राष्ट्रिय
-
२०७६ पौष २७, आइतबार
राष्ट्रपति भण्डारीद्वारा शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्तीको अवसरमा उहाँप्रति श्रद्धासुमन व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीद्वारा आज यहाँ जारी सन्देशमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा राष्ट्रिय एकता दिवसका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । “नेपाल प्राचीनकालदेखि नै स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रूपमा...
-
२०७६ पौष २७, आइतबार
उपभोग्य वस्तुको प्रयोगसम्बन्धी विद्यालय सचेतना कार्यक्रम
उपभोक्ताहरुलाई जागरुक तथा प्रभावकारी बनाउने माध्यमका रूपमा विद्यार्थीहरुलाई लिएर स्वस्थ र स्वच्छ उपभोग्य वस्तुहरुको प्रयोगमा जोड दिँदै सुनसरीमा विद्यालय शिक्षा कार्यक्रम सञ्चालनमा ल्याइएको छ । घरेलु तथा साना उद्योग कार्यालय इटहरीले सचेतना कार्यक्रमअन्तर्गत अन्य प्रकारको कार्यक्रमभन्दा विद्यालय कार्यक्रम प्रभावकारी हुने ठहर गरी विद्यालयमा सचेतना कार्यक्रम शुरु गरेको हो । उपभोक्ताहरुको जीवन उपभोग्य...
-
२०७६ पौष २७, आइतबार
पञ्चकोटमा शान्ति कलश निर्माणले गति लियो
आकर्षक पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुँदै गरेको बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा १०८ फिट अग्लो विश्व शान्ति कलश निर्माणलाई निरन्तरता दिइएको छ । तत्कालीन प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले विसं २०७१ मा शान्ति कलशको शिलान्यास गर्नुभएको थियो । विविध कारणले भौतिक पूर्वाधारको काम राकिएको थियो । शनिबार पञ्चकोटमा पाँचौँ बृहत् श्री सभाका अवसरमा भूमि पुजन गरी...
-
२०७६ पौष २७, आइतबार
राष्ट्रिय एकता सुदृढ पार्दै सदाचार र सुशासनलाई बलियो बनाउन राष्ट्रपतिको जोड
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्तीका अवसरमा उहाँप्रति श्रद्धासुमन व्यक्त गर्दै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । “ नेपाली समाज साँस्कृतिक विविधताबीच समन्वयको बलियो सूत्रमा एकताबद्ध भएको कुरा आत्मसात् गर्दै यहाँको अमूल्य सभ्यता, संस्कृति र सम्पदालाई पृथ्वीनारायण शाहले सम्मान गर्नुभएको थियो ।...
-
२०७६ पौष २७, आइतबार
छोरी सुरक्षा कार्यक्रम प्रभावकारी बन्दै
छोरी सुरक्षा कार्यक्रम यहाँ प्रभावकारी बन्दै गएको छ । कनकासुन्दरी गाउँपालिका –८ संज्यलवाडाकी शान्ति संज्यालले छोरीको लालन पालन गर्न कार्यक्रमले सहयोग पु¥याएको जानकारी दिइन् । उनीले भनिन, “ छोरीको जीवन अर्काको घर जान्छे भनेर हेला गर्दछन् । सरकारले थोरबहुत सहयोग गरेर राम्रो ग¥यो । ” गतसाउन १३ गते छोरी उनीले छोरी जन्मदिएकी थिइन् । नजिकको वडा कार्यालयले छोरीको नाममा बैँक खाता खोलीदिई रु ५०० खातामा...
-
२०७६ पौष २७, आइतबार
पर्यटन प्रवद्र्धनमा नयाँ पुस्ता
नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यअनुसार देशभर पर्यटक लक्षित कार्यक्रम भइरहेका छन् । देशभर जस्तै बाँकेमा पनि भ्रमण वर्ष सफल बनाउन सरोकारवाला पक्ष लागिपरेका छन् ।भ्रमण वर्ष सफल बनाउने तयारीमा नियमित खटिने तीन जना युवामा पर्नुहुन्छ केशव न्यौपाने, कृष्ण चौधरी र डा ओमप्रकाश मिश्र । उहाँहरुलाई भ्रमण वर्षले छपक्कै छोपेको छ । नयाँ पुस्ता सार्वजनिक गतिविधिमा सहभागी हुनुपर्छ...
-
२०७६ पौष २७, आइतबार
दोमुखा क्षेत्र आकर्षक गन्तव्य
झापाको शिवसताक्षी नगरपालिका–१० मा रहेको दोमुखा क्षेत्र आकर्षक गन्तव्य बनेको छ । अहिले यहाँ क्षेत्रमा दैनिक वनभोजका लागि दुई हजार ५०० बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । इलामको महमाई नगरपालिकासँग सीमा जोडिएको सो क्षेत्रमा देखिने हरिया चुरे पहाड, कनकाई नदीमा ड्यामबाट झरेको पानी, नदी किनारमा रहेको समथल भू–भागमा बनाएको कृत्रिम उद्यान नै पर्यटकका लागि थप आकर्षणका केन्द्र हुन् । विशेषगरी...
-
२०७६ पौष २७, आइतबार
तनहुँलाई पूर्ण विद्युतीकरण गरिँदै
विद्युत् प्राधिकरण कार्यालय तनहुँले जिल्लालाई पूर्ण विद्युतीकरण गर्न लागेको छ । विद्युत् लाइन छुट भएका स्थानमा आपूर्ति गर्नका लागि बोलपत्र आह्वान गरी प्रक्रिया अघि बढाइएको छ । आर्थिक वर्ष २०७६÷७७ असार मसान्तभित्र सबै क्षेत्रमा विद्युत् पु¥याउने लक्ष्य रहेको कार्यालयका इञ्जिनीयर रामबाबु चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको दुई नगरपालिका र चार गाउँपालिका रहेका काठको पोल हटाएर स्टिल पोल...
-
२०७६ पौष २७, आइतबार
व्यास नगरक्षेत्रको खानेपानीको समस्या हट्दै
व्यास नगरपालिकाभित्र पानीको समस्या समाधान गर्न मादी नदी नयाँ लिफ्टिङ आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार डिपिआर सम्पन्न भएको छ । नगरपालिकाको १४ वडामध्ये १ मा सबैभन्दा धेरै दुई हजार ४६० जनसङ्ख्या रहेका छन् । वर्षमा २०० देखि ३०० सम्म नयाँ घर निर्माण हुने क्रम बढेसँगै यस क्षेत्रमा खानेपानीको समस्या रहँदै आएको छ । भादगाउँ करादी खिरखादी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले हालसम्म दुई हजार २७१...
-
२०७६ पौष २५, शुक्रबार
श्रीस्वस्थानी व्रतकथा मेला आजबाट शुरु
हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उहाँको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । माधवनारायण स्वस्थानी व्रत तथा...
-
२०७६ पौष २५, शुक्रबार
दुई औद्योगिक ग्राम बन्ने
स्थानीय स्रोत, सीप र प्रविधिको प्रयोगबाट उद्यमशीलता विकास गर्न यहाँका दुई स्थानीय तहमा औद्योगिक ग्राम निर्माण गरिने भएको छ । ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ को राष्ट्रिय लक्ष्यअनुरूप बागलुङ नगरपालिका र ताराखोला गाउँपालिकामा औद्योगिक ग्राम बन्ने भएको हो । दुवै ठाउँमा गरिएको प्रारम्भिक सम्भाव्यता अध्ययनपछि सरकारले औद्योगिक ग्राम स्थापनाका लागि स्वीकृत प्रदान गरेको बागलुङ नगरपालिकाका प्रमुख...
-
२०७६ पौष २५, शुक्रबार
सामुदायिक वनका प्रणेता नीलप्रसाद भण्डारी
उजाडिँदै गएको नाङ्गो वन पाखालाई समुदायले मात्र संरक्षण गरी हरियाली जङ्गलमा परिणत गर्न सकिन्छ भन्ने दृढ अठोट बोकेका सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका–१ ठोकर्पाका समाजसेवी नीलप्रसाद भण्डारी विश्वमै उदाहरण प्रस्तुत गर्दै ८२ वर्षको उमेरमा बुधबार यस संसारबाट बिदा हुनुभयो । विस १९९५ मा जन्मनुभएका भण्डारी २२ वर्षकै उमेरमा २०१७ सालमा राजनीतिमा प्रवेश गरी त्यसको एक वर्षपछि तत्कालीन ठोकर्पा गाउँ पञ्चायतको...


