राष्ट्रिय
-
२०७७ आश्विन ७, बुधबार
पुनः मनसुन सक्रिय, पाँच दिन देशभरका नदीमा बहाव उच्च हुने
काठमाडौँ – पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी पाँच दिन देशभर बदलीसहित वर्षाको सम्भावना रहेको छ । उत्तरपूर्व बङ्गालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र उत्तरपश्चिम तर्फ सर्ने क्रममा पाँच दिन नेपालको धेरै स्थानमा वर्षा हुनाका साथै तराई भूभागमा हावाहुरीको समेत सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानाङ्गले भन्नुभयो, “मनसुन अन्य हुने औसत समय सेप्टेम्बर २३ अर्थात् बुधबार भए...
-
२०७७ आश्विन ७, बुधबार
हिमचितुवा आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
काठमाडौँ – कीर्तिमानी आरोही आङरिता शेर्पाको बुधबार बिहान राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । काठमाडौंको टेकु दोभानमा बौद्ध परम्पराअनुसार उनको अन्त्येष्टि गरिएको हो । शेर्पाको पार्थिव शरीरमा पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए । त्यस्तै सशस्त्र प्रहरीको एक टुकडीले शेर्पाप्रति सलामी अर्पण गरेको थियो । सगरमाथा शिखर...
-
२०७७ आश्विन ७, बुधबार
उपत्यकामा ६७३ सहित ११ सय ७२ जना नयाँ संक्रमित थपिए
काठमाडाैँ – बुधबार काठमाडौं उपत्यकामा ६७३ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै आज देशभर १ हजार १ सय ७२ जना नयाँ संक्रमित थपिएका छन् । ९ हजार ४ सय ४९ पीसीआर परीक्षण भएकोमा ४ सय २६ महिला र ७ सय ४६ पुरुषमा संक्रमण देखिएको छ । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ७ जनाको मृत्यु...
-
२०७७ आश्विन ७, बुधबार
२५ हजारमाथि सक्रिय संक्रमित देखिए पुनः लकडाउन !
काठमाडौं – देशभर कोरोना भाइरस (कोभिड-१९) संक्रमणको दर बढ्दै गएपछि इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस) ले २५ हजारमाथि सक्रिय संक्रमित भएमा लकडाउनका लागि सिफारिस गर्ने निर्णय गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २५ हजारमाथि संक्रिय संक्रमित हुँदा स्वास्थ्य सम्बन्धी निकायले व्यवस्थापन गर्न कठिन हुने भन्दै यस्तो निर्णय भएको जानकारी दिए। ‘अहिले १७ हजार सक्रिय...
-
२०७७ आश्विन ६, मंगलबार
पुनर्निर्माण प्राधिकरणको कार्यावधि एक वर्ष थप्न सिफारिस
काठमाडौँ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले प्राधिकरणको कार्यावधि एक वर्षले थप गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री एवं निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा सोमबार बेलुकी बसेको समितिको १७ औँ बैठकले प्राधिकरणको कार्यावधि थप गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पाँच वर्षमा...
-
२०७७ आश्विन ६, मंगलबार
उपत्यकाका ६४७ सहित देशभर १३ सय ५६ जनामा संक्रमण पुष्टि
काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४७ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ५११, भक्तपुरका ६३ र ललितपुरका ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ६६ हजार ६३२ पुग्यो स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा...
-
२०७७ आश्विन ६, मंगलबार
डा. केसी ट्रमाबाट शिक्षण अस्पतालमा, अनशन निरन्तर
काठमाडौँ – डा. गोविन्द केसीले ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिएका छन् । अनशनरत केसीले आज मंगलबार ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिएका हुन् । दिउँसो ट्रमा सेन्टर पु¥याइका केसीले साँझ स्वेच्छिक डिस्चार्ज लिएका हुन् । ९ दिनदेखि अनशनरत केसी आजै नेपालगञ्जबाट आएका थिए । उनी त्रिवि शिक्षण अस्पताल जान खोजे पनि प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर पु¥याएको थियो । केसीले शिक्षण अस्पतलमा आफुलाई भर्ना...
-
२०७७ आश्विन ५, सोमबार
उपत्यकामा एकैदिन ७६७ जना नयाँ संक्रमित थपिए
काठमाडाैँ – काठमाडौंमा ६ सय २, भक्तपुर १ सय १ र ६४ जनामा संक्रमण देखिएसँगै उपत्यकामा आइतबार एकैदिन ७६७ जनामा संक्रमण देखिएको छ । यसैगरी आइतबारमात्र १ हजार ३ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १ सय २२ जना पुगेको छ । ९ हजार ५ सय ८४ जनाको पीसीआर परीक्षण भएकोमा महिला ४ सय ६९ र पुरुष ८ सय ५६ जनामा संक्रमण देखिएको हो । यसैगरी नेपालमा कोरोना भाइरस (...
-
२०७७ आश्विन ५, सोमबार
‘हिम चितुवा’ आङरिता शेर्पा रहेनन्
काठमाडौं – ‘हिम चितुवा’ आङरिता शेर्पाको सोमबार बिहान निधन भएको छ । नेपाल पर्वातारोण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार विहान १० बजे जोरपाटीस्थित आफ्नो छोरीको घरमा आङरिता शेर्पाको निधन भएको हो । उनी लिबर र ब्रेन सम्बन्धी समस्याबाट पीडित थिए । विनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरेको विश्व रेकर्ड शेर्पाको नाममा छ ।
-
२०७७ आश्विन ५, सोमबार
आन्तरिक हवाइ उडान थालियाे
काठमाडौं – छ महिनादेखि बन्द रहेको नेपालकाे आन्तरिक उडान सुरु भएको छ। कोभिड–१९ महामारी नियन्त्रणका लागि गत चैत ११ देखि साउन ६ गतेसम्म देशभर लागू गरिएको बन्दाबन्दीको र त्यसपछि जारी गरिएकाे निषेधाज्ञाका कारण झण्डै छ महिना आन्तरिक उडान ठप्प थियो। उडान खुलेसँगै ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सको मुख्य गन्तव्यमा ७० देखि ७५ प्रतिशत टिकट बुकिङ भइसकेको छ। सीमित सङ्ख्यामा उडान गर्ने भए पनि...
-
२०७७ आश्विन ५, सोमबार
डा. गोविन्द केसीले काठमाडौंबाटै सत्याग्रहलाई निरन्तरता दिने
काठमाडौँ – स्वास्थ्य र मेडिकल शिक्षामा सुधारका लागि जुम्लामा सत्याग्रहमा रहेका डा. गोविन्द केसीले त्यहाँबाट फर्किएर काठमाडौंमै सत्याग्रह सुरु गर्ने भएका छन् । दुई वर्षअघि सत्याग्रहमा रहेका बेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा राज्यले जसरी आतङ्क फैलाउँदै हिंसा र तोडफोड गरेको थियो त्यस्तै अवस्था फेरि आउन सक्ने भन्दै उनले काठमाडौं फर्किएर सत्याग्रह थाल्ने बताएका हुन्। सोमबार केसीले...
-
२०७७ आश्विन ३, शनिबार
डा. केसीको स्वास्थ्य बिग्रँदै, अस्पताल लैजान चिकित्सकको सुझाव
काठमाडौं – जुम्लामा चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । स्वास्थ्य बिग्रँदै गएपछि उनलाई तत्काल अस्पताल भर्ना गर्न चिकित्सकले सुझाएका छन् । डा. केसी अनसन बसेको छैटौं दिनपछि स्वास्थ्यस्थिति बिग्रिएको छ । केसीलाई २४ सै घण्टा नियमित मनिटर गर्न सकिने ठाउँमा यथाशीघ्र स्थानान्तर गर्नुपर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा....


