राष्ट्रिय
-
२०७७ जेठ ७, बुधबार
लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिभएको नेपालको नक्सा सार्वजनिक
काठमाडौं – गत सोमबार मन्त्रिपरिषद्ले पारित गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत भूभाग समेटिएको नेपालको नयाँ नक्सा सार्वजनिक भएको छ । नेपालले नयाँ राजनितिक नक्सा पारित गरेसँगै नेपालको क्षेत्रफल पनि बढ्ने भएको छ । अहिलेसम्म नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ । अबको नक्सामा ३ सय ३५ वर्ग किलोमिटर बढ्ने बताइएको छ । यसअघि भारतले नेपालको लिपुलेक जोडेर चीनको मानसरोवर जाने सडक...
-
२०७७ जेठ ७, बुधबार
थप २५ जनामा कोरोना संक्रमण
काठमाडौं – नेपालमा २५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएअनुसार बाँकेका ६ जना, कपिलवस्तुका १३ जना, नवपरासीका एकजना र धनकुटाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार संक्रमित हुने तीन वर्षीय बालकसहित ४८ वर्षीय पुरुषसम्म छन् । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार सातजना महिला र १८ पुरुषमा कोरोना पोजिटिभ देखिएको हो । बाँकेको...
-
२०७७ जेठ ७, बुधबार
जेठ मसान्तसम्म हवाइ उडान बन्द गर्ने निर्णय
काठमाडौं – सरकारले घरेलु तथा अन्तर्राष्ट्रिय हवाइ उडानमा लगाएको रोक जेठ मसान्तसम्म लम्ब्याउने भएको छ । बुधबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ १८ सम्म रहेको उडान रोकलाई जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो । ४ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई २० गतेसम्म लम्ब्याए पनि हवाइ उडानबारे निर्णय गरेको थिएन ।
-
२०७७ जेठ ७, बुधबार
थप ७ जनामा संक्रमण पुष्टि, कुल संक्रमित ४३४ पुगे
काठमाडौं – नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लोपटक प्राप्त जानकारी अनुसार झापामा ५ जना, धनकुटामा १ र धरानमा १ जनालाई कोरोना संक्रमणको पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ ।
-
२०७७ जेठ ७, बुधबार
संक्रमितको बसोबास रहेकोले मैतीदेवी क्षेत्र सिल
काठमाडौं – कोरोना संक्रमित भेटिएपछि मैतीदेवी क्षेत्र सिल गरिएको छ । मंगलबार कोराना संक्रमित पुष्टि भएका रामेछापका व्यक्ति मैतीदेवी क्षेत्रमा बसिरहेकाले उक्त क्षेत्र सिल गरिएको हो । सडकमा डोरी बाँधेर ‘कोरोना प्रभावित क्षेत्र’ लेखी आवतजावतमा प्रतिबन्ध लगाइएको छ । उक्त क्षेत्रमा प्रहरी पनि परिचालित छन् । योसँगै संक्रमितको सम्पर्कमा आएका मैतीदेवी क्षेत्रका मानिसहरुको स्वाब संकलन पनि भइरहेको छ ।...
-
२०७७ जेठ ६, मंगलबार
फोहोर विसर्जनमा अवरोध भए बल प्रयोग : काठमाडौं प्रजिअ
ककनी गाउँपालिकाले एम्बुलेन्स बाहेक सवारी आवत–जावतमा रोक लगाएको विज्ञप्ति जारी गरेर त्यसैको बाहनामा सिसडोलमा फोहोर विसर्जनमा समेत अवरोध गरेपछि काठमाडौँ महानगरपालिकाले चिन्ता व्यक्त गरेको छ । ‘लकडाउनको अवज्ञा गर्दै उपत्यका आवतजावतले कोरोना संक्रमित बढेर उपत्यका अशान्त भैरहेका बेला उपत्यकाको फोहोर विसर्जनमा भएको अवरोधले थप समस्या भएको छ,’ काठमाडौँ महानगरपालिकाका वातावरण विभाग प्रमुख हरि श्रेष्ठले...
-
२०७७ जेठ ६, मंगलबार
थप ११ जनामा कोरोना संक्रमण
काठमाडौं – नेपालमा दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । सोमबारमात्र ८० जनामा कोरोना संक्रमण पाइएको थियो । यो संख्यामा मंगलबार ११ जना थपिएका छन् । यसअघि आजै मात्र कपिलवस्तुमा ४ जना संक्रमित थपिएका छन्। उनीहरू जिल्लाको मायादेवी गाउँपालिकाका हुन्। योसँगै कोरोना संक्रमितको संख्या ३ सय ९० पुगेको छ। झापाका ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । झापाका ९ जनामा कोरोना...
-
२०७७ जेठ ६, मंगलबार
काठमाडौं, भक्तपुर र ललितपुरका समेत गरी २७ जना नयाँ कोरोना संक्रमित
काठमाडौं – काठमाडौं, भक्तपुर र ललितपुरमा समेत गरी थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ । थपिएका २७ जनामध्ये उपत्यकाका मात्र पाँच जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको छ । यस्तै झापाका ९ जना, मोरङ र सुनसरीका एकएक जना, सर्लाहीका २ जना, मकवानपुर र रामेछाप, सिन्धुली र...
-
२०७७ जेठ ६, मंगलबार
पहिलोपटक चिकित्सकलाई कोरोना संक्रमण
काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणमा नेपालमा पहिलोपटक एक चिकित्सकसमेत परेका छन् । ललितपुर घर भएर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुमा कार्यरत चिकित्सकको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको हो । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले ललितपुरमा एकजनामा कोरोना पोजेटिभ पुष्टि भएको जानकारी दिएका थिए । ती चिकित्सक...
-
२०७७ जेठ ६, मंगलबार
स्वास्थ्यकर्मीको सम्पर्कमा आएकामा कोरोना संक्रमण
काठमाडौं – धनकुटा जिल्ला अस्पतालकी स्वास्थ्यकर्मीको सम्पर्कमा आएका पाँचजना व्यक्तिहरुमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको समाचार प्राप्त भएको छ । उनीहरुको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो । संक्रमितहरु धनकुटा जिल्ला अस्पतालका एकजना प्रहरी, एकजना नर्स, दुई जना हेल्थ असिस्टेन्ट र एक जना नर्सका श्रीमान हुन् । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान...
-
२०७७ जेठ ५, सोमबार
एकै दिन ८० जनामा संक्रमण, कुल संक्रमित ३७५ पुगे
काठमाडौं – सोमबार एकै दिन ८० जना कोरोना संक्रमित थपिएका छन् । योसहित सोमबार रातिसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७५ पुगेको छ । सोमबारै पहिलो पटक कर्णाली प्रदेशमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको नरैनापुरमा मात्र ५९ जना संक्रमित भेटिएका छन् । रौतहटमा ९, धनुषामा ३, दैलेख, खोटाङ, सुनसरी, झापा, बारा, मोरङ, गुल्मी, दाङ, धादिङमा पनि कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या...
-
२०७७ जेठ ५, सोमबार
रोल्पाको आइसोलेसनमा एक युवकको मृत्यु
काठमाडौं – रोल्पा अस्पतालको आइसोलेसनमा राखिएका एक युवकको मृत्यु भएको छ । काठमाडौबाट आइतबार राति ती युवक रोल्पा पुगेका थिए । ती युवक लामो समयदेखि मृगौला रोगी रहेका थिए । काठमाडौंस्थित शिक्षण अस्पतालबाट डायलसिस गरेर रोल्पा गएको जनाइएको छ । टिचिङ अस्पतालबाट पुगेको र खोकी समेत देखिएकोले ती युवकलाई आइसोलेसनमा राखिएको थियो । आइसोलेसनमै ती युवकको मृत्यु भएको हो । मृत्युपछि कोरोनाको आशंकामा मृतकको स्वाब...


