STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ बैशाख १०, बुधबार

    नेपालमा कोरोना संक्रमणबाट निको हुने ६ जना पुगे

    काठमाडौं– नेपालका कोरोना संक्रमित तेस्रो युवक उपचारपछि निको भएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत ३२ वर्षका ती युवकलाई गत चैत १२ गते संक्रमण पुष्टि भएको थियो । कोरोना भाइरसमुक्त भएपछि ती युवकलाई बुधबार (वैशाख १०) डिस्चार्ज गर्ने तयारी भइरहेको छ । परीक्षणमा कोरोना संक्रमणमुक्त देखिएकाले उनलाई डिस्चार्ज गर्न लागिएको जानकारी प्राप्त भएको छ । कोरोना संक्रमणबाट निको भएर...

  • २०७७ बैशाख १०, बुधबार

    नेपालमा थप तीनजनामा कोरोना पुष्टि, कुल संख्या ४५

    काठमाडौं– नेपालमा थप तीजनामा कोरोना संक्रमणको पुष्टि भएको छ । बुधबार उदयपुरकै थप तीनजनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमण हुने ४५ जना भएको छ । धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । २४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरूषमा कोरोना संक्रमण देखिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले जनाएको छ । यी तीनै...

  • २०७७ बैशाख १०, बुधबार

    पृथ्वी दिवसमा अनलाइन कौसीखेती तालिम

    काठमाडौं– बैशाख १० गते पचासौं पृथ्वी दिवसको उपलक्ष्यमा गैर सरकारी संस्था गुथिद्वारा वेविनार मार्फत प्रत्यक्ष अनलाइन कौसी खेती तालिम दिइयो । सन् १९७० देखि हरेक वर्ष अप्रिल २२ को दिनमा पर्यावरणीय क्रान्तिका लागि पृथ्वी दिवस मनाइँदै आइरहेको छ । यस वर्षको पृथ्वी दिवसको नारा ‘‘Climate Action’’ रहेको छ । यही नारालाई मनन गर्दै हालको लकडाउनको अवस्थामा भान्छाको फोहोर व्यवस्थापन गर्न र आफैले तरकारी उत्पादन...

  • २०७७ बैशाख १०, बुधबार

    वेस्टर्न युनियन मनि ट्रान्सफरबाट घरमै रेमिटेन्स पाउन सकिने

    काठमाडौं– अब लकडाउनको समय घरमै बसेर रेमिटेन्स प्राप्त गर्न सकिने भएको छ । अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथा हुलास रेमिटेन्सले नेपालमा वेस्टर्न युनियन मनि ट्रान्सफरको होम डेलिभरी सेवा दिने घोषणा गरेको छ । कोभिड–१९ कोरोना भाइरस संक्रमणबाट बच्न लकडाउन र प्रतिबन्ध लागू भएपछि अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथा हुलास रेमिटेन्सले रेमिटेन्स रकम घरमै पु¥याउने भएको छ । होम डेलिभरी सुविधा आइतबारदेखि शनिबारसम्म...

  • २०७७ बैशाख ९, मंगलबार

    अध्यादेश अधिनायकवादको संकेत : साझा पार्टी

    काठमाडौं– नेपाल सरकारले सोमबार जारी गरेको दुई अध्यादेशबाट प्रधानमन्त्री केपी ओलीको अधिनायकवादतर्फको डरलाग्दो आकांक्षा प्रकट भएको साझा पार्टीले ठहर गरेको छ । सो पार्टीले एक प्रेस विज्ञप्ति जारी गरी उक्त अनिष्टकारी कदम तुरुन्त फिर्ता लिन जोडदार माग गरेको छ । पार्टी अध्यक्ष रवीन्द्र मिश्रद्वारा हस्ताक्षरित विज्ञप्तिमा झण्डै दुई–तिहाई जनमत पाएर शासन गरिरहेको सरकारले गत दुई वर्षभन्दा बढी समयमा जनतालाई...

  • २०७७ बैशाख ९, मंगलबार

    बन्दाबन्दीका कारण मातातीर्थ मेला स्थगित

    काठमाडौँ - प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन चन्द्रागिरि नगरपालिकाको मातातीर्थमा जन्म दिने आमाप्रति श्रद्धास्वरुप तर्पण, पिण्डदान, श्राद्ध गर्न लाग्ने मेला नहुने भएको छ। कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण मेला स्थगन गरिएको नगरपालिकाका प्रमुख घनश्याम गिरीले बताए। मातृ सम्मान दिवसका रूपमा मनाइने यस पर्वका अवसरमा आमा हुनेले घरमै मीठा चिजबिज खान एवं नयाँ कपडा लगाउन दिएर...

  • २०७७ बैशाख ९, मंगलबार

    नेपालमा कोरोना संक्रमित ४२ जना, उदयपुरका थप ११ मा संक्रमण पुष्टि

    काठमाडौं– नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । उदयपुरमा मंगलबार थप ११ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिकाका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको संक्रमण जाँचको क्रममा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जना र धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा...

  • २०७७ बैशाख ९, मंगलबार

    काठमाडौंका दुई नर्सको आरडिटी परीक्षण पोजेटिभ

    काठमाडौं– काठमाडौंका दुईजना नर्सको र्या‌‌पिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) विधिको परीक्षण पोजेटिभ आएको छ । कामको लागि त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा गइरहने ती दुईजना नर्सको आरडिटी परीक्षण पोजेटिभ देखिएपछि पिसिआर विधिको परीक्षण गर्नेभएको छ । दुवै नर्सलाई अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा राखिएको अस्पतालका प्रवक्ता अनुप बास्तोलाले जानकारी दिएका छन् ।

  • २०७७ बैशाख ८, सोमबार

    खान–बस्न समस्या परे सम्पर्क गर्न नेकपा जिल्ला कार्यालय काठमाडौंको अपिल

    काठमाडौं– कोरोना संक्रमण रोकथाम र नियन्त्रणको लागि सरकारले लागु गरेको लकडाउनलाई पूर्ण पालना गरी जो जहाँ छन् त्यहीं रहन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कार्यालय काठमाडौंले अपिल गरेको छ । लकडाउनको समय कसैलाई खान र बस्नको समस्या भए नेकपाको जिल्ला, नगर र वडा कमिटीहरु समन्वयको लागि तयार रहेको जानकारी पनि दिइएको छ । जो जहाँ छन् त्यहाँ रहँदा समस्या भए बसेको ठाउँको वडाका जनप्रतिनिधि, मेयर, उपमेयर...

  • २०७७ बैशाख ८, सोमबार

    सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कट्टा नगर्न सरकारको निर्देशन

    काठमाडौं– विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना कोभिड–१९ को लागि गठित उपचार कोषको लागि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब नगर्न सरकारले निर्देशन दिएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब काटेर कोषमा नराख्ने निर्णय गरेको हो । उक्त निर्णय बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सम्बन्धित निकायलाई तलब कट्टा...

  • २०७७ बैशाख ७, आइतबार

    नेपालमा थप एकजनामा कोरोना संक्रमण, कुल संक्रमित ३१ पुग्यो

    काठमाडौँ – नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उदयपुरमा थप एक जनामा सङ्क्रमण देखिएको हो । यसअघि उदयपुरमा १२ जनामा एकैपटक कोरोना संंक्रमण देखिएको थियो । उदयपुरका ६५ वर्षीय पुरुषमा संक्रमण भेटिएको हो । ती व्यक्ति नेपाली वा भारतीय हुन् भन्ने खुलेको छैन । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ भने दुईजना यस संक्रमणबाट निको भएर घर गइसकेका छन् ।

  • २०७७ बैशाख ७, आइतबार

    नेपालमा कोरोनाबाट निको हुने चारजना पुगे

    काठमाडौं – सेती प्रादेशक अस्पतालमा भर्ना भएका २१ वर्षीय युवक कोरोना संक्रमणबाट निको भएर घर फर्केसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या चार पुगेको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३१ रहेका छन् भने यसबाट अहिलेसम्म कसैकाे पनि मृत्यु भएकाे छैन । यसअघि शनिबार धौलागरी अस्पतालमा भर्ना भएकी ६५ वर्षीय महिला, शुक्रबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौंबाट १९ वर्षीय युवती...

Pages