STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०८१ भाद्र ७, शुक्रबार

    पार्टीप्रतिको असन्तुष्टि सामाजिक सञ्जालमा व्यक्त नगर्न निर्देशन

    काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०ले आफ्ना नेताहरूलाई पार्टीप्रतिको असन्तुष्टि सामाजिक सञ्जालमा व्यक्त  नगर्न निर्देशन दिएको छ ।पार्टीका महासचिव घनश्याम भुसालले आज एक विज्ञप्ति जारी गर्दै पार्टीसम्बद्ध कुनै पनि नेताले अबदेखि सामाजिक सञ्जालमा पार्टी, कमिटी र अरु नेताहरूका बारेमा कुनै पनि नकारात्मक कुरा नलेख्न, शेयर नगर्न  निर्देशन दिनुभएको हो ।पछिल्लो समय पार्टीका जिम्मेवार...

  • २०८१ भाद्र ६, बिहिबार

    परराष्ट्रमन्त्री एवं देउवापत्नी राणाविरुद्ध अख्तियारमा उजुरी

    काठमाडौं - परराष्ट्रमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा.आरजु राणा देउवाविरुद्ध युवराज सफलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका छन् ।  आज (बिहीबार) सफलले राष्ट्रमन्त्री राणा प्रमाणित हुने गरी नक्कली भुटानी शरणार्थी प्रकरण र टीकापुर जग्गा अनियमिततामा जोडिएको दाबीसहित उजुरी दर्ता गराएका हुन् ।  राणाले आफूमाथि लाग्दै आएको आरोपमा अदालतबाट सफाइ नपाउँदासम्म नैतिक...

  • २०८१ भाद्र ३, सोमबार

    आरजु राणाले भेटिन् भारतीय प्रधानमन्त्री मोदी

    काठमाडौँ - परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा लिएको बताएकी छन् । सोमबार साँझ नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको शिष्टाचार भेटवार्तापछि परराष्ट्रमन्त्री राणाले सो कुरा बताएकी हुन् । प्रधानमन्त्री मोदीसँगको भेटवार्ताका सम्बन्धमा सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेकी छन् : ‘नेपालको परराष्ट्रमन्त्रीका रुपमा मेरो यो...

  • २०८१ भाद्र २, आइतबार

    जनतामा जानुको विकल्प छैन : अध्यक्ष दाहाल

      काठमाडौँ,नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका मुद्दालाई रक्षा गर्न सडक र सदनबाट प्रभावकारी कदम चालिने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादीका पूर्वकेन्द्रीय सदस्य एवं सहिद रामवृक्ष यादवको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले आफूलाई जनता र वर्गप्रति फर्कने अवसर प्राप्त भएको बताउनुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष...

  • २०८१ श्रावण ३१, बिहिबार

    जनार्दनले पार्टी फुटाउने र एमालेमा प्रवेश गर्ने हल्ला निराधार : प्रचण्ड

    काठमाडौं -  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपमहासचिव जनार्दन शर्मा प्रभाकरले पार्टी फुटाउने र एमालेमा प्रवेश गर्ने हल्ला निराधार भएको प्रष्ट पारेका छन् ।  उनले भने, ‘पछिल्ला दिनमा पार्टी फुट्छ भन्ने भ्रम पनि चिरिएको छ । प्रभाकरले पार्टी फुटाउँछन् र एमालेमा प्रवेश गर्छन् भन्ने माहोल बनेको छ, त्यो गलत हो । नेतृत्वमाथि उठाइएको प्रश्न हल भइसक्यो ।’ पार्टी केन्द्रीय...

  • २०८१ श्रावण ३०, बुधबार

    टीआरसी विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

      काठमाडौं - प्रतिनिधिसभााबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) बहुमतले पारित भएको छ। बुधबार दिनभर छलफलपछि प्रतिनिधिसभाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक,२०८१ (टीआरसी) पारित गरेको हो। बैठकमा कानुन,न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरासीयाले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्तावमाथि छलफल...

  • २०८१ श्रावण १७, बिहिबार

    मेयर्स फोरमले भेटे उपप्रधानमन्त्री सिंह

    काठमाडौं- उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बागमती नदी प्रणाली, स्मार्ट सिटी, फोहोरमैला व्यवस्थापनलगायको क्षेत्रमा छिट्टै नतिजा देखिने गरि मन्त्रालयले काम गरिरहेको बताएका छन्। बिहीबार काठमाडौं उपत्यका मेयर्स फोरमसँगको भेटमा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्। मेयर्स फोरमले उपप्रधानमन्त्री सिंहलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिँदै स्मार्ट सिटी, सडक बत्तिको महसुल...

  • २०८१ श्रावण १५, मंगलबार

    आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    काठमाडौं- नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा एक्लै लड्नेगरी तयारी गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मङ्गलबारको बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। ‘आगामी निर्वाचनमा एक्लै चुनाव लड्नेगरी तयारी गर्नुपर्छ। जसले गर्दा हाम्रा विचार, राजनीतिक कार्यदिशा, दृष्टिकोण जनतामा सोझै पुग्न सकियोस्। यो जनतामा जाने सुवर्ण...

  • २०८१ श्रावण १५, मंगलबार

    दुई वर्ष पुग्नु एक साताअघि राजीनामा दिन्छु : प्रधानमन्त्री ओली

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कार्यशैली सन्तोषजनक नभएकाले समीकरण परिवर्तन गर्नुपरेको बताएका छन् । मंगलबार नेपाल सरकार संघीय मन्त्रालयका सचिवको बैठकलाई सम्बोधन गर्दै ओलीले राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनमा असाधारण योगदान गरेर प्रमुख स्थान प्राप्त गरेका पार्टी अहिले सरकारमा रहेका स्मरण गराए । कांग्रेस एमाले अहिले आएर मात्र प्रमुख पार्टी भएका नभई इतिहास बोकेका र सामर्थ्य भएका...

  • २०८१ श्रावण १४, सोमबार

    अस्वीकृत हुने भएपछि प्रधानले लिए नाम फिर्ता

    काठमाडौं - निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानले नाम फिर्ताका लागि निवेदन दिएका छन् । संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने लगभग निश्चित भएपछि प्रधानले आफ्नो नाम फिर्ताका लागि संसदीय सुनुवाइ समितिको सचिवालयमा निवेदन दिएको बुझिएको छ । संवैधानिक परिषद्ले निर्वाचन आयुक्तमा सिफारिस गरेका प्रधानका विरुद्ध संसदीय सुनुवाइ समितिमा यौन हिंसा र दुर्वव्यवहारको उजुरी परेको थियो।...

  • २०८१ श्रावण १४, सोमबार

    १८ देशमा नयाँ राजदूत सिफारिस

    काठमाडौं- मन्त्रिपरिषद् बैठकले १८ देशमा राजदूत सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले  राजदूत नियुक्ति सिफारिसको निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। उनका अनुसार भारतका लागि नेपाली राजदूतमा भने शंकर शर्मालाई नै निरन्तरता दिइएको छ। पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई अमेरिका, पूर्वसचिव चन्द्र घिमिरेलाई बेलायतको लागि राजदूत सिफारिस गरिएको छ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...

  • २०८१ श्रावण १३, आइतबार

    डा.मुकुल ढकालद्वारा निर्वाचन आयोगमा निवेदन

       डा.मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को महामन्त्री एवं प्रवक्ता र केन्द्रीय सदस्यबाट आफुलाई पदमुक्त गरिनु अवैधानिक भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । उहाँले आज आयोगमा निवेदन दर्ता गराउनुभएको हो । आयोगका सूचना अधिकारी सुमन घिमिरेले डा ढकालको निवेदन आयोगमा दर्ता भएको जानकारी दिनुभयो । डा ढकालले पार्टीले आफूलाई पदमुक्त गर्ने निर्णय अवैधानिक भएको र रास्वपाका कुनै...

Pages