच्चमा रिट

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शपथ गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले ओलीले वैशाख ३१ गते लिएको प्रधानमन्त्रीको शपथ त्रुटीपूर्ण रहेको भन्दै रिट हालेका हुन् । शपथ कानुनविपरीत भएकाले संविधानको धारा–८० अनुसार शपथ बदर गरेर दोस्रोपटक शपथ गराउनसमेत निवेदकले माग गरेका छन् । यद्यपी, रिट भने दर्ता...

  • २०७८ जेठ २, आइतबार

    जसपाका अध्यक्षद्वयबीच छलफल हुँदै

    राजनीतिक मतभिन्नताका कारण पार्टी विभाजनको डिलमा पुगेपछि जनता समाजवादी पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच छलफल हुने भएको छ । उनीहरूबीच दिउँसो १ बजेपछि छलफल भइरहेकाे छ । बहुमतको सरकार गठन प्रकरणबाट राजनीतिक मतभिन्नता देखा परेको जनता समाजवादी पार्टी विभाजनको डिलमा पुगेको छ । बहुमतको आडमा राजेन्द्र महतोलाई संसदीय दलको नेतामा चयन गरेपछि पार्टीभित्र विवाद थप चर्किएको  छ ।   उपेन्द्र...

  • २०७८ जेठ २, आइतबार

    ओली र नेपालबीच ‘वान अन वान’ वार्ता

    प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री ओली र नेता नेपालबीच ‘वान अन वान’ वार्ता जारी छ । अध्यक्ष ओली र नेपालबीच पार्टीभित्रको विवाद समाधानको प्रयासस्वरुप छलफल भइरहेको छ । यसअघि पार्टीभित्रको विवाद समाधान गर्ने विषयमा अध्यक्ष ओली र नेता नेपाल पक्षधर नेताहरूबीच शुक्रबार पनि छलफल भएको...

  • २०७८ जेठ २, आइतबार

    निर्देशिका मिचेर राजदूत सिफारिस

    काठमाडौँ - सरकारले आफैंले जारी गरेको निर्देशिकाको खिल्ली उडाउँदै विभिन्न देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । सरकारले ११ देशमा राजदूत सिफारिस गरेको छ। जसमा परराष्ट्र सेवाबाट दुईजना छन्। अन्य नौ देशका लागि राजनीतिक आस्था र नेताहरूको निकटता आधारमा सिफारिस गरिएको छ । केपी शर्मा ओली नेतृत्वकै सरकारले जारी गरेको राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ मा परराष्ट्र सेवाबाट कम्तीमा ५० प्रतिशत...

  • २०७८ जेठ २, आइतबार

    राजदूतलाई कोरोनाविरुद्ध सहयोग जुटाउन निर्देशन

    काठमाडौं - सरकारले विभिन्न देशमा कार्यरत नेपाली राजदूतलाई कोरोना विरुद्धको खोप, औषधि र अरु स्वास्थ्य सामग्री सहयोगस्वरुप जुटाउने प्रयासमा लाग्न निर्देशन दिएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले १३ देशका नेपाली राजदूतसँगको भर्चुअल अर्थात अप्रत्यक्ष बैठकमा खोप, अक्सिजन, औषधि र अरु स्वास्थ्य सामग्री अन्तर्राष्ट्रिय सहायतास्वरुप नेपालका निम्ति जुटाउन निर्देशन दिएको परराष्ट्र मन्त्रालयले...

Pages