STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ आश्विन १९, सोमबार

    आजदेखि श्रम स्वीकृति दिइने

    काठमाडौँ – कर्मचारीमा कोरोना सङ्क्रमण देखिएसँगै वैदेशिक रोजगार कार्यालय, काठमाडौँबाट बन्द गरिएको श्रम स्वीकृति आज सोमबारदेखि पुनः शुरु हुने भएको छ । प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा  राखी  सावधानीपूर्वक सीमित सेवा प्रदान गर्न लागिएको विभागले जनाएको छ ।  कार्यालयका एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि...

  • २०७७ आश्विन १८, आइतबार

    गोविन्द केसीको जीवनरक्षाको समर्थनमा टिचिङमा चिकित्सकहरुकाे प्रदर्शन

    काठमाडौँ – २१ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरु आन्दोलित भएका छन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औं पटक अनसन बस्नुभएका केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरुले टिचिङ अस्पताल परिसरमा धर्ना दिएका हुन् । जुम्लाबाट १९ औं अनसन सुरु गरेका केसीको अनसनको २१ औं दिनमा स्वास्थ्यमा समस्या समेत देखिन थालेको छ । आन्दोलित चिकित्सकहरुले विगतमा भएका सम्झौता...

  • २०७७ आश्विन १८, आइतबार

    २२ सय ५३ जना नयाँ संक्रमित थपिए

    काठमाडाैं – पछिल्लो २४ घण्टामा देशभर २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको छ ।  देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा १२ हजार ७ सय ८४ जनाको पीसीआर परीक्षण गर्दा आज २ हजार २ सय ५३ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै, गत २४ घण्टामा १ हजार ३ सय २९ संक्रमित उपचारपछि घर फर्किएका छन् । योसहित कोरोना संक्रमणमुक्त हुनेको संख्या ६४ हजार ६९...

  • २०७७ आश्विन १८, आइतबार

    मिलाप फाउण्डेसनद्वारा शैक्षिक सामग्री वितरण

    राष्ट्रखबर र लाइन्स क्लव अफ काठमाडौं सिञ्चितको सहकार्यमा मिलाप फाउण्डेसनद्वारा शैक्षिक सामग्री वितरण गरिएको छ । ‘गरे के असम्भव, एक सामाजिक अभियान’ भन्ने मूल नारासहित सामाजिक कार्य गर्दै आएको फाउण्डेशनले शुक्रबार काभ्रेपलाञ्चोक, नमोबुद्ध-६ चरङ्गेफेदीमा रहेको श्री काली गङ्गा प्रमाइमरी स्कुलका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हो । नेपाली काँग्रेसका नेता गणेश लामा, कलाकार यमन श्रेष्ठ,...

  • २०७७ आश्विन १८, आइतबार

    सर्वोच्चमा एकल इजलास मात्र

    काठमाडौँ – सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड–१९)का कारणले एकल इजलास मात्र सञ्चालन गरेको छ । केही न्यायाधीशमा सङ्क्रमण देखिएपछि सर्वोच्चले एकल इजालास मात्र सञ्चालन गरेको अदालतका सहप्रवक्ता देवेन्द्र दाहालले जानकारी दिनुभयो ।  उहाँका अनुसार सर्वोच्चमा सङ्क्रमणका कारणले केही न्यायाधीश अहिले होम आइसोसनमा रहनुे छ । सर्वोच्चमा एकल, संयुक्त र बृहत इजलास सञ्चालन हुँदै आएका थिए । आज प्रधानन्यायाधीश...

  • २०७७ आश्विन १८, आइतबार

    १२५ घरधुरीका दलित समुदाय ऋणमा डुबेपछि विस्थापित

    जाजरकोट • भेरी नगरपालिका–११ कटीगाउँका १२५ घरधुरीका दलित समुदायले आफूहरु ऋणमा डुबेर विस्थापित भएको गुनासो गरेका छन् । दैनिक जीवन निर्वाहका लागि साहुसँग ऋण लिएको र तीर्न नसकेपछि उठीवास भएको भन्दै उनीहरुले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसमक्ष गुनासो गरेका हुन् । स्थानीय साहुले ब्याजमाथि ब्याज लगाएर दलित समुदायलाई ऋणबाट उठ्न नसक्ने गरी गाउँ छोड्न बाध्य पारेको मन्त्री बस्नेतसमक्ष पेश गरिएको...

  • २०७७ आश्विन १८, आइतबार

    विशेष : ‘जनजातिखबर’ आजबाट नयाँ स्वरुपमा

    इण्डिजिनियस भ्वोइस मिडियाबाट सञ्चालित अनलाइन न्युजपोर्टल जनजातिखबर डटकम आजदेखि नयाँ प्लेटफर्ममा संचालन भएको छ । नयाँ साजशैली एवं स्वरुपमा, नयाँ प्लेटर्फमा सुरु भएको यस न्युजपोर्टलले आदिवासी जनजातिका घटना, समाचार, विचारलाई मुख्य स्थान दिँदै आइरहेको छ । देशमा घटित विविध सामाजिक, राजनीतिक एवं आर्थिक घटनाहरुले मुख्य मुख्य नेपाली भाषाका न्युजपार्टलमा स्थान पाइरहे पनि आदिवासी जनजाति नेवार, तामाङ, मगर,...

  • २०७७ आश्विन १७, शनिबार

    उपत्यकाका ११ सय ७७ सहित २१ सय २० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं – पछिल्लो २४ घण्टामा उपत्यकाका ११७७ जना सहित थप २१२० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । काठमाडौंका १००१ जना, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा संक्रमण पुष्टि भएको हो । देशभरका प्रयोगशालामा १२ हजार ९७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।  योसँगै संक्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा २ हजार ४४ संक्रमित उपचारपछि...

  • २०७७ आश्विन १७, शनिबार

    निःशुल्क गुर्जो वितरण अभियान

    काठमाडौँ– काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलँदै जाँदा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जो वितरण पनि बढ्न थालेको छ । गुर्जोको बिरुवा, धुलो, डाँठ र चिया निःशुल्क वितरणमा लाग्नुभएका अभियानकर्मी कमलबहादुर राजलवटले उपत्यकाका विभिन्न स्थानमा माग अनुसार वितरण गरिएको जानकारी दिनुभयो । आन्तरिक राजश्व कार्यालय लहानका कार्यालय प्रमुख राजलवटले सरकारी निवास रहेको स्थानमा उत्पादन गरेको...

  • २०७७ आश्विन १५, बिहिबार

    उपत्यकाका ९४३ सहित थपिए १९ सय ११ संक्रमित, मृत्यु हुने ५ सय नाघ्यो

    काठमाडौं – काठमाडौं, भक्तपुर र ललितपुर गरेर उपत्यकामा २४ घण्टामा ९४३ जनामा संक्रमण पुष्टि भएको छ। यो अहिलेसम्मकै ठूलो संख्यामा भेटिएका संक्रमित हुन् । काठमाडौं जिल्लामा मात्र २२७ महिला र ५४५ पुरुष गरेर ८१७ जनामा संक्रमण पुष्टि भएको छ। ललितपुरमा ३० महिला र ३८ पुरुष गरेर ६८ र भक्तपुरमा २६ महिला र ३२ पुरुष गरेर ५८ जनामा संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा....

  • २०७७ आश्विन १५, बिहिबार

    इजरायलसँग कृषि र श्रम सम्झौता सम्पन्न

      विकसित कृषि प्रविधीको लागि चर्चित इजरायलसंग नेपालमा ईजरायली कृषि प्रविधि भित्र्याउन सातवटै प्रदेशमा ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्ने सम्वन्धि समझारीपत्रमा हस्ताक्षर भएको छ । बुधबार नेपाल र ईजरायलबीच सो समझदारीपत्रमा हस्ताक्षर भएको ईजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यले जानकारी दिनुभयो । सो समझदारीपत्रमा नेपालको तर्फबाट ईजरायलका लागि नेपाली राजदूत शाक्य र ईजरायलको तर्फबाट...

  • २०७७ आश्विन १४, बुधबार

    कर्मचारीमा कोरोना संक्रमण देखिएपछि श्रम स्वीकृतिको काम बन्द

    काठमाडौं – वैदेशिक रोजगार कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि श्रम स्वीकृतिको काम रोकिएको छ । वैदेशिक रोजगार कार्यालयले अर्को सूचना जारी नहुने बेलासम्मका लागि ताहचलस्थित कार्यालय बन्द रहने एक सूचना जारी गरी जनाएको छ । ‘‘कार्यालयमा कार्यरत कर्मचारीमा कोभिड–१९ संक्रमण देखिएका कारण मिति २०७७–६–१४ बाट अर्को सूचना प्रकाशित नभएसम्मका लागि कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवा बन्द...

Pages