राष्ट्रिय
-
२०७७ आश्विन ३, शनिबार
डा. केसीको स्वास्थ्य बिग्रँदै, अस्पताल लैजान चिकित्सकको सुझाव
काठमाडौं – जुम्लामा चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । स्वास्थ्य बिग्रँदै गएपछि उनलाई तत्काल अस्पताल भर्ना गर्न चिकित्सकले सुझाएका छन् । डा. केसी अनसन बसेको छैटौं दिनपछि स्वास्थ्यस्थिति बिग्रिएको छ । केसीलाई २४ सै घण्टा नियमित मनिटर गर्न सकिने ठाउँमा यथाशीघ्र स्थानान्तर गर्नुपर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा....
-
२०७७ आश्विन २, शुक्रबार
उपत्यकामा ८५९ सहित एकैदिन संक्रमितको संख्या दुई हजार नाघ्यो
काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८५९ जनासहित एकैदिन कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या दुई हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएअनुसार शुक्रबार एकै दिन दुई हजार २० जनामा संक्रमण पुष्टि भएको छ। यसैगरी काठमाडौंका ६९८, भक्तपुरका ८२ र ललितपुरका ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले...
-
२०७७ आश्विन २, शुक्रबार
असोज ५ देखि शतप्रतिशत क्षमतामै आन्तरिक उडान गर्ने निर्णय
काठमाडौं – असोज ५ गतेदेखि पूर्ण सिट क्षमतामै आन्तरिक उडान हुने सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेकोछ। मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत क्षमतामा मात्रै उडान गर्ने निर्णय गरेसँगै शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेख्दै असोज ५ गतेदेखि नियमित उडान गर्न भनेको हो। कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि भएको लकडाउन र...
-
२०७७ आश्विन १, बिहिबार
स्वास्थ्य मापदण्डको पूर्ण कार्यान्वयन गर्न अनुरोध
काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले स्वास्थ्य मापदण्डको पूर्ण कार्यान्वयन गर्न सर्वसाधारणमा अनुरोध गरेको छ । काठमाडौँमा सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधन नेपाल सरकारले तोकेको मापदण्ड अनिवार्य पालना गर्दै जोरबिजोर प्रणालीअनुसार सञ्चालन गर्न प्रशासनले सबैमा अनुरोध गरेको छ । अत्यावश्यक सेवा कार्यालय आवतजावत र ढुवानीका साधनमा भने जोरबिजोर लागु नहुने प्रशासनले आज सूचना जारी गरी...
-
२०७७ आश्विन १, बिहिबार
मन्त्री भट्ट आफै बजार अनुगमनमा, बढी मूल्य लिने व्यापारी फन्दामा
काठमाडौँ – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बजार अनुगमनमा निस्कनु भएको छ । कोरोना भाइरस (कोभिड १९) को कारणले दैनिक उपभोग्य पदार्थको मूल्यवृद्धि गरेपछि उहाँ आफै बजार अनुगमनमा निस्कनु भएको हो । अनुगमनका क्रममा मन्त्री भट्टले बुधबार कालीमाटी, बल्खु र लगनखेल क्षेत्रका तरकारी पसलमा पुग्नुभएको उहाँका स्वकीय सचिव हितेश ओझाले जानकारी दिनुभयो । “मन्त्रीसमक्ष विहानै उपभोक्ताले प्याजको मूल्य...
-
२०७७ आश्विन १, बिहिबार
बिहीबार अदालत नखुल्ने
काठमाडौँ – सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा बिहीबार एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा बिहीबार शोक बिदा दिने निर्णय गरेको हो । सिंहको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व गुमाएको उल्लेख गर्दै उहाँको...
-
२०७७ आश्विन १, बिहिबार
सूर्तीजन्य पदार्थमा कर नबढेकोमा आपत्ति
काठमाडौँ– अर्बुद (क्यान्सर) रोग गराउन महत्वपूर्ण भूमिका खेल्ने सूर्तीजन्य पदार्थमा कर बढाउन नेपाल सरकारसँग पटकपटक अनुरोध गरे पनि नबढेको भन्दै अभियानकर्मीले आपत्ति जनाएका छन् । नेपाल अर्बुद रोग निवारण संस्थाको ३८ औँ वार्षिकोत्सवका अवसरमा बुधबार जुम प्रविधिबाट आयोजित कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले आफू मन्त्री भएका बेला कर बढाउन प्रस्ताव गरेपनि अर्थ मन्त्रालयका कारण सम्भव नभएको...
-
२०७७ आश्विन १, बिहिबार
पर्यटन बोर्डको चाडपर्व फोटो प्रतियोगिता
काठमाडौँ – नेपाल पर्यटन बोर्डले चाडपर्वको सन्दर्भलाई लक्ष्य गर्दै चाडपर्व फोटो प्रतियोगिता आयोजना गरेको छ । चाडपर्वका समयमा विगतका दिनमा जस्तो रमाइलोसँग समय बिताउन नपाएका क्षणमा पनि केही सकारात्मकता र केही सिर्जनशीलता सम्मिश्रण गराई रौनक अनुभूति गराउने उद्देश्यका साथ चाडपर्व फोटो प्रतियोगिता आयोजना गरिएको बोर्डले जनाएको छ । प्रतियोगितामा नेपालका कुनै पनि चाड वा गतिविधि तथा केही सान्दर्भिक तस्बिर...
-
२०७७ आश्विन १, बिहिबार
कोरोना जोखिमबीच सरकारी सेवाहरु खुल्दै, जिप्रकाले बार अनुसार सेवा दिने
काठमाडौं– काठमाडौं उपत्यकामा कोरोनो संक्रमणको जोखिम रहे पनि सरकारी तथा निजी सेवाहरु खुल्न थालेका छन् । यसैक्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौंले असोज ४ गते आइतबारदेखि स्थगित गरेका सेवाहरु पुनः सञ्चालन गर्ने भएको छ । प्रशासन कार्यायले बिहीबार सूचना जारी गरी नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, नाबालक परिचयपत्र, राहदानी, हातहतियार दर्ता, पत्रपत्रिका, संघसंस्था दर्ता र नवीकरणसम्बन्धी सेवा असोज ४...
-
२०७७ आश्विन १, बिहिबार
१२ सय ४६ जना कोरोना भाइरस संक्रमित थपिए
काठमाडौं – पछिल्लो २४ घण्टामा बिहीबार १२ सय ४६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५९ हजार ५७३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएकाे जानकारी अनुसार कोरोनाले पछिल्लाे २४ घण्टामा ४ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८३ पुगेको छ। मन्त्रालयका अनुसार...
-
२०७७ भाद्र ३१, बुधबार
थप १५३९ जनामा संक्रमण पुष्टि, कूल संक्रमित ५८ हजार नाघ्याे
काठमाडाैं – पछिल्लाे २४ घण्टामा देशभर १ हजार ५३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । २४ घण्टामा यतिधेरै संक्रमित थपिएको यो संख्या हालसम्मकै उच्च हो । यससँगै देशभर कोरोना संक्रमितको संख्या ५८,३२७ पुगेको छ । स्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएअनुसार पछिल्लाे २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ। याेसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ । पछिल्लाे २४ घण्टामा १ हजार ६८...
-
२०७७ भाद्र ३१, बुधबार
अपडेट : सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प
काठमाडाैं – बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा गएकाे भूकम्प सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको छ । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जनाएका छन् । करिब १२ सेकेण्डसम्म साे भूकम्पकाे धक्का महसुस गरिएकाे थियाे । भूकम्पका कारण काठमाडाैका सर्वसाधारणहरु घरबाहिर निस्किएका थिए ।


