STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ कार्तिक २०, बुधबार

    सीमा अतिक्रमणकोे विरोधमा नेमकिपाद्वारा प्रदर्शन

    नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्साको विरोध गर्दै नेपाल मजदूर किसान पार्टीले विरोध ¥याली प्रदर्शन गरेको छ । नेमकिपाले आज भक्तपुरको कमलबिनायकबाट शुरु गरेको विरोध ¥याली भक्तपुर नगर क्षेत्रको विभिन्नस्थान परिक्रमा गरी सूर्यविनायक चोकमा पुगेर विरोधसभामा परिणत भएको थियो । लामो समयदेखि नेपाली सीमाबारे विवाद जारी रहेको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई भारतले आफ्नो देशको नक्सामा राखेर...

  • २०७६ कार्तिक २०, बुधबार

    पैसठ्ठी किमीको भाडा दुई हजार पाँच सय

    जिप व्यवसायीले मनोमानी भाडा असुल्न अझै रोकेका छैनन् । कर्णाली करिडोरअन्तर्गत पर्ने जिल्लाको पिलुचौरदेखि कालिकोटको जितेगडासम्मको ६५ किलोमिटर बाटोमा रु दुई हजार ५०० सम्म भाडा लिने गरेका छन् । महङ्गो भाडा जिपमै तिर्नु यात्रुका लागि बाध्यता जस्तै छ । जिप प्रयोग गर्नुपर्ने बाध्यताले भनेअनुसार भाडा तिर्नुपरेको यात्रुको दुखेसो छ । उक्त बाटोमा एक यात्रुबाट रु दुई हजार ५०० सम्म भाडा असुली गर्ने गरेको...

  • २०७६ कार्तिक २०, बुधबार

    सिन्धुसिन्धुलीगढीको प्रचार–प्रसार गर्न साइकलयात्रा

    यहाँको ऐतिहासिकस्थल सिन्धलीगढीको प्रचार–प्रसारलाई सहयोग पु¥याउने उद्देश्यले साइकलयात्रा गरिने भएको छ । समृद्ध सिन्धुली अभियानले उक्त साइकलयात्रा आगामी मङ्सिर ६, ७ र ८ गर्न लागेको हो । यस वर्ष २५० किलोमिटर साइकलयात्रा हुने बताइएको छ । काठमाडौँको पशुपतिनाथबाट शुरु हुने साइकलयात्राको पहिलो दिन सिन्धुलीकै सुनकोशी गाउँपालिकाअन्तर्गत मुलकोटमा आएर समापन हुने र दोस्रो दिन यहाँको ऐतिहासिकस्थल...

  • २०७६ कार्तिक २०, बुधबार

    ग्रिसमा नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धन गरिने

    नेपालको पर्यटन क्षेत्रको विकासका लागि ग्रिसमा पर्यटन प्रवद्र्धन गरिने भएको छ । नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स नाट्टा को संयोजकत्वमा यही कात्तिक २२ देखि २४ सम्म ग्रिसको तेसालोनिकीमा आयोजना हुने पिलोसेनिया एक्पोमार्फत नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धन गरिने भएको हो । नेपालको पर्यटन उद्योगलाई अन्तरराष्ट्रियस्तरमा प्रवद्र्धन गर्नका लागि उक्त मेलामा...

  • २०७६ कार्तिक २०, बुधबार

    प्रदेशको केन्द्र दाङ बन्छ प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं ५ को केन्द्र दाङ बन्ने बताउनुभएको छ । उहाँले भौगोलिक, आर्थिक र पछिल्लो विकासको क्रमलाई मूल्याङ्कन गर्दा प्रदेशको केन्द्र दाङ हुने स्पष्ट पार्नुभयो । प्रेस सङ्गठनले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यहाँको राजनीतिक, शैक्षिक, स्वास्थ्य र पूर्वाधारमा भइरहेको विकासले दाङलाई नेपालकै केन्द्र बन्न आधार...

  • २०७६ कार्तिक २०, बुधबार

    पर्यटक लोभ्याउँदै पोकली झरना

    पोकली झरना अवलोकन गर्नेको सङ्ख्या बढेको छ । जिल्लाको पश्चिमी भेगमा पर्ने देशकै दोस्रो अग्लो उक्त झरनामा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक बढेका हुन् । विगतमा ओखलढुङ्गा र आसपासकै केही युवामात्रै झरनामा पुगेर रमाउने गरेका भए पनि अहिले झरना हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका लेतीका रामप्रसाद घिमिरेले बताउनुभयो । “पहिला त गाउँका मान्छे मात्रै फुर्सद मिलाएर जान्थे”, उहााले भन्नुभयो, “...

  • २०७६ कार्तिक २०, बुधबार

    भूतपूर्व गोर्खा सैनिकले न्यायिक सङ्घर्ष अघि बढाउनुपर्ने

    भूतपूर्व बेलायती गोर्खा सैनिकले उठाएको समानता, प्रतिष्ठा र मानवअधिकारको आन्दोलनलाई बौद्धिक ढङ्गले सकारात्मकरूपमा अघि बढाउनुपर्नेमा विज्ञ एवं सरोकारवालाले जोड दिएका छन् । भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिले यहाँ आयोजना गरेको ‘भूतपूर्व ब्रिटिस गोर्खाको समानता, सम्मान र मानवअधिकारका लागि सत्याग्रह’ विषयक गोष्ठीका वक्ताले लामो समयदेखि बेलायती सरकारको विभेद र उत्पीडनमा परेका...

  • २०७६ कार्तिक २०, बुधबार

    भेरी करिडोरमा १५ पुल निर्माण हुँदै

    भेरी करिडोरअन्तरर्गत जाजरकोट–डोल्पा सडकखण्डमा १५ पुल निर्माण गरिने भएका छन् । सबै पुलको डिजाइन लागत अनुमानको काम पूरा गरेर यसै आर्थिक वर्षबाट निर्माणको काम हुन लागेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो । मन्त्री बस्नेतले रासससँगको कुराकानीमा भन्नुभयो, “हामी डिजाइन लागतको अनुमान दुई महिनाभित्र पूरा गरेर सबै पुल निर्माणको चरणमा पुगेका छौँ ।” गृह जिल्ला आउनुभएका मन्त्री बस्नेतले...

  • २०७६ कार्तिक २०, बुधबार

    हरिबोधिनी एकादशीमा सार्वजनिक बिदा

    भुम्लु गाउँपालिकाले यही कात्तिक २२ गते हरिबोधिनी एकादशीका दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाका बासिन्दालाई स्थानीय पर्वमा सहभागी हुन अपिल गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो । स्थानीय संस्कृति, परम्परा, जात्राको संवद्र्धन प्रवद्र्धनका लागि बिदा दिइएको गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले बताउनुभयो । “मूलखर्क भीमसेनस्थानमा हुने जात्राका लागि सार्वजजिक बिदा दियौँ”, उहाँले भन्नुभयो ।...

  • २०७६ कार्तिक २०, बुधबार

    मध्यमोदीको सुरुङ खोल्ने काम सम्पन्न

    मोदी गाउँपालिकामा चौधरी ग्रुपले निर्माण गरिरहेको १५।१ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको सुरुङ खोल्ने काम सकिएको छ । आयोजनाको दुई हजार ६९४ मिटर लामो सुरुङको यसै साता खोलिएको हो । सुरुङको हेर्डबक्सदेखि एक हजार ५५० र पावरहाउसदेखि एक हजार १०० मिटरको हाराहारीमा सुरुङ खोल्ने काम भएको आयोजनाले जनाएको छ । सुरुङ खोल्ने काम सम्पन्न भएसँगै अब ‘कङक्रिटिङ’को काम शुरु भएको आयोजनाका वरिष्ठ जनसम्पर्क...

  • २०७६ कार्तिक २०, बुधबार

    विद्युतीय बारपछि चरिचरनमै खुम्चिए हात्ती

    भारतबाट आउने जङ्गली हात्तीले गर्नसक्ने जनधनको क्षतिबाट स्थानीयवासीलाई जोगाउन झापामा हात्तीको चरिचरन क्षेत्र तोकेर त्यसबाहिर सौर्य विद्युत्को तारबार लगाउने कार्य तीव्ररुपमा अघि बढाइएको छ । तारबारपछि चरिचरन क्षेत्रमै हात्ती खुम्चिन थालेका छन् । सरकारले जिल्लाको दक्षिणी क्षेत्रमा रहेको कचनकबलदेखि उत्तरी भाग बाहुनडाँगीसम्म १५२ किलोमिटर लामो सौर्य विद्युत्को तारबार लगाउने कार्य गरिरहेको छ । त्यसमध्ये...

  • २०७६ कार्तिक २०, बुधबार

    संसदीय समितिद्वारा सहकारी संस्थाको अनुगमन

    कर्णाली प्रदेशसभाअन्तर्गतको सामाजिक विकास समितिले प्रदेश सरकारबाट अनुदान लिएका सहकारी सङ्घसंस्थाको स्थलगत अनुगमन गरेको छ । समितिका अध्यक्ष राजु नेपाली नेतृत्वको संसदीय टोलीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा गत आर्थिक वर्षमा अनुदान पाएका सुर्खेतका सहकारी संस्था तथा व्यक्तिगत फार्मको अनुगमन गरेको हो । समितिले बराहताल गाउँपालिका–८ झुल्केपानीस्थित हातेमालो कृषि तथा सहकारी संस्था,...

Pages