STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ आषाढ २१, आइतबार

    दुवै अध्यक्ष आफ्नै अडानमा • भोलि अर्काे वार्ता

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्किएको आन्तरिक कलहले जटिल रुप लिएपछि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भएको छलफल सकिएको छ । बालुवाटारको निर्णायक वार्तामा प्रधानमन्त्री ओलीका तर्फबाट महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य एवम् प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल बसेका छन् । प्रचण्ड पक्षबाट वर्षमान पुन र जनार्दन...

  • २०७७ आषाढ २१, आइतबार

    पिसिआर परीक्षणलाई तीव्रता दिन आग्रह

    काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले कोरोना बढी सङ्क्रमण प्रभावित स्थान र क्षेत्र पहिचान गरी रोकथाम र नियन्त्रण गर्न र पिसिआर परीक्षणलाई तीव्रता दिन आग्रह गरेको छ । आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईद्वारा आज यहाँ जारी प्रेस विज्ञप्तिमा काठमाडौँ उपत्यका जस्तो घनाबस्ती भएका ठाउँमा समुदायमा कोरोना सङ्क्रमण फैलिएमा स्थिति भयावह हुन सक्नेतर्फ बेलैमा ध्यान पु¥याउन र पिसिआर परीक्षणलाई तीव्रता दिई...

  • २०७७ आषाढ २१, आइतबार

    क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट पोजेटिभ

    काठमाडौं - बागलुङको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । बागलुङको ढोरपाटन नगरपालिका ४ खुंगाको क्वारेन्टाइनमा बसेका उनको गएराति मृत्यु भएको थियो । उनको दिउँसो आइतबार मात्रै रिपोर्ट आएको हो । जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूका अनुसार फोक्सोमा समस्या देखिएपछि उपचारको लागि भारत गएका उनी असार ३ गते मात्रै बागलुङ आएका थिए । क्वारेन्टाइनमा...

  • २०७७ आषाढ २१, आइतबार

    सुकिसकेकाे ललितपुरकाे सुन्धाराबाट अब पानी आउने

    ललितपुर महानगरपालिकाको महानगरको वडा नं ६ मा रहेको सुन्धारा, १७ को सिन्चा हिटी र मनी मण्डप हिटी हिउँदमा सुक्छन् । अब यी तीनवटा धारामा निरन्तर पानी आउने भएका छन् । यी तीन ढुङ्गे धाराको मुहान संरक्षण भएपछि ती धारामा पानी आउने भएका हुन् । वडा नं १५ स्थित नाय्ख्योमा रहेको मुहान संंरक्षण गर्दै त्यहाँ पोखरी निर्माणको काम सुरु भएको छ । महानगरको गौरवशाली योजना अन्तर्गत यो काम थालिएको हो । पहिलो चरणको...

  • २०७७ आषाढ २१, आइतबार

    डेढ करोड लागतमा व्यासमूर्ति बनाइँदै

    दमौली : व्यास जन्मभूमि दमौलीमा निर्माण गर्न लागिएको १०८ फिट अग्लो व्यासको मूर्तिका लागि तनहुँको व्यास नगरपालिकाले रु एक करोड ५० लाख बजेट विनियोजन गरेको छ । दमौलीलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ निर्माण गर्न लागिएको मूर्तिका लागि नगरपालिकाले आगामी आर्थिक वर्ष ०७७÷७८ को बजेटमा उक्त रकम विनियोजन गरेको हो । व्यास र पराशर क्षेत्रको विकासका लागि नगरपालिका सदैव प्रतिबद्ध रहेको नगरपालिकाका...

  • २०७७ आषाढ २०, शनिबार

    कोरोनाका कारण मृत्यु हुने ३४ पुग्याे • संक्रमितकाे स‌ंख्या १५ हजार ४९१

    काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार बिहान गोरखामा एक र रुपन्देहीका जनाको कोरोनाकै कारण मृत्यु भएसँगै मृतकको संख्या ३४ पुगेको हो। शनिबार बिहान गोरखा पालुङटार नगरपालिका–७ का ४४ वर्षीय पुरुषको मृत्यु भएको हो। असार १७ गते कतारबाट नेपाल आएका उनको उपचारको क्रममा शनिबार गोरखा...

  • २०७७ आषाढ २०, शनिबार

    बनेपाकाे रोशीखोलामा पक्की पुल

    बनेपा : बर्खा लागे पनि रोशी खोलापारि थान्सिङबेँसीका गणेशप्रसाद न्यौपाने खेतमा फलाएको तरकारी घरआँगनबाटै गाडीमा लोड गरेर बेच्न पाएकामा खुशी हुनुहुन्छ । घरमुनि नै बगिरहेको रोशीखोला बर्खा लागेसँगै गाडी आवतजावतमा समस्या भएपछि त्यहाँबाट पारि जान झोलुङ्गे पुल तरेर बोकेर लानुपर्ने बाध्यता थियो । अहिले रोशीखोलामा मोटरेबल पुल बनेसँगै घरआँगनबाटै तरकारी बेच्न पाएकामा धेरै खुशी लागेको उहाँले बताउनुभयो । उहाँ...

  • २०७७ आषाढ २०, शनिबार

    क्वारेन्टिनमा रहेका युवकको मृत्यु

    गलकोट : क्वारेन्टिनमा बसेका बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका एक युवकको मृत्यु भएको छ । निसीखोला–२ का २९ वर्षीय सुनिल विकको क्वारेन्टिनमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बसेका उनको आज बिहान मृत्यु भएको बुर्तिवाङ प्राथमिक...

  • २०७७ आषाढ १९, शुक्रबार

    संघनायक भिक्षु ज्ञानपूर्णिकको स्वर्गारोहण

    काठमाडौं – थेरवादी बौद्ध भिक्षु महासंघका सातौं संघनायक भिक्षु ज्ञानपूर्णिक महास्थविरको स्वर्गारोहण भएको छ । नेपालका थेरवादी बौद्ध जगतका शिखर व्यक्तित्व उहाँ संघनायक भिक्षुको पाटनको सुमेरु अस्पतालमा आज शुक्रबार बिहान ४ः३५ बजे मृत्यु भएको जानकारी उहाँ नजिकका भिक्षु बोधिज्ञानले दिनुभएको हो । स्वर्गीय भिक्षु ज्ञानपूर्णिक महास्थविरप्रति अन्तिम श्रद्धाञ्जलि दिन शुक्रबार बिहान १० बजेदेखि नयाँ...

  • २०७७ आषाढ १९, शुक्रबार

    काठमाडौँ महानगरपालिकाले साउन १ देखि विद्युतीय हस्ताक्षर प्रयोगमा ल्याउने

    काठमाडौँ : काठमाडौँ महानगरपालिकाले आगामी साउन १ गतेदेखि नक्सा स्वीकृत गर्दा विद्युतीय हस्ताक्षर (डिजिटल सिग्नेचर) प्रयोगमा ल्याउने भएको छ । कुनै पनि भवनको नक्सा पास गर्दा कागजी प्रक्रिया पूर्णरुपमा बन्द गर्नका लागि कामपाले यस किसिमको अभ्यास शुरु गर्न लागेको हो । नक्सा दर्ता भएको ३० दिनभित्र स्वीकृतिको प्रमाणपत्र दिने गरी प्रणाली विकास गरिरहेको कामपाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले...

  • २०७७ आषाढ १९, शुक्रबार

    थप ७४० मा कोरोना सङ्क्रमण पुष्टि, एकको मृत्यु

    काठमाडौँ : देशभर गत २४ घण्टामा थप ७४० जना सङ्क्रमित थपिएका छन् । यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न २३ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ७४० जनामा सङ्क्रमण भएको जानकारी दिनुभयो । योसँगै सङ्क्रमितको सङ्ख्या १५ हजार २५९ पुगेको छ । प्रवक्ता डा गौतमका...

  • २०७७ आषाढ १९, शुक्रबार

    सडक विभागका इञ्जिनीयरविरुद्ध मुद्दा

    काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा सडक विभागका इञ्जिनीयर भरतराज आचार्यविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । विभागमा लामो समय सेवा गरेका आचार्यले गैरकानुनी तरिकाले सम्पत्ति आर्जन गरी उच्च जीवनयापन गरेको सन्दर्भमा परेको उजुरीमाथि छानबिन गर्दा अकूत सम्पत्ति आर्जन गरेको पाइएको हो । आयोगका अनुसार सरकारी सेवाअन्तर्गत सार्वजनिक निर्माण शाखा रुकुममा...

Pages