राजनीति
-
२०७७ बैशाख १०, बुधबार
प्रधानमन्त्रीको आदेशमा पूर्वराज्यमन्त्रीको अपहरण : समाजवादी पार्टी
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रहरीले अपहरण गरेको समाजवादी पार्टीले आरोप लगाएको छ । समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले सामाजिक सञ्जालमार्फत् डा. यादवलाई जनकपुरबाट अपरहण गरेको र यसको प्रयोजन पार्टी फुटाउने हो भनेर लेखेका छन् । ‘आज वैशाख १० गते साँझ ५ बजे...
-
२०७७ बैशाख ८, सोमबार
सर्वपक्षीय संयन्त्र निर्माण गर्न पहिचानवादी गठनबन्धनको माग
काठमाडौं– पहिचानमा आधारित संघीय गठबन्धनले कोरोना भाइरसको महामारी र जारी लकडाउनको समय सरकारलाई सर्वदलीय संयन्त्र गठनको लागि सुझाव दिएको छ । वैशाख ५ गते एक प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धनले कोरोनासँगको वर्तमान लडाईं लड्न, महामारीपछिको राजनैतिक उथलपुथल, आर्थिक मन्दी र भोकमरीको सामना गर्न सर्वदलीय र आदिवासी, दलित, शिल्पी, थारु, मधेसी, खस सम्मलित एक सर्वपक्षीय संयन्त्र गठनको लागि सुझाव दिएको छ ।...
-
२०७६ चैत्र ७, शुक्रबार
कोभिड-१९ नेपालमा प्रवेश हुन नदिन सरकारसँग सहकार्य गर्न तयार
समाजवादी नेता श्रेष्ठले आफ्नो पार्टी विश्वमा कोभिड-१९ नामले झण्डै १६२ देशमा संक्रमित भइरहेको कोरोना भाइरस नेपालमा प्रवेश हुन नदिनका लागि सरकारसँग सहकार्य गर्न तत्पर रहेको बताउँदै भने, ‘कोरोना भाइरसले अहिले नेपालमा पनि सन्त्रासको वातावरण सृजना गरेको छ । नेपाल सरकारले यसको नियन्त्रणका सन्दर्भमा देशको कुनैपनि भागमा २५ जनाभन्दा बढी भेला नहुन अनुरोध गरेको छ । मानव जीवनभन्दा माथि राज्य र पार्टीका...
-
२०७६ फाल्गुण ३०, शुक्रबार
कोरोनाभाइरस त्रास : थरुहट थारुवानका कार्यक्रम स्थगित
काठमाडौं– सरकारसामु विभिन्न माग राखी संघर्षरत थरुहट थरुवान राष्ट्रिय मोर्चाका आगामी कार्यक्रमहरु कोरोना भाइरसको त्रासको कारण स्थगित गरिएका छन् । संघर्ष कार्यक्रमका संयोजक एवं नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष विजय सैंजूले शुक्रबार (फागुन ३० गते) जारी एक वक्तव्यमार्फत् आगामी कार्यक्रमहरु हाललाई स्थगन गरिएको र आगामी दिनमा संघर्षका कार्यक्रमहरु विषय एक छलफल बैठक बसिने जानकारी पनि दिएका छन् । आउँदो...
-
२०७६ फाल्गुण २९, बिहिबार
ठूलो परिमाणको हतियारसहित विप्लव समूहका १४ जना पक्राउ
प्रहरीले उदयपुरको कटारी नगरपालिका–१ स्थित खसीबासको जङ्गलबाट ठूलो परिमाणको हातहतियारसहित नेक्रविक्रम चन्द समूहका १४ जना कार्यकर्तालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी उदयपुर, सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय कटारीको संयुक्त टोलीले आज उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार बुधबार नै धनुषाको गणेमानचारनाथ नगरपालिका–...
-
२०७६ फाल्गुण २९, बिहिबार
विप्लव समूहका इन्चार्ज पक्राउ
नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज पूर्णजित पुन पक्राउ परेका छन् । गत माघ २८ गते राति जनयुद्ध दिवसको पोष्टर टाँस्ने क्रममा म्याग्दे गाउँपालिका–३ जामुनेबाट पक्राउ परेका पुनलाई जिल्ला अदालतका न्यायाधीश वासुदेव पौडेलको इजलासले सामान्य तारेखमा रिहा गर्ने आदेश दिएलगत्तै प्रहरीले पुनलाई पक्राउ गरेको हो । प्रहरीले पुनको विरुद्धमा जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारसम्बन्धी र जिल्ला...
-
२०७६ फाल्गुण २७, मंगलबार
नेपाल उद्योग, वाणिज्य तथा व्यवसाय महासंघ र त्यसका घटकहरूको समायोजन सम्पन्न
समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकार देशको आर्थिक विकास भन्दा पनि पुँजीपतिहरूको विकासमा केन्द्रित भएको आरोप लगाएका छन् । उनले सरकारका कारण देशभित्र रहेको पुँजी केही पुँजीपतिहरूको अधिनमा रहेकोले आर्थिक विकासमा सुस्तता आएको बताए । उनले यो कुरा समाजवादी पार्टी निकट नेपाल उद्योग, वाणिज्य तथा व्यवसाय महासंघको समायोजन घोषणा कार्यक्रमलाई शनिबार काठमाडौंमा...
-
२०७६ फाल्गुण १८, आइतबार
नेपाल ट्रष्टसम्बन्धी विषयमा राजनीतिक पूर्वाग्रह राखियो सभापति देउवा
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल ट्रष्टको जग्गा भाडामा दिने सम्बन्धमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटासँग समय माग गरेर उहाँले हालै नेपाल ट्रष्टको कार्यालयद्वारा सार्वजनिक गरेको श्वेतपत्रमा राजनीतिक पूर्वाग्रहका आधारमा आफ्नो नाम जोडिएको आरोप लगाउँदै दुःख व्यक्त गर्नुभयो । “यसमा अनावश्यकरुपमा...
-
२०७६ फाल्गुण १६, शुक्रबार
धर्म परिर्वतन गराउने गिरोह सक्रिय’
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाललाई हिन्दू राष्ट्र घोषणा गराउन राप्रपाले अहिले देशव्यापीरूपमा विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभएको छ । मिडिया नेपाल प्रदेश नं। १ समितिले आज सुनसरीको इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेपालमा अहिले धर्म परिर्वतन गराउने गिरोह सक्रिय भएर लागि परेको हुँदा यसतर्फ सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । पार्टी अध्यक्ष थापाले सातै...
-
२०७६ फाल्गुण १२, सोमबार
एमसिसीमा अनावश्यक किचलो सिर्जना गरियो कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसी कार्यान्वयनमा सत्तारूढ दलले अनावश्यक किचलो गरेको बताउनुभएको छ । पार्टीको निर्वाचन अभिमुखीकरण भेलाका लागि सुर्खेत आउनुभएका उहाँले आज पत्रकार भेटघाटमा सत्तारूढ दल नेकपाका नेताहरूबीचको आपसी झगडाका कारण एमसिसीमा अनावश्यक भ्रम र आशङ्का सिर्जना गरिएको आरोप लगाउनुभयो । अध्यक्ष थापाले एमसिसी सम्झौता...
-
२०७६ फाल्गुण ८, बिहिबार
सञ्चारमन्त्री बाँस्कोटाद्वारा राजीनामा
काठमाडौं– सुचना प्रविधि तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जार ट्विटरमार्फत् एक ट्विट सार्वजनिक गरी बाँस्कोटाले राजीनाको घोषणा गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नैकिताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको बाँस्कोटाको ट्विटमा उल्लेख छ । यसअघि, प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटाले बाँस्कोटाको राजीनामाबारे प्रतिनिधिसभामा जानकारी...
-
२०७६ फाल्गुण ६, मंगलबार
एमसिसी नेपालको हितमा छ राप्रपा अध्यक्ष थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसिसी आयोजना नेपालको हितमा रहेको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष थापाले एमसिसीको देशको हितमा रहेपनि नागरिकमा अनेक आशङ्का पैदा भएकाले सरकारले आधिकारिक धारणा बाहिर ल्याउनुपर्ने बताउनुभयो । “सम्झौताप्रति भ्रम...


