STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ जेठ ५, सोमबार

    बंगालको खाडीनजिकै शक्तिशाली चक्रवात बन्दै, नेपालकाे माैसम मंगलबारदेखि प्रभावित हुने

    बंगालको खाडीनजिकै शक्तिशाली चक्रवात बनिरहेको छ। नेपालको मौसम पूर्वानुमान महाशाखाले चक्रवातका कारण मंगलबारदेखि नेपालको मौसम पनि प्रभावित हुने जनाएको छ। ‘हाल दक्षिण बंगालको खाडीको मध्य भागमा अंपुन शक्तिशाली चक्रवात धेरै शक्तिशाली चक्रवातको रुपमा विकसित भैसकेको छ,’ महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनमा भनिएको छ, ‘उक्त चक्रवात अझ शक्तिशाली हुने क्रममा मंगलबार बाट पूर्वी नेपालको मौसममा बदली हुन...

  • २०७७ जेठ ५, सोमबार

    एकै दिन ५३ जनामा कोरोनाभाइरस संक्रमण

    काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३५७ पुगेको छ । यसमा २ सय ९८ पुरुष तथा ५९ जना महिला रहेका छन् । देवकोटाका अनुसार सोमबार बाँकेमा ४६ पुरुष र एक महिला गरी ४७...

  • २०७७ जेठ ५, सोमबार

    काठमाडौं महानगरपालिका विशेष बैठक कोरोना रोकथाममा केन्द्रित

    विजयरत्न काठमाडौं – काठमाडौँ महानगरपालिकाको ४६ औं विशेष नगर कार्यपालिका बैठकले लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाकाहरु सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयसँग माग गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण सम्बन्धमा जेठ ४ गते बसेको बैठकले कोभिड–१९ को रोकथाम र नियन्त्रणको लागि सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) को अवधिमा उपत्यका प्रवेश...

  • २०७७ जेठ ५, सोमबार

    एकै दिन ८० जनामा संक्रमण, कुल संक्रमित ३७५ पुगे

    काठमाडौं – सोमबार एकै दिन ८० जना कोरोना संक्रमित थपिएका छन् । योसहित सोमबार रातिसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७५ पुगेको छ । सोमबारै पहिलो पटक कर्णाली प्रदेशमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको नरैनापुरमा मात्र ५९ जना संक्रमित भेटिएका छन् । रौतहटमा ९, धनुषामा ३, दैलेख, खोटाङ, सुनसरी, झापा, बारा, मोरङ, गुल्मी, दाङ, धादिङमा पनि कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या...

  • २०७७ जेठ ५, सोमबार

    रोल्पाको आइसोलेसनमा एक युवकको मृत्यु

    काठमाडौं – रोल्पा अस्पतालको आइसोलेसनमा राखिएका एक युवकको मृत्यु भएको छ । काठमाडौबाट आइतबार राति ती युवक रोल्पा पुगेका थिए । ती युवक लामो समयदेखि मृगौला रोगी रहेका थिए । काठमाडौंस्थित शिक्षण अस्पतालबाट डायलसिस गरेर रोल्पा गएको जनाइएको छ । टिचिङ अस्पतालबाट पुगेको र खोकी समेत देखिएकोले ती युवकलाई आइसोलेसनमा राखिएको थियो । आइसोलेसनमै ती युवकको मृत्यु भएको हो । मृत्युपछि कोरोनाको आशंकामा मृतकको स्वाब...

  • २०७७ जेठ ४, आइतबार

    थप तीनजनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २९५ पुग्यो

    काठमाडौं – नेपालमा थप तीनजनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २९५ पुगेको छ । प्रदेश १ विराटनगरमा दुई जना र धनकुटाका एक जनामा कोरोना देखिएको हो । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मोरङको विराटनगर निवासी २९ वर्षीया महिला र ३६ वर्षीय पुरुषमा कोरोना देखिएको हो । यस्तै धनकुटामा ३४...

  • २०७७ जेठ ४, आइतबार

    अब बाटो छेक्ने तथा टाेल ‘सिल’ गर्नेलाई कारबाही

    काठमाडौं – कोरोना भाइरस संक्रमणको त्रास बढेसँगै टोल–टोलमा स्थानीयको सक्रियतामा बाटो छेक्ने, आवतजावतमा अवरोध गर्ने एवं टोल नै ‘सिल’ गरी सुरक्षाकर्मीले जस्तो चेकजाँच गर्नेलाई कारबाही गर्ने निर्णय गृहमन्त्रालयले गरेको छ । आइतबार बेलुका बसेको गृहमन्त्रालयको बैठकले यसरी कहिं कतै कार्य भएको पाइएमा कारबाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएको थियो । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव केदारनाथ शर्माले...

  • २०७७ जेठ ४, आइतबार

    कोरोनाबाट मृत्यु भएकी महिला टोखामा बस्थिन्

    काठमाडौं – नेपालमा पहिलोपटक कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएकी महिला काठमाडौं टोखामा बस्दै आएकी समाचार प्राप्त भएको छ । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिला तीन महिना अघिसम्म बालाजुमा तरकारी पसल चलाउँथिन् । गर्भवती भएपछि मात्र श्रीमानको सल्लाहअनुसार पसल छाडेकी थिइन् । मृतक त्यसयता टोखामा कोठा भाडामा लिएर बस्दै आएकी र ११ चैतमा लकडाउन भएपछि उनले वडा कार्यालयबाट सरकारी राहत पनि लिएकी थिइन्...

  • २०७७ जेठ ४, आइतबार

    फेरि थपियो १० जना नयाँ संक्रमित, कूल संक्रमित २९१

    काठमाडौं – नेपालमा आइतबार फेरि १० जना नयाँ कोरोना संक्रमित देखिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या २९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा थप १० मा कोरोना भेटिएको हो । कोरोना संक्रमितहरुमा रौतहट...

  • २०७७ जेठ ४, आइतबार

    क्वारेन्टाइनमा बसेका युवकको मृत्यु

    काठमाडौं – कोरोना संक्रमण नियन्त्रणको लागि क्वारेन्टाइनमा बसेका एक जना युवकको आइतबार बिहान मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिकाको दीपेन्द्र स्कुलको क्वारेन्टाइनमा बसेका २४ वर्षका युवकको मृत्यु भएको हो । क्वारेन्टाइनमा उपचार नपाएकाले ती युवकको मृत्यु भएको स्थानीयबासीको आरोप छ । मृत्युपछि उनीहरुले यसको विरोध जनाएका छन् । ती युवक वैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा बसेका थिए ।...

  • २०७७ जेठ ४, आइतबार

    स्वास्थ्यकर्मीको खानतलासी गर्ने पक्राउ

    काठमाडौं – उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुङ्गामा खटेका एकजना स्वयंसेवी युवक स्वास्थ्यकर्मीमाथि दुव्र्यवहारको आरोपमा आइतबार पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिकाका उत्तम कार्कीविरुद्ध कसुरसम्बन्धी अभियोगमा कारवाही प्रक्रिया थालिने प्रहरी परिसर टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जनाएका छन् । कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि खटेका कार्कीलगायत अन्यले शुक्रबार दिउँसो प्रदेश ३ को...

  • २०७७ जेठ ४, आइतबार

    कपन वस्ने युवतीमा कोरोना संक्रमण : बुढानीलकण्ठ नगरपालिका

    काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ कपनमा बस्ने एक युवतीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। केही दिनअघि सर्लाही रामपुरबाट काठमाडौं आएकी उनमा पिसिआर परीक्षणबाट आइतबार कोरोनाको संक्रमण पुष्टि भएको बुढानिलकण्ठका मेयर उद्धवप्रसाद खरेलले सेतोपाटीलाई बताए। ती युवती कपनस्थित एक फर्निचर उद्योगमा काम गर्ने उनले बताए। ती युवतीसहित तीन जना केही दिनअघि सर्लाहीबाट काठमाडौं आएका थिए। ‘उनीहरू...

Pages