राष्ट्रिय
-
२०७७ बैशाख २४, बुधबार
कोरोनाबाट निको भएर आज ६ जना घर फर्किए
काठमाडौं – कोरोना संक्रमणको उपचार भइरहेका ६ जनाको अन्तिम रिपोर्टमा कोरोना नेगेटिभ देखिएपछि बुधबार बिहान उनीहरुलाई डिस्चार्ज गरिएको छ । उदयपुरबाट संंक्रमण देखिएपछि उपचारको लागि उनीहरुलाई कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा ल्याई उपचार गरिएको थियो । उनीहरु सबै भारतीय नागरिक हुन् भने उनीहरु उदयपुरको एक मस्जिदमा बस्दै आएका थिए । उनीहरुसँगै संक्रमण देखिएका अन्य ७ जनाको उपचार भइरहेको छ ।
-
२०७७ बैशाख २४, बुधबार
विश्व स्वास्थ्य संगठनको विज्ञ टोली नेपालगञ्जमा
काठमाडौं – विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयको संयुक्त विज्ञ टोलीले नेपालगन्ज पुगेर स्थलगत अध्ययन सुरु गरेका छन् । अध्ययनका लागि विश्व स्वास्थ्य संगठनका पाँच जना कर्मचारी नेपालगन्जमा खटिएका छन् । स्वास्थ्य मन्त्रालयका पनि केही अधिकारी संलग्न छन् । एकै पटक धेरै ब्यक्तिमा कोरोना भाइरसको संक्रमण फैलिनुको कारणबारे विज्ञ टोलीले अध्ययन गर्दैछ । अध्ययन पश्चात उक्त टोलीले अब के गर्ने भन्ने बारे...
-
२०७७ बैशाख २४, बुधबार
जेठ ५ गतेसम्म लकडाउन लम्बियो
काठमाडौं – कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि जारी लकडाउन यही जेठ ५ गतेसम्मको लागि लम्ब्याइएको छ । यसअघि चैत ११ गतेदेखि लगाएको लकडाउन २५ वैशाखसम्म छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले आगामी जेठ पाँच गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । संक्रमण फैलिन नदिन सरकारले डेढ महिनादेखि जारी लकडाउनलाई ११ दिन थप गर्ने निर्णय गरेको छ । हाल नेपालमा ८२ जनामा कोरोना संक्रमण पुष्टि...
-
२०७७ बैशाख २४, बुधबार
वीरगञ्जका १७ जनामा कोरोना संक्रमण, कुल संख्या ९९ पुगे
काठमाडौं – पर्सा (वीरगञ्ज) का १७ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार बुधबार राष्ट्रिय परीक्षण प्रयोशालामा परीक्षण भएका नमुनामध्ये १७ वटा पोजेटिभ देखिएका छन् । मन्त्रालय प्रवक्ता डा. विकास देवकोटाका अनुसार १० जना पुरुष र ७ जना महिलाको नमुना पोजेटिभ आएको हो । संक्रमितमा २ महिने शिशुदेखि ६६ वर्ष उमेर समूहका व्यक्ति...
-
२०७७ बैशाख २४, बुधबार
वीरगञ्जका १७ संक्रमित एकै परिवारका
काठमाडौं – बुधबार १७ जनामा देखिएका वीरगञ्जका संक्रमितहरु सबै एकै परिवारको रहेको समाचार प्राप्त भएको छ । वीरगञ्ज महानगरपालिका ३ छपकैयाका ३६ वर्षीय पुरुषलाई कोरोना संक्रमणको पुष्टि गत आइतबार भएको थियो । उसैको परिवारका सदस्यहरुको परीक्षणमा कोरोना पोजेटिभ आएको हो । संक्रमित परिवारले आफूहरु बाहिर नगएको बताएपछि उनीबाट नै संक्रमण सरेको अनुमान छ ।
-
२०७७ बैशाख २३, मंगलबार
नयाँ भर्ना नलिनू, अनलाइन कक्षाको नाममा शुल्क नलिनू : सरकार
काठमाडौं – कुनै पनि विद्यालयले कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना लिन र अनलाइन पठनपाठनका नाममा शुल्क लिन नपाइने निर्णय सरकारले गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले सरकारले अर्को निर्णय नगरेसम्मको लागि उक्त निर्णय लिएको हो । सहसचिव दीपक सुवेदीले जारी गरेको सूचनामा हाल स्थगित रहेको माध्यमिक शिक्षा परीक्षा र कक्षा ११ तथा १२ का परीक्षा विषयमा भने कुनै निर्णय नभएको...
-
२०७७ बैशाख २३, मंगलबार
थप ७ जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या ८२
काठमाडौं– नेपालगन्जका थप ७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ८२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार भेरी अस्पतालस्थित प्रयोगशालामा भएको परीक्षणमा उनीहरुमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । संक्रमितहरुमा नेपालगन्ज ८ निवासी २२, ३० र ४० वर्षका पुरुष रहेका छन् भने ९, ३२, ३४ र ५५ वर्षका महिला रहेका छन् ।
-
२०७७ बैशाख २३, मंगलबार
नेपालगञ्जमा प्रहरी र स्थानीयबीच झडप
काठमाडौं – लकडाउन उल्लंघनको विषयलाई लिएर नेपालगञ्जमा प्रहरी र स्थानीयबीच झडप भएको समाचार प्राप्त भएको छ । नेपालगञ्जमा आजबाट निषेधाज्ञा जारी भएको छ । नेपालगञ्जमा निषेधाज्ञाबारे प्रहरीले बिहानैदेखि माइकिङ्ग गरिरहेका छन् । निषेधाज्ञाबीच पनि केही स्थानमा स्थानीय बाहिर निस्केका हुन् । यसैबीच निषेधाज्ञा उल्लंघन गर्ने केही व्यक्तिलाई प्रहरीले लाठीले हानेपछि स्थानीयले ढुङ्गामुढा गरेका हुन् । कफ्र्युको...
-
२०७७ बैशाख २३, मंगलबार
एसईई होइन, आन्तरिक परीक्षा : प्याब्सन
काठमाडौं – कोभिड–१९ कोरोना भाइरसले गर्दा परीक्षा सञ्चालन गर्ने अवस्था नभएको जनाउँदै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको विकल्प खोज्न सरकारसँग आग्रह गरेको छ । एक विज्ञप्ति जारी गर्दै मंगलबार प्याब्सनले एसईईको ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न आग्रह गरेको छ । ‘‘विद्यालयहरूले गरेका आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा...
-
२०७७ बैशाख २३, मंगलबार
काठमाडौंमा फेरि कोरोना ! निकाे भइसकेकाेमा पुनः संक्रमण पुष्टि
काठमाडौं – कोरोना भाइरस संक्रमणबाट निको भएर घर फर्केका काठमाडौंका पुरुषमा पुनः संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । गत ५ चैतमा बेलायतबाट आएर सनसिटीमा बस्दै आएका उनीसँगै उनकी ८१ वर्षीया आमामा कोरोना संक्रमण भएको १ वैशाखमा पुष्टि भएको थियो । पाटन अस्पतालमा उपचार गरेर आमाछोरा ११...
-
२०७७ बैशाख २३, मंगलबार
लकडाउन लम्बिने संकेत
काठमाडौं । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि लगाउँदै आएको लकडाउनलाई निरन्तरता दिने भएको छ । यस विषयमा मन्त्रिपरिषद्को बैठकले थप छलफल गरी निर्णय गर्नेछ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकमा लकडाउन सकारात्मक रहेको र सरकारले लिएको बाटो सही भएको निष्कर्ष निकालेको छ । सरकारले गत चैत ११ देखि लागू गरेको लकडाउनको समयावधि...
-
२०७७ बैशाख २३, मंगलबार
बुद्धजयन्तीको साँझ ७ बजे दीप प्रज्वलन गर्न सरकारको आह्वान
काठमाडौं – वैशाख २५ गते २५६४ औं बुद्ध जयन्तीको दिन कोरोनाविरुद्ध खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन साँझ ७ बजे दीप प्रज्वलनको लागि सरकारले आह्वान गरेको छ । मंगलबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गरेको हो । कोरोना भाइरस महामारीको कारण बुद्धजयन्तीको दिन लुम्बिनीमा हुने भनिएकोे...


