राष्ट्रिय
-
२०७७ मङ्सिर २२, सोमबार
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्य अवधि एक वर्ष थप
काठमाडौं - नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्य अवधि एक वर्ष थप गरेको छ । मन्त्रीपरिषद्को मंसिर १५ गते बसेको बैठकले प्राधिकरणको म्याद २०७७ पुस १० गतेबाट एक वर्षका लागि थप गरेको हो । भूकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निर्माण सम्बन्धी ऐन २०७२ को दफा ३ को उपदफा (३) बमोजिम प्राधिकरणको अवधि एक वर्ष थप गरिएको मन्त्रीपरिषद्को निर्णयमा भनिएको छ । थपिएको एक वर्षमध्ये २०७८ असार...
-
२०७७ मङ्सिर २२, सोमबार
शिक्षा आयोगको प्रतिवेदन छाप्नेलाई कारबाही गरिने
काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलेे उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन प्रकाशन गरेको भन्दै दुई वटा संस्थालाई कारबाही गर्ने भएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई नेपाल) र ग्लोबल एक्सन नेपाललाई शिक्षा मन्त्रालयको नाम र नेपाल सरकारको निशान छाप प्रयोग गरेको भन्दै कारबाही गर्न शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई सिफारिस गरेको हाे। आइतबार मन्त्रालयका प्रवक्ता...
-
२०७७ मङ्सिर २१, आइतबार
२० प्रतिशत नागरिकलाई पुग्नेगरी कोराेना भाइरसविरूद्धकाे खाेप ल्याइने
काठमाडाैँ - सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउनसम्मको तयारी गर्नका लागि विभिन्न ८ उपसमिति समेत बनाएको छ । मन्त्रालयले विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ), ‘गाभी र सेपी’ नामक तीन सङ्गठनको ‘...
-
२०७७ मङ्सिर १८, बिहिबार
प्रधानमन्त्री ओलीले कोभिड-१९ सम्बन्धी राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्ने भएका छन् । डिसेम्बर ३ र ४ तारिख अर्थात आज र भोलि हुने ३१ औं विशेष महासभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले महासभाको प्रोटोकल अनुसार प्रधानमन्त्री अोलीको अडियो र भिडियो रेकर्ड गरेर पठाइसकिएको जानकारी...
-
२०७७ मङ्सिर १६, मंगलबार
पाल्पाको तानसेन शहर र काठमाडौको भित्री सहरी क्षेत्रका आचरण धेरै मिल्छन् — मेयर शाक्य
काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले तानसेन नगरपालिका र काठमाडौं महानगरको भित्री सहरी आचरण धेरै मिल्दाजुल्दा रहेको बताउनुभएको छ । तानसेन नगरको सभा कक्षमा आयोजना गरिएको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाक्यले असन, मखन, ब्रह्मटोललगायत टोल काठमाडौं र तानसेन दुबै नगरमा छन् । यसको अर्थ दुई नगरबीच कुनै समयमा आत्मीय सम्बन्ध रहेको थियो भन्ने बुझिन्छ भन्नु हुँदै उहाँले सम्बन्ध भनेको...
-
२०७७ मङ्सिर १५, सोमबार
पशुपतिनाथ पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने
गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ पुस १ गतेदेखि मन्दिर छिर्न चाहने भक्तजनले पालना गर्नुपर्ने नियमसम्बन्धी मापदण्डसमेत कोषले तयार पारेको कोषका सदस्यसचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । उहाँका...
-
२०७७ मङ्सिर १४, आइतबार
बौद्ध दर्शनका दृष्टिले गहिरो सम्बन्ध रहेका काठमाडौं र रामग्राम नगरबीच भगिनी सम्बन्ध स्थापना
काठमाडौँ महानगरपालिका र रामग्राम नगरपालिका बीच अन्तरस्थानीय तह भगिनी सम्बन्ध स्थापना भएको छ । आपसी समन्वय, सहकार्य र साझेदारीमार्फत दुई नगर बीच अनुभव आदान–प्रदान गर्ने उदेश्यले यी नगरबिच भगिनी सम्वन्ध स्थापना भएको हो । भगवान गौतम बुद्धको अस्थिधातु रहेको प्राचिन नगर रामग्राम र संघीय राजधानी काठमाडौंको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वको काठमाडौं महानगरपालिका बीच दुई नगरका प्रमुखले शनिबार साँझ...
-
२०७७ मङ्सिर १४, आइतबार
पुनःनिर्माणका अनुभव र सिकाइबारे वेविनार सम्पन्न
काठमाडौं – भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणमा हासिल भएका अनुभव तथा सिकाइबारे छलफल गर्न तथा सुझाव लिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको दुई दिने वेविनारका सुझाव अभिलेख राख्न सहयोगी हुने भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले दुई दिने वेविनारका क्रममा प्राप्त सुझाव तथा टिप्पणीले प्राधिकरणले तयार पार्न लागेको संस्थागत पत्र (कम्पेडियम) लाई पूर्णता दिन मद्दत...
-
२०७७ मङ्सिर १३, शनिबार
थप १३८० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं - देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी आज थप ५ सय १५ जना कोरोना संक्रमण मुक्त भएपछि हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ । आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा...
-
२०७७ मङ्सिर १३, शनिबार
महिला हिंसाविरुद्धको राष्ट्रिय परामर्श कार्यक्रम सम्पन्न
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको आयोजनामा आदिबासी जनजाति महिला हिंसा विरुद्धको राष्ट्रिय परामर्श कार्यक्रम हालै सम्पन्न भएको छ । कोभिड–१९ को महामारीको दौरान आदिबासी जनजाति महिलामाथि भएका हिंसाका विषयलाई लिएर “लैङिगक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति,समाज र सबैको ऐक्यबद्धता” नाराका साथ शुक्रबार नयाँ बानेश्वरको अल्फा हाउसमा महासंघले परामर्श कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा...
-
२०७७ मङ्सिर ११, बिहिबार
सगरमाथाको नयाँ उचाइ घोषणा गरिने
काठमाडौँ – मन्त्रिपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति दिएको छ । बुधबार बसेकाे मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको प्रस्तावलाई स्वीकृत गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जानकारी दिइन् । उनले भनिन्, ‘सगरमाथाको नयाँ उचाइ घोषणा गर्नका लागि प्रस्ताव प्रस्ताव मन्त्रिपरिषद्मा लगेकी थिएँ । उक्त...
-
२०७७ मङ्सिर ११, बिहिबार
आज हरिबोधिनी एकादशी, तुलसी विवाह गरिने
काठमाडौँ – कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । यस वर्ष बुधबार र बिहीबार दुई दिन एकादशी परेकाले स्मृतिमा आधारित भई धार्मिक कर्म गर्नेले अघिल्लो दिन र वेदमा आधारित भई धार्मिक काम गर्नेले बिहीबार एकादशी व्रत गरी विशेष पूजा आराधना गर्दैछन् । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा...


