STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ आश्विन १४, बुधबार

    मिटर रिडिङ नभए जरिवाना नलाग्ने

    काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) प्रकोपका समयमा मिटर रिडिङ नभएको अवस्थामा नेपाल विद्युत प्राधिकरणका ग्राहकलाई जरिवाना नलाग्ने भएको छ। ऊर्जा, जलश्रोत ताथ सिंचाइमन्त्री वर्षमान पुनले प्राधिकरणका कार्यकारी निर्देशक लेखनाथ कोइराला र उपकार्यकारी निर्देशक एवं ग्राहक तथा वितरण निर्देशनालयका प्रमुख हरराज न्यौपानेलाई बुधबार मन्त्रालयमा बोलाएर तत्काल जरिवाना नलाग्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।...

  • २०७७ आश्विन १२, सोमबार

    थप १ हजार ३ सय ५१ जनामा संक्रमण पुष्टि

    काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३ सय ५१ जना नयाँ संक्रमित थपिएका छन् । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ । सोमबार मात्र ७ सय ४२ जना निको भएर डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको हुने संक्रमितको संख्या ५४ हजार ६ सय ४० पुगेको छ । देशभर १९ हजार ६ सय २४ जना आइसोलेसनमा उपचाररत रहँदा ६ हजार ३ सय १० जना क्वारेन्टिनमा छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट...

  • २०७७ आश्विन ११, आइतबार

    बलात्कारीलाई हदैसम्मको सजाय माग

    काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले बझाङको मष्टा गाउँपालिका–२ निवासी १२ वर्षीय नाबालिका सम्झना विकको शंकास्पद अवस्थामा हत्या भएको घटना निन्दनीय भएको बताउनुभएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँले भन्नुभयो, “प्रारम्भिक विवरणअनुसार सम्झनाको बलात्कार गरी हत्या गर्ने जघन्य अपराधमा संलग्न जो कोही भए पनि तत्काल पक्राउ गरी हदैसम्मको कारवाही गर्न सरकारसँग माग गर्दछु...

  • २०७७ आश्विन ११, आइतबार

    दिवा तथा रात्रिकालीन पर्यटक बससेवा शुरु

    काठमाडौँ – देशदर्शन बस सेवा प्रालिले दिवा तथा रात्रिकालीन पर्यटकलाई लक्षित गरेर बस सेवा शुरु गरेको छ । पछिल्लो समय विश्वव्यापीरूपमा फैलँदै गएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा समेत बढ्दै गएपछि झण्डै छ महिना लामो बन्दाबन्दी र निशेषधाज्ञाले बन्द रहेको यातायात क्षेत्रमा पर्यटकलाई लक्षित गरेर दिवा तथा रात्रिकालीन सेवा शुरु गरिएको हो । यसअघि दिवा सेवामार्फत पर्यटकलाई गन्तव्यस्थलमा पुर्याउँदै आएका...

  • २०७७ आश्विन १०, शनिबार

    उपत्यकाका ७२४ सहित १२ सय ७ जना नयाँ संक्रमित थपिए

    काठमाडाैं – पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा थप  ७२४ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा थप ५८३, भक्तपुरमा ६३ र ललितपुरमा ७८ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी बितेको २४ घण्टामा नेपालमा १२ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार योसँगै कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ। त्यसैगरी २४ घण्टामा ११ सय...

  • २०७७ आश्विन ९, शुक्रबार

    शिक्षा पत्रकार समाज गठन

    काठमाडौँ– शिक्षा पत्रकारितामा पुराना र नयाँ पत्रकारको सक्रियतामा शिक्षा पत्रकार समाज संस्था स्थापित भएको छ । पत्रकार प्रकाश सिलवालको अध्यक्षतामा समाज गठन भएको हो । शिक्षा र सामाजिक विकासका क्षेत्रमा अध्ययन, अनुसन्धान, प्रकाशन, प्रसारण, बहस तथा पैरवीसहित सबै तहमा गुणस्तरीय शिक्षा, जीवनपर्यन्त सिकाइकोे विकास एवं विस्तारका लागि आमसञ्चार तथा पत्रकारिताको उच्चतम सदुपयोग गर्दै छापा, रेडियो, टेलिभिजन,...

  • २०७७ आश्विन ९, शुक्रबार

    लाइन जाने समस्या तत्काल समाधान गर्न ऊर्जामन्त्रीकाे निर्देशन

    काठमाडौं – पछिल्ला दिनमा लाइन जाने क्रम बढेको गुनासो आउन थालेपछि ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयमा यसबारे छलफल भएको छ । नेपाल विद्युत प्राधिरकणबाट कुलमान घिसिङको बर्हिगमनापछि उपभोक्ताले लाइन जाने क्रम बढेको भन्दै सरकारको तीव्र आलोचना हुन थालेपछि ६ दिन होम आइसोलेसनमा बसेर मन्त्रालय फर्किएलगत्तै ऊर्जामन्त्री वर्षमान पुनले प्राधिकरणका अधिकारीलाई विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल...

  • २०७७ आश्विन ९, शुक्रबार

    बोक्सीको आरोपमा हुने अमानवीय क्रियाकलाप रोक्न गृहको निर्देशन

    काठमाडौँ– गृहमन्त्रालयले बोक्सी र छुवाछुतको आरोपमा अमानवीय क्रियाकलाप रोक्न मातहतका निकायलाई आवश्यक निर्देशन दिएको छ । तराई लगायतका विभिन्न जिल्लामा महिलालाई बोक्सीको आरोप लगाउने, मलमुत्र खुवाउने तथा यातना दिनेसम्मका अमानवीय र जघन्य आपराधिक गतिवधि हुने गरेको पाइएको भन्दै मन्त्रालय त्यस्ता कार्य रोक्न र दोषीलाई तत्काल नियन्त्रणमा लिई कारवाहीको दायरामा ल्याउन मातहतका निकायलाई निर्देशन दिएको हो ।...

  • २०७७ आश्विन ९, शुक्रबार

    उपत्यकाका ६४५ सहित १३१३ जनामा संक्रमण, कुल संक्रमित ७० हजार नाघ्याे

    काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ जनामा संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ५०३, भक्तपुरका ५१ र ललितपुरका ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यसैगरी पछिल्लो २४ घण्टामा १३ सय १३ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ७० हजार ६१४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

  • २०७७ आश्विन ८, बिहिबार

    लोडसेडिङ हल्लामात्र : विद्युत प्राधिकरण

    काठमाडाैं – नेपाल विद्युत प्राधिकरणले बुधवार एक विज्ञप्ती जारी गरी लोडसेडिङ हल्लामात्र भएको जनाएको छ। प्राधिकरणले बेलाबेलामा विद्युत आपूर्तिमा आउने अवरोधलाई लोडसेडिङसँग नजोड्न अनुरोध पनि गरेको छ। ‘कारणबस बिजुली जाँदा लोडसेडिङ भनिएको हल्लामा सत्यता छैन,’ प्राधिकरणले स्पष्ट पारेको छ। विद्युतको प्रशारण तथा वितरण संरचना जमीन माथि (ओभर हेड)बाट गएकोले प्रतिकुल मौसमका कारण कुनै कुनै स्थानमा विद्युतीय...

  • २०७७ आश्विन ८, बिहिबार

    १४ सय ९७ जनामा संक्रमण पुष्टि, एकैदिन १७ जनाको कोरोनाले मृत्यु

    काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकैदिन १७ जनाकाे कोरोनाकाे कारण मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार योसँगै कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ। त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा १७ जनाको कोरोनाले मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४५३ पुगेको छ।  आज...

  • २०७७ आश्विन ७, बुधबार

    प्रेस काउन्सिलकाे पत्रकारिता पुरस्कार वितरण, गोपालदास पत्रकारिता पुरस्कार दृष्टिका सम्पादक श्रेष्ठलाई

    काठमाडौँ –   प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकोत्सव समारोहमा विभिन्न पत्रकारहरुलाई पत्रकारिता पुरस्कार दिइएकाे छ । यस वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि रु एक लाख ५१ हजार छ । त्यस्तै रु एक लाख १० हजार राशिको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार हुम्लाका अर्जुन बोहोरा तथा रु ५०...

Pages