STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ आषाढ १४, आइतबार

    चितवन आइपुग्यो सलह

    चितवन : पूर्वी चितवनको कालिका र खैरहनी नगरपालिकामा सलह कीरा देखिएका छन् । कालिका नगरपालिका–३ को दुई सय बिघा भन्ने स्थानको ९६ बिघामा र खैरहनी नगरपालिकाको पर्सामा कीरा देखिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख मेघनाथ तिमल्सेनाका अनुसार कालिका नगरपालिकाका स्थानीयवासीले आज बिहान गुलेलीले हानेर तर्साएपछि त्यहाँ रहेको सो कीराका सानो झुण्ड वनतर्फ गएको छ । सो...

  • २०७७ आषाढ १४, आइतबार

    सम्पदा संरक्षण एवं पुनर्निर्माणका काम जारी

    काठमाडौँ : कोरोना महामारीका कारण जारी बन्दाबन्दीमा पनि ऐतिहासिक एवं पुरातात्विक महत्वका सम्पदाको संरक्षण र पुनर्निर्माणका काम निरन्तर भइरहेका छन् । पुरातत्व विभागको चालू आर्थिक वर्षको कार्य प्रगति र आगामी वर्षको कार्ययोजनाका सम्बन्धमा प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा विभागले कोभिड–१९ का कारण पुरातात्विक सम्पदा संरक्षणका केही आयोजनाबाहेक अन्यमा निरन्तर काम भइरहेको बताएको छ...

  • २०७७ आषाढ १४, आइतबार

    थप ४६३ जनामा संक्रमण, कुल संक्रमितको संख्या १२ हजार ७७२ पुग्याे

    काठमाडौं : आइतबार मात्र ४६३ जनाको रिपोर्ट पोजिटिभ आएसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १२ हजार सात सय ७२ पुगेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबार नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १२ हजार सात सय ७२ पुगेको हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार नौ सय ६२ र आरडीटी दुई हजार सात सय ३२ जनाको नमुना...

  • २०७७ आषाढ १४, आइतबार

    सलह किरालाई माछा र कुखुराको आहार बनाउने तयारी

    धनगढी : सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशमा सलह किरा भित्रिएमा त्यसलाई टिपेर माछा र कुखुराको दानाका रुपमा प्रयोग गर्न सकिने गरी आवश्यक तयारी गरेको छ । धान दिवस मनाउने सन्दर्भमा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले सलह किराले पु¥याउनसक्ने क्षति रोक्नका लागि यस्तो रणनीति अवलम्बन गरिएको बताउनुभयो । यसका लागि सलह...

  • २०७७ आषाढ १३, शनिबार

    नेपालमा सलह भित्रिएपछि विज्ञले लिए पाकिस्तानी वैज्ञानिकसँग परामर्श

    काठमाडौं । नेपालमा सलह भित्रिएपछि कृषि मन्त्रालय माताहतका एक दर्जनबढी विज्ञले पाकिस्तानी वैज्ञानिकसँग सलह नियन्त्रण उपायबारे परामर्श लिएका छन् । सलह नियन्त्रणमा सफलता हात पारेका पाकिस्तानी किट वैज्ञानिकसँग दुई घण्टा भर्चुअल छलफल भएको मन्त्रालयका उपसचिव डा.गंगादत्त आचार्यले बताए । मन्त्रालयका सहसचिव डा. हरिबहादुर केसी, प्लान्ट क्वरिन्टिन तथा विषादी व्यावस्थापन केन्द्रका प्रमुख शहदेव हुमागाईसहितका...

  • २०७७ आषाढ १३, शनिबार

    पिसिआर परीक्षणका लागि थप १० प्रयोगशाला सञ्चालन गरिँदै

    काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप १० ठाउँमा कोभिड–१९ को पिसिआर विधिबाट परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने भएको छ । कोभिड–१९ को परीक्षणको दायरा बढाउनका लागि १० ठाउँमा प्रयोगशाला स्थापना गर्न थालिएको मन्त्रालयका इन्सिडेन्ट कमाण्ड सिस्टमका संयोजक डा गुणराज लोहनीले जानकारी दिनुभयो । उहाँका अनुसार मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा...

  • २०७७ आषाढ १३, शनिबार

    सलहको एउटा बथान नेपाल छिर्याे

    भारत हुँदै सलहको एउटा बथान नेपाल छिरेको छ । बारा जिल्लामा सलहको सानो झुण्ड देखिएको कृषी मन्त्रालय स्रोतले जनाएको छ । भारतको बिहार हुँदै सलहको समूह नेपाल प्रवेश गरेको हो । सलह नेपाल प्रवेश गरेसँगै यसले पुर्याउन सक्ने क्षति न्यूनिकरण गर्ने विषयमा छलफल गर्न कृषि मन्त्रालयले आज शनिबार आकस्मिक रुपमा बैठक बोलाएको छ ।  ‘कृषि विकासका स्थानीय अधिकारीहरुले हामीलाई सर्लाही र बारामा केही दिनदेखि सलहको बथान...

  • २०७७ आषाढ १३, शनिबार

    कैलालीका कोराना सङ्क्रमितको चितवनमा मृत्यु

    चितवन : भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु भएको छ । उनी फोक्सोको क्यान्सरबाट पीडित रहेको बताइएको छ । विहीबार राति उनमा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले कैलालीको लालगढ नगरपालिका–७ गोदावरीका ५० वर्षीय पुरुषको उपचारतका क्रममा आज बिहान मृत्यु भएको बताउनुभयो । उहाँका अनुसार ती पुरुष क्यान्सरका उपचारका सिलसिलामा भारतबाट...

  • २०७७ आषाढ १३, शनिबार

    थप ५ सय ५४ जनामा स‌ंक्रमण, संक्रमित १२ हजार नाघ्याे, मृत्यु हुने २८ पुगे

    काठमाडाैं - शनिबार मात्र ५ सय ५४ जनाको रिपोर्ट पोजिटिभ आएसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १२ हजार नाघेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार मात्र १२० महिला ४३४ पुरुष गरेर पाँच सय ५४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । संक्रमितमध्ये एक हजार तीन सय ६९ महिला र १० हजार नौ सय ४० पुरुष छन् । कुल १२ हजार तीन सय ९ जनामा संक्रमण...

  • २०७७ आषाढ १३, शनिबार

    ‘कोरोना रिमुभिङ कार्ड’ले मुटु तथा कलेजोमा गम्भीर असर पार्ने : स्वास्थ्य मन्त्रालय

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोरोना रिमुभिङ कार्ड’ मा प्रयोग भएको रसायनहरुले मुटु तथा कलेजोमा गम्भीर असर गर्ने बताएको छ । कोरोना संक्रमण रोक्न÷नियन्त्रणका लागि आहिलेसम्म कुनै पनि औषधिको विकास नभएको भन्दै मन्त्रालयले भ्रम नफैलाउन समेत आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ‘कोरोना रिमुभिङ कार्ड’ नामक कार्डमा प्रयोग भएको रसायनले मुटु, कलेजो र फोक्सोमा गम्भीर असर गर्ने बताए...

  • २०७७ आषाढ १२, शुक्रबार

    सुरक्षित हवाईयात्राको अभ्यास उडान

    ‘कृपया अब हामी बुद्ध एयरको उडान नं. ६०१ बाट पोखरा प्रस्थान गर्दैछौँ । बाह्र हजार फिटको उचाइबाट २५ मिनेटको यात्रापछि पोखरा विमानस्थलमा अवतरण हुनेछौँ । यात्रु महानुभावहरु ध्यानदिनुहोला ! “कोभिड–१९ को महामारीबाट सुरक्षित रहनका लागि हवाई यात्रामा पालना गर्नुपर्ने सुरक्षा निर्देशन” कृपया आफ्नो सिटबेल्ट बाँधिदिनु होला, यात्रा अवधिभर मास्क र फेससिट लगाउनुहोला । उडानका बेला हिँडडुल नगर्नु होला, अति...

  • २०७७ आषाढ १२, शुक्रबार

    बालबालिकालाई झाडापखालाविरुद्ध खोप दिइँदै

    काठमाडौँ : सरकारले पहिलोपटक झाडापखाला रोक्नका लागि खोप दिने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जन्मदेखि पाँच वर्षमुनिका बच्चालाई झाडापखालाविरद्ध खोप ‘रोटारिक्स’ दिने भएको हो । महाशाखाका बालस्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा झलक शर्मा गौतमले झाडापखालाबाट वर्षेनि बालबालिकाको मृत्यु हुने गरेकाले त्यसलाई रोक्न उक्त खोप दिन थालिएको बताउनुभयो । उहाँका अनुसार वर्षेनि तीन लाख ५०...

Pages