राष्ट्रिय
-
२०७६ पौष २१, सोमबार
परियत्ति शिक्षालाई कामपाद्वारा सहयोग
काठमाडौँ महानगरपालिकाले बौद्ध परियत्ति शिक्षाका लागि रु २३ लाख ६५ हजार अर्थिक सहयोग गरेको छ । अखिल नेपाल भिक्षु महासङ्घद्वारा सञ्चालित सो शिक्षाको पाठ्य सामग्री छपाइ, दीक्षान्त समारोह तथा नैतिक आचरण शिक्षा लगायतमा सहयोग गरेको हो । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले महासङ्का अध्यक्ष भिक्षुमैत्री महास्थवीरलाई आइतबार सो रकम हस्तान्तरण गर्नुभयो । महानगर क्षेत्रभित्रका सामुदायिक विद्यालयको...
-
२०७६ पौष १८, शुक्रबार
इलामबाट तराई जोड्ने द्रुत मार्ग सञ्चालनमा
इलाम सदरमुकामसँग तराई झापा जोड्ने द्रुतमार्ग सञ्चालनमा आएको छ । इलाम भञ्ज्याङदेखि दानाबारी हुँदै झापाको विर्तामोड जोड्ने सडक सञ्चालनमा आएको हो । यस सडकमा केही समय अगाडिदेखि साना सवारी सञ्चालन हुँदै आए पनि बस सेवा शुरु भएपछि सो क्षेत्रका स्थानीयवासी हर्षित भएका छन् । स्थानीय पदम योङ्हाङले पहिलापहिला झापा पुग्दा भोगेको दुःख स्मरण गर्दै अब बिहान तराई पुगेर बेलुका नभई फिर्न सकिने बताउनुभयो । उहाँ...
-
२०७६ पौष १८, शुक्रबार
कूटनीतिसँगै आर्थिक सम्बन्धलाई बढावा दिनुपर्छ– बहराइन
बहराइन अधिराज्यको परराष्ट्र मन्त्रालयका सचिव डा सइका राना बीन्ट लसा अल खालिफाले नेपाल र बहराइन दुई देशले संस्कृति र पर्यटनलाई एक अर्कामा आबद्ध गरी अघि बढ्नुपर्ने बताउनुभएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास र सचिव खालिफाबीच बिहीबार मनामास्थित मन्त्रालयमा भएको भेटका क्रममा राजदूत सुन्दासले मनामास्थित नेपाली राजदूतावासले यही पुस २८ गते आयोजना गर्ने नेपाल भ्रमण वर्ष २०२० को समुद्घाटन...
-
२०७६ पौष १८, शुक्रबार
कामपाले धर्मपथमा पार्किङस्थल निर्माण नगर्ने
काठमाडौँ महानगरपालिकाले धर्मपथमा निर्माण गर्ने भनिएको बहुतले पार्किङस्थल निर्माण कार्य प्रक्रिया रद्द गरेको छ । कामपाको ३९ औँ कार्यपालिका बैठकले निर्माण गर्न कानूनी जटिलता रहेको भन्दै निर्माण प्रक्रिया अघि नबढाउने निर्णय गरेको हो । कामपा प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बिहीबार बसेको बैठकमा बहुतले पार्किङस्थल निर्माणको काम प्रक्रियामा गइसकेको भए पनि कानूनी समस्या रहेको भन्दै रद्ध गरेको हो...
-
२०७६ पौष १८, शुक्रबार
बाजुरामा हिमपात
बाजुरामा बिहीबार अपरान्ह्देखि दोस्रोपटक भारी हिमपात र वर्षा भएको छ । जिल्लाका मार्तडीको पोरखे, बिच्छ्या, दहकोट, जुकोट, रुगीन, आटीचौरका माथिल्ला दर्जन बढी स्थानमा भारी हिमपात भएको छ । हिमपातसँगै तल्लो क्षेत्रतिर चिसोका कारण जनजीवन प्रभावित बनेको छ । अहिले माथिल्लो लेकाली क्षेत्रमा भारी हिमपात भएको छ भने तल्लो क्षेत्रमा वर्षा भइरहेकाले अत्यधिक चिसोका कारण घरबाहिर निस्कनसमेत समस्या भएको छ । चिसोका...
-
२०७६ पौष १८, शुक्रबार
पम्पिङ’ प्रविधिबाट खानेपानी उपलब्ध ः वर्षौदेखिको समस्या अन्त्य
निसीखोला गाउँपालिका–२ काल्नेचौरमा गाउँदेखि ५०० मिटर तलको मुहानबाट ‘पम्पिङ’ गरेर खानेपानी उपलब्घ गराइएको छ । अर्नाकोट देउराली ग्रामिण खानपानी तथा सरसफाइ आयोजनामार्फत देउराली, घम्पु, बेङ्ग्री र थुम गाउँका १९२ घरधुरीमा खानेपानी सुविधा पुगेको हो । खानेपानी ‘पम्पिङ’ गर्न १८ किलोवाटको लघुजलविद्युत् आयोजनासमेत निर्माण गरिएको आयोजनाका अध्यक्ष लालबहादुर कुँवरले जानकारी दिनुभयो । निसीखोला गाउँपालिकाको ३६...
-
२०७६ पौष १८, शुक्रबार
सीमावर्ती दशगजा क्षेत्रको स्थलगत निरीक्षण
नेपाल–भारत सीमा जोडिएका सर्लाही जिल्लाका सीमावर्ती दशगजा अतिक्रमित क्षेत्रको निरीक्षण तथा अनुगमन गरिएको छ । पछिल्लो समय सीमा अतिक्रमणको विषयले चर्चा पाउन थालेपछि परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालयसहितको प्रतिनिधिमण्डलको टोलीले छिमेकी मुलुक भारतसँग जोडिएका सीमा क्षेत्रको संयुक्त निरीक्षण तथा अनुगमन गरेको हो । परराष्ट्र मन्त्रालयका सहसचिव...
-
२०७६ पौष १८, शुक्रबार
विषादी प्रयोगमुक्त सप्ताह हुँदै
चितवनमा एक हप्तासम्म ‘विषादी प्रयोग मुक्त सप्ताह–२०७६’ आयोजना हुने भएको छ । विषादीको प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा समस्या निम्त्याउने भएकाले यसको न्यूनीकरण र सुरक्षित प्रयोग गर्न जनचेतना जगाउने उद्देश्यले उक्त सप्ताह शुरु गर्न लागिएको हो । पुस २२ गतेदेखि सात दिनसम्म विभिन्न कार्यक्रम गरेर सप्ताह मनाइने कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिनुभयो । सप्ताहमा जनचेतनामूलक ¥...
-
२०७६ पौष १८, शुक्रबार
देशभर वर्षा, उच्च पहाडी र हिमाली भूभागमा हिमपात
पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर बदली रही उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनयता नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र देशभर हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । “वर्षा लगातार...
-
२०७६ पौष १८, शुक्रबार
‘उपत्यकाको नागरिकले महसुस गर्नेगरी शान्ति सुरक्षा प्रदान गरिने’
उपत्यकाको नागरिकले महसुस गर्नेगरी शान्ति सुरक्षा प्रदान गरिने भएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आज यहाँ आयोजित कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले उपत्यकाको शान्ति सुरक्षामा कुनै कसर बाँकी नराख्ने बताउनुभयो । “समुदायसँग प्रहरी हरेक कार्यमा सहकार्य गर्छ, कसैले गलत फाइदाका लागि प्रहरीसँग सहकार्य गरे कारबाही गछौँ”, उहाँले...
-
२०७६ पौष १८, शुक्रबार
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका उत्पादन व्यापार मेलामा
पोखरा उद्योग वाणिज्य सङ्घद्वारा पोखराको प्रदर्शनी केन्द्र नयाँ बजारमा आजदेखि आयोजना हुने व्यापार मेलामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका उत्पादन पाइने भएको छ । मेलामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका औद्यौगिक तथा घरेलु उत्पादनका स्टल रहेको जानकारी दिँदै सङ्घका महासचिव तथा मेला प्रचारप्रसार समितिका संयोजक अर्जुन पोखरेलले दैनिक उपभोग्य वस्तु, लत्ताकपडादेखि गाडी र फूलहरु पनि मेलामा प्रदर्शन...
-
२०७६ पौष १८, शुक्रबार
घुम्नैपर्ने पर्यटकीयस्थल इलामको छिन्टापु
समुद्री सतहबाट तीन हजार २०० मिटर उचाइमा रहेको छिन्टापु जैविक विविधता तथा प्रकृतिले सिँगारिएको इलाम जिल्लाको अर्को उत्कृष्ट पर्यटकीयस्थल हो । वसन्त ऋतुमा डाँडा पाखाभरि राताम्ये फुल्ने लालीगुराँस अनि छिन्टापुको काखैमा रहेका पोखरीहरुमा कञ्चनजङ्घा र कुम्र्भकर्ण हिमालको दृश्यले पर्यटहरुको मनै लोभ्याउँछ । छिन्टापु आसपासमा सांस्कृतिक महत्व रहेका तालपोखरी, फुस्रेपोखरी, छिन्टापु पोखरीलगायतका दर्जनौँ...


