राष्ट्रिय
-
२०७७ पौष १०, शुक्रबार
आज क्रिसमस डे मनाईंदै
काठमाडौं - आज क्रिसमस, इसाई धर्मावलम्बीहरूले जिसस क्राइस्टको जन्मदिनको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । इसाई धर्मका अनुयायीले हरेक वर्ष डिसेम्बर २५ तारिखमा धार्मिक, सांस्कृतिक उत्सवका रूपमा ‘क्रिसमस डे’ मनाउँछन् । क्रिसमस डेका अवसरमा सरकारले सम्बन्धित धर्मालम्बीहरूलाई आज सार्वजनिक बिदा दिइएको छ । क्रिसमसका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी यशु ख्रीष्टको सम्झना गरिँदैछ...
-
२०७७ पौष ८, बुधबार
बेलायतबाट नेपाल प्रवेशमा
काठमाडौं - नेपाल सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । मंगलबार अपराह्न सिंहदरबारमा बसेको कोभिड नियन्त्रणसम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी)को बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । यस्तै, निर्देशक समितिले बेलायतबाहेक अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउनसमेत रोक लगाएको छ । प्रधानमन्त्री तथा...
-
२०७७ पौष ७, मंगलबार
उखु किसानको भुक्तानी तत्काल दिन मानव अधिकार आयोगको आग्रह
काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले किसानको उखुको मूल्य तुरुन्त भुक्तानी दिन आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै किसानले पाउनुपर्ने रकम तत्कालै भुक्तानी दिएर उखु खरिदकर्ता उद्यमीबाट सरकारी बाँकी सरह असुल उपर गर्न स्थानीय प्रशासन र नेपाल सरकारलाई आग्रह गरेका छन् । सरकारको निर्देशन पालना नगर्ने र उखु किसानको उखु लिएर बक्यौता रकम भुक्तानी नगर्ने व्यवसायीलाई...
-
२०७७ पौष ४, शनिबार
अब क्वरेण्टीन र आइसोलेशन १० दिनमात्रै
काठमाडौं – अब कोरोना सङ्क्रमण भए सङ्क्रमित १० दिनमात्रै क्वरेण्टीन तथा आइसोलेशनमा बसे हुने भएको हो । सरकारले कोभिड–१९ सङ्क्रमितको क्वरेण्टीन वा आइसोलेशनमा रहने समयावधि घटाएर १० दिनमा झारेको हो । यसअघि सङ्क्रमित क्वरेण्टीन वा आइसोलेशनमा रहने समयावधि १४ दिन रहेको थियो । विभिन्न अध्ययनले १० दिनपछि सङ्क्रमण नसर्ने देखाएपछि क्वरेण्टीन वा आइसोलेशनमा बस्नुपर्ने समय अवधि घटाइएको स्वास्थ्य तथा जनसङ्ख्या...
-
२०७७ पौष ४, शनिबार
आज सर्वोच्च बार एसोसिएसनको चुनाव हुँदै
काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि आज चुनाव हुँदैछ । बिहान ८ बजेदेखि २ बजेसम्म मतदानको समय तोकिएको छ । प्रगतिशील तथा समावेशी कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अविधक्ता रविनारायण खनाल र वृहत लोकतान्त्रिक समावेशी पेसागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले गर्नुभएको छ । सर्वोच्च बारमा ६ सय ५ जना कानुनी व्यवसायीले मतदान गर्ने सर्वोच्च बारका...
-
२०७७ पौष २, बिहिबार
उखु किसानको वक्यौता ७ दिनभित्र दिन लगाउन निर्देशन
उखु किसानको वक्यौता रकम सात दिनभित्र भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ । बिहीबार सिंहदरबारस्थित संसद् सचिवालयमा बसेको उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो । उखु किसानको वक्यौता सात दिनभित्र भुक्तानी गराउने व्यवस्था मिलाई प्रतिवेदन समितिमा पेस गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिएको समितिका सभापति...
-
२०७७ पौष १, बुधबार
क्लिनफिडका कारण अवरुद्ध च्यानलहरु पुनः सञ्चालनमा
काठमाडौं – सरकारले गत कात्तिक ८ गतेदेखि नेपालमा सञ्चालित विदेशी टेलिभिजन च्यानल पूर्णरुपमा विज्ञापनरहित (क्लिन फिड) लागू भएपछि रोकिएका च्यानल पुनः सञ्चालनमा आएका छन् । विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित भएको करीब २ महिनापछि डिसहोम मिडिया प्रालिबाट प्रसारण हुने स्टार नेटवर्कअन्तर्गतका ३२ वटा च्यानल मङ्गलबारबाट पुनः सञ्चालनमा आएको हो । विदेशी ब्रोडकास्टरले तत्काल विज्ञापनरहित च्यानलहरु उपलब्ध...
-
२०७७ मङ्सिर २८, आइतबार
कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढ्दै
पछिल्लो २४ घण्टामा एक हजार ५०० जना कोभिड–१९ कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या ९४.९ प्रतिशत पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले गत २४ घण्टामा देशभरका प्रयोगशालामा पाँच हजार १८१ नमूना परीक्षण गर्दा थप ८३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । योसँगै...
-
२०७७ मङ्सिर २८, आइतबार
पैँतालीस बुँदे घोषणापत्र जारी गर्दै महाभेला सम्पन्न
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा शुरु भएको पाँचदिने १२औँ मानव अधिकार राष्ट्रिय मानव भेला पैँतालीस बुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ । घोषणापत्रमा बलात्कार, बलात्कारपछिको हत्या, बालविवाह, अनमेल विवाह, दाइजो तथा अन्तरजातीय विवाहका कारणले भएको हत्याजस्ता घटनाका अपराधीलाई कानूनी दायरामा ल्याई जघन्य अपराधका प्रवृत्ति र पात्रहरूलाई निरुत्साहित गर्नुपर्ने रहेको छ । ऐन, कानून र...
-
२०७७ मङ्सिर २७, शनिबार
डोटीमा भूकम्पको धक्का
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डोटीमा ३.७ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारीअनुसार आज दिउँसो १ बजेर ३५ मिनेटमा सुदूरपश्चिमको पहाडी डोटी र बझाङ जिल्लाको सीमा क्षेत्रमा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्पले घर निकै हल्लाएको दिपायलका स्थानीयवासी कर्णबहादुर द्वारियाले जानकारी दिनुभयो । भूकम्पले डोटीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा धक्का...
-
२०७७ मङ्सिर २६, शुक्रबार
नेपालमा काेराेना निको हुने दर बढ्याे
नेपालमा कोरोना भाइरस (कोभिड-१९) निको दर बढेको पाइएको छ । विश्वका तुलनामा नेपालमा निको हुने दर बढेको हो । बिहीबारको तथ्यांकअनुसार विश्वमा निको हुने दर ६९.३ प्रतिशत पुग्दा नेपालमा त्यसभन्दा बढी ९४.२ प्रतिशत पुगेको छ । विश्वमा ६ करोड ९२ लाख ५४ हजार ३ सय संक्रमित भएको अवस्थामा ४ करोड ८० लाख ९ हजार ४ सय ३७ जना निको भएका छन् । बिहीबारसम्मको तथ्यांकअनुसार नेपालमा २ लाख ४५ हजार ६ सय ५० संक्रमितमध्ये २...
-
२०७७ मङ्सिर २६, शुक्रबार
बालाचतुर्दशीमा देवघाट नआउन आग्रह
चितवन – देवघाट क्षेत्र विकास समितिले बालाचतुर्दशीमा देवघाट नआउ आग्रह गरेको छ । मङ्सिर २८ गते पर्ने यस धार्मिक पर्वमा भक्तजनको भीड हुने भएकाले नआउन आग्रह गरिएको हो । समितिले एक विज्ञप्ति प्रकाशित गरी मङ्सिर २७ साँझदेखि २८ गतेसम्म लाग्ने बालाचतुर्दशी मेलामा देवघाटमा तीर्थयात्रीको अत्यधिक आगमन हुन सक्नेतर्फ सचेत गराएको छ । विज्ञप्तिमा कोरोना भाइरसको जोखिम यथावत रहेकाले देवघाट नआउन आग्रह गरिएको...


