STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ जेठ १, बिहिबार

    स्वास्थ्य मन्त्रालयको त्रुटी, कोराना संक्रमित संख्या २४५ मात्रै

    काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार नेपालमा ७ जना कोरोना संक्रमित थपिएको भने पनि जम्मा दुई जनामात्र नयाँ संक्रमित थपिएको पाइएको छ । मन्त्रालयले प्राविधिक कारणले पहिले नै पुष्टि भएका ५ जनाको विवरण पुनः रिपोर्टिङ भएको जनाएको छ । त्यसैले कुल संक्रमितको संख्या २४५ नै रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले बिहान पौने ८ बजे सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार सर्लाहीको धान्कौल...

  • २०७७ बैशाख ३१, बुधबार

    कपिलवस्तु र बाँकेमा गरी दुईजना नयाँ संक्रमित भेटिए

    काठमाडौं । बुधबार कपिलवस्तु र बाँकेमा गरी दुईजना नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु नगरपालिका– ५ का २२ वर्षका युवकमा कोरोना संक्रमण भेटिएको हो । बुधबारै बाँकेका एक ३६ वर्षका युवकमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ । काभ्रेको धुलिखेल अस्पतालस्थित ल्याबमा परीक्षण गर्दा बाँकेका ३६ वर्षका...

  • २०७७ बैशाख ३१, बुधबार

    ‘उपत्यका आवत–जावतमा थप कडाई गरौँ’ - मेयर शाक्य

    विजयरत्न असंबरे कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको अवज्ञा गर्दै उपत्यकाबाट बाहिरिएका नागरिक कतिपय शक्तिको आडमा वा लुकिछिपी पुनः भित्रिन थालेका छन् । कतिपय नागरिक त विभिन्न नाकाबाट बिरामीको बहानामा एम्बुलेन्सबाट पनि उपत्यका भित्रिने गरेका छन् । उपत्यकामा एकै दिन तीन जना संक्रमित फेला परेपछि अझ उपत्यकाबासीलाई नराम्ररी झस्काई दिएको छ भने यसरी संक्रमित भएकाहरु सबै बाहिरी...

  • २०७७ बैशाख ३१, बुधबार

    अस्पतालबाट भागेका संक्रमितमध्ये एक सम्पर्कमा, एकजना बेपत्ता

    काठमाडौं – वीरगन्जस्थित नारायणी अस्पतालबाट भागेका दुई जना कोरोनाभाइरस संक्रमितमध्ये एकजना सम्पर्कमा आएका छन् भने एकजनाको खोजि भइरहेको जनाइएको छ । आइसोलेसन रहेर उपचार गराइरहेका दुईजना संक्रमित राजनाथ यादव र असफर हवारी भागेको अस्पताल स्रोतले जनाएको छ । उनीहरु शौचालयको झ्यालबाट भागेका हुन् । पर्सामा हालसम्म ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने त्यसमध्ये तीन जना डिस्चार्ज भइरहेका छन् ।

  • २०७७ बैशाख ३१, बुधबार

    थप २४ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित २४३ पुगे

    काठमाडाै‌‌‌ -  बुधबार  थप २४ जनामा बुधबार कोरोना संक्रमण देखिएको छ। आजै मध्यान्न दुई जना व्यक्तिमा संक्रमण देखिएको थियो। जसमा एकजना बाँके र अर्का कपिलवस्तुका हुन्। यीसहित बुधबार कुल २६ जनामा संक्रमण देखिएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ। बुधबार थपिएका संक्रमितहरु १२ जना रुपन्देही, ८ जना कपिलवस्तु, ३ जना पर्सा, एकजना नवलपरासीका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। थपिएका...

  • २०७७ बैशाख ३०, मंगलबार

    शताब्दी पुरुषको जन्मोत्सव तथा नइ पुरस्कार स्थगित

    विजयरत्न असंबरे विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसले नेपाल पनि अछुतो रहन नसकेको अवस्थामा सिर्जित सङ्कटको यो विषम परिस्थितिले गर्दा शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०१ औं शुभजन्मोत्सवका अवसरमा उहाँबाटै आज व‌ैशाख ३० गते काठमाडौंमा नइ पुरस्कारहरु समर्पण गरिने कार्यक्रम स्थगित गरेको छ । साहित्यसेवी दम्पती नरेन्द्रराज प्रसाईं र ईन्दिरा प्रसाईको नइ प्रकाशनले देशदेशान्तरका विविधक्षेत्रका...

  • २०७७ बैशाख ३०, मंगलबार

    एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं – नेपालमा एकैदिनमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म यति धेरै संख्यामा कोरोना पुष्टि भएको यो पहिलोपटक हो । पर्सा जिल्लामा मात्र ३९ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी, त्यस्तै कपिलवस्तुका ८ जना, रुपन्देहीका ९ जना र बाराका १ जनामा कोरोना संक्रमणको पुष्टि भएको मन्त्रायले एक प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ । थपिएका...

  • २०७७ बैशाख ३०, मंगलबार

    शताब्दी पुरुष सत्यमोहन जोशी १०१ वर्षमा प्रवेश

    काठमाडौं – शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी १०१ वर्ष पुगेका छन् । वैशाख ३० गते मंगलबार जोशी १०१ वर्षमा लागेका हुन् । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि लकडाउन लागु भएकोले सत्यमोहन जोशीका औपचारिक कार्यक्रमहरु छैनन् । ललिपतुर महानगरपालिकाका उपमेयर गीता सत्यालले लकडाउनका कारण कुनै कार्यक्रम आयोजना नगरिएको बताइन् । जोशी गत वर्ष एक सय वर्ष पुग्दा ललितपुर महानगरपालिकाले...

  • २०७७ बैशाख ३०, मंगलबार

    सुकुम्वासीलाई ६ आना जग्गा दिने निर्णय उचित हैन - वर्ल्ड नेवाः अर्गनाइजेसन

    विजयरत्न असंबरे संसारैभरि छरिएर रहेका नेवारहरुको छाता संगठन वर्ल्ड नेवाः अर्गनाइजेसनले नेपाल सरकारले सुकुम्वासी आयोग मार्फत सुकुम्वासीलाई काठमाडौंमा ६ आना जग्गा दिने निर्णय गरेकोप्रति आपत्ती जनाएको हो । अर्गनाइजेसनको अनलाइन मार्फत बसेको केन्द्रीय वैठकमा यस विषयमा छलफल गर्दै विश्वभरको साथमा नेपालमा पनि कोभिड १९ को संक्रमण फैलिएर सबै लकडाउनमा बसिरहेको अवस्थामा सुकुम्वासी आयोग गठन गर्ने र जग्गा...

  • २०७७ बैशाख ३०, मंगलबार

    सडक सजाउँदै काठमाडौँ महानगर, सरसफाईमा सक्रिय नगर प्रहरी

    विजयरत्न असंबरे लकडाउन सुरु भएसँगै कोरोना संक्रमणलाई महानगर क्षेत्र भित्र फैलिन नदिन सार्वजनिक स्थानहरुमा कीटनाशक औषधि छर्किने, सडक पानीले पखाल्ने, ब्रुमरले सडक सफा गर्ने जस्ता कार्य गर्दै आएको काठमाडौँ महानगरपालिकाले मंगलबार करीब ४० को हाराहारीमा नगर प्रहरी सामाजिक दुरी कायम गर्दै सरसफाई अभियानमा सक्रिय भए । लकडाउनसँगै सडक किनारा र बीचका बोटबिरुवाको हाँगा बढेर सडकको सौदर्य विगारेपछि हाँगा...

  • २०७७ बैशाख ३०, मंगलबार

    पहलोपटक स्टाफ नर्समा कोरोना संक्रमण

    काठमाडौं – नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । आज एकैदिन ५७ जनामा देखिएको संक्रमणमा कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत स्टाफ नर्समा कोरोना भाइरस पोजेटिभ देखिएको हो । प्रदेश नम्बर ५ को प्रदेश स्वास्थ्य निर्देशनालयले ती नर्समा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । यसअघि कोही पनि स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थिएन । आजैमात्र पर्साका ३९ जना, कपिलवस्तुका...

  • २०७७ बैशाख ३०, मंगलबार

    एक जिल्लाबाट अर्कोमा जान रोक, अब बाहिर निस्किन पास अनिवार्य

    काठमाडौं – कोरोना भाइरस संक्रमण एकैपटक धेरैमा देखिएपछि सरकारले एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाएको छ । एक जिल्लाबाट अर्कोमा जान यस अघि दिइएका सबै सवारी पासहरु पनि रद्द गरिएको छ । मंगलबारमात्रै एकैदिन ५७ जना कोरोना संक्रमित देखिएपछि गृहमन्त्रालयले मंगलबार दिउँसै उक्त निर्णय लिएको हो । गृह मन्त्रालयले जनाएअनुसार बिहीबारदेखि लागू हुने गरी उक्त निर्णय गरिएको हो । यसका साथै, काठमाडौं उपत्यकाको...

Pages