STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०८१ आषाढ २८, शुक्रबार

    ढल्यो प्रचण्ड नेतृत्वको सरकार

    काठमाडौँ - प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार ढलेको छ । प्रतिनिधिसभाबाट विश्वासको मत नपाएसँगै शुक्रबार प्रचण्ड नेतृत्वको सरकार ढलेको हो ।  असार १७ मा कांग्रेस र एमालेबिच नयाँ समीकरण बनेसँगै एमाले सरकारबाट बाहिरिएको थियो । त्यसपछि अल्पमतमा परेका प्रचण्डले एकै कार्यकालमा शुक्रबार पाँचौँ पटक विश्वासको मत लिएका हुन् । तर, चार पटक विश्वासको मत पाउन सफल प्रधानमन्त्री यो पटक असफल बनेसँगै १८ महिना...

  • २०८१ आषाढ २६, बुधबार

    विश्वासको मत लिन रणनीति बनाउँदै प्रधानमन्त्री

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिनुअघि सत्ता साझेदार दलहरूसँग झलफल गरेका छन्। प्रधानमन्त्री दाहालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवसँग छलफल गरेका हुन्। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुअघि आगामी रणनीति तय गर्न उनीहरूसँग छलफल गरेका हुन्। उनीहरूबीच...

  • २०८१ आषाढ २६, बुधबार

    सहकारी र पासपोर्ट प्रकरणमा रवि लामिछानेमाथि छानबिन गरिनुपर्छ : मुकुल ढकाल

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मुकुल ढकालले सभापति रवि लामिछानेमाथि स्वतन्त्र छानबिन गर्न माग गरेका छन्। सर्वोच्च अदालतले समेत सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथि छानबिन हुनुपर्ने आदेश सुनाएको भन्दै महामन्त्री ढकालले पार्टीले पनि स्वतन्त्र छानबिन गर्नुपर्ने बताए। 'सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथि छानबिन गर्नुपर्छ भन्ने कुरामा सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा...

  • २०८१ आषाढ २५, मंगलबार

    राजीनामा दिन जम्कट्टेललाई एमालेको आग्रह

    नेकपा एमालेले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न अनुरोध गरेको छ।  सोमबार प्रदेश सरकारबाट बाहिरिएको एमालेले विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएर सहमतिको सरकार निर्माणमा साथ दिन अनुरोध गरेको हो। मंगलबार एमाले संसदीय दलका नेता एवम् बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले विज्ञप्ति जारी गर्दै काम चलाऊ...

  • २०८१ आषाढ २५, मंगलबार

    रास्वपाले महामन्त्रीबाट ढकाललाई हटायो

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी महामन्त्री मुकुल ढकाललाई पदबाट हटाएको छ । पार्टी केन्द्रीय समितिको आजको बैठकले पार्टी अनुशासन समितिको सिफारिसमा पार्टी केन्द्रीय सदस्य, प्रवक्ता र महामन्त्री पदबाट उहाँलाई हटाएको हो । उहाँलाई सर्वसम्मतिबाट पदमुक्त गरिएका कार्यवाहक प्रवक्ता मनिष झाले राससलाई बताउनुभयो । उहाँको साधारण सदस्यता मात्र कायम गरिएको छ । पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री...

  • २०८१ आषाढ २४, सोमबार

    ३ मापदण्ड पुगे एमालेको मन्त्री ओलीले छान्ने

    काठमाडौँ - कांग्रेस, एमालेसहितको समीकरण अन्तर्गत एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार निर्माणको तयारीसँगै एमालेबाट मन्त्री बन्नेहरूको न्यूनतम तीन वटा आधारसहितको मापदण्ड बनाउने भएको छ । त्यसका लागि एमालेले मंगलबार बस्ने केन्द्रीय सचिवालय बैठकमा व्यापक छलफल गर्ने एमाले नेताहरूले बताएका छन् । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले मंगलबार दिउँसो बस्ने सचिवालय बैठकमा मुख्यगरी तीन...

  • २०८१ आषाढ २४, सोमबार

    संसद‍्मा साङ्गीतिक झटारो

    काठमाडौँ- नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिच यही असार १७ गते नयाँ सहमति भएपछि राष्ट्रिय सरकार निर्माण गर्ने तयारीसँगै मुलुकको राजनीति तरङ्गीत बनेको छ । उक्त सहमतिलगत्तै सत्तासाझेदार एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षी बेञ्चमा बसेको छ । एमालेले आफ्ना मन्त्रीहरूको राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार जाँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

  • २०८१ आषाढ २३, आइतबार

    प्रधानमन्त्रीको राजीनामालाई लिएर सदनमा सत्ता र प्रतिपक्षबीच तर्कवितर्क

      प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सत्ता पक्ष र प्रतिपक्षका सांसदबीच सरकारमा सहभागी ठुलो दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल राजीनामा दिनुपर्ने वा संविधानको व्यवस्थाअअनुसार तीस दिनभित्र विश्वासको मत लिनुपर्ने भन्नेमा तर्कवितर्क भएको छ । बैठकमा विपक्षी बेञ्चमा रहेका नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसदहरुले वर्तमान सरकार अल्पमतमा...

  • २०८१ आषाढ २०, बिहिबार

    सुदूरपश्चिम र लुम्बिनी सरकारबाट बाहिरियो एमाले

    काठमाडौं - सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। सुदूरपश्चिममा एमालेका तर्फबाट प्रदेश सरकारका सहभागी मन्त्रीहरुले बिहीबार बेलुकी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर राजीनामा बुझाएका हुन्। यद्यपि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को महाधिवेशनका लागि काठमाडौंमै रहेका बेला उनको सचिवालयमा मन्त्रीहरुले...

  • २०८१ आषाढ २०, बिहिबार

    रास्वपा तरंगित बनाउने मुकुल ढकाल प्रतिवेदन

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकाल आफ्नो प्रतिवेदनका कारण पार्टीबाट निलम्बित हुनुपर्‍यो। उनले गत जेठ ६ देखि असार ५ गतेसम्म ३८ जिल्ला पुगेर 'समीक्षा यात्रा- फोक्सुन्डो' प्रतिवेदन तयार पारेका थिए। उक्त प्रतिवेदनमा उनले नेतृत्वमाथि चर्को आलोचना गरेका छन्। सभापति रवि लामिछानेलगायत नेतृत्वको आलोचना गरेकै कारण आफू ह्यारेसमेन्टसम्म हुनुपरेको महामन्त्री मुकुलको भनाइ छ...

  • २०८१ आषाढ २०, बिहिबार

    गृहमन्त्री लामिछानेको राजीनामाबारे दुई न्यायाधीशको फरक मत

    काडमाडौं - गृहमन्त्री रवि लामिछानेको मुद्दामा दुई न्यायाधीशको राय बाझिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको फरक-फरक राय आएपछि अन्तिम सुनुवाई हुन नसकेको हो। न्यायाधीश मल्लले सहकारी ठगीजस्तो मुद्दामा पीडितको न्यायको हक, कानुनको सर्वोच्चता, मानव अधिकारको मूल्य मान्यता र दण्डहीनताको अवस्थाप्रति अदालत सधैं गम्भिर रहेको उल्लेख गर्दै आफ्ना मातहतका अनुसन्धान गर्ने...

  • २०८१ आषाढ २०, बिहिबार

    मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ - राजीनामा दिँदैन, ३० दिनभित्र विश्वासको मत लिने

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक प्रावधानअनुसार ३० दिनभित्र विश्वासको मत लिने तयारी गरेका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले कानुनी प्रावधानअनुसार आफूले संसदबाट विश्वासको मत लिने जानकारी दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।  प्रधानमन्त्रीको ब्रिफिङ सुनाउँदै उनले भनिन्, 'सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन। संवैधानिक प्रावधानअनुसार...

Pages