राष्ट्रिय
-
२०७६ पौष २४, बिहिबार
अक्सिजन खरिदका लागि रु साढे चार लाख सहयोग
कञ्चनपुरको भीमदत्तनगरपालिकाले यहाँस्थित महाकाली अस्पताललाई अक्सिजन खरिदका लागि रु चार लाख ५६ हजार आर्थिक सहयोग गरेको छ । नगरप्रमुख सुरेन्द्र विष्टले अक्सिजन आपूर्तिका लागि बुधबार एक समारोहबीच उक्त सहयोग रकम अस्पताललाई हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा नगरप्रमुख विष्टले अक्सिजन खरिदका लागि अस्पतालसित आर्थिक अभाव रहेको खबरले सो सहयोग रकम उपलब्ध गराइएको जानकारी दिनुभयो । अस्पतालका प्रमुख एवम्...
-
२०७६ पौष २४, बिहिबार
चिसो बढेपछि घोराहीका विद्यालय दुई दिन बन्द
अत्यधिक चिसो बढेपछि दाङको घोराही उपमहानगरपालिकाले नगरभित्रका विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ । चिसोका कारण बालबालिका विद्यालय जान नसक्ने गरी प्रभावित भएकाले नगरपालिकाले बिहीवार ९आज० र शुक्रवार विद्यालय बन्द गर्ने निर्णय गरेको हो । उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकूद महाशाखाले बुधबार एक सूचना जारी गर्दै वर्षे बिदा कट्टी हुने गरी बिहीवार र शुक्रवार बिदा दिएको जनाएको छ । महाशाखाका...
-
२०७६ पौष २४, बिहिबार
प्राणी उद्यानका लागि डिपिआरको काम शुरु
पर्यटक लोभ्याउन बागलुङ नगरपालिकाले ‘प्राणी उद्यान जुलोजिकल पार्क बनाउनका लागि विस्तृत परियोजना प्रतिवेदन डिपिआर बनाउने काम शुरु गरेको छ । बागलुङ नगरपालिका वडा नं ५, ६ र ७ मा पर्ने मालिका सामुदायिक वन क्षेत्रमा प्राणी उद्यान निर्माणका लागि डिपिआर बनाउने काम शुरु गरिएको हो । गत वर्ष गरिएको सम्भाव्यता अध्ययनमा उक्त क्षेत्रमा प्राणी उद्यान बन्न सक्ने देखिएपछि डिपिआरको काम थालिएको नगरप्रमुख जनकराज...
-
२०७६ पौष २४, बिहिबार
अनाथ, गरिब र विपन्न परिवारका लागि मुठ्ठीदान अभियान
राष्ट्रिय परोपकार महासङ्घ नेपाल पाल्पाले मुठ्ठीदान अभियान कार्यक्रम शुरु गरेको छ । अनाथ, गरिब र विपन्न परिवारको सहयोगार्थस्वरुप मुठ्ठीदान कार्यक्रम शुरु गरेको हो । परोपकार कार्यका लागि सहयोग सङ्कलन गर्न संस्थाले मुठ्ठीदान अभियान थालेको महासङ्घका अध्यक्ष विष्णुप्रसाद लम्सालले बताउनुभयो । “सानो सानो सहयोगले पनि कसैको जीवनमा ठूलो सहयोग पुग्ने हँुदा मुठ्ठीदान अभियान सञ्चालन गरेका छौँ, यस अभियानमा...
-
२०७६ पौष २४, बिहिबार
सुकुम्वासीका लागि घर निर्माण शुरु
चितवनको इच्छाकामना गाउँपालिकाले सुकुम्वासी परिवारका लागि पक्की घर निमार्ण गर्ने भएको छ । इच्छाकामना गाँउपालिका–७ भालुमारा सुन्दरबस्तीमा रहेका ४६ सुकुम्वासी परिवारका लागि गाउँपालिकाले पक्की घर निर्माण गर्न लागेको हो । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बुधबार एक कार्यक्रमकाबीच सो घरको शिलान्यास गर्नुभयो । सो अवसरमा अध्यक्ष गुरुङले वर्षौंदेखि चुहिने झुपडीमा बसेकाका लागि जग्गाको व्यवस्थासहित घर...
-
२०७६ पौष २४, बिहिबार
विषादी प्रयोगमुक्त सप्ताह शुरु
चितवनमा ‘विषादी प्रयोगमुक्त सप्ताह–२०७६’ शुरु भएको छ । विषादीको प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा समस्या निम्त्याउने भएकाले यसको न्यूनीकरण र सुरक्षित प्रयोग गर्न जनचेतना जगाउने उद्देश्यले बुधबारदेखि यो सप्ताह शुरु भएको हो । नेपालमा सन् २०१३ देखि विषादी प्रयोग मुक्त दिनका रुपमा मनाउन थालिएको हो । यस वर्षको नारा ‘घातक विषादीको प्रयोग हटाऔँ, जैविक विविधताको संरक्षण गरौँ’ भन्ने तय गरिएको छ ।...
-
२०७६ पौष २४, बिहिबार
बसपार्कको निर्माण तीव्रगतिमा
बागलुङ बसपार्कको निर्माण कार्य तीव्रगतिमा भइरहेको छ । ठेक्का सम्झौताअनुसार सरासर काम भएमा आउँदो वैशाखभित्रै बागलुङ बसपार्क बनिसक्नुपर्छ । अहिलेसम्म निर्माणको भौतिक प्रगति ५० प्रतिशत नाघेको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरमा निर्माणाधीन बसपार्कका लागि विसं २०५८ देखि जग्गाको जोहो गर्न थालिएको थियो । बसपार्क बन्ने आशमा झण्डै रु एक अर्ब पर्ने १७ रोपनी जग्गा स्थानीयवासीले निःशुल्क उपलब्ध गराएका थिए ।...
-
२०७६ पौष २४, बिहिबार
सीमा विवाद समाधानको पहल, तीनबुँदे सहमति
म्याग्दी र मुस्ताङ जिल्ला बीचको सीमा विवाद समाधानको प्रयास भएको छ । लामो समयदेखिको विवादले दुवै जिल्लाका बासिन्दालाई समस्या उत्पन्न भइरहेको अवस्थामा समस्या समाधानका लागि बुधबार मुस्ताङको देउरालीमा दुई जिल्लाको जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, स्थानीय सरोकारवालाको टोलीले तीनबुँदे समझदारीसहित एक संयुक्त समिति गठन भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दाना र मुस्ताङको थासाङ गाउँपालिका–४...
-
२०७६ पौष २४, बिहिबार
अष्ट्रेलियाबाट एक लाख पर्यटक पठाउन मन्त्री भट्टराईको अनुरोध
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षमा अष्ट्रेलियाबाट एक लाख पर्यटक पठाउन अनुरोध गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलिया र भिक्टोरियास्थित नेपाली महावाणिज्यदूतावासको कार्यालयद्वारा संयुक्त रुपमा बुधबार राति यहाँ आयोजित ‘भ्रमण वर्ष सन् २०२० को अवसर र चुनौती’ विषयक कार्यक्रममा उहाँले नेपालको पर्यटकीय महत्वका बारेमा विश्वभर सन्देश प्रवाह गर्न विदेशमा...
-
२०७६ पौष २३, बुधबार
तराईमा ‘तिलासक्रान्त’को चहलपहल
पुस महिनाको अन्त्यसँगै माघे सङ्क्रान्ति अर्थात ‘तिलासक्रान्त’ पर्वको चहलपहल शुरु भएको छ । मध्यपूर्वी तराई क्षेत्रमा तिलासक्रान्तको रूपमा माघे सङ्क्रान्तिका दिन मनाइने यो पर्व बारासहित प्रदेश नम्बर २ का सबै जिल्लामा केही दिन पहिले नै तयारी थालिएपछि जताततै चहलपहल शुरु भएको छ । खासगरी तराईका जिल्लाका साथै मिथिला क्षेत्रमा माघेसङ्क्रान्ति अर्थात तिलासङ्क्रान्त पर्वमा तिल, मुरही र चिउरालाई सक्खर...
-
२०७६ पौष २३, बुधबार
किसानका पीडाः पुरस्कार अठन्नी, खर्च रुपैयाँ
बारीमा फलेको मुलाले पूर्णप्रसादको मनमा लागि रहेको थियो, “यसको बेला नसकिँदै कतै मेला महोत्सवको आयोजना भए त्यहाँ पु¥याएर प्रदर्शन गर्नुहुन्थ्यो ।” पर्वतको जलजला गाउँपालिका–७ का पूर्णप्रसाद पौडेलको बारीमा फलेको मुला छैटौँ बागलुङ महोत्सवमा प्रदर्शनमा राखियो । उहाँको मुला तरकारी बालीअन्तर्गत कृषि ज्ञान केन्द्र पर्वतको तर्फबाट पुरस्कृत पनि भयो । पौडेलले उत्पादन गरेको मुला बागलुङ महोत्सवमा प्रदर्शनका...
-
२०७६ पौष २३, बुधबार
एक सय २२ चिनियाँलाई निष्काशन गरिँदै
पर्यटक भिसामा नेपाल आएर अवैध गतिविधिमा संलग्न १२२ चिनियाँ नागरिकलाई आज निष्काशन गरिँदै छ । अध्यागमन विभागका अनुसार आज साँझ उनीहरुलाई चीन डिपोर्ट गर्न लागिएको हो । नेपालमा बसेर गैरकानूनी क्रियाकलाप गरेको भन्दै प्रहरीले यही पुस ७ गते काठमाडौँको मनमैजु, महाराजगञ्ज र बूढानीलकण्ठ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको थियो । यसअघि पुस २० गते अभद्र व्यवहारअन्तर्गत मुद्दामा काठमाडौँका प्रमुख जिल्ला अधिकारी...


