राजनीति
-
२०८१ श्रावण ११, शुक्रबार
कोसीमा माओवादीका मन्त्रीहरूले दिए राजीनामा
काठमाडौं - कोसी प्रदेश सरकारका सम्मिलित नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा बुझाएका छन्। शुक्रबार दिउँसो मुख्यमन्त्री कार्यालय पुगेर उनीहरूले राजीनामा बुझाएका हुन्। त्यसअघि माओवादीका तर्फबाट मन्त्री बनेका माओवादी नेताहरूले पत्रकार सम्मेलन गर्दै सरकार छाड्ने घोषणा गरेका थिए। उनीहरूले मुख्यमन्त्री हिक्मत कार्कीले सहमतिको सरकार बनाउन चाहेका कारण आफूहरूले...
-
२०८१ श्रावण ११, शुक्रबार
कोसीमा माओवादीका मन्त्रीले आज राजीनामा दिने
विराटनगर - कोसीमा नेकपा (माओवादी केन्द्र)का मन्त्रीहरूले सरकार छाड्ने भएका छन् । उनीहरूले शुक्रबार अपराह्नसम्म मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन् । नेकपा (एमाले) नेतृत्वको सरकारमा माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास, राजेन्द्र कार्की स्वास्थ्य र नारायण बहादुर मगर पर्यटन, वन तथा वातावरण मन्त्री छन् । यसैगरी बन्दना झागर पर्यटन राज्यमन्त्री छिन् । मुख्यमन्त्री...
-
२०८१ श्रावण १०, बिहिबार
बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार
हेटौंडा - बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रिपरिषद् विस्तार गरेका छन्। बिहीबार उनले नेपाली कांग्रेसका ४ जना मन्त्री नियुक्त गरेका हुन्। मुख्यमन्त्री लामाले नियुक्त गरेका मन्त्रीहरूमा मीनकृष्ण महर्जन, सुरजचन्द्र लामिछाने, विमल ठकुरी र प्रभात तामाङ छन्। नव नियुक्त मन्त्रीहरूको आजै मन्त्रालयसमेत तोकिएको छ। जसमध्ये मीनकृष्णलाई युवा तथा खेलकुद मन्त्रालय, सुरजचन्द्रलाई आन्तरिक...
-
२०८१ श्रावण ८, मंगलबार
उपसभामुख इन्दिरा रानामाथि छानबिन हुनुपर्छ : मुकुल ढकाल
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले उपसभामुख इन्दिरा रानामाथि राज्यले छानबिन गर्नुपर्ने बताएका छन्। ढकालले उपसभामुखको विषय पार्टी मात्रको विषय नभइ देशकै प्रतिष्ठासँग जोडिएको राज्यको उपल्लो तहको विषय भएकाले यसमा छानविन हुनुपर्ने बताएका हुन्। उनले आर्थिक लेनदेन भएकाले छानबिन गर्नुपर्ने बताए। ढकालले भने,‘उपसभामुखको विषय पार्टी मात्रको विषय नभएकाले...
-
२०८१ श्रावण ७, सोमबार
लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त
काठमाडौं- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई संविधानको धारा १६८ (२) बमोजिम सोमबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । आचार्यले नेपाली कांग्रेसको समर्थनमा आजै ५६ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सांसदको समर्थन छ ।
-
२०८१ श्रावण ६, आइतबार
जनतालाई भरोसा जगाउन नयाँ सरकार बनेको हो : प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो देश निराशा बनेकाले जनतालाई भरोसा जगाउन नयाँ सरकार बनेको दाबी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले ४६ सालका पुस्ताले यतिचरम निराशा पहिलो पटक भोग्नुपरेको उल्लेख गरेका हुन्। उनले भने,‘हामीले देशको जिम्मा लिँदा सिंगो देश यति बेला निराशामा छ। ४६ सालका पुस्ताले यति चरम निराशा सायद पहिलो पटक भोग्नुपरेको हो।’ उनले आयात र निर्यात दुबै घटेको उल्लेख...
-
२०८१ श्रावण ६, आइतबार
प्रधानमन्त्री ओलीले पाए दुईतिहाइ विश्वासको मत
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकबाट दुईतिहाइ सांसदको विश्वासको मत पाएका छन्। प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभामा आफूलाई विश्वासको मत छ भनेर राखेको प्रस्तावको पक्षमा १८८ र विपक्षमा ७४ मत खसेको हो। मत दिन्न भन्ने पक्षमा १ मत परेको छ। प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी पेश गरेको प्रस्तावमा पाएको मत प्रतिनिधिसभाको बहुमत भएको भन्दै सभामुख देवराज घिमिरेले...
-
२०८१ श्रावण ६, आइतबार
प्रधानमन्त्रीले आज विश्वासको मत लिने
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् । उनलाई सरकारमा सहभागी नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने भएका छन् । प्रतिपक्षमा रहेको माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राप्रपा...
-
२०८१ आषाढ ३१, सोमबार
प्रधानमन्त्री ओलीद्वारा शपथ ग्रहण, २१ सदस्यीय मन्त्रिपरिषद् गठन
काठमाडौँ- एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् गठनका छन् । प्रधानमन्त्री ओलीले शपथ ग्रहण गरेपछि २१ जना मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका थिए । सिफारिस अनुसार राष्ट्रपतिले मन्त्रीहरूलाई नियुक्त गरेपछि सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । ओली नेतृत्वको सरकारमा कांग्रेसबाट १०, एमालेबाट ८, जनता...
-
२०८१ आषाढ ३०, आइतबार
कांग्रेस–एमालेमा भागबन्डामा कसलाई कुन मन्त्रालय ?
काठमाडौँ - नेपाली कांग्रेस र नेकपा एमालेबिच मन्त्रालयको भागबन्डा लगभग टुङ्गिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबिच आइतबार भएको कुराकानीमा मन्त्रालय भागबन्डा टुङ्ग्याइएको हो । दुवै दलका नेताहरुका अनुसार कांग्रेसको भागमा ९ र एमालेको भागमा ८ मन्त्रालय परेका छन् । जसअनुसार कांग्रेसको भागमा गृहसहित रक्षा, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ,स्वास्थ्य तथा जनसङ्ख्या, सहरी...
-
२०८१ आषाढ २८, शुक्रबार
ओली नेतृत्वको सरकार गठनका लागि हस्ताक्षर
काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठनका लागि सांसदहरूको हस्ताक्षर संकलन गरिएको छ। शुक्रबार संसद भवनमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूको हस्ताक्षर संकलन गरिएको हो। कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि हस्ताक्षर गरेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनको आह्वान गरेलगत्तै दाबी पेस गर्ने तयारी रहेको कांग्रेस-एमाले...
-
२०८१ आषाढ २८, शुक्रबार
ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्न देउवाले बुझाए हस्ताक्षर
काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा दाबी पेस गर्न हस्ताक्षर बुझाएका छन् । शुक्रबार साँझ नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको ओलीको कार्यकक्षमा बसेको बैठकमा कांग्रेस–एमालेको बैठकले प्रधानमन्त्रीको दाबीका लागि पत्र तयार पारेको हो । कांग्रेसका ८८ र एमालेका ७७ गरी १६५ सांसदको समर्थन लिएर ओलीले प्रधानमन्त्रीमा दाबी पेस गर्ने...


