STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ पौष २२, मंगलबार

    आलु र गोलभेँडा डढुवाको सङक्रमणले किसान चिन्तित

    वर्षापछिको शीतलहरसँगै लामो समयसम्म भएको चिसो मौसमका कारण कैलाली र कञ्चनपुर जिल्लाको आलु, गोलभँेडा खेतीमा डढुवा रोगको सङ्क्रमण भई नष्ट हुन थालेको छ । बालीमा डढुवाको सङ्क्रमण फैलिएर बाली नष्ट हुन थालेपछि किसान चिन्तित बनेका छन् । कैलालीका किसान नारायण चौधरीले डढुवाको समस्याले आलु र गोलभेँडा बाली नोक्सान पु¥याएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “पाँच कठ्ठामा आलुखेती गरिएको थियो, अहिले चिसोका कारण...

  • २०७६ पौष २२, मंगलबार

    महोत्सवको आम्दानी मानव सेवा आश्रमलाई

    बागलुङमा सञ्चालित मानव सेवा आश्रमलाई बागलुङ उद्योग वाणिज्य सङ्घले रु दुई लाख सहयोग प्रदान गरेको छ । आश्रमले सडक बालबालिका, अनाथ, असाहय तथा उपेक्षामा परेका व्यक्तिको संरक्षण गर्दै आएको छ । महोत्सव अवलोकन गर्न आएका दर्शकले खरीद गरेका टिकटबाट उठेको रकमबाट आश्रमलाई सहयोग गरिएको सङ्घका महासचिव नरेश कँडेलले जानकारी दिनुभयो “महोत्सवमा आम्दानी भएको रकमले उद्योग वाणिज्य सङ्घले सामाजिक परोपकारी काम गर्ने...

  • २०७६ पौष २२, मंगलबार

    अपाङ्गता परिचयपत्र बस्तीमा पुगी वितरण

    धर्मदेवी नगरपालिकाले १५० अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । नगरपालिकाका उपप्रमुख शोभा घिमिरेले अपाङ्गता भएका व्यक्तिलाई सहजहुने स्थानमा शिविर सञ्चालन गरेर अपाङ्गता परिचयपत्र वितरण गरिएको जानकारी दिनुभयो । नगरपालिकाले आफूहरुलाई पायक पर्ने स्थानमा शिविर सञ्चालन गरेर परिचयपत्र दिँदा औधि खुशी भएको फरक क्षमता भएका व्यक्तिहरुले बताएका छन् । कर्यविधि बनाई परिचयपत्र वितरण गरिएको...

  • २०७६ पौष २२, मंगलबार

    संविधानको मर्मअनुसार अधिकार प्रयोग गर्नुपर्छ ः मुख्यमन्त्री राई

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन तहका सरकारले संविधानको मर्म र भावना अनुसार आ आफ्नो अधिकारलाई प्रयोग गर्नुपर्ने बताउनुभएको छ । नेपाल नगरपालिका सङ्घद्वारा सोमबार यहाँ आयोजित प्रदेशस्तरीय अन्तर सरकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले साझा अधिकारको प्रयोगसम्बन्धी कानून छिटो बनाउन सङ्घीय सरकारलाई ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो ।उहाँले भन्नुभयो,“ साझा अधिकार प्रयोग सम्बन्धी...

  • २०७६ पौष २२, मंगलबार

    भ्रमण वर्षको अन्तरराष्ट्रिय शुभारम्भ गरिँदै

    नेपाल भ्रमण वर्ष २०२० को अन्तरराष्ट्रिय शुभारम्भ अष्ट्रेलियाको सिड्नीबाट गरिँदै छ । विदेशस्थित नेपाली दूतावास तथा दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत आज भव्य शुभारम्भ गरिने नेपाल भ्रमण वर्ष सचिवालयले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई भ्रमण वर्षको अन्तरराष्ट्रिय शुभारम्भ गर्न अष्ट्रेलियाको सिड्नी पुगिसक्नुभएको उहाँको सचिवालयले जनाएको छ । मन्त्री...

  • २०७६ पौष २२, मंगलबार

    पर्यटकीयस्थलको संरक्षण र प्रवद्र्धनमा स्थानीय तह

    नेपाल भ्रमण वर्ष २०२० अन्तर्गत पश्चिम नवलपरासीका स्थानीय तहले आआफ्नो क्षेत्रमा रहेका पर्यटकीयस्थलको संरक्षण र प्रवद्र्धनमा विशेष जोड दिएका छन् । एतिहासिक, पुरातात्वीक र साँस्कृतिक महत्व बोकेका पर्यटकीयस्थलमा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने उद्देश्यले ती स्थलको संरक्षण र प्रवद्र्धनमा स्थानीय तह जुटेका हुन् । जिल्लाको सबैभन्दा पुरानो नगरपालिका रामग्राम नगरपालिकास्थित रामग्राम स्तूप र...

  • २०७६ पौष २२, मंगलबार

    झापामा फुसको छानो हटाउन शुरु

    नेपाल सरकारले झापाको निर्वाचन क्षेत्र नं ३ र ५ मा फुसको छानो हटाई जस्तापाताको छाना लगाउने कार्यक्रम शुरु गरेको छ । शहरी विकास मन्त्रालयले गरिब तथा विपन्न समुदायका लागि ‘सुरक्षित नागरिक आवास’ कार्यक्रमअन्तर्गत झापाका ती दुई निर्वाचन क्षेत्रका एक हजार ४०० परिवारको घरमा फुसको छानो हटाएर जस्तापाताको छानो लगाइदिने शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ झापाले जनाएको छ । खर र...

  • २०७६ पौष २१, सोमबार

    ‘अर्गानिक’ कृषि उपज उत्पादन गर्ने कार्यक्रम शुरु

    पर्वत र बागलुङमा ‘अर्गानिक’ कृषि उपज उत्पादन गर्ने कार्यक्रम शुरु गरिने भएको छ । कृषि ज्ञान केन्द्र पर्वतले दुबै जिल्लाका १७ स्थानीय तहमा विशिष्ट क्षेत्र पहिचान गरी अर्गानिक कृषि उपज उत्पादन कार्यक्रम सञ्चालन गर्ने भएको हो । ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले सामूहिक रुपमा गरिने कृषि फर्ममा ६० र एकल फर्ममा ५ रोपनी क्षेत्रमा उक्त खेती विस्तार गर्ने तयारी गरेको जानकारी दिनुभयो । अहिले...

  • २०७६ पौष २१, सोमबार

    अधिकारवादी नेता पहाडीको ‘जगत्मुखी जीवनमुखी सेवामुखी जिजीविषा’ बजारमा

    मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति एवं सर्जक कृष्ण पहाडीको ‘जगत्मुखी जीवनमुखी सेवामुखी जिजीविषा’ नामक पुस्तक प्रकाशित भएको छ । यसै वर्ष राष्ट्रिय सञ्चारमाध्यममा छापिएका पहाडीका २५ आलेख सङ्ग्रहित यो पुस्तक शैशव खनाल र आर्या पाण्डेका अभिभावकको सहयोगमा मानव अधिकार तथा शान्ति समाजले प्रकाशन गरेको हो । रु ३०० मूल्य रहेको १२२ पृष्ठको यो पुस्तक बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम शान्ति...

  • २०७६ पौष २१, सोमबार

    बस्तीको माग गर्दै १२ घण्टे आन्दोलन

    पूर्वाधारसहितको बस्ती व्यवस्थापन गर्नुपर्ने माग राख्दै आएका वीरगञ्ज महानगरपालिका–२५ का सिर्सियावासीले अब १२ घण्टे आन्दोलन थालेपछि एकीकृत जाँचचौकी ९आईसीपी० बाट भित्रिने सवारी साधनहरु रोकिएको छ । सुक्खा बन्दरगाह तथा एकीकृत जाँचचौकी भन्सार कार्यालयको मध्य भागमा रहेको सिर्सिया गाउँका बासिन्दाले दैनिक १२ घण्टा आन्दोलन गरी विरोध जनाउँदै आएको सङ्घर्ष समितिका अध्यक्ष अम्बिकाप्रसाद कुर्मीले बताउनुभयो ।...

  • २०७६ पौष २१, सोमबार

    बन्ने भयो साढे एक हजार दलितको घर

    जनता आवास कार्यक्रमअन्तर्गत सप्तरी र सिरहाका करिब साढे एक हजार दलितको पक्की घर निर्माण हुने भएको छ । सङ्घीय सरकारको बजेटबाट चालू आवको असारभित्र सप्तरी र सिरहामा एक हजार ४३२ पक्की आवास निर्माण हुन लागेको सहरी विकास तथा भवन कार्यालय राजविराजले जनाएको छ । सप्तरी र सिरहा जिल्ला हेर्ने गरी राजविराजमा सञ्चालित कार्यालयका प्रमुख कृष्णदेव झाले डोम र मुसहरका लागि सप्तरीमा ६६६ र सिरहामा ७६६ वटा पक्की आवास...

  • २०७६ पौष २१, सोमबार

    सबैभन्दा ठूलो राष्ट्रिय झण्डा मानहुँकोटमा राखिँदै

    पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गइरहेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा नेपालकै ठूलो राष्ट्रिय झण्डा राखिने भएको छ । राष्ट्रभक्तिको भावना जागृत गर्न र झण्डामार्फत व्यास नगरपालिकाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले व्यास नगर युवा क्लब सञ्जालले सो स्थानमा नेपालकै ठूलो झण्डा राख्न लागेको हो । नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर आगामी वैशाख १ गते मानहुँकोटमा नेपालको झण्डा फहराउने लक्ष्य...

Pages