STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ माघ ८, बुधबार

    विकास योजना सम्पन्नको रकम भुक्तानी नहुँदा बेहाल

    प्रदेश नं। २ मा विकास योजना सम्पन्नको रकम भुक्तानी र विनियोजन गरिएको रकम निकासा नहुँदा अवस्था बेहाल छ । प्रदेश सरकारले योजना सम्पन्नको रकम भुक्तानी नगरेका कारण उपभोक्तादेखि मन्त्रीसम्म मारमा परेका छन् भने सरकारले प्रदेशमा विनियोजन गरेको रकम निकासाको पहल नगरेका कारण प्राविधिक अन्योलमा परेका छन् । योजना सम्पन्नको रकम नभएको भुक्तानीका मारमा उपभोक्ता समितिका पदाधिकारीदेखि मन्त्रीसम्म परेका छन् भने...

  • २०७६ माघ ८, बुधबार

    मन्त्रालयले नै टेर्दैनन् संसदीय समितिको निर्देशन

    राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले आफूले दिएको निर्देशन कार्यान्वयन नगरेको भन्दै विभिन्न मन्त्रालयलाई ताकेता गर्ने निर्णय गरेको छ । समितिको आजको बसेको बैठकले समितिले पटकपटक निर्देशन दिँदा पनि कार्यान्वयन नगरेको र कार्यान्वयन बारे जवाफ माग गर्दासमेत अटेर गरेको भन्दै विभिन्न मन्त्रालयलाई ताकेता गर्ने निणर्य गरेको हो । समितिका सभापति रामनारायण बिडारीले उद्योग, वाणिज्य...

  • २०७६ माघ ८, बुधबार

    विकट बस्ती जोड्न दुई सडकमा काम हुँदै

    मार्मा गाउँपालिकाको वडा नम्बर १ र वडा नम्बर ३ का विकट बस्ती जोड्ने गरी धमाधम सडक निर्माण भइरहेको छ । स्थानीय सरकारको पहिलो प्राथमिकतामा परेका दुवै सडकलाई विकट ग्रामीण बस्तीसम्म पु¥याउने लक्ष्यका साथ काम भइरहेको हो । सडक सञ्जालमा नजोडिएका बस्तीलाई सडकको पहुँचसम्म ल्याउन गत वर्षदेखि स्थानीय सरकारले सडक निर्माणमा प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष जमनसिंह धामीले बताउनुभयो । गाउँपालिकाको सबैभन्दा...

  • २०७६ माघ ८, बुधबार

    विकास योजना सम्पन्नको रकम भुक्तानी नहुँदा बेहाल

    प्रदेश नं। २ मा विकास योजना सम्पन्नको रकम भुक्तानी र विनियोजन गरिएको रकम निकासा नहुँदा अवस्था बेहाल छ । प्रदेश सरकारले योजना सम्पन्नको रकम भुक्तानी नगरेका कारण उपभोक्तादेखि मन्त्रीसम्म मारमा परेका छन् भने सरकारले प्रदेशमा विनियोजन गरेको रकम निकासाको पहल नगरेका कारण प्राविधिक अन्योलमा परेका छन् । योजना सम्पन्नको रकम नभएको भुक्तानीका मारमा उपभोक्ता समितिका पदाधिकारीदेखि मन्त्रीसम्म परेका छन् भने...

  • २०७६ माघ ८, बुधबार

    २८ छात्रालाई साइकल

    माध्यमिक शिक्षा ११–१२ कक्षा अध्ययन गर्ने छात्राहरुलाई गौरीगञ्ज गाउँपालिकाले साइकल वितरण गरेको छ । गाउँपालिका–२ मा रहेको कोरोबारी माध्यमिक विद्यालयमा अध्ययनरत २८ छात्रालाई गाउँपालिकाले साइकल वितरण गरेको हो । विद्यालय जान आउन सहज होस् भन्दै वडा नं। २ को बजेटबाट माध्यमिक शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि साइकल वितरण गरिएको वडा सचिव गोविन्द राजवंशीले बताउनुभयो । “रु दुई लाख बजेट विनियोजन गर्दै...

  • २०७६ माघ ८, बुधबार

    पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा

    नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको सुक्खा पहिरो पन्छाइएपछि सडक सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा मङ्गलबार राति सुक्खा पहिरो खसेको थियो । राति ९ः३० बजे पहिरो खसेर अवरुद्ध बनेको सडक आज बिहान २ः४५ बजेबाट पहिरो पन्छाएपछि सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो । खनालका अनुसार पहिरो...

  • २०७६ माघ ८, बुधबार

    मिर्गौला रोगीको निःशुल्क हेमोडाइलासिस सेवा शुरु

    काठमाडौँ महानगरपालिका र नेपाली सेनाको सहकार्यमा वीरेन्द्र अस्पताल छाउनीबाट मिर्गौला रोगीको हेमोडाइलासिसको निःशुल्क सेवा शुरु भएको छ । कामपा–१५ निवासी ६४ वर्षीया चन्द्रदेवी महर्जन पहिलो सेवाग्राही हुनुभएको छ । पहिलो पटक मङ्गलबार कामपा प्रमुख विद्यासुन्दर शाक्यले उपकरण सञ्चालन गर्दै सेवा शुरु गर्नुभएको हो । यस प्रकारको सेवा सञ्चालन गर्न गएको पुस २ गते नेपाली सेना र कामपाबीच सहमतिपत्रमा हस्ताक्षर...

  • २०७६ माघ ८, बुधबार

    गैरसरकारी संस्था दर्ता धेरै, नवीकरण थोरै

    बाँकेमा एक हजार ६२१ गैरसरकारी संस्था गैसस दर्ता छन् । दर्ता भएका गैससमध्ये नियमित नवीकरण गर्नेको सङ्ख्या न्यून रहेको जिल्ला प्रशासन कार्यालय बाँकेको तथ्याङ्क छ । सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार यसवर्ष नवीकरण गर्ने गैरसरकारी संस्थाको सङ्ख्या १८५ अर्थात ११ दशमलव ४१ प्रतिशत मात्रै छ । यसले दर्ता भएका अधिकांश गैरसरकारी संस्थाले कानून अटेरी गरिरहेको देखाउँछ । कानूनबमोजिम सञ्चालन...

  • २०७६ माघ ८, बुधबार

    बाल विवाह न्यूनीकरण गर्न प्रतिबद्ध

    दाङको शान्तिनगर र दंगीशरण गाउँपालिकामा बाल विवाह न्यूनीकरण गर्न सरोकार पक्षले प्रतिबद्धता जनाएका छन् । यी गाउँपालिकामा बाल विवाह गर्नेको सङ्ख्या कम हुन नसकेको भन्दै स्थानीय तहका प्रमुख तथा सरोकार पक्ष निकायले प्रतिबद्धता जनाएका हुन् । “गाउँपालिकाले यसअघि पनि बाल विवाह न्यूनीकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ”, शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले भन्नुभयो, “तर पनि अझै...

  • २०७६ माघ ८, बुधबार

    नेविसङ्घभित्र रिले अनसनमार्फत विधान कार्यान्वयनको खोजी

    नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ नेविसङ्घ रिले अनसनमार्फत विधान कार्यान्वयनको खोजीमा छ । नेविसङ्घको ११औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महर नेतृत्वको कार्यसमितिले पार्टी केन्द्रीय समितिलाई बुझाएको विधान केन्द्रीय कार्यसमितिबाट पास भए पनि विधान कार्यान्वयन नहुँदा नेविसङ्घभित्र यसको कार्यान्वयनको खोजी गरिएको हो । विधानमा नेविसङ्घको अध्यक्ष बन्न ३२ वर्ष ननाघेको...

  • २०७६ माघ ८, बुधबार

    काठमाडौँ विश्वविद्यालयमा तालाबन्दी नखुल्ने सङ्केत

    धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय केयूमा आन्दोलनरत पक्षद्वारा अझै तालाबन्दी नखुल्ने सङ्केत देखिएको छ । आफ्ना मागको सम्बोधन नभएको जनाउँदै आन्दोलनरत पक्षले पछिल्लो पटक गत पुस १६ गतेदेखि केन्द्रीय हाताका डीन कार्यालय, परीक्षा नियन्त्रणको कार्यालय, टेक्निकल टे«निङ सेन्टर टीटीसी, प्रशासकीय भवनलगायत मुख्य प्रशासनिक भवनमा तालाबन्दी गरेको थियो । केयू प्रशासनले यही माघ १३ गतेको विशेषसभामा सहभागी गराउन र...

  • २०७६ माघ ७, मंगलबार

    रङ्गशालाका लागि महायज्ञबाट ५० करोड सङ्कलन गरिँदै

    गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि महायज्ञबाट रु ५० करोड ७६ लाख ७६ हजार ५० सङ्कलन गर्ने लक्ष्य लिइएको छ । जिल्लाका सबै राजनीतिक दल, सांसद, स्थानीय तहका प्रमुख, सरकारी निकायका प्रमुखलगायत विभिन्न सङ्घसंस्थाका प्रमुख र प्रतिनिधिको महायज्ञमा सक्रिय सहभागिता रहेको छ । रङ्गशाला निर्माणस्थलमा यही माघ १९ गतेदेखि २६ गतेसम्म बृहत धनधान्याञ्चल महोत्सव आयोजना गरिँदै छ । महायज्ञ मूल...

Pages