STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ बैशाख ३०, मंगलबार

    काठमाडौंमा भुकम्पको धक्का महसुस

    काठमाडौं – काठमाडौंमा भूकम्पको हल्ला धक्का महसुस गरिएको छ । रातिको १२ बजेतिर भूकम्पको धक्का महसुस गरिएको हो ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार रातिकाे ११:५३ बजे दाेलखाकाे जुगु आसपासकाे क्षेत्र केन्द्रविन्दु बनाएर ५‍.३ मेग्नीच्युडकाे भूकम्प गएकाे हो ।

  • २०७७ बैशाख ३०, मंगलबार

    लिपुलेकबारे भारतसँग वार्ता गर्न कोरोनाको अन्तसम्म पर्खिन सक्दैनौं : सरकार

    काठमाडौं – लिपुलेकमा भारतले नेपाली भूमि अतिक्रमण गरी सडक बनाएको विषयमा वार्ता गर्न नेपाल सरकारले कोरोनाको अन्त पर्खिन नसक्ने जवाफ फर्काएको छ । नेपाल सरकारले नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा बनाएको सडकबारे भारतले कोरोनापछि वार्ता गर्ने भने पनि नेपालले वार्ताको लागि पर्खिन नसक्ने जवाफ फर्काएको छ । नेपालले भारतको यस कार्यमा आपत्ति जनाइसकेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा...

  • २०७७ बैशाख ३०, मंगलबार

    ललितपुरकी चेली कन्चन अमात्यलाई लन्डनमा सम्मान

    काठमाडौं – ललितपुरको जावलाखेल घर भई हाल अमेरिकामा बस्दै आएकी नेपाली चेली कन्चन अमात्यलाई शाही सम्मान साथ मानवता सेवा पुरस्कार प्राप्त भएको छ । उनले मानवता र सामाजिक कार्यमा गरेको असल कामको मूल्यांकन गर्दै उनलाई बेलायतको शाही परिवारले उक्त सम्मान दिएको हो । सम्भवत उनी यो सम्मान पाउने पहिलो नेपाली युवा नेतृत्व हुन् । गत वर्ष २०१९ मा अमात्य डायना अवार्ड रोल अफ अनरबाट सम्मानित भइसकेकी थिइन् । उक्त...

  • २०७७ बैशाख ३०, मंगलबार

    शताब्दी पुरुषको जन्मोत्सव तथा नइ पुरस्कार स्थगित

    विजयरत्न असंबरे विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसले नेपाल पनि अछुतो रहन नसकेको अवस्थामा सिर्जित सङ्कटको यो विषम परिस्थितिले गर्दा शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०१ औं शुभजन्मोत्सवका अवसरमा उहाँबाटै आज व‌ैशाख ३० गते काठमाडौंमा नइ पुरस्कारहरु समर्पण गरिने कार्यक्रम स्थगित गरेको छ । साहित्यसेवी दम्पती नरेन्द्रराज प्रसाईं र ईन्दिरा प्रसाईको नइ प्रकाशनले देशदेशान्तरका विविधक्षेत्रका...

  • २०७७ बैशाख ३०, मंगलबार

    एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं – नेपालमा एकैदिनमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म यति धेरै संख्यामा कोरोना पुष्टि भएको यो पहिलोपटक हो । पर्सा जिल्लामा मात्र ३९ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी, त्यस्तै कपिलवस्तुका ८ जना, रुपन्देहीका ९ जना र बाराका १ जनामा कोरोना संक्रमणको पुष्टि भएको मन्त्रायले एक प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ । थपिएका...

  • २०७७ बैशाख २९, सोमबार

    कपिलवस्तु र सप्तरीमा गरी एकैदिन ११ कोरोना संक्रमित थपिए

    काठमाडौं – कपिलवस्तु मा १० जना र सप्तरीमा एकजना गरी सोमबार एकै दिन ११ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का हुन् । उनीहरू १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु हुन् । एक जना पुरुषको भने उमेर खुलेको छैन...

  • २०७७ बैशाख २९, सोमबार

    भारतीय अतिक्रमणविरुद्ध काठमाडौंमा मोदीको पुत्ला जलाइयो, देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन

    काठमाडौं – भारतले लिपुलेक क्षेत्रमा सडक बनाएको विरोधमा काठमाडौंमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइएको छ भने देशका विभिन्न भागमा विरोध प्रदर्शन भएका छन् । काठमाडौंको माइतीघरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउने करिब तीन दर्जन पक्राउ परेका छन् । सोमबार बिहान सीमा मिचेको विरोधमा प्रदर्शन गर्न गएका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)लगायतका...

  • २०७७ बैशाख २९, सोमबार

    कोरोना संक्रमित बढ्दैगएपछि कपिलवस्तु सिल गरियो

    काठमाडौं – कपिलवस्तुमा सोमबारसम्म कोरोना संक्रमितको संख्या १५ पुगेपछि जेठ ५ गतेसम्मको लागि सिल गर्ने निर्णय भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले सोमबार साँझ ५ बजेबाट जिल्लालाई सिल गर्ने निर्णय गरेको हो । पछिल्लो समय भारतबाट लुकिछपी आउने क्रम बढेको र भारतबाटै आएकाहरुमा कोरोना संक्रमण भेटिएपछि सुरक्षा समितिले जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरिएको हो । सोमबार मात्र यशोधरा गाउँपालिकामा ८ जना र...

  • २०७७ बैशाख २९, सोमबार

    थप १३ जनामा संक्रमण, एकैदिन २४ जना संक्रमित देखिए

    काठमाडौं – कपिलवस्तु, रुपन्देही र बर्दियामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सोमबारमात्र २४ जना नयाँ संक्रमित देखिएका छन् भने नेपालमा अहिले कोरोना पुष्टी भएकाहरूको संख्या १३४ पुगेको छ । सोमबार कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । मन्त्रालयका अनुसार कपिलवस्तुको...

  • २०७७ बैशाख २८, आइतबार

    अनलाइनमार्फत् अमेरिका नेवार अर्गनाइजेशनको साधाणसभा सम्पन्न

    काठमाडौं – हलिं नेवाः दबू (वल्र्ड नेवार अर्गनाइजेशन), अमेरिका शाखाको दोस्रो साधारणसभा अनलाइनमार्फत् सम्पन्न भएको छ । अमेरिकाको विभिन्न स्थानमा बसोबास गर्दै आएका अर्गनाइजेशनका पदाधिकारी एवं सल्लाहकारहरु सहभागी रहेको साधारणसभामा सांसद महेशलाल प्रधान प्रमुख अतिथिको रुपमा अनलाइनमा सहभागी भएका थिए । अर्गनाइजेशनका महासचिव बासव राजोपाध्यायले सञ्चालन गरेको सभामा रिजनल डिरेक्टर समीर महर्जनले स्वागत...

  • २०७७ बैशाख २८, आइतबार

    उदयपुरका थप एकजनामा कोरोना संक्रमण

    काठमाडौं – उदयपुरका थप एकजनामा कोरोना संक्रमणको पुष्टि भएको छ । बुधबार त्रियुगा नगरपालिका ३ भुल्केका ३ सय ३१ स्वाब पठाइएकामा रिपोर्ट आउन बाँकी २५ मध्येकी ४३ वर्षीया महिलामा शनिबार साँझ संक्रमण पुष्टि भएको हो । शनिबार बिहानमात्र ३ जना थपिएका त्रियुगा नगरपालिका ३ भुल्के र आसपासका थप १ सय ४३ को स्वाब शनिबारै संकलन गरी परीक्षण गर्न पठाइएको छ । बुधबार पठाइएको रिपोर्टमा नयाँ संक्रमित पाइएपछि संभावित...

  • २०७७ बैशाख २८, आइतबार

    संस्कृत पठनपाठनको निर्णयमा नेवाः देय् दबूको आपत्ति

    काठमाडौं – संस्कृत भाषालाई पठनपाठन गराउने सरकारको निर्णयप्रति नेवारहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूले आपत्ति जनाएको छ । नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “बहुभाषी, बहुसांस्कृतिक, संघीय लोकतान्त्रिक गणतन्त्र मुलुकको सरकारको यस किसिमको एकल पक्षपोषण कार्यप्रीत नेवारहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूको गम्भीर ध्यानाकर्षण भएको छ ।” विभेदकारी यस...

Pages