राष्ट्रिय
-
२०७६ पौष २५, शुक्रबार
‘सरकारले सामुदायिक र निजी विद्यालयमा विभेद गरेको छैन’
प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले सरकारले शिक्षा क्षेत्रमा सामुदायिक र निजीका नाममा विभेद नगरेको बताउनुभएको छ । निजी तथा आवासीय विद्यालयको सङ्गठन प्याब्सन झापाको २९ औँ स्थापना दिवसको अवसरमा झापाको विर्तामोडमा आयोजित निजी विद्यालयको योगदान, अवसर, चुनौती र सम्भाव्यता विषयक अन्तरक्रियात्मक कार्यक्रममा उहाँले हिजोको र आजको परिस्थिति फरक भएकाले निजी विद्यालयका सञ्चालकलाई ढुक्क भएर लगानी...
-
२०७६ पौष २५, शुक्रबार
मनमोहनलाई ‘सेल्टर’ दिने मजदूर योद्धा सतालसिंहको निधन
पञ्चायतविरुद्ध आन्दोलन गरेका नेपालका कम्युनिष्ट नेतालाई ‘सेल्टर’ दिने झापाली मजदूर नेता सतालसिंह राजवंशीको निधन भएको छ । मेचीनगर–१५ ज्यामिरगढीका ७६ वर्षीय राजवंशीको बुधबार राति निजी निवासमा निधन भएको थियो । बिहीबारै स्थानीय हडिया खोलामा पार्टीको झण्डा ओढाएर उहाँको अन्त्येष्टि गरिएको छ । झापा विद्रोहअघि र पछि नेपालका कम्युनिष्ट नेता मनमोहन अधिकारी, सिपी मैनाली, राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी...
-
२०७६ पौष २५, शुक्रबार
छ करोड ६७ लाखमा बन्यो स्वास्थ्य केन्द्र भवन
झापाको कचनकवल गाउँपालिका–६ स्थित बनियानीमा सुविधा सम्पन्न प्राथमिक स्वास्थ्य केन्द्र निर्माण भएको छ । शहरी विकास तथा भवन निर्माण कार्यालय झापाको रु छ करोड ६६ लाख ९६ हजार ८४८ लगानीमा प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण भएको गाउँपालिका अध्यक्ष अञ्जार आलमले जाकारी दिनुभयो । उक्त भवनको निर्माण थेगींम, गाल्वा भगवती जेभी इलामले गरेको हो । अपाङ्गमैत्री सुविधा सम्पन्न स्वास्थ्य केन्द्र निर्माण भएपछि...
-
२०७६ पौष २४, बिहिबार
सुदूरपश्चिममा तेस्रोपटक हिमपात, राजमार्ग अवरुद्ध, जनजीवन प्रभावित
सुदूरपश्चिममा तेस्रोपटक भारी हिमपात भएको छ । हिमपातका कारण यहाँका मुख्य राजमार्ग अवरुद्ध भएका छन् भने जनजीवन प्रभावित भएको छ । बुधबार रातिदेखि हिउँ परिरहेको छ । डडेल्धुरा जिल्ला सदरमुकामसहित घना जङ्गल एवं उच्च पहाडी भेगमा हिमपात भएपछि यहाँ अत्यधिक चिसो बढेको छ । डडेल्धुरालगायत बैतडी, बझाङ, डोटी, अछाम, बाजुरा र दार्चुला जिल्लाका उच्च लेकाली भेगमा हिमपात शुरु भएसँगै चिसो बढेको हो । हिमपातले चिसो...
-
२०७६ पौष २४, बिहिबार
भ्रमण वर्षमा आउने पर्यटक तान्दै ‘रक गार्डेन’
गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङको उत्तरी भेगमा रहेको मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुस्थित खानीगाउँ ‘रक गोर्डेन’ ले भ्रमण वर्ष २०२० मा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई तान्न थालेको छ । घेर्मुका स्थानीयवासीले नेपालमै पहिलोपटक ‘रक गार्डेन’ को अवधारणा भित्र्याएर प्राकृतिक सौन्दर्यताप्रति रुचि राख्ने र भ्रमण वर्षमा फरक खालको ठाउँमा घुम्न चाहने पर्यटकलाई उक्त गोर्डेनले आकर्षित गर्दै तान्न...
-
२०७६ पौष २४, बिहिबार
अक्सिजन खरिदका लागि रु साढे चार लाख सहयोग
कञ्चनपुरको भीमदत्तनगरपालिकाले यहाँस्थित महाकाली अस्पताललाई अक्सिजन खरिदका लागि रु चार लाख ५६ हजार आर्थिक सहयोग गरेको छ । नगरप्रमुख सुरेन्द्र विष्टले अक्सिजन आपूर्तिका लागि बुधबार एक समारोहबीच उक्त सहयोग रकम अस्पताललाई हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा नगरप्रमुख विष्टले अक्सिजन खरिदका लागि अस्पतालसित आर्थिक अभाव रहेको खबरले सो सहयोग रकम उपलब्ध गराइएको जानकारी दिनुभयो । अस्पतालका प्रमुख एवम्...
-
२०७६ पौष २४, बिहिबार
देशभर वर्षा उच्च पहाडी र हिमाली भू–भागमा हिमपात
पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार बेलुकाबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशैभरि बदलीसहित वर्षा तथा उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भइरहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो । “पश्चिमी वायुको प्रभाव भोलिसम्म कायम रहनेछ”,...
-
२०७६ पौष २४, बिहिबार
चिसो बढेपछि घोराहीका विद्यालय दुई दिन बन्द
अत्यधिक चिसो बढेपछि दाङको घोराही उपमहानगरपालिकाले नगरभित्रका विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ । चिसोका कारण बालबालिका विद्यालय जान नसक्ने गरी प्रभावित भएकाले नगरपालिकाले बिहीवार ९आज० र शुक्रवार विद्यालय बन्द गर्ने निर्णय गरेको हो । उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकूद महाशाखाले बुधबार एक सूचना जारी गर्दै वर्षे बिदा कट्टी हुने गरी बिहीवार र शुक्रवार बिदा दिएको जनाएको छ । महाशाखाका...
-
२०७६ पौष २४, बिहिबार
प्राणी उद्यानका लागि डिपिआरको काम शुरु
पर्यटक लोभ्याउन बागलुङ नगरपालिकाले ‘प्राणी उद्यान जुलोजिकल पार्क बनाउनका लागि विस्तृत परियोजना प्रतिवेदन डिपिआर बनाउने काम शुरु गरेको छ । बागलुङ नगरपालिका वडा नं ५, ६ र ७ मा पर्ने मालिका सामुदायिक वन क्षेत्रमा प्राणी उद्यान निर्माणका लागि डिपिआर बनाउने काम शुरु गरिएको हो । गत वर्ष गरिएको सम्भाव्यता अध्ययनमा उक्त क्षेत्रमा प्राणी उद्यान बन्न सक्ने देखिएपछि डिपिआरको काम थालिएको नगरप्रमुख जनकराज...
-
२०७६ पौष २४, बिहिबार
अनाथ, गरिब र विपन्न परिवारका लागि मुठ्ठीदान अभियान
राष्ट्रिय परोपकार महासङ्घ नेपाल पाल्पाले मुठ्ठीदान अभियान कार्यक्रम शुरु गरेको छ । अनाथ, गरिब र विपन्न परिवारको सहयोगार्थस्वरुप मुठ्ठीदान कार्यक्रम शुरु गरेको हो । परोपकार कार्यका लागि सहयोग सङ्कलन गर्न संस्थाले मुठ्ठीदान अभियान थालेको महासङ्घका अध्यक्ष विष्णुप्रसाद लम्सालले बताउनुभयो । “सानो सानो सहयोगले पनि कसैको जीवनमा ठूलो सहयोग पुग्ने हँुदा मुठ्ठीदान अभियान सञ्चालन गरेका छौँ, यस अभियानमा...
-
२०७६ पौष २४, बिहिबार
सुकुम्वासीका लागि घर निर्माण शुरु
चितवनको इच्छाकामना गाउँपालिकाले सुकुम्वासी परिवारका लागि पक्की घर निमार्ण गर्ने भएको छ । इच्छाकामना गाँउपालिका–७ भालुमारा सुन्दरबस्तीमा रहेका ४६ सुकुम्वासी परिवारका लागि गाउँपालिकाले पक्की घर निर्माण गर्न लागेको हो । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बुधबार एक कार्यक्रमकाबीच सो घरको शिलान्यास गर्नुभयो । सो अवसरमा अध्यक्ष गुरुङले वर्षौंदेखि चुहिने झुपडीमा बसेकाका लागि जग्गाको व्यवस्थासहित घर...
-
२०७६ पौष २४, बिहिबार
विषादी प्रयोगमुक्त सप्ताह शुरु
चितवनमा ‘विषादी प्रयोगमुक्त सप्ताह–२०७६’ शुरु भएको छ । विषादीको प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा समस्या निम्त्याउने भएकाले यसको न्यूनीकरण र सुरक्षित प्रयोग गर्न जनचेतना जगाउने उद्देश्यले बुधबारदेखि यो सप्ताह शुरु भएको हो । नेपालमा सन् २०१३ देखि विषादी प्रयोग मुक्त दिनका रुपमा मनाउन थालिएको हो । यस वर्षको नारा ‘घातक विषादीको प्रयोग हटाऔँ, जैविक विविधताको संरक्षण गरौँ’ भन्ने तय गरिएको छ ।...


