STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७६ पौष २१, सोमबार

    राप्रपाले तीन दिनसम्म पृथ्वीजयन्ती मनाउने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस यही पुस २६ देखि २८ गते तीन दिनसम्म उत्सवका रूपमा मनाउने भएको छ । पार्टीले देशभरका सबै जिल्ला कार्यसमितिले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदान एवं नेपालको एकीकरणको अभियानप्रति श्रद्धा, सम्मानलगायत अन्य विविध कार्यक्रम आयोजना गर्न निर्देशन दिएको छ । यही पुस २७ गते पार्टीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा...

  • २०७६ पौष १६, बुधबार

    सहमतिको आधारमा पार्टी सञ्चालन – सभापति देउवा

    नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफूले पार्टीलाई सहमतिको आधारमा सञ्चालन गर्न खोजेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले पार्टीलाई बलियो एवं सुदृढ बनाउने विधानलाई आफूले नमिचेको स्पष्ट पार्नुभयो । सभापति देउवाले सरकारका प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसले सभामुख र उपसभामुख पाउनुपर्ने माग गर्दै बहुचर्चित एमसिसीलाई सरकारले पास गर्नुपर्ने धारणा व्यक्त...

  • २०७६ पौष ८, मंगलबार

    नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्छ ः नेता थापा

    नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्ने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस नेपाल विद्यार्थी सङ्घ एकाइले आज आयोजना गरेको नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रममा नेता थापाले नेपालको एक इञ्च भूमि पनि अतिक्रमण गर्न नदिइने र भारतले अतिक्रमण गरेको जमिन फिर्ता...

  • २०७६ मङ्सिर २४, मंगलबार

    ‘समान पदमा नै विभेद हुन्छ’

    गण्डकी प्रदेशका प्रदेशसभा सदस्य महिलाले समान पदमा पनि विभेदको सामना गर्नुपरेको अनुभव सुनाएका छन् । मिडिया हाउस र युएनडिपीको सहयोगमा पोखरामा भएको लैङ्गिक सवालमा संसदीय निगरानी कार्यक्रममा प्रदेशसभा सदस्यले मिश्रित र प्रत्यक्ष प्रणालीबाट निर्वाचित प्रदेशसभा सदस्यलाई विभेदको दृष्टिकोणले हेरिने गरेको अनुभव सुनाएका हुन् । प्रदेशसभा सदस्य धनमाया लामाले भन्नुभयो, “हामी एउटै रङको कोट लगाउँछौँ, एउटै लोगो...

  • २०७६ मङ्सिर २३, सोमबार

    ‘पार्टीको महाधिवेशन एक वर्ष सर्ने’

    नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको महाधिवेशन एक वर्ष सर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उहाँले उपनिर्वाचनमा देखिएको परिणामबाट पार्टी बलियो भयो भन्न सकिने अवस्था नरहेको भन्दै निर्वाचनमा विभिन्न समूहको सहयोग रहेको चर्चा गर्नुभयो । नेपाली काँग्रेसले सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको छ भन्दै उहाँले पार्टीले सरकारसँग...

  • २०७६ मङ्सिर १५, आइतबार

    चितवनमा काँग्रेस, प्यूठान र अछाममा नेकपा विजयी

    यहाँका तीन वडामा भएको वडाध्यक्षको निर्वाचनमा नेपाली काङ्ग्रेसले विजयी हासिल गरेको छ । भरतपुर महानगरपालिका–१६ मा काँग्रेसका अमृतराज हमाल ३०८ मतान्तरले विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का भक्तराज हमाललाई पराजित गनुभएको हो । अमृतराजले तीन हजार १८३ मत प्राप्त गर्नुभयो भने भक्तराजले दुई हजार ८७५ मत प्राप्त गर्नुभएको थियो । यस्तै पूर्वी खैरहनी नगरपालिका–४ मा...

  • २०७६ मङ्सिर १०, मंगलबार

    ‘साधारण मान्छेको असाधारण राजनीति

    कास्की क्षेत्र नं २ निर्वाचन नजिकिँदै गर्दा साना–ठूला दल चुनावी अभियानमा केन्द्रित छन् । चुनावका लागि केन्द्रीय तहका नेताको पोखरा आगमन बढिरहेको छ । ठूला दलका शीर्षनेताका गरमागरम भाषणका समाचारले सञ्चारमाध्यममा दोहोरी चलिरहेको सन्दर्भमा विवेकशील नेपाली दलका तर्फबाट स्वतन्त्र उम्मेदवार जमुना शर्मा भने ‘साधारण मान्छेको असाधारण’ राजनीति भन्दै गुलाफ चिह्न लिएर मतदातामाझ पुग्नुभएको छ । सामाजिक विभेद र...

  • २०७६ मङ्सिर १०, मंगलबार

    उपनिर्वाचन २०७६ ः “हामी मार्छौँ बाजी”

    प्रतिनिधिसभा सदस्य प्रदेशसभा सदस्य र स्थानीय तहमा रिक्त पदाधिकारी पूर्ति गर्नका लागि उपनिर्वाचन आउन मात्र चार दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली काङ्ग्रेसले आआफ्नै दलले बाजी मार्ने दावी गर्दै आएका छन् । यही मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश क मा प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा नेकपा, काङ्ग्रेस र नेपाल मजदूर किसान पार्टीको त्रिपक्षीय...

  • २०७६ मङ्सिर ४, बुधबार

    काङ्ग्रेसका क्षेत्रीय कोषाध्यक्ष नेकपामा प्रवेश

    नेपाली काङ्ग्रेस क्षेत्र नं १ का कोषाध्यक्ष टेकबहादुर साउद सत्तारुढ नेपाल कम्युनिट पार्टी नेकपा प्रवेश गरेका छन् । जिल्लाको दक्षिणि क्षेत्र बेलौरीका व्यापारी एवं बेलौरी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष साउदले नेकपाको काम र कार्यशैलीप्रति प्रभावित भएर पार्टी प्रवेश गरेको बताउनुभएको छ । साउदलाई नेकपाका स्थायी कमिटी सदस्य लेखराज भट्टले मङ्गलबार साँझ टीका लगाई पार्टी प्रवेश गराउनुभएको हो ।

  • २०७६ मङ्सिर ३, मंगलबार

    कांग्रेसको प्रतिबद्धतापत्र सार्वजनिक

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीका युवाविद्यार्थीका बीच ‘नेपाली कांग्रेसको आह्वान’ सार्वजनिक गर्नुभएको हो । ‘भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षाविरुद्ध हाम्रो अभियान’ नारासहितको २२ पृष्ठको प्रतिबद्धतापत्रमा...

  • २०७६ मङ्सिर २, सोमबार

    प्रतिस्पर्धा नेकपा र काँग्रेसकै बीचमा

    यही मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि जिल्लाका तीनवटा वडामा निर्वाचन हुँदैछ । भरतपुर महानगरपालिका–१६ मा पाँच, खैरहनी नगरपालिका–४ र ५ मा चार÷चारजना उम्मेदवार रहेका छन् । पाँच राजनैतिक दल चुनावी प्रतिस्पर्धामा छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली काँग्रेस, राप्रपा संयुक्त, समाजवादी पार्टी र राष्ट्रिय नागरिक पार्टी चुनावी मैदानमा छन् । भरतपुर महानगरपालिका–१६ मा राष्ट्रिय...

  • २०७६ मङ्सिर २, सोमबार

    नेमकिपाका वडाध्यक्षको उम्मेदवारसहित नेकपा प्रवेश

    नेपाल मजदूर किसान पार्टीमा विभिन्न तहमा रहेका नेताहरु पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रवेश गरेका छन् । गत २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिका–८ सुडालमा नेमकिपाबाट वडाध्यक्ष पदको उम्मेदवार भएका गणेशप्रसाद दुलालसहित २० जना नेता, कार्यकर्ता नेकपामा प्रवेश गरेको नेकपाका जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिनुभयो । नेकपा प्रवेश गरेकाहरुलाई आज नेकपाले...

Pages