STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ माघ ९, बिहिबार

    पेट्रोलियम अन्वेषणमा साइस्किम सर्भे शुरु

    दैलेख जिल्लामा शुरु गरिएको पेट्रोलियम अन्वेषण अन्तर्गत ‘साइस्किम सर्भे’ शुरु गरिएको छ । अन्वेषण कार्य सफलता नजिकै पुग्दै गएपछि पेट्रोलियम अन्वेषणको महत्वपूर्ण कार्य मानिएको सो सर्भेको काम अहिले तीव्र पारिएको हो । नेपाल र चीन सरकारको संयुक्त विशेषज्ञ टोलीले पेट्रोलियम अन्वेषण कार्य अगाडि बढाइरहेका छन् । विदेशमा पेट्रोलियम अन्वेषण काम गरेका अनुभवी नेपाली कामदारलाई सो कार्यमा प्रयोग गरिएको छ ।...

  • २०७६ माघ ९, बिहिबार

    बजेट कार्यान्वयन निराशाजनक

    नुवाकोट जिल्लाको विकासमा चालू आर्थिक वर्ष २०७६ ७७ को विनियोजित बजेट कार्यान्वयनको अवस्था निराशाजनक देखिएको छ । आवको आधा समय छ महिना पूरा हुँदा जिल्लामा संघीय सरकार मातहतका कार्यालयले २७।५ प्रतिशत र प्रदेश सरकार मातहतका कार्यालयको बजेट पाँच प्रतिशत मात्र खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार संघीय सरकार मातहतका जिल्लाका ४६ कार्यालयमा चालू आवमा प्राप्त बजेट रु तीन अर्ब ३१ करोड...

  • २०७६ माघ ९, बिहिबार

    मापसे गर्ने चालक हिरासतमा बस्नुपर्ने

    मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई हिरासतमा राखेर मुद्दा चलाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लामा सडक दुर्घटना रोक्न सो निर्णय गरेको जनाएको छ । मङ्गलबार ढोलामण्डलीबाट फर्किँदै गरेको आइचर ट्रक पल्टिँदा सात जनाको अकालमा मृत्यु तथा ३२ भन्दा बढी घाइते भएका थिए । बुधबार जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रहरी, यातायात व्यवसायी, नागरिक समाज सहितको सर्वपक्षीय बैठकमा सो सहमति...

  • २०७६ माघ ८, बुधबार

    नेविसङ्घभित्र रिले अनसनमार्फत विधान कार्यान्वयनको खोजी

    नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ नेविसङ्घ रिले अनसनमार्फत विधान कार्यान्वयनको खोजीमा छ । नेविसङ्घको ११औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महर नेतृत्वको कार्यसमितिले पार्टी केन्द्रीय समितिलाई बुझाएको विधान केन्द्रीय कार्यसमितिबाट पास भए पनि विधान कार्यान्वयन नहुँदा नेविसङ्घभित्र यसको कार्यान्वयनको खोजी गरिएको हो । विधानमा नेविसङ्घको अध्यक्ष बन्न ३२ वर्ष ननाघेको...

  • २०७६ माघ ८, बुधबार

    काठमाडौँ विश्वविद्यालयमा तालाबन्दी नखुल्ने सङ्केत

    धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय केयूमा आन्दोलनरत पक्षद्वारा अझै तालाबन्दी नखुल्ने सङ्केत देखिएको छ । आफ्ना मागको सम्बोधन नभएको जनाउँदै आन्दोलनरत पक्षले पछिल्लो पटक गत पुस १६ गतेदेखि केन्द्रीय हाताका डीन कार्यालय, परीक्षा नियन्त्रणको कार्यालय, टेक्निकल टे«निङ सेन्टर टीटीसी, प्रशासकीय भवनलगायत मुख्य प्रशासनिक भवनमा तालाबन्दी गरेको थियो । केयू प्रशासनले यही माघ १३ गतेको विशेषसभामा सहभागी गराउन र...

  • २०७६ माघ ८, बुधबार

    राष्ट्रियसभा निर्वाचन मतदाता प्रदेश राजधानी आउँदै

    बिहीबार हुने राष्ट्रियसभा निर्वाचनका लागि स्थानीय तहका प्रमुख उपप्रमुख प्रदेश राजधानी सुर्खेत आउने क्रम शुरु भइसकेको छ । निर्वाचन आयोगले कर्णाली प्रदेशको मतदानस्थल वीरेन्द्रनगरस्थित जिल्ला निर्वाचन कार्यालयमा तोकेपछि ७९ वटै स्थानीय तहका प्रमुख उपप्रमुख आउने क्रम शुरु भएको छ । कर्णालीका कतिपय जिल्लाबाट मङ्गलबार नै प्रमुख उपप्रमुख वीरेन्द्रनगर आइसक्नु भएको छ । कर्णालीबाट राष्ट्रियसभाका लागि रिक्त...

  • २०७६ माघ ८, बुधबार

    मेची क्याम्पसमा बौद्धिक उद्यान बन्दै

    झापाको मेची बहुमुखी क्याम्पसको हाताभित्र प्रदेश नं १ का पाँच विभूतिको प्रतिमासहित बौद्धिक पार्क निर्माण शुरु गरिएको छ । शहीद राम थापाको शालिकको उत्तरपट्टि निर्माण हुने पार्कमा गुरुजी श्री १०८ मङ्गलदासजी महाराज, महागुरु फाल्गुनन्द, बालागुरु षडानन्द, डा स्वामी प्रपन्नाचार्य र दानवीर देवीप्रसाद उप्रेतीको परिचयात्मक अभिलेखसहित मूर्ति स्थापना गरिने मेची बहुमुखी क्याम्पसका प्रमुख कमल गुरागाईंले...

  • २०७६ माघ ८, बुधबार

    काठ्माडौ को भित्तामा अब संस्कृति झल्कने चित्र बनाउने

    माघ ८, काठमाडौं । काठमाडौंका सडक छेउछाउका भित्ता अब कला संस्कृति झल्कने चित्रले सजिने भएका छन् । सहरको सौन्दर्य बढाउने उद्देश्यका साथ काठमाडौं महानगरपालिकाले सहरका भित्ताहरूमा यस्तो सजावट गर्न लागेको हो । यसका लागि महानगरको सहरी योजना आयोगले काम थालेको छ । आयोगका सदस्य मनराजा रञ्जितले सहरको सौन्दर्य बढाउन चालु आर्थिक वर्षभित्र महानगरपालिका क्षेत्रमा भित्तेचित्र बनाइन लागेको जानकारी दिए । महानगरले...

  • २०७६ माघ ८, बुधबार

    विसं २०७७ का लागि १३ पात्रोलाई स्वीकृति

    नेपाल पञ्चाङ्ग निर्णायक समितिले नयाँ वर्ष विसं २०७७ का लागि १३ पञ्चाङ्ग पात्रो लाई स्वीकृति दिएको छ । समितिले पञ्चाङ्गकारहरु सूर्यनाथ पन्तको ‘तोयनाथ’, विश्वराम शर्मा सापकोटाको ‘बाबुराम’, मुरारीराज पाण्डेको ‘नरनाथ’, पद्मनाभ त्रिपाठीको ‘हिमाल’, डिल्लीराज जोशीको ‘अठोला’, दिव्यपुरूष ढकालको ‘तारकेश्वर’, सूर्यप्रसाद ढुङ्गेलको ‘सूर्य’, लोकराज पौडेलको ‘आकाश–दर्शन’, शशिधर जोशीको ‘बगलामुखी’, दामोदर जोशीको...

  • २०७६ माघ ८, बुधबार

    लोपोन्मुख थारु नाचको संरक्षण हुँदै

    रुपन्देहीमा लोपोन्मुख थारु समुदायका तीन नाचको संरक्षण गर्न थालिएको छ । थारु समुदायका अगुवाले थारु संस्कृति लोप हुने स्थितिमा पुगेको भन्दै विभिन्न महोत्सव र मेला गरेर झुमडा, झर्रा तथा बड्का नाच प्रदर्शन गरेर संरक्षण गर्न लागिएको बताउनुभएको छ । “परम्परागत यी नाच हाम्रा पूर्खाले सिर्जना गरेका हुन त्यसैले यसको संरक्षण आवश्यक छ”, सैनामैना नगरपालिका–८ स्थित भड्छाका बुद्धिराम थारुले भन्नुभयो । उक्त...

  • २०७६ माघ ८, बुधबार

    स्थानीय तहको अनुदान कटौती

    धनुषाका १३ स्थानीय तहको अनुदान कटौती गरिएको छ । स्थानीय तहले राजश्व नबुझाएको, समयमा लेखापरीक्षण र परिषद् नगरी लापरबाही गरेका कारण कारबाहीस्वरूप अनुदान कटौती गरिएको बताइएको छ । प्रदेश नं २ को कोष तथा लेख नियन्त्रण कार्यालय ९कोलेनिका० जनकपुरका प्रमुख विनोद गेलालका अनुसार वित्तीय व्यवस्था ऐनमा नबस्ने र समायोजन भएका कर्मचारीलाई हाजिर हुन नदिने कतिपय स्थानीय तह पनि कारबाहीमा परेका छन् । उहाँले...

  • २०७६ माघ ८, बुधबार

    राजकुमारी एस्ट्रिडलाई भरतपुरमा स्वागत

    बेल्जियमकी राजकुमारी एस्ट्रिडलाई आज भरतपुरमा भव्यरुपमा स्वागत गरिएको छ । नवलपरासीको मध्यबिन्दु जिल्ला अस्पतालमा हुने एक कार्यक्रममा सहभागी हुन आउनुभएकी राजकुमारी एस्ट्रिडलाई भरतपुर महानगरपालिकाले औपचारिकरुपमा पञ्चैबाजाका साथमा स्वागत गरेको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाहले विमानस्थलमै पुगेर फूलमालाले राजकुमारी एस्ट्रिडलाई स्वागत गर्नुभएको हो । सो अवसरमा प्रमुख...

Pages