राष्ट्रिय
-
२०७७ बैशाख १, सोमबार
काठमाडौंको सनसिटी अपार्टमेन्टका तीनजनामा कोरोना संक्रमणको आशंका
काठमाडौं– पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बसेका एकै परिवारका तीनजनालाई कोरोना संक्रमणको आशंकामा पाटन अस्पताल भर्ना गरिएको छ । उनीहरुको ¥यापिड टेष्ट पोजेटिभ देखिएपछि पिसिआर विधिबाट नमूना संकलन गरी थ्रोट स्वाब संकलन गरिसकेको अस्पतालका निर्देशक विष्णु शर्माले जानकारी दिएका छन् । अपार्टमेन्टको ‘ए’ ब्लकमा रहेका उनीहरु चैत ५ गते बेलायतबाट नेपाल फर्किएका थिए । अपार्टमेन्टमा कोरोना संक्रमित आशंका...
-
२०७७ बैशाख १, सोमबार
नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो
काठमाडौं– कैलाली र रौतहटबाट दुईजनामा कोरोना संक्रमणको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा उनीहरुमा कोरोना संक्रमणको पुष्टि गरिएको हो । रौतहटका एकजना १९ वर्षीय युवकमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ती युवाको नतिजा पोजेटिभ आएको स्वास्थ्य...
-
२०७७ बैशाख १, सोमबार
कोरोनाविरुद्ध लड्न सर्वदलीय सरकार गठनको माग
काठमाडौं– विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसले निम्त्याएको विकराल परिस्थितिविरुद्ध लड्न ओली सरकारले विशाल छाति बनाएर सर्वदलीय सरकार गठन गर्नुपर्ने माग नेपाः राष्ट्रिय पार्टीले गरेको छ । नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष विजय सैंजूले चैत २९ गते एक प्रेस विज्ञप्ति प्रकाशित गरी वर्तमान समयमा पक्ष–विपक्ष नभनेर नेपाली कांग्रेसलगायत सरकारबाहिर रहेका सम्पूर्ण दलहरु सम्मिलित सर्वदलीय सरकार...
-
२०७६ चैत्र ३०, आइतबार
वीरगञ्जमा बसिरहेका तीन भारतीयमा कोरोना संक्रमण पुष्टि
काठमाडौं– वीरगञ्ज छपकैयामा बसिरहेका तीनजना भारतीयमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ । नयाँदिल्ली र उत्तर प्रदेशबाट आएका २४ जना भारतीय नागरिकहरू छपकैयाको एक मस्जिदमा बसिरहेका थिए । मस्जिदमा बसेकामध्ये तीनजनामा आइतबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्थानीयवासीको सूचनाका आधारमा प्रशासनले त्यहाँ बसेका सबैलाई परीक्षण गर्न अस्पताल ल्याएको थियो । संक्रमितको नारायणी उपक्षेत्रीय अस्पतालको...
-
२०७६ चैत्र ३०, आइतबार
कीर्तिपुरमा तनाव : कोरोना आशंकितलाई टोलबाहिर लैजान माग, प्रहरीसँग भनाभन
ललेन्द्र शाक्य कीर्तिपुर – केही दिनअघि कोहलपुर अस्पतालबाट जाजरकोटका गर्भवती महिला र उनका श्रीमान् कीर्तिपुर तःननि टोलमा बस्न आएपछि स्थानीय त्रसित बनेका थिए । स्थानीयको विरोधपछि भोलिपल्टै उनीहरुलाई परीक्षणको लागि अस्पताल लगिएको थियो । तर अस्पतालबाट विना कुनै परीक्षण ती दम्पत्ति आइतबार पुनः तःननि टोलमा डेरागरी बस्ने बहिनीकोमा बस्न आएपछि तनावको स्थिति सिर्जना भएको छ । लकडाउनको समय तथा कोरोना...
-
२०७६ चैत्र २९, शनिबार
आदिवासी जनजाति चलचित्र महासंघद्वारा स्वास्थ्य सामग्री वितरण
विजयरत्न असंबरे काठमाडौं– आदिवासी जनजाति चलचित्र महासंघमार्फत् नेपालका विभिन्न अस्पतालहरुलाई पिपिईलगायतका स्वास्थ्य सामग्रीहरु वितरण गरिएको छ । कोरोना संक्रमण रोकथामको लागि स्वास्थ्य चेकजाँच तथा उपचारको लागि आवश्यक पिपिइलगायत स्वास्थ्य सामग्रीको अभाव देखिएपछि महासंघले नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको सहयोगमा ती सामग्री उपलब्ध गराएको हो । अहिले पनि नेपालका अधिकांश अस्पतालका...
-
२०७६ चैत्र २९, शनिबार
लकडाउन लम्बिने संकेत
काठमाडौं– प्रधानमन्त्री केपी ओलीले शनिबार देशका सातैवटा प्रदेशका मुख्यमन्त्रीहरुसँग भएको भिडियो कन्फरेन्समा लकडाउनको समय थप गर्ने संकेत दिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको अवस्थामा नेपालमा लकडाउन चाँडै हटाउने निर्णय हुननसक्ने प्रधानमन्त्री ओलीले कन्फरेन्समा बताएका थिए । यसैगरी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शनिबार नै राज्य सरकारका मुख्यमन्त्रीहरुसँगको बैठकमा...
-
२०७६ चैत्र २८, शुक्रबार
शनिबारदेखि काठमाडौँ उपत्यका क्वारेन्टाइनको अवलोकन
सरकारले स्थानीय तह तथा अन्य निकायमार्फत व्यवस्थापन गरिएका क्वारेन्टाइनको मापदण्ड पुगे नपुगेकोबारे स्थलगत अवलोकन र आवश्यक सहजीकरण थाल्ने भएको छ । विदेशबाट आएका तथा शङ्कास्पद अन्य व्यक्तिलाई कोरोनाको संक्रमण हुन नदिन सरकारले बनाएको क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन कार्यविधिअनुसार मापदण्ड पूरा भएनभएको स्थलगत अनुगमन र आवश्यक सहजीकरण गर्न लागिएको हो । सोहीअनुरुप शनिबार मध्याह्न स्थानीय...
-
२०७६ चैत्र २७, बिहिबार
जाजरकोटबाट कीर्तिपुर बस्न आएपछि स्थानीय त्रसित
ललेन्द्र शाक्य कीर्तिपुर – जाजरकोटबाट एकजना गर्भवती महिला र उनको श्रीमान् कीर्तिपुर नगरपालिका १० वडा तःननि टोलमा बस्न आएपछि स्थानीयमा डर, त्रास फैलिएको छ । स्थानीयको डर, त्रासले बाध्य भएर कीर्तिपुर १० वडाका वडाध्यक्ष अमन महर्जनले ती महिला बस्ने घरमा तालाबन्दी नै गर्नुपरेको छ । बुधबार (चैत २६ गते) साँझ ५ बजे ती गर्भवती महिला श्रीमान्सँग एम्बुलेन्सबाट उक्त टोलमा आइपुगेका थिए । उपचारको लागि उनीहरु...
-
२०७६ चैत्र २६, बुधबार
राष्ट्रपतिबाट बेलायती प्रमको स्वास्थ्यलाभको कामना
राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यकी महारानी एलिजाबेथ द्वितीयालाई आज अपराह्न टेलिफोन सम्पर्क गरी कोरोना भाइरस सङ्क्रमित भई उपचाररत प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपाल बेलायतबीच विद्यमान करीब दुई सय वर्षको सम्बन्ध स्मरण गर्दै विश्वमा महामारीका रुपमा फैलिएको कोभिड–१९ विरुद्ध लड्न सम्पूर्ण विश्व एक हुुनुपर्ने आवश्यकता पनि...
-
२०७६ चैत्र २५, मंगलबार
तपाईंको प्रश्न, मेयर शाक्यको जवाफ
"नेवाः युट्युब च्यानलको प्रत्यक्ष प्रशारणबाट मेयर शाक्यले महानगरबासीका जिज्ञासाका जवाफ दिने" काठमाडौं– लकडाउनको समय काठमाडौं महानगरपालिकाले के कस्ता काम गरिरहेका छन् बुझ्न चाहनुहुन्छ वा महानगरपालिकासँग तपाईंका केही जिज्ञासा वा प्रश्न छन् ? अब तपाईंको जिज्ञासा तथा प्रश्नको उत्तर स्वयं काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले दिनेछन् । नेवाः युट्युबले काठमाडौं महानगरपालिकाका मेयर...
-
२०७६ चैत्र २४, सोमबार
काठमाडौं महानगरपालिकाको आकस्मिक बैठक बस्दै
काठमाडौं– कोरोना भाइरस संक्रमण रोकथाम एवं नियन्त्रणको लागि जारी लकडाउनको समयमा काठमाडौं महानगरपालिकाको आकस्मिक बैठक बस्ने तयारी हुँदैछ । काठमाडौं मनपाभित्रका ३२ वटा वडामा राहत वितरणको कार्य सोमबार (चैत २४) सकिँदैछ । यसपछिको महत्वपूर्ण कार्य के हुन सक्छ भन्ने विषयमा छलफल गरी निर्णय लिन आकस्मिक बैठक बस्न लागेको थाहा हुन आएको छ । काठमाडौं महानगरपालिकाले तत्कालको लागि १० करोड रुपैयाँ रहेको उद्धार...


