राष्ट्रिय
-
२०७७ बैशाख १४, आइतबार
जेठ २ सम्म हवाई उडानमा रोक
काठमाडाैं- अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान आगामी जेठ २ गतेसम्म बन्द रहने भएको छ । उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बसेको तत्काल हवाई उडान सुचारु गर्न नसकिने निष्कर्ष निकालेको हो । सुरूमा चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको थियो । त्यसपछि वैशाख ३ सम्म प्रतिबन्ध लम्बाइएको भने तेस्रोपटक १८ गतेसम्म प्रतिबन्ध विस्तार भएको थियो । सरकारले आन्तरिक उडान मात्रै...
-
२०७७ बैशाख १४, आइतबार
३ दिनसम्म वर्षाको पूर्वानुमान
काठमाडौं – नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै रहेको अवस्थामा बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पूर्वी भूभाग नजिक बनेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको र त्यसमा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको नेपाल प्रवेशसँग देशभर बदली र वर्षा हुने महाशाखाले जनाएको छ । प्रिमनसुन...
-
२०७७ बैशाख १४, आइतबार
वीरगञ्जका दुईजनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या ५१ पुग्यो
काठमाडौं– वीरगञ्जका दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुका कोरोना संक्रमण पाइएको हो । संक्रमित दुवै वीरगन्ज निवासी ५० वर्षीय पुरुष रहेका छन् । संक्रमित पुरुषहरु वीरगञ्ज महानगरपालिका वडा नम्बर २ र ३ का रहेका छन् । जसमध्ये...
-
२०७७ बैशाख १४, आइतबार
वैशाख २५ सम्म लकडाउन लम्बियो
काठमाडौं – कोरोना संक्रमण रोकथाम र नियन्त्रणको लागि सरकारले लागु गरेको लकडाउन वैशाख २५ गतेसम्म थप भएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । कोरोना सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनले कोरोना संक्रमण नियन्त्रणमा लिन सफल भएको निष्कर्ष निकालेको थियो । कार्यदलले एक साताको लागि लकडाउन थप गर्न सिफारिस पनि गरेको थियो । सोही सिफारिस बमोजिम...
-
२०७७ बैशाख १४, आइतबार
लकडाउन एक साता लम्ब्याउन सिफारिस
काठमाडौं – कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारद्वारा गत चैत ११ देखि जारी लकडाउन अझै एक साताको लागि थप्न सिफारिस भएको छ । उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने राय सरकारलाई दिएको छ । यसबारे आइतबार बस्ने मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्नेछ । कोरोना भाइरस कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउनकै कारण कोरोना नियन्त्रण प्रयासमा सफलता मिलिरहेको...
-
२०७७ बैशाख १३, शनिबार
झापाका एक वृद्धमा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ४९ पुग्याे
काठमाडौं– झापाको दमकका एक ६२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ । धरान स्थित विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको हो । बिहीबार गरिएको र्यापिड टेष्ट विधि परीक्षणमा उनीसमेत उनका छोरा र श्रीमतीमा कोरणा पोजेटिभ देखिए पनि पिसिआरमा ती वृद्धको मात्र कोरोना संक्रमण पोजेटिभ देखिएको हो । उनका छोरा चैत ६ गते दुबईबाट नेपाल आएका थिए ।...
-
२०७७ बैशाख १३, शनिबार
लकडाउनबारे निर्णय गर्न बैठक बस्दै
काठमाडौं– कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले लागु गरेको लकडाउनलाई निरन्तरता दिने–नदिने सम्बन्धमा निर्णय गर्न अहिले ११ बजेबाट कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्दैछ । पछिल्लो पटक थपिएको लकडाउनको समय वैशाख १५ गते सोमबार रातिदेखि सकिंदैछ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ उच्चस्तरीय रोकथाम तथा नियन्त्रण समितिको बैठकको...
-
२०७७ बैशाख १३, शनिबार
लकडाउनको निर्णय अब आइतबारको बैठकबाट
काठमाडौं– कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन लम्ब्याउने वा अरु विकल्प सोच्ने भन्नेबारे आइतबार बस्ने मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले लागु गरेको लकडाउनलाई निरन्तरता दिने–नदिने सम्बन्धमा निर्णय गर्न शनिबार बिहान ११ बजे कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बसेको थियो । बैठकले निर्णय लिनको लागि आइतबार...
-
२०७७ बैशाख १३, शनिबार
मनमोहन अधिकारीको स्मृति दिवस मनाइयो
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका लोकप्रिय नेता तथा राजनीतिक क्षेत्रका प्ररेक एवं शिखर व्यक्तित्वमा रुपमा सम्मानित स्वर्गीय मनमोहन अधिकारीको २१ औं स्मृति दिवस वैशाख १३ गते शनिबार काठमाडौंमा मनाइएको छ । ललितपुर सानेपास्थित मनमोहन प्रतिष्ठानको आयोजनामा भएको स्मृति दिवसमा नेवार अगुवा एवं भाषासेवी तथा कम्युनिष्ट विचारक व्यक्तित्व लक्ष्मीदास मानन्धर, नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठलगायत नेता,...
-
२०७७ बैशाख १२, शुक्रबार
भोजपुरका युवकमा कोरोना भाइरस पोजेटिभ
काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दिनानु बढिरहेको छ । भोजपुरका एक २६ वर्षीय युवकमा कोरोनाभाइरस पोजेटिभ देखिएको छ । धरानको विपी कोइराला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोनाभाइरस पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भोजपुरका यी युवकसहित अहिलेसम्मको अद्यावधिक विवरण अनुसार ४८ जनालाई कोरोनाभाइरसको पुष्टि भएको छ । जसमध्ये १० जना निको भएर घर...
-
२०७७ बैशाख ११, बिहिबार
थप दुईजना नयाँ कोरोना संक्रमित भेटिए, कुल संख्या ४७ पुग्यो
काठमाडौं– नेपालमा दुईजना नयाँ कोरोना संक्रमित भेटिएको छ । योसँगै कुल संक्रमितको संख्या ४७ पुगेका छन् भने यी मध्ये ९ जना निको भइसकेका छन् । उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ती किशोर गते चैत २३ गते भारतको दिल्लीबाट फर्किएका थिए । उदयपुरकी संक्रमित त्रियुगा नगरपालिका–३ भुल्केकी हुन् । त्यस क्षेत्रमा अहिलेसम्म २५...
-
२०७७ बैशाख १०, बुधबार
काठमाडौंबाट बाहिरिने बढे
काठमाडौं– कोरोना संक्रमणको त्रास र जारी लकडाउन लम्बिरहँदा काठमाडौंबाट आ–आफ्ना क्षेत्र जाने बढिरहेका छन् । यसअघि हिँडेरै गन्तव्यसम्म पुग्न काठमाडौंबाट निस्किएकाहरुलाई स्थानीय निकायले सवारी सवारी साधनको व्यवस्था गरी लैजान थालेपछि काठमाडौं छोड्नेहरु बढेका छन् । लकडाउन लम्बिएसँगै काठमाडौंमा समस्यामा परेकाहरु हिंडेरै घर जान थालेको र त्यसले थप जोखिम निम्त्याउने भएपछि अधिकांश स्थानीय तहले आफै...


