राष्ट्रिय
-
२०७६ माघ १०, शुक्रबार
बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या
भरतपुर अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत चौध जिल्लाका बिरामीलाई सेवा दिँदै आएको छ । विसं २०७४ भदौ १ गतेदेखि जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा आएको थियो । प्रथम सेवा बिन्दुको रुपमा अस्पतालले बीमाका बिरामीलाई सेवा दिँदै आएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य बीमा लागू भएपछि पुसमसान्तसम्ममा ५३ हजार ४३८ बिरामीले बीमाको सुविधा...
-
२०७६ माघ १०, शुक्रबार
सापकोटामाथि कुनै मुद्दा छैन दाहाल
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेता अग्नि सापकोटामाथि कुनै मुद्दा नरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग उहाँले सापकोटामाथि मुद्दा छ भनेर गरिएको प्रचार असत्य भएको बताउनुभयो । प्रतिनिधिसभाको सभामुख पदमा नेकपाबाट सिफारिस भई मनोनयन दर्ता गर्नुभएका सापकोटा विरुद्धमा मुद्दा भएको सन्दर्भमा सोधिएको प्रश्नमा दाहालले भन्नुभयो, “मैले...
-
२०७६ माघ १०, शुक्रबार
क्रसर उद्योग सञ्चालनमा रोक
क्रसर उद्योगले अवैध उत्खनन् बढाएको गुनासो बढेपछि उद्योग सञ्चालनमा रोक लगाइने भएको छ । प्राकृतिक सम्पदा र नदीजन्य पदार्थको उपयोग रेखदेख गर्न गठित जिल्ला अनुगमन समितिल जिल्लाका सबै क्रसर उद्योग तत्काल बन्द गर्ने निर्णय बुधबार गरेको छ । उद्योगले गत आर्थिक वर्ष २०७५⁄७६ को भण्डार स्टकविव रण उपलब्ध नगराएको हुँदा हाललाई सबै उद्योग बन्द गर्ने निर्णय गरिएको अनुगमन समितिका संयोजक सुरेशप्रसाद सिंहले...
-
२०७६ माघ १०, शुक्रबार
ढुक्क भएर लगानी गर्नुहोस् अध्यक्ष तिमिल्सिना
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकमा लगानीको राम्रो वातावरण रहेको हुँदा ढुक्क भइ लगानी गर्न आग्रह गर्नुभएको छ । पर्वत उद्योग वाणिज्य सङ्घको आयोजनामा बिहीबारबाट शुरु भएको छैटौँ पर्वत महोत्सवको उद्घाटन गर्दै उहाँले आर्थिक समृद्धिका हासिल गर्न लगानी बढाउनुपर्छ भन्नुभयो । “ सबै लगानी राज्यले गर्ने होइन, उद्यमीले पनि आफूसँग जे छ यसलाई बैंकमा धितो राखेर पैसा निकाल्नुपर्छ, यसलाई नै...
-
२०७६ माघ १०, शुक्रबार
मकवानपुरगढीमा २५७औँ विजयोत्सव मनाइँदै
गोर्खाली सेनाले तत्कालीन मुगल बादशाह मिरकासिमको सेनालाई पराजित गरेको ऐतिहासिक सम्झनामा मकवानपुरमा भव्यताका साथ आज विजयोत्सव मनाइँदैछ । वीर गोर्खालीले सो सेनालाई पराजित मात्र गरेन् ५०० भन्दा बढी आधुनिक हातहतियार र शक्तिशाली तोपहरु नियन्त्रणमा लिन सफलता प्राप्त गरेको जनाइएको छ । इतिहासकारका अनुसार गोर्खाली सेनाले एकैदिन मुगलको १७ सय सेनालाई पराजित गरिदिएको थियो । गोर्खाली सेनाले ऐतिहासिक विजय...
-
२०७६ माघ १०, शुक्रबार
बन्ध्याकरण गराउँदैै कुकुरलाई जुकाको औषधि खुवाइयो
भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँले सडकमा रहेका २३ कुकुरलाई समातेर बन्ध्याकरण गरिदिएको छ । ती कुकुरलाई रेबिज, छालाको रोग विरुद्धको सुई तथा जुकाको औषधि पनि खुवाइएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । छाडा कुकुरको सङ्ख्या बढ्दै जान थालेपछि दमौली बजारका कुकुरलाई समातेर बन्ध्याकरण गरिएको उहाँले बताउनुभयो । विज्ञ केन्द्र र व्यास नगरपालिकाको संयुक्त आयोजनामा सामुदायिक...
-
२०७६ माघ १०, शुक्रबार
सुपारी बगान भित्र कागती खेती फस्टाउँदो
झापाको वुद्धशान्ति गाउँपालिका–२ जयपुरका कृषक रामप्रसाद उप्रेतीले कागती खेती शुरु गर्नुभएको पाँच वर्ष बढी भयो । व्यावसायिक रुपमा सुपारी खेती गर्दै आउनुभएका उहाँले सुपारी बगानभित्रै मरिच र अलैँची खेती हुँदै अहिले कागती खेती गरिरहनुभएको छ । थोरै जमीनमा पनि व्यावसायिक रुपमा खेती गर्दा मनग्य आम्दानी गर्न सकिने भएपछि उहाँले अहिले सुपारी बगानभित्रै विभिन्न प्रकारका नगदेबाली लगाउनुभएको छ । अहिले उहाँको...
-
२०७६ माघ १०, शुक्रबार
विजयोत्सवमा मुख्यमन्त्री पौडेलको शुभकामना
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गोर्खाली सेनाको वीरतालाई विश्वसामु सुपरिचित गराउने काम गोर्खा–मुगल युद्धले गराएको बताउनुभएको छ । मकवानपुरगढीको २५७ औँ विजयोत्सवको उपलक्ष्यमा आज एक सन्देश जारी गर्दै उहाँले गोर्खाली सेनाको नाम सुन्नासाथ विश्व थर्कमान हुने काम सोही युद्धले गराएको जनाउनुभएको छ । गोर्खाली सेनाले तत्कालीन मुगल बादशाह मिरकासिमको सेनालाई पराजित गरेको ऐतिहासिक सम्झनामा आज यहाँ...
-
२०७६ माघ १०, शुक्रबार
नेपालगञ्ज विमानस्थलमा सहायता कक्ष सञ्चालनमा
विपद् व्यवस्थापनका गर्न बाँके र बर्दिया जिल्लालाई लक्षित गरी नेपालगञ्ज विमानस्थलमा मानवीय सहायता कक्ष विहीबारदेखि सञ्चालनमा छ । गृह सचिव प्रेमकुमार राईले सातवटै प्रदेश र सबै दुर्गम विमानस्थल रहेको ठाउँमा गरी १२ वटा मानवीय सहायतास्थल निर्माण गर्ने योजना रहेको जानकारी दिनुभयो । काठमाडौँ, धनगढीपछि नेपालगञ्ज विमानस्थलमा स्थापना भएको सो कक्ष तेस्रो भएको जनाइएको छ । उहाँले सहायता कक्ष निर्माण भए पनि...
-
२०७६ माघ ९, बिहिबार
फोहर व्यवस्थापनमा ‘अब्बल’ बन्दै नेपालगञ्ज उपमहानगर
गाडीले लगेर फोहर खसाउँछ, जेसिभीले त्यसलाई फिजाउँछ । कर्मचारीले कुहिने र नकुहिने फोहरलाई छुट्याउँछन् । सीसा, प्लाष्टिक, बोतल, टायर एकातिर राखिन्छ, अरु कुहिने फोहरलाई अर्कोतिर । यी हुन् नेपालगञ्जमा ‘ल्याण्डफिल साइट’ सञ्चालनमा आएपछि फोहर व्यवस्थापनमा देखिने दृश्यहरु । भौतिक पूर्वाधारको विकाससँगै शहरीकरण बढ्दै गए । गाउँ शहर बन्दै जाँदा फोहर व्यवस्थापन मुख्य चुनौती बन्यो । नेपालगञ्ज उपमहानगरपालिकाको...
-
२०७६ माघ ९, बिहिबार
भिजिट नेपाल २०२० को उपलक्ष्यमा अन्तर्राष्ट्रिय मेयर सम्मेलन घोषणा
कीर्तिपुर नगरपालिकाको आयोजनामा उपत्यका नगरपालिका फोरमको विस्तारित बैठक सम्पन्न भएको छ । उक्त बैठकमा उपत्यकाका सम्पूर्ण नगरपालिकाका मेयर–उपमेयर एवं ककनी गाउँपालिकाबाट गाउँपालिका प्रमुखका साथ विभिन्न ब्यक्तित्वहरुको सहभागिता रहेको थियो । कीर्तिपुर १० वडास्थिति हिलसाइड होटल रिसोर्टमा माघ ८ गते बुधबार भएको उक्त विस्तारित बैठकमा उपत्यकाका तीन नगरपालिकाका प्रतिनिधिहरुको उपस्थिति नरहेको जानकारी आयोजक...
-
२०७६ माघ ९, बिहिबार
सुन्नै मुस्किल हुटिट्याउँको ट्याउँ ट्याउँ
तालैतालको शहर हो पोखरा । यहाँका नौ वटा ताल रामसारमा सूचीकृत छन् । पोखराको बीच भाग भएर बग्ने सेती नदी, फुस्रेखोला हुँदै दक्षिण भेगस्थित सुरौदी लगायतका खोलानाला महत्वपूर्ण जलाधार क्षेत्र हुन् । पर्याप्त जलाशयका कारण उक्त क्षेत्र चराचुरुङ्गीको रोजाइमा पर्छ । पछिल्ला वर्षमा पोखरा र आसपासमा चरा हेर्न पर्यटक आउनेक्रम वर्षेनी बढ्दो छ । विगतमा निकै पाइने चराचुरुङ्गी वर्षेनी घट्दै जानु चासो र चिन्ताको...


