राष्ट्रिय
-
२०७७ आषाढ २२, सोमबार
काठमाडौं उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण
काठमाडौं : काठमाडौं उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार ५४ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन्।मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो।आइतबार मात्र उपत्यकामा ३० जनामा कोरोना संक्रमण देखिएको थियो। संक्रमित हुनेमा काठमाडौंका २४, भक्तपुरका १० जना र ललितपुरका...
-
२०७७ आषाढ २१, आइतबार
एक सिपाही : एक बिरुवा रोपण
नेपाली सेनाले पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिकाको खण्डमा आज वृक्षरोपण गरेको छ । व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (ई) ले राजमार्गको दायाँबायाँ खण्डमा वृक्षरोपण गरेको गणपति प्रमुख सेनानी मनोज गुरुङले जानकारी दिनुभयो । कालीभञ्जन गणको समुदायप्रति उत्तरदायित्व बहन तथा ‘एक सिपाही एक बिरुवा’ कार्यक्रमअन्तर्गत वृक्षरोपण गरिएको गुरुङले जानकारी दिनुभयो । प्रमुख सेनानी गुरुङका अनुसार...
-
२०७७ आषाढ २१, आइतबार
मेलम्चीको सुरुङमा पानी पठाई परीक्षण
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा आइतबारदेखि पानी जोडिएपछि मेलम्ची र बागमती नदीमा पानीको वहाब बढ्नसक्ने भन्दै सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । मेलम्ची खानेपानी आयोजना विकास समितिले मेलम्ची नदी, अडिट टनेल रहेको सिन्धु, ग्याल्थुमलगायतका क्षेत्रका खोलानाला साथै बाग्मती नदीमा कुनैपनि बेला पानीको बहाब बढ्न सक्ने बताएको छ । त्यसैले ती नदी तथा खोलाको किनारमा जाँदा विशेष सावधानी अपनाउन...
-
२०७७ आषाढ २१, आइतबार
संघनायक ज्ञानपूर्णिक महास्थविरको अन्तिम संस्कार सम्पन्न
काठमाडौं, नेपाली थेरवादी भिक्षुहरु मध्ये सर्वोच्च पदमा आसिन संघनायक ज्ञानपूर्णिक महास्थविरको आज आइतबार बागमती किनार शंखमुल घाटमा अन्तिम संस्कार गरियो । संघनायक ज्ञानपूर्णिक महास्थविरको शुक्रबार ८१ वर्षको उमेरमा शुक्रबार बिहान ४.३५ बजे निधन भएको थियो । उहाँको पार्थिव शरिरमा कार्यबाहक संघनायक बोधिसेन महास्थविर, अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष मैत्री महास्थविर लगायत अन्य भन्ते तथा गुरुमां एवं...
-
२०७७ आषाढ २१, आइतबार
पत्रकारमाथि दुर्व्यवहारमा संलग्नलाई कारवाही गर्नुपर्ने माग
काठमाडौँ : नेपाल प्रेस युनियनले पछिल्लो पटक बाँके र लमजुङमा पत्रकारमाथि भएको आक्रमण र दुव्र्यवहारसम्बन्धी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही गर्नुपर्ने माग गरेको छ । लमजुङका पत्रकार आश गुरुङमाथि यही असार १८ गते समाचार प्रकाशनका विषयलाई लिएर बेँसीशहर नगरपालिका–७ का वडाध्यक्ष गोविन्द बस्नेतले सार्वजनिक स्थानमा बोलाई हातपात तथा गालीगलोज गरेको जनाइएको छ । खोज पत्रकारिता केन्द्रमा प्रकाशित ‘...
-
२०७७ आषाढ २१, आइतबार
असार २५ पछि नदीको बहाव बढ्ने : सावधानी अपनाउन आग्रह
काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले यही असार २५ पछि मुलुकभरका नदीनालामा पानीको बहाव बढ्ने जनाएको छ । विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठका अनुसार मौसम सक्रिय रहेकाले धेरैजसो स्थानमा पानी पर्ने तथा कतै भारी वर्षा हुने देखिएको छ । असार २६ देखि २९ गतेसम्म धेरै स्थानमा नदी कतै सतर्कताको तह पार गरी खतराको तहसम्म पुग्ने भएकाले बेलैमा पू्र्वसावधानी अपनाउन भनिएको छ । असार २६ देखि २९...
-
२०७७ आषाढ २१, आइतबार
गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदै
आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्न निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र...
-
२०७७ आषाढ २१, आइतबार
उपत्यकाको ढलमा कोराेनाभाइरस
काठमाडौं । उपत्यकाको ढलमा कोभिड १९ को भाइरस फेला परेको छ । उपत्यकाभित्रका ४ ठाउँका ढलको नमुना परीक्षण गर्दा २ ठाउँमा कोभिड १९ को भाइरस फेला परेको हो। सेन्टर फर मलिकुलर डायनामिक्स (सीएमडीएन)नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स २’ प्रारम्भिक अध्ययनले यस्तो तथ्य फेला पारेको हो । अध्ययनका लागि काठमाडौं उपत्यकाको मुख्य सहरका चार ठाउँको ढलको नमुना संकलन गरिएको थियो । उक्त अध्ययनले...
-
२०७७ आषाढ २१, आइतबार
कोरोना सचेतनामूलक पुस्तक र क्यालेन्डर सार्वजनिक
पोखरा : नेपाल मुद्रण उद्योग महासङ्घ गण्डकी प्रदेशले कोरोना सचेतनामूलक पुस्तक र क्यालेन्डर सार्वजनिक गरेको छ । पुस्तक र क्यालेन्डर गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले एक कार्यक्रमकाबीच सार्वजनिक गर्नुभयो । कार्यक्रममा थापाले कोभिड–१९ ले नेपालमा प्रत्यक्ष आर्थिक समस्या देखिएको र उद्योग व्यवसाय, पर्यटन तथा यातायात क्षेत्रमा अझ बढी प्रभावित बनाएको बताउनुभयो । सरकारले धरासायी बनेको पर्यटन...
-
२०७७ आषाढ २१, आइतबार
एनआरएनएलाई आइएलओको पाँच करोड बढी सहयोग
टेक्सस (अमेरिका) : अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) सँग गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सहकार्य अघि बढाएको छ । आइएलओले गैरआवासीय नेपाली सङ्घलाई चार लाख २४ हजार ३१० अमेरिकी डलर सहयोग गरेको छ । उक्त रकम अहिलेको विनिमय दरको हिसाबले रु पाँच करोड १० लाखभन्दा बढी हो । सङ्घका कोषाध्यक्ष महेश श्रेष्ठका अनुसार आइएलओबाट प्राप्त अनुदान कोभिड–१९ भाइरसका कारण प्रभावित विभिन्न देशमा रहेका नेपाली श्रमिकको...
-
२०७७ आषाढ २१, आइतबार
दुवै अध्यक्ष आफ्नै अडानमा • भोलि अर्काे वार्ता
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्किएको आन्तरिक कलहले जटिल रुप लिएपछि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भएको छलफल सकिएको छ । बालुवाटारको निर्णायक वार्तामा प्रधानमन्त्री ओलीका तर्फबाट महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य एवम् प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल बसेका छन् । प्रचण्ड पक्षबाट वर्षमान पुन र जनार्दन...
-
२०७७ आषाढ २१, आइतबार
पिसिआर परीक्षणलाई तीव्रता दिन आग्रह
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले कोरोना बढी सङ्क्रमण प्रभावित स्थान र क्षेत्र पहिचान गरी रोकथाम र नियन्त्रण गर्न र पिसिआर परीक्षणलाई तीव्रता दिन आग्रह गरेको छ । आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईद्वारा आज यहाँ जारी प्रेस विज्ञप्तिमा काठमाडौँ उपत्यका जस्तो घनाबस्ती भएका ठाउँमा समुदायमा कोरोना सङ्क्रमण फैलिएमा स्थिति भयावह हुन सक्नेतर्फ बेलैमा ध्यान पु¥याउन र पिसिआर परीक्षणलाई तीव्रता दिई...


