राष्ट्रिय
-
२०७७ भाद्र ३१, बुधबार
थप १५३९ जनामा संक्रमण पुष्टि, कूल संक्रमित ५८ हजार नाघ्याे
काठमाडाैं – पछिल्लाे २४ घण्टामा देशभर १ हजार ५३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । २४ घण्टामा यतिधेरै संक्रमित थपिएको यो संख्या हालसम्मकै उच्च हो । यससँगै देशभर कोरोना संक्रमितको संख्या ५८,३२७ पुगेको छ । स्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएअनुसार पछिल्लाे २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ। याेसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ । पछिल्लाे २४ घण्टामा १ हजार ६८...
-
२०७७ भाद्र ३०, मंगलबार
उपत्यकामा ६७६ सहित १४ सय ५९ जनामा संक्रमण
काठमाडौं – दैनिक भेटिएकामध्ये अहिलेसम्मकै धेरैमा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार उपत्यकामा ७३१ सहित १४ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ। यसअघि शुक्रबार एकै दिन सबैभन्दा बढी १४ सय ५४ जनामा संक्रमण पुष्टि भएको थियो। मंगलबार काठमाडौं उपत्यकामा थप ६७६...
-
२०७७ भाद्र ३०, मंगलबार
असोज ५ बाट लामो दुरीको यातायात र आन्तरिक हवाई उडान खुल्ने
काठमाडौं – सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रस्तावअनुसार अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो । अन्तर जिल्ला यातायात र अन्तरिक हवाई उडान चैत १० बाटै रोकिएको छ । ५ साउनमा मन्त्रिपरिषदले लकडाउन अन्त्य गर्दा भदौ १ बाट अन्तर जिल्ला...
-
२०७७ भाद्र ३०, मंगलबार
पहिरोले नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध
भरतपुर – नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा राति १०ः३० बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । सोमबार दिउँसो सोही ठाउँमा गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो । पुनः पहिरो खसेपछि दुइतर्फी नै सडक अवरुद्ध बनेको छ । पानी परिरहेकाले पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब...
-
२०७७ भाद्र ३०, मंगलबार
सिन्धुपाल्चोकमा मात्रै पहिरोबाट ७४ को मृत्यु, ४१ अझै बेपत्ता
सिन्धुपाल्चोक – निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले मात्र ठूलो धनजनको क्षति पुर्याएको छ । यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ बेपत्ता छन् । आइतबार बाह्रबिसे नगरपालिका–७ मा गएको पहिरोमा मात्रै १४ जनाको मृत्यु भएको छ भने १७ हालसम्म पनि बेपत्ता नै छन् । असार २२ गते चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १२...
-
२०७७ भाद्र ३०, मंगलबार
सवारी साधनमा देवनागरी लिपि !
काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सवारी साधनमा देवनागरी लिपि कायम रहने आवश्यक प्रक्रिया शुरु भएको जनाउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका तर्फबाट आज ध्यानाकर्षपत्र बुझ्दै मन्त्री नेम्वाङ्ले प्रधानमन्त्री केपी शर्मा ओलीबाट सोबारे निर्देशन प्राप्त भइसकेको र आफूले समेत यातायात व्यवस्था विभागका महानिर्देशकलाई कानुनी प्रक्रिया पूरा गरी ऐनमा संशोधन गर्नुपर्ने भए सो...
-
२०७७ भाद्र २९, सोमबार
धरानमा ३ र चितवनमा एकजना संक्रमितको मृत्यु
काठमाडाैं – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका क्रममा मोरङका २ जना र चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । माेरङका मृतकमा कुनै दीर्घ रोग नभएका र एक ४० वर्षीय युवकको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मोरङको धनपालथान–६ का ती युवकको आइतबार राति ८ः४५ मा निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । ...
-
२०७७ भाद्र २९, सोमबार
सैनिकमा कोरोना पुष्टि भएपछि उडान स्थगित
काठमाडौँ – संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना गर्न लिबियामा तैनाथ हुन जाने नेपाली सेनाका केही जवानमा कोरोना सङ्क्रमण पुष्टि भएपछि साेमबार त्यसतर्फ जाने तयारीमा रहेको उडान स्थगन भएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार शान्तिस्थापनार्थ लिबिया जान लागेका ११६ शान्ति सैनिकमध्ये ३५ भन्दा बढीमा कोभिड–१९ पोजेटिभ देखिएपछि आजका लागि तय भएको उडान स्थगन भएको हो । युनाइटेड मिसन...
-
२०७७ भाद्र २९, सोमबार
जुम्लाबाटै सुरु गरे डाक्टर गोविन्द केसीले १९ औं सत्याग्रह
काठमाडौं – डा. गोविन्द केसीले ६ बुँदे माग राखेर जुम्लाबाटै अनशन सुरु गरेका छन् । चिकित्सा शिक्षा सुधारको विभिन्न माग राख्दै आएका केसीले जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको वाविरा मन्दिरमा सोमबार दिउँसो २ बजेदेखि अनशन सुरु गरेका हुन् । डा.गोविन्द केसीले नेपालीहरुको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र सरकारविरुद्ध जुम्लामा १९ औं सत्याग्रह सुरु गरेको बताए ।...
-
२०७७ भाद्र २९, सोमबार
क्याप्टेन विजय लामालाई कोराना संक्रमण
काठमाडौं – नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार काेराेना परीक्षणकाे लागि स्वाब दिएका उनको रिर्पोट पोजेटिभ आएको नेपाल एयरलाइन्सका एक वरिष्ठ अधिकारीले जानकारी दिए । उनी दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पुर्याएर फर्किएका थिए । क्याप्टेन लामासँगै ककपिटमा रहेका अर्का क्पाप्टेनसमेत संक्रमित भएका छन् । दुबै जना सोल्टी होटेलको आइसोलेसनमा रहेको...
-
२०७७ भाद्र २९, सोमबार
पिसिआर परीक्षण अब दुई हजारमै
काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ को पिसिआर परीक्षणका लागि तोकेको अधिकतम शुल्क रु दुई हजार कार्यान्वयन गर्न निर्देशन दिएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै घटेको शुल्कमा पिसिआर परीक्षण गराउन निर्देशन दिएको हो । स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका प्रमुख एवं मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सबै कोभिड– १९ परीक्षण गर्ने...
-
२०७७ भाद्र २८, आइतबार
अपडेट : सिन्धुपाल्चोक पहिरोमा ३ जनाको शव प्राप्त, २८ अझै बेपत्ता
काठमाडौं – सिन्धुपाल्चोकको बाह्रबिसेमा गएको पहिरोमा बेपत्ता भएकामध्ये ३ शव फेला परेका छन् भने अझै २८ जनाको खोजि भइरहेको छ । पहिरोमा परी मृत्यु हुनेहरु नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्कको विक टोलकी २३ वर्षीया जुनुमाया विक र नेवार टोलकी ६० वर्षीया सर्किनी नेवारको शव फेला जनाइएको छ । गएराति भारी वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिका–७ मा पर्ने घुम्थाङको नागपुजे, भिरखर्क र नेवार...


