STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ जेठ ४, आइतबार

    थप तीनजनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २९५ पुग्यो

    काठमाडौं – नेपालमा थप तीनजनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २९५ पुगेको छ । प्रदेश १ विराटनगरमा दुई जना र धनकुटाका एक जनामा कोरोना देखिएको हो । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मोरङको विराटनगर निवासी २९ वर्षीया महिला र ३६ वर्षीय पुरुषमा कोरोना देखिएको हो । यस्तै धनकुटामा ३४...

  • २०७७ जेठ ४, आइतबार

    अब बाटो छेक्ने तथा टाेल ‘सिल’ गर्नेलाई कारबाही

    काठमाडौं – कोरोना भाइरस संक्रमणको त्रास बढेसँगै टोल–टोलमा स्थानीयको सक्रियतामा बाटो छेक्ने, आवतजावतमा अवरोध गर्ने एवं टोल नै ‘सिल’ गरी सुरक्षाकर्मीले जस्तो चेकजाँच गर्नेलाई कारबाही गर्ने निर्णय गृहमन्त्रालयले गरेको छ । आइतबार बेलुका बसेको गृहमन्त्रालयको बैठकले यसरी कहिं कतै कार्य भएको पाइएमा कारबाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएको थियो । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव केदारनाथ शर्माले...

  • २०७७ जेठ ४, आइतबार

    कोरोनाबाट मृत्यु भएकी महिला टोखामा बस्थिन्

    काठमाडौं – नेपालमा पहिलोपटक कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएकी महिला काठमाडौं टोखामा बस्दै आएकी समाचार प्राप्त भएको छ । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिला तीन महिना अघिसम्म बालाजुमा तरकारी पसल चलाउँथिन् । गर्भवती भएपछि मात्र श्रीमानको सल्लाहअनुसार पसल छाडेकी थिइन् । मृतक त्यसयता टोखामा कोठा भाडामा लिएर बस्दै आएकी र ११ चैतमा लकडाउन भएपछि उनले वडा कार्यालयबाट सरकारी राहत पनि लिएकी थिइन्...

  • २०७७ जेठ ३, शनिबार

    जिल्लाभित्र चल्ने सवारीका पासहरु आजबाट रद्द

    काठमाडौं – कोरोना संक्रमित व्यक्तिहरु धेरै फेला पर्न थालेपछि लकडाउनलाई कडाइ गर्ने नीतिअनुसार जिल्लाभित्र चल्ने सवारीका लागि दिइएका सबै प्रकारका पासहरु शनिबारबाट रद्द गरिएको छ । यसअघि एक जिल्लाबाट अर्को जिल्लामा जाने पास जेठ १ गतेदेखि नै रद्द गरिएको थियो । गृहमन्त्रालयले शुक्रबार पुनः अर्को सूचना जारी गरी जेठ ३ गतेबाट जिल्ला भित्रका सवारी पास पनि रद्द गरिएको जानकारी गराएको छ । सोही सूचनाका आधारमा...

  • २०७७ जेठ ३, शनिबार

    कपिलवस्तुमा थप ३ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या २७६ पुग्यो

    काठमाडौं – कपिलवस्तुका थप ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा समिरकुमार अधिकारीले कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, २४ र ४४ वर्षीय पुरुषमा कोरोना पुष्टि...

  • २०७७ जेठ ३, शनिबार

    धुलिखेल अस्पतालमा एक सुत्केरीको मृत्यु, कोरोना रिपोर्ट आउन बाँकी

    काठमाडौं – धुलिखेल अस्पतालमा बिहीबार राति एकजना सुत्केरी महिलाको मृत्यु भएपछि सतर्कता अपनाइएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षकी महिलाको मृत्यु भएको थियो । कारोना आशंकामा उनको पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ । ती महिला ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन् । घर लगिएकी उनमा...

  • २०७७ जेठ ३, शनिबार

    खाद्य सामग्री वितरणमा चिनियाँहरु

    विजयरत्न असंबरे कोरोना महामारीको उदगम स्थल चीनका नागरिकहरु अहिले यो रोग विरुद्धको लडाईमा सघाइ रहेका छन् भने यहि क्रममा यहाँ नेपालमा चिनियाँहरुले खाद्य सामग्री वितरण गरेको छ । यसै क्रममा एक चिनिया परोपकारी संस्था चाईना फाउण्डेशन फर पोभर्टी एलिभिएसनले अलिबाबा फिलोन्थ्रोपीसंग सहकार्य गरेर दोस्रो पटक खाद्य सामग्री वितरण गरेको छ । ‘कोरोना भाईरस संक्रमण विरुद्ध नेपाली जनताको लडाईमा चीन साथ छ’ भन्ने...

  • २०७७ जेठ ३, शनिबार

    धुलिखेल अस्पतालमा मृत्यु हुने सुत्केरी कोरोना संक्रमित

    काठमाडौं – धुलिखेल अस्पतालमा बिहीबार राति मृत्यु भएकी सुत्केरी महिलालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । मृत्यु भएपछि कोरोना संक्रमणको आशंकामा उनको पिसिआर परीक्षण गरिएको थियो । अस्पतालको प्रयोगशालामा गरिएको आरडिटी र पिसिआर दुबै परीक्षणबाट संक्रमणको पुष्टि भएपछि थप पुष्ट्याइँका लागि केन्द्रीय स्वास्थ्य प्रयोगशालामा मृतकको स्वाब पठाइएको छ । परीक्षणका नतिजा अपराह्नसम्ममा आउने जनाइएको छ । नेपालमै...

  • २०७७ जेठ ३, शनिबार

    थप दुईजनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित २७८

    काठमाडौं – पछिल्लोपटक नेपालमा दुईजना नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमा यसको जानकारी दिएको हो । मन्त्रालयका अनुसार शनिबार दिउँसो थप दुई जना कोरोना संक्रमित भेटिएका छन् । जसमा काभ्रेमा २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको...

  • २०७७ जेठ ३, शनिबार

    काठमाण्डौं महानगरपालिकाका सबै सफाइ कर्मचारीको कोरोना परीक्षणको नतिजा नेगेटिभ

    काठमाडौं । काठमाडौं महानगरको सफाइमा काम गर्ने सबै कर्मचारीको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ । महानरपालिकाले जेठ २ गते इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा वातावरण व्यवस्थापन बिभागमातहतमा रहेका ९३४ जना कर्मचारीको कोरोना परीक्षण गराएको थियो । ९३४ मध्ये ६६४ जनाको आरडिटि (¥यापिड डाइग्नोष्टिक टेष्ट) र २७० जनाको पिसिआर (पोलिमेयर चेन रियाक्सन)...

  • २०७७ जेठ ३, शनिबार

    नेपालमा पहिलोपटक कोरोनाबाट मृत्यु, पशुपतिमा दाहसंस्कार

    काठमाडौं – नेपालमा पहिलोपटक कोरोना भाइरस (कोभिड–१९) ले एकजनाको मृत्यु भएको छ । नेपालमा २ सय ८१ जनामा कोरोना पुष्टि हुँदा एक जनाको मृत्यु भएको हो । ३६ जना निको भएका छन् । नेपालमा कोरोनाले मृत्यु हुने उनी पहिलो हुन् । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरीको कोरोनाले मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।  वैशाख ३ गते त्रिवि...

  • २०७७ जेठ ३, शनिबार

    आदिबासी पत्रकाहरुलाई राहत वितरण सम्पन्न

    विजयरत्न असंबरे आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ललितपुरले जिल्लामा रहेका जनजाति पत्रकारलाई विषम परिस्थितिमा पनि गाह्रो अप्ठ्यारो नहोस् भन्दै शनिवार राहत स्वरुप १८ जना जनजाति पत्रकारलाई खाद्यान्न (चामल, दाल, नून र तेल), मास्क र स्यानीटाइजर वितरण गरेको छ । फोनिज ललितपुरका लागि ज्याम्लीङ बुद्ध फाउण्डेसन बौद्ध, आनन्दपुरबाट खाद्यान्न र कोन्ज्योसोम गाउँपालिकाबाट मास्क र स्यानीटाइजर सहयोग...

Pages