राष्ट्रिय
-
२०७६ पौष २१, सोमबार
लहैलहैमा होइन बुझेर आउनुपर्छ अध्ययनलाई अष्ट्रेलिया
अध्ययनको लागि नेपाली युवापिँढीको आकर्षणक गन्तव्य अष्ट्रेलिया बन्ने गरेको छ । चीन र भारत पछि सबैभन्दा बढी यहाँ विद्यार्थी आउने देश पनि नेपाल हो । कक्षा १२ पढेर अष्टे«ेलिया आउने सपना धेरै विद्यार्थीले देख्ने गर्दछन् । तर लहैलहैमा यहाँ आउनेहरुले निकै दुःख पाउने गरेको यहाँका अनुभवीहरु बताउँछन् । बुझेर आउनेका लागि भने भविष्य उज्वल भएको यहाँ रहेका नेपालीको भनाइ छ । गैरआवासीय नेपाली महासङ्घ...
-
२०७६ पौष २१, सोमबार
रणनीतिक सुधार कार्ययोजना तयार
प्रदेश नं। २ मा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन पूर्वाधार निर्माण, वन तथा वातावरण सम्बन्धी योजनाको प्रभावकारी कार्यान्वयनका लागि रणनीतिक सुधारको कार्ययोजना निर्माण गरेको छ । योजनाहरू मन्त्रालयमा राख्ने प्रवृतिको अन्त्य गर्न प्रादेशिक आवश्यकतालाई दृष्टिगत गरी सुधारको कार्ययोजना तयार गरिएको बताइएको छ । मन्त्रालयका सचिव डा पेमनारायण कँडेलका अनुसार तत्कालिन र दीर्घकालिन कार्ययोजना...
-
२०७६ पौष २१, सोमबार
प्रहरीद्वारा भरतपुरमा पेट्रोल पम्प सञ्चालन
भरतपुर महानगरपालिका–२ स्थित बाइपासमा नेपाल प्रहरीले पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । नेपाल प्रहरीको कल्याण कोषद्वारा सञ्चालनमा ल्याइएको सो पेट्रोल पम्प पम्पको जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका निर्देशक प्रहरी नायब महानिरीक्षक हरिभक्त प्रजापतिले आइतबार शुभारम्भ गर्नुभयो । करिब छ कट्ठा जमिनमा निर्माण गरिएको पम्प रु तीन करोड १७ लाख खर्च गरी निर्माण गरिएको हो । पम्पमा कार्यालय भवन, जेनेरेटर...
-
२०७६ पौष २१, सोमबार
तनहुँमा बन्ने भो भानुभक्त प्राणी उद्यान ः डिपिआर तयार हुँदै
भानुभक्त प्राणी उद्यानले १२६ घरधुरीलाई प्रभावित बनाउने भएको छ । उद्यान निर्माण गर्न व्यास नगरपालिकाको वडा नं ११, १२ र भानु नगरपालिकाको वडा नं ५, ६ का चार वडागरी ९१२ रोपनी जग्गा अधिग्रहणमा परेपछि ती घरधुरी उद्यानबाट प्रभावित हुन लागेका हुन । उद्यानका प्रमुख वीरेन्द्रप्रसाद कँडेलले प्रभावित क्षेत्रका सबै बासिन्दाले मुआब्जा दाबीको निवेदन दिइसकेका जानकारी दिनुभयो । जिल्लाको व्यास नगरपालिका–१२...
-
२०७६ पौष २१, सोमबार
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालबालिका र मानसिक उपचार सेवा शुरु
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा बालबालिका र मानसिक रोगको उपचार सेवा शुरुआत भएको छ । ती सेवाका लागि विशेषज्ञ चिकित्सक प्रतिष्ठानमा आउनुभएपछि सेवा शुरु गरिएको शाखा अधिकृत झंकार लामिछानेले जानकारी दिनुभयो । बरिष्ठ बालरोग विशेषज्ञ डा नेत्रप्रसाद वञ्जाडेले यहाँ सेवादिन थाल्नुभएको छ । प्रतिष्ठानले कन्सल्टेन्ट फिजिसियन र बालरोग विशेषज्ञ थप्ने तयारी गरेको छ । अधिकृत लामिछानेले अहिले पाँच...
-
२०७६ पौष २१, सोमबार
जनगणनामा स्थानीय जनशक्तिलाई उपयोग गर्न माग
राष्ट्रिय जनगणना–२०७८ लाई विश्वसनीय बनाउन प्रदेश र स्थानीय तहको भूमिका महत्वपूर्ण रहने औल्याइएको छ । ‘मेरो गणना मेरो सहभागिता नारा’का साथ तथ्याङ्क कार्यालय मोरङद्वारा आइतबार यहाँ आयोजित कार्यक्रमका सहभागीले पालिकाको गणनामा स्थानीय जनशक्तिको प्रयोग गर्न सुझाव दिएका थिए । जनगणना आगामी २०७८ जेठ २५ देखि असार ८ गतेसम्म हुँदैछ । कार्यक्रमम जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले राज्यको...
-
२०७६ पौष २१, सोमबार
चिठीपत्र नहुँदा डाँक एवं पार्सल सेवा रितो
कुनै समय थियो,गाउँका घरघरमा झोलामा चिठीपत्र बोकेर हुलाकी अर्थात हल्करा आउने पुग्दथे । प्रविधिको द्रुत गतिको विकासले महत्वपूर्ण खबर आदानप्रदान गर्न चिठीपत्र पठाउने चलन जिल्लामा हराइसकेको छ । गाउँ गाउँमा हुलाक कार्यालय थिए । अहिले जिल्लामा करिब नौ वटा इलाका र १२ वटा अतिरिक्त कार्यालय मात्र रहेको छन् । जिल्ला सदरमुकाम सिलगढीमा जिल्ला हुलाक कार्यालय र पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा डिभिजन...
-
२०७६ पौष २१, सोमबार
परियत्ति शिक्षालाई कामपाद्वारा सहयोग
काठमाडौँ महानगरपालिकाले बौद्ध परियत्ति शिक्षाका लागि रु २३ लाख ६५ हजार अर्थिक सहयोग गरेको छ । अखिल नेपाल भिक्षु महासङ्घद्वारा सञ्चालित सो शिक्षाको पाठ्य सामग्री छपाइ, दीक्षान्त समारोह तथा नैतिक आचरण शिक्षा लगायतमा सहयोग गरेको हो । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले महासङ्का अध्यक्ष भिक्षुमैत्री महास्थवीरलाई आइतबार सो रकम हस्तान्तरण गर्नुभयो । महानगर क्षेत्रभित्रका सामुदायिक विद्यालयको...
-
२०७६ पौष २१, सोमबार
पर्वतमा हालसम्मकै अग्लो र लामो पुल बन्ने
पुलको जिल्लाको रुपमा ख्याति कमाएको पर्वतमा ‘अग्लो र लामो’ पुल निर्माण हुने भएको छ । पर्वत सदरमुकाम कुश्मालाई छिमेकी जिल्ला बागलुङसँग जोड्ने गरी कुश्माको बडागाउँस्थित लभ्लीडाँडादेखि बाग्लुङ नगरपालिका–१४ नारायणस्थित कुकुरगाढेमा हालसम्मकै अग्लो र लामो पुल बनाउन सर्वेक्षण गरिएको छ । करिब पाँच सय २५ मिटर लम्बाइ र २०० मिटर उचाइमा निर्माण हुने पुलको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय...
-
२०७६ पौष २१, सोमबार
प्राविधिक ज्ञानको कमीले पकेट क्षेत्रमै मह उत्पादन कमी
महको पकेट क्षेत्र घोषणा गरिएको रुकुम पूर्व को सिस्ने गाउँपालिका–३ मा मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन् । प्रतिकूल मौसम, शीतलहरका साथै विभिन्न रोगको कारण मह उत्पादनमा कमि जनाइएको छ । यस पटक मह उत्पादनका लागि धैरे अपेक्षा गरे पनि अप्रत्यासित ढङ्गले गिरावट आएको सिस्ने गाउँपालिका–३ पोखराका मौरीपालक किसान ओमप्रकाश खड्काले बताउनुभयो । एक सय...
-
२०७६ पौष २१, सोमबार
ऐतिहासिक ‘लक्ष्मीनारायण मन्दिर’ प्रवद्र्धनको पर्खाइमा
रामपुर र आसपासको इतिहासको साक्षीजस्तै रहेको ‘लक्ष्मीनारायण मन्दिर’ को उचित प्रसार प्रचार नहुँदा ओझेलमा परेको छ । रामपुर नगरपालिका–५ स्थित कालीगण्डकीको किनारामा अवस्थित ऐतिहासिक सो मन्दिरमा त्रेतायुगमा रामचन्द्र बसेको किंवदन्ती यहाँ रही आएको छ । यो मन्दिर पाल्पा जिल्लाका अति प्राचीन तथा ऐतिहासिक मन्दिर भित्र पर्दछ । विसं १८७० तिर स्थानीय तुल्सीराम रेग्मीलाई श्रीरामले सपनामा ‘रामघाट क्षेत्रमा...
-
२०७६ पौष २१, सोमबार
मुस्ताङमा २७ हजार स्याउका बिरुवा माग
मुस्ताङका कृषकहरुले यस वर्ष २७ हजार स्याउका बिरुवा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोनसँग माग गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोन मुस्ताङका प्रमुख माधव लम्सालले पचास प्रतिशत अनुदानमा बिरुवा वितरण गरिने जानकारी दिनुभयो । प्रतिबिरुवा रु एक हजार १५० पर्ने हाई डेन्सिटी पाल्ट कृषकलाई प्रतिबिरुवा रु ५७५ मा र प्रतिबिरुवा रु ७० पर्ने रेड डेलिसियस जातको स्थानीय स्याउ...


