राष्ट्रिय
-
२०७७ मङ्सिर २६, शुक्रबार
७० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी
काठमाडौँ – एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । पछिल्लो एक वर्षमा विगतका वर्षदेखि बाँकी रहेको सबै अनुमतिपत्र छापिसकेर पठाएको कार्यालयले जनाएको छ । कार्यालयमा दुई÷तीन महिना पहिले छापिएकादेखि दुई÷तीन वर्ष पहिले छापिएर आएको अनुमतिपत्र लिन सेवाग्राही आउन बाँकी रहेको कार्यालय प्रमुख सम्बरबहादुर कार्कीले बताउनुभयो । विभागले गत वर्ष ठूलो...
-
२०७७ मङ्सिर २५, बिहिबार
अब हुलाकबाटै प्रेसपास लिन सकिने
काठमाडौं - अब पत्रकारले हुलाक कार्यालयबाटै प्रेस प्रमाणपत्र लिन वा नवीकरण गर्न पाउने भएका छन् । यसअघि प्रेस प्रतिनिधि प्रमाणपत्र लिन काठमाडौंमा आइपुग्नुपर्ने बाध्यतालाई यसले अन्त्य गरेको छ । पत्रकारले अब प्रेस प्रतिनिधि प्रमाणपत्र लिन जिल्ला हुलाक कार्यालयमा निवेदन दिनुपर्नेछ । हुलाक कार्यालयले आवश्यक कागजपत्र रुजु गरेर केन्द्रमा पठाउनेछ । त्यसपछि पत्रकारले त्यहीबाट प्रेस प्रतिनिधि प्रमाणपत्र...
-
२०७७ मङ्सिर २४, बुधबार
सक्रिय सङ्क्रमित आज घटे
देशभरमा आज मङ्गलबारभन्दा ४२७ जना सक्रिय सङ्क्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा एक हजार ५६ जना सङ्क्रमित हुँदा एक हजार ४८३ जना सङ्क्रमणमुक्त भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या कम भएको छ । आज थपिएका सङ्क्रमितमध्ये पुरुष ६७० र महिला ३८६ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज सङ्क्रमणमुक्त भएका एक हजार ४८३ समेत गरी आजसम्म दुई लाख ३० हजार ५३७ सङ्क्रमणमुक्त भएको मन्त्रालयले...
-
२०७७ मङ्सिर २४, बुधबार
बासमती धानमा नेपालले भारतविरुद्ध प्रतिवाद गर्ने
काठमाडौँ – भारतले बासमती धानको भौगोलिक सङ्केत अधिकार स्थापित गर्न युरोपेली सङ्घमा निवेदन पेश गरेका विषयमा नेपाल सरकारले प्रतिवाद गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव र सरोकार निकायका पदाधिकारीको बैठकले बासमती धानबारे भारतले गरेको दावीको प्रतिवाद गर्दै नेपालका तर्फबाट आधिकारिक दावी पेश गर्ने निर्णय गरेको छ । कृषि मन्त्रालयका प्रवक्ता डा हरिबहादुर...
-
२०७७ मङ्सिर २४, बुधबार
अझै शुरु भएन धुलिखेल–सूर्यविनायक सडक विस्तार
काठमाडौँ – काठमाडौँ उपत्यका बाहिरका धेरै जिल्लाबाट उपत्यका भित्रिने नाकाका रूपमा रहेको सूर्यविनायक–धुलिखेल सडक विस्तार शुरु हुनसकेको छैन । एक दशक पहिले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले तीनकुने–सूर्यविनायक सडक छ लेनमा विस्तार गरेको थियो । जाइकालले नै सूर्यविनायक–धुलिखेल सडकसमेत विस्तार गर्ने भनिए पनि त्यसमा निर्णय भएर काम हुन नसकेको हो । सडक विभागको अरनिको राजमार्गको सूर्यविनायकदेखि...
-
२०७७ मङ्सिर २४, बुधबार
तलबभत्ता बढाउने सहमतिपछि अरुण तेस्रो जलविद्युतमा काम सुरु
संखुवासभा – संखुवासभामा निर्माणधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनामा कार्यरत मजदुरहरुको तलबभत्ता बढाउने सहमति भएपछि बुधबार बिहानदेखि काम शुरु भएको छ । तलब बढाउनु पर्ने माग राख्र्दै मजदुरहरुले सोमबारदेखि आन्दोलन गर्दै काम अवरुद्ध गरेपछि मंगलबार राति बसेको छलफलले सहमति गरेको हो । स्थानीय जनप्रतिनिधि, प्रशासन र मजदुरहरुबीच बसेको छलफलले जिल्ल्लामा चलेको दरअनुसार तलबभत्ता दिने, ८ घण्टा...
-
२०७७ मङ्सिर २४, बुधबार
आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै, भष्ट्राचार हुनै नदिनु सरकारको प्राथमिकता : प्रधानमन्त्री
काठमाडौं – आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरि मनाइदै छ । संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखलाई भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको हो । महासन्धि अनुसार नै नेपाललै सम्पत्ति शुद्धीकरण गठन गरेको छ । त्यति मात्रै होइन...
-
२०७७ मङ्सिर २३, मंगलबार
मनकामना मन्दिर र केवलकार आइतबारबाट खुल्ने
गोरखा – कोरोना भाइरस (कोभिड–१९) का कारण ९ महिना बन्द रहेको मनकामना मन्दिर मंसिर २८ देखि खुल्ने भएको छ । मनकामना क्षेत्र विकास समितिको आह्वानमा मङ्गलबार सम्पन्न सर्वपक्षीय बैठकले बिगत नौ महिनादेखि बन्द रहेको मन्दिर र केवलकार खुलाउने निर्णय गरेको समितिका अध्यक्ष रामकुमार जोशीले जानकारी दिए। ‘संस्कृति मन्त्रालयबाट मन्दिर खुलाउने बारे निर्णय गरेको परिपत्र प्राप्त भयो। सो पत्रको आधारमा मंगलबार बसेको...
-
२०७७ मङ्सिर २३, मंगलबार
बुद्ध जन्मभूमिबारेको त्रुटि सच्याउन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मका नाममा परस्परमा घृणा तथा द्वेष फैलाउने काम बन्द हुनुपर्ने बताउनुभएको छ । कीर्तिपुर नगरपालिकाको चोभारस्थित सुलक्षण कीर्ति विहार परिसरमा ‘शान्ति सुद्धम्मावासा’ ज्येष्ठ नागरिक आवास गृहको आज शिलान्यास गर्दै उहाँले धर्मको मूलमन्त्र शान्ति र मेलमिलाप तथा एकता हुनुपर्ने बताउनुभयो । “हरेक धर्म मेलमिलापका लागि हुनपर्छ, फाटोको निम्ति होइन”, उहाँले भन्नुभयो, “बुद्ध...
-
२०७७ मङ्सिर २३, मंगलबार
रूस नेपालकाे जलविद्युत्मा लगानी गर्न इच्छुक
काठमाडौं - रुसले नेपालमा ठूलो लगानीको जलविद्युत आयोजना निर्माण गर्ने इच्छा व्यक्त गरेको छ । नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मंगलबार ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई मन्त्रालयमा भेटेर जलविद्युतमा लगानी ल्याउने इच्छा देखाएको हो । रुसका दुई ठूला बैंक लान्टा र मस्को इन्डस्ट्रियल बैंक नेपालको जलविद्युतमा लगानी गर्ने प्रस्ताव गरेको राजदूत नोभिकभले जानकारी दिए ।...
-
२०७७ मङ्सिर २३, मंगलबार
सगरमाथाकाे नयाँ उचाइ ८,८४८.८६ मिटर
काठमाडौं - विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिएको छ। सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ। अब सगरमाथाको उचाइ ८,८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सार्वजनिक गरेका हुन्। सगरमाथाको नयाँ उचाइ नेपाल र चीनले एकैपटक मंगलबार सार्वजनिक गरेका हुन्। नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाइ मापन गरेर...
-
२०७७ मङ्सिर २३, मंगलबार
अरुण तेस्रोका मजदुर आन्दोलित, आयोजनाको काम अवरुद्ध
संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाका मजदुर आन्दोलित भएका छन् । अरुण तेस्रो परियोजनाका मजदुर विभिन्न माग राख्दै सोमबारदेखि आन्दोलित हुँदा काम ठप्प भएको छ । बाँधस्थल मकालु गाउँपालिकालु-५ फ्याक्सिन्दाका मजदुर ज्याला बढाउन माग गर्दै दिनभर आन्दोलित भएका छन् । सोमबार बिहानैदेखि मजदुर आन्दोलित हुँदा अरुण तेस्रोको बाँधस्थल फ्याक्सिन्दा दोभानमा काम अवरुद्ध भएको हो । अरुण...


