राष्ट्रिय
-
२०७७ पौष १७, शुक्रबार
एक महिनाभित्र उखु किसानलाई भुक्तानी दिन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले उखु किसानलाई एक महिनाभित्र क्रेता वा उद्योगबाट भुक्तानी दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले एक महिनाभित्र अनिवार्य रुपमा उखु किसानलाई तिर्नुपर्ने रकम क्रेता वा उद्योगबाट दिनू भनी अन्तरिम आदेश जारी गरेको हो । ‘आफूले बेचेको समानको मूल्य पाउने कुरा बजारको सामान्य र सर्वस्वीकार्य सिद्धान्त तथा नियमभित्र पर्ने विषयसमेत उखु उत्पादन गर्ने कृषकले प्रत्येक...
-
२०७७ पौष १७, शुक्रबार
बिर्सनलायक वर्ष २०२० !
काठमाडाैँ – सन् २०२० आजबाट सकिएको छ । समग्रतामा वर्ष २०२० विर्सनलायक वर्ष बनेको छ । कोरोना भाइरसको महामारीले विश्वलाई नै आक्रान्त बनाएर २०२० वर्ष दुखदायी वर्ष बनेको छ । विगतका वर्ष जत्तिको उत्साह उमंग यस वर्ष रहन सकेन । खुशी कम तर दुख बढीको वर्ष २०२० बनेको छ । विश्वमा वितेको वर्ष २०२० मा घटेका मुख्य घटनाहरु यस्ता छन् । १. २०१९ को अन्त्यदेखि चीनबाट सुरु भएको भनिएको कोरोना भाइरसको संक्रमणले २०२० मा...
-
२०७७ पौष १७, शुक्रबार
आजबाट सन् २०२१ नयाँ वर्ष सुरु
काठमाडौँ – ग्रेगोरियन पात्रो अनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२१ शुरु हुँदैछ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुवात् भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो...
-
२०७७ पौष १६, बिहिबार
'लाेडसेडिङकाे अन्त्य ओलीले गरेका'
प्युठान – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोडसेडिङको अन्त्य कुलमान घिसिङले नभई प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको बिहीबार प्युठानमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला सम्बाेधनका क्रममा उनले यस्ताे बताएका हुन् । २५० मेगावाट विद्युत अपुग भएका बेला प्रधानमन्त्री ओलीले भारतसँग ट्रान्समिसन लाइन र विद्युत खरिद सम्झौता गरेर...
-
२०७७ पौष १५, बुधबार
आज गुरुङ समुदायले तमु ल्होसार मनाउँदै
काठमाडौं - गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायका मानिसको विश्वास छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले...
-
२०७७ पौष १५, बुधबार
उधौली सकेला पर्व मनाइँदै
काठमाडौं - मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ । तीन दिनअघि शुरु भएको पर्वको पहिलो दिन लिम्बूहरुले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् किरात पर्व मनाउँछन् । किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किराँतभित्रका जातजातिले यो पर्वलाई फरक फरक...
-
२०७७ पौष १४, मंगलबार
आन्दोलनरत उखु किसानको हृदयघातका कारण निधन
काठमाडौं – बक्यौता माग गर्दै १६ दिनसम्म माइतीघरको आन्दोलनमा सहभागी एक ६५ वर्षीय उखु किसानको हृदयघातका कारण मंगलबार निधन भएको छ । सर्लाही धनकौल छोटवल टोलका नारायण राय यादवको मंगलबार बिहान शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको आन्दोलनमा सहभागी अर्का किसान मुकेश ठाकुरले बताए । उनलाइ मंगलबार विहान हृदयघात भएको थियो । उनी मंसिर २८ गतेदेखि नै माइतीघरको किसान आन्दोलनमा सहभागी थिए ।...
-
२०७७ पौष १४, मंगलबार
सरकारसँग ४ बुँदे सहमतिपछि उखु किसानको आन्दोलन स्थगित
काठमाडौं – चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम भुक्तानीको माग गर्दै दुई हप्तादेखि आन्दोलनरत उखु किसान र सरकारबीच चार बुँदे समझदारी भएको छ । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको बार्तामा सरकारले २१ दिनभित्र किसानको सबै बक्यौता रकम उपलब्ध गराउने सहमति भएको हाे । किसान प्रतिनिधिसंग भएको समझदारी पछि काठमाडौंमा जारी आन्दोलन स्थगन गर्न किसान प्रतिनिधि तयार भएको उद्योग, वाणिज्य तथा आपूर्ति...
-
२०७७ पौष १३, सोमबार
नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको जन्मजयन्ती मनाइयो
नेवाः पत्रकार राष्ष्ट्रिय दबु काे आयोजनामा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्गको विशेष उपस्थिति मा शिक्षाविद् तथा पत्रकार सत्यनारायण बहादुर श्रेष्ठको १०५ औँ जन्मजयन्ती मनाइएको छ । सो समारोहमा मन्त्री गुरुङ्गले आदर्श विद्या मन्दिर (एभिएम)मा अवस्थित श्रेष्ठका प्रतिमामा माल्यार्पण गरी उहाँलाई स्मरण गर्नुभयो । सञ्चार मन्त्री गुरुङसँगै नेवाः पत्रकार राष्ट्रिय दबुका पदाधिकारी तथा अन्य...
-
२०७७ पौष १२, आइतबार
प्रहरी र विप्लव समूहबीच गोली हानाहान
संखुवासभा – नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (विप्लव समूह) र प्रहरीबीच संखुवासभामा गोली हानाहान भएको छ । चैनपुर–४, मैदानेमा विप्लव समूहका माओवादी र प्रहरीबीच गोली हानाहान भएको हो । विशेष सुराकीका आधारमा गएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोलीमाथि विप्लव समूहका कार्यकर्ताले गोली चलाउन थालेपछि प्रहरीले समेत जवाफी फाइरिङ गरेको जनाइएको छ । विप्लव समूहका जिल्ला इञ्चार्ज उत्तरकुमार भनिने युवराज...
-
२०७७ पौष १२, आइतबार
लोडसेडिङ हैन प्राविधिक समस्या : विद्युत प्राधिकरण
काठमाडौं - पछिल्लो समय काठमाडौं लगायत विभिन्न सहरमा दैनिकजसो झ्याप्प, झ्याप्प बिजुली जान थालेको छ । विद्युत प्राधिकरणको लापरबाहीले लोडसेडिङ सुरु भएको भन्दै नागरिकको गुनासो बढेको छ । तर, जाडो सुरु भएसँगै नेपालमा विद्युत खपत पनि बढ्दै गएका कारण उपकरणले धान्न नसक्दा केही ठाउँमा बिजुली गएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । नेपाल विद्युत प्रवक्ता मदन तिमिल्सिनाले विद्युत् माग बढ्दा प्रणालीमै ओभर...
-
२०७७ पौष ११, शनिबार
पाथीभरा मन्दिर नजिककाे वनमा भीषण डढेलो
ताप्लेजुङ : प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर नजिककाे वनमा भीषण डढेलो लागेको छ। फुङलिङ् नगरपालिका–११ मा पर्ने सिम्बु सामुदायिक वनमा तीन दिनदेखि डढेलो लागिरहेको छ । डढेलो निकै ठूलो भएकाले नियन्त्रणमा लिन सक्ने अवस्था नरहेको जनाइएकाे छ । अहिले हावा समेत जोडले चल्न थालेकाले आगो झनै दन्किरहेको स्थानीयले बताइएकाे छ । पाथीभरा मन्दिरदेखि डढेलो लागेको स्थल एक किलोमिटर तल पर्छ। आगलागी नियन्त्रणका लागि...


