राष्ट्रिय
-
२०७६ पौष २३, बुधबार
उपयोगिताविहीन हुँदै हुलाक सेवा, नयाँ पुस्तालाई छैन जानकारी
लमजुङस्थित जिल्ला हुलाक कार्यालयसहित सबै हुलाक उपयोगिताविहीन बनेको छ । विगतमा अति उपयोगी र प्रभावकारी सञ्चारसेवा गर्दै आइरहेको हुलाक सेवा पछिल्लो समय अनुकूल र प्रविधिमैत्री हुन नसक्दा प्रयोगहीन बन्दै गएको हो । चिठीपत्र आदाप्रदान गर्ने चलन हराउँदै गएको र नयाँ–नयाँ प्रविधि र सञ्चारका तरौतरिका अनुरुप हुलाकले सेवा दिन नसकेपछि यसको प्रभावकारिता र उपयोगिता घट्दै गएको जनाइएको छ । दूधपोखरी गाउँपालिकाका...
-
२०७६ पौष २३, बुधबार
किसान विद्रोहका योद्धा चौधरीलाई घर बनाउन भेटिए दाता
झापाका तत्कालीन किसान विद्रोहका अग्रणी नेता टङ्कप्रसाद चौधरीलाई घर निर्माण गर्न स्थानीय समाजसेवी भक्तिप्रसाद तिवारीले जग्गा प्रदान गर्नुभएको छ । विसं २०२८ मा झापामा भएको किसान विद्रोहका क्रममा उहाँले नौ वर्ष तीन महिना कठोर जेल जीवन बिताउनु भएको थियो । ७० वर्षीय चौधरी आफन्तमा बस्दै आउनुभएको छ । बिर्तामोड नगरपालिकाले चौधरीका लागि घर निर्माण गरिदिनेभएपछि तिवारीले साढे पाँच धुर जग्गा निःशुल्क उपलब्ध...
-
२०७६ पौष २३, बुधबार
विद्यालय भवन निर्माण बल्ल शुरु
भारतीय दूतावासले जिम्मा लिएको विद्यालय भवनको पुनः निर्माण बल्ल अगाडि बढेको छ । यहाँका १० विद्यालयका भवन निर्माण चारवर्षपछि सुरु भएको छ । ठेक्का आह्वान भई मङ्गलबार निर्माण कम्पनी छनोटको भएपछि पुन निर्माणले गति लिएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्यवन एकाइ शिक्षा काभ्रेपलाञ्चोकका इञ्जिनीयर सोभित श्रेष्ठका अनुसार आह्वान गरिएको ठेक्कामा खानी÷ब्राइट जेभी पोखरीचौरी...
-
२०७६ पौष २३, बुधबार
विशिष्ट व्यक्ति ओहोरदोहोर हुने पाँच क्षेत्रका प्रचार सामग्री हटाइँदै
काठमाडौँ महानगरपालिकाले विशिष्ट व्यक्ति आहोरदोहोर हुने पाँच क्षेत्रलाई केन्द्रित गरेर शहरलाई कुरूप बनाई राखिएका प्रचार सामग्री हटाउने कार्यलाई तीव्रता दिएको छ । अहिले वानेश्वर, अन्तर्राष्ट्रिय विमानस्थल वरपरका क्षेत्र, कोटेश्वर, त्रिपुरेश्वर र जमल–लैनचौर गरी पाँच क्षेत्रमा पाँच टोली बनाएर होर्डिङबोर्ड हटाउने काम भइरहेको छ । कामपाले मङ्गलबार मात्रै साना–ठूला गरी १९२ अनधिकृतरूपमा राखिएका...
-
२०७६ पौष २३, बुधबार
विभिन्न देशमा नेपाल भ्रमण वर्षको प्रवद्र्धन
विश्वका विभिन्न देशमा नेपाल भ्रमण वर्ष २०२० सम्बन्धी प्रवद्र्धनात्क कार्यक्रम आयोजना गरिएका छन् । चीनको राजधानी बेइजिङ, कतारको दोहा, दक्षिण अफ्रिकाको प्रिटोरिया, क्यानाडाको ओटावा, फ्रान्सको पेरिस र इजिप्टको कायरोमा त्यहाँस्थित नेपाली राजदूतावासको सक्रियतामा ती देशका नागरिकलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने विविध प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रमका क्रममा विश्वको सर्वोच्च...
-
२०७६ पौष २३, बुधबार
स्याङ्जाका दश गाउँलाई नमूना कृषिगाउँ बनाइँदै
स्याङ्जाका १० गाउँलाई ‘मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषिगाउँ’ छनोट गरी कार्यक्रम सञ्चालन गरिएको छ । गण्डकी प्रदेश सरकारले शुरु गरेको नमूना कृषिगाउँ अभियानअन्तर्गत गत वर्ष जिल्लाका पाँच गाउँमा कार्यक्रम सञ्चालनमा थियो भने चालू आर्थिक वर्षमा पाँच गाउँ थप गरिएका नमूना कृषिगाउँ कार्यक्रम व्यवस्थापन एकाइका सदस्य कृषि अर्थविज्ञ नारायण पाठकले बताउनुभयो । स्याङ्जामा गत वर्ष मुख्यमन्त्री वातावरणमैत्री...
-
२०७६ पौष २३, बुधबार
वर्षमा सात लाख पर्यटक भित्र्याउँछ कनकाई
झापाको मध्य भागस्थित कनकाई नगरपालिका जिल्लामा सबैभन्दा बढी पर्यटक भित्र्याउने नगरको रुपमा चिनिन्छ । पर्यटकीय गन्तव्य थोरै भए पनि मुलुकमा कहलिएको जामनुखाडी सामुदायिक वन र व्यक्तिगत लगानीमा सञ्चालित ह्याप्पीलेण्ड फनपार्कले मात्र वर्षमा सात लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउँदै आएका छन् । स्थानीय दिनेश शिवाकोटी र मनोज शिवाकोटीले रु १६ करोड खर्च गरेर कनकाई नगरपालिका–३ मा ह्याप्पीलेण्ड स्थापना...
-
२०७६ पौष २३, बुधबार
तराईमा ‘तिलासक्रान्त’को चहलपहल
पुस महिनाको अन्त्यसँगै माघे सङ्क्रान्ति अर्थात ‘तिलासक्रान्त’ पर्वको चहलपहल शुरु भएको छ । मध्यपूर्वी तराई क्षेत्रमा तिलासक्रान्तको रूपमा माघे सङ्क्रान्तिका दिन मनाइने यो पर्व बारासहित प्रदेश नम्बर २ का सबै जिल्लामा केही दिन पहिले नै तयारी थालिएपछि जताततै चहलपहल शुरु भएको छ । खासगरी तराईका जिल्लाका साथै मिथिला क्षेत्रमा माघेसङ्क्रान्ति अर्थात तिलासङ्क्रान्त पर्वमा तिल, मुरही र चिउरालाई सक्खर...
-
२०७६ पौष २३, बुधबार
किसानका पीडाः पुरस्कार अठन्नी, खर्च रुपैयाँ
बारीमा फलेको मुलाले पूर्णप्रसादको मनमा लागि रहेको थियो, “यसको बेला नसकिँदै कतै मेला महोत्सवको आयोजना भए त्यहाँ पु¥याएर प्रदर्शन गर्नुहुन्थ्यो ।” पर्वतको जलजला गाउँपालिका–७ का पूर्णप्रसाद पौडेलको बारीमा फलेको मुला छैटौँ बागलुङ महोत्सवमा प्रदर्शनमा राखियो । उहाँको मुला तरकारी बालीअन्तर्गत कृषि ज्ञान केन्द्र पर्वतको तर्फबाट पुरस्कृत पनि भयो । पौडेलले उत्पादन गरेको मुला बागलुङ महोत्सवमा प्रदर्शनका...
-
२०७६ पौष २३, बुधबार
एक सय २२ चिनियाँलाई निष्काशन गरिँदै
पर्यटक भिसामा नेपाल आएर अवैध गतिविधिमा संलग्न १२२ चिनियाँ नागरिकलाई आज निष्काशन गरिँदै छ । अध्यागमन विभागका अनुसार आज साँझ उनीहरुलाई चीन डिपोर्ट गर्न लागिएको हो । नेपालमा बसेर गैरकानूनी क्रियाकलाप गरेको भन्दै प्रहरीले यही पुस ७ गते काठमाडौँको मनमैजु, महाराजगञ्ज र बूढानीलकण्ठ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको थियो । यसअघि पुस २० गते अभद्र व्यवहारअन्तर्गत मुद्दामा काठमाडौँका प्रमुख जिल्ला अधिकारी...
-
२०७६ पौष २३, बुधबार
धितालकोट, कोइलीकोट, हेम्जाकोटको सङ्गमस्थलमा पुसे पन्ध्रम तथा ल्होसार मेला
कास्कीको माछापुच्छे« गाउँपालिका वडा नं ६, धिताल, हेम्जाकोटस्थित जय बराह युवा क्लबको आयोजनामा मङगलबारदेखि पुसे पन्ध्रम तथा ल्होसार मेला शुरु भएको छ । संस्कृतिको जगेर्नाका साथै यस क्षेको पर्यटकीय विकासमा सहयोग पु¥याउने उद्देश्यले मेला आयोजना गरिएको हो । गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले मेलाको शुभारम्भ गर्दै यहाँ सञ्चालित घरवासलाई व्यवस्थित गर्दै पर्यटन प्रवद्र्घन गरिने जानकारी दिनुभयो ।...
-
२०७६ पौष २३, बुधबार
दुई दिनमा भत्काइयो ९३ छाउगोठ
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले जिल्लाका पश्चिम क्षेत्रमा रहेका विभिन्न स्थानीय तहमा रहेका ९३ छाउगोठ भत्काएको छ । जिल्लाको पश्चिममा समस्याका रुपमा रहेको छाउप्रथालाई निरुत्साहित गर्न सरकारले थालेको छाउगोठ भत्काउने अभियानअन्तर्गत आठबीस नगरपालिकाको राकम बजार, ठाटीकाँध गाउँपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका, दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाका विभिन्न स्थानमा ९३ बढी छाउगोठ...


