STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ कार्तिक २१, बिहिबार

    हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावसँगै अरब सागरमा उत्पन्न शक्तिशाली चक्रवातको असरका कारण नेपालमा अबको केही दिन वर्षाको साथै हिमपातको सम्भावना रहेको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । “केही समय मौसम खुले पनि मध्यान्ह्बाट देशको धेरैजसो स्थानमा...

  • २०७६ कार्तिक २१, बिहिबार

    नयाँ विद्यालय सञ्चालनमा रोक

    काठमाडौँ महानगरपालिका क्षेत्रभित्र कुनै पनि स्थानमा नयाँ विद्यालय सञ्चालन गर्न नपाइने भएको छ । हाल सञ्चालनमा रहेका विद्यालयलाई गुणस्तरीय बनाउने भन्दै महानगरपालिकाले नयाँ विद्यालय सञ्चालनका लागि अनुमति नदिने निर्णय गरेको हो । विद्यार्थी सङख्याका आधारमा विद्यालय धेरै भएकाले नयाँ विद्यालयको लागि अनुमति दिन रोक लगाएको कामपा शिक्षा विभागले जनाएको छ । हाल कमपामा ९१ सार्वजनिक र ६४३ संस्थागत विद्यालय...

  • २०७६ कार्तिक २१, बिहिबार

    बूढानीलकण्ठमा शुक्रबार बिदा

    बूढानीकलकण्ठ नगरपालिकाले हरिबोधिनी एकादशीको दिन सार्वजनिक बिदा दिने भएको छ । कात्तिक २२ गते शुक्रबार परेको हरिबोधिनी एकादशीको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोइरालाले बताउनुभयो । नगरपालिकाभित्र रहेको नेपालकै एक प्रसिद्ध धार्मिक तीर्थस्थलको रुपमा परिचित बूढानीलकण्ठ मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशी ९तुलसी विवाह० का दिन...

  • २०७६ कार्तिक २१, बिहिबार

    शर्माका छोराको उपचारका लागि साहित्यकारको सहयोग

    जनगायक जीवन शर्माका छोराको उपचारका लागि जिल्लाका साहित्यकारहरुले आर्थिक सहयोग गरेका छन् । प्रगतिशील लेखक सङ्घ र शुक्ला साहित्य सङ्गम तनहुँको पहलमा शर्माका छोरा अर्जुन शर्माको उपचारका लागि रु ४२ हजार ४० सहयोग गरिएको हो । घाँटीको नलीमा जटिल समस्या देखिएर त्रिवि शिक्षण अस्पतालमा उपचाररत शर्माको सहयोगार्थ सञ्चालन गरिएको सहयोग अभियानबाट सङ्कलित उक्त रकम बुधबार ग्लोबल आइएमई बैंकमा रहेको अर्जुनको खातामा...

  • २०७६ कार्तिक २१, बिहिबार

    विश्वका पशु वैज्ञानिकहरुको भेला पोखरामा

    पर्यावरणमैत्री दिगो पशुपालनका वैज्ञानिक खोजबारे छलफल गर्ने उद्देश्यले सस्टेनेवल एनिमल अर्गिकल्चर फर डेभलपिङ कन्ट्रिज ९एसएएडीसी०को सातौँ अन्तरराष्ट्रिय सम्मेलन शुक्रबारदेखि पोखरामा हुँदैछ । नेपाल भेटेरीनरी एशोसिएसनको आयोजनामा हुने चार दिने सो सम्मेलनमा विश्वका करिब २४ देशका ४०० भन्दा बढी पशु चिकित्सा, पशु विज्ञान र मत्स्य क्षेत्रमा कार्यरत वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुको सहभागिता हुने आयोजकले...

  • २०७६ कार्तिक २१, बिहिबार

    महोत्तरीमा उपनिर्वाचनको तयारी

    आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा महोत्तरीका २२ हजार ७१० मतदाताले मतदान गर्न पाउने भएका छन् । जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र अन्य दुई नगरपालिकाका तीन वडामा हुने उपनिर्वाचनमा ती मतदाताले भाग लिनसक्ने जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको हो । जिल्लामा पिपराबाहेक बलवा नगरपालिका–२ र ८ एवं मटिहानी नगरपालिका–८ मा वडाध्यक्षसहित चार पदका लागि उपनिर्वाचन हुँदैछ । जसमा पिपरा गाउँपालिकाका...

  • २०७६ कार्तिक २१, बिहिबार

    बालविवाह रोक्न पुरोहितलाई कानूनी प्रशिक्षण

    प्रहरीले बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले कर्णालीका १० वटै जिल्लामा पुरोहितलाई कानूनी प्रशिक्षण दिएको छ । प्रदेश प्रहरी कार्यालयको निर्देशनमा जिल्लास्थित प्रहरीले बुधबार एकैसाथ विभिन्न धर्मगुरुलाई प्रशिक्षण दिएको हो । प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले पुरोहितलाई कानूनीरूपमा सचेत गराए बालविवाह न्यूनीकरणमा ठूलो मद्दत पुग्ने बताउनुभयो । “विवाह गराउने मुख्य...

  • २०७६ कार्तिक २१, बिहिबार

    आजदेखि ‘रसुवा कला यात्रा’

    विगत एक वर्षदेखि चित्रकलाका माध्यमबाट ऐतिहासिक, पुरातात्विक र धार्मिक क्षेत्रको प्रचारप्रसारका साथै कला पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउँदै आएको उपत्यकाका कलाकारको समूहले यसपटक भने उपत्यकाबाहिर ‘स्थलगत चित्रकला कार्यशाला’ आयोजना गर्दैछन् । फेसबुकबाट जोडिएर हरेक शनिबार उक्त कार्यशाला गर्दै आएका उनीहरुले यसपालि रसुवाको ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर ‘शनिबारीय स्थलगत...

  • २०७६ कार्तिक २१, बिहिबार

    श्रमदानमा खानेपानी आयोजनाः स्थानीयवासी खुशी

    रामपुर नगरपालिका–१० गेझाको माथिल्लो मनभागा छाप क्षेत्रमा स्थानीयवासीको श्रमदानमा खानेपानी आयोजना निर्माण भएको छ । एक गाग्री पानी लिनका लागि दुईदेखि तीन घण्टासम्म समय लगाएर खानेपानीको जोहो गर्न बाध्य यहाँका स्थानीयवासीले श्रमदान र रकम उठाएर लिफ्टिङ प्रणालीबाट गाउँमा खानेपानी लगेका हुन् । खानेपानी आयोजना निर्माणका लागि १९ घरधुरीबाट प्रतिघरधुरी रु १९ हजार २०० का दरले कुल रु तीन लाख ६४ हजार ८०० रकम...

  • २०७६ कार्तिक २१, बिहिबार

    ज्येष्ठ नागरिक तथा अपाङ्गता व्यक्तिलाई परिचयपत्र वितरण

    चन्द्रागिरि नगरपालिकाले ८० ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरेको छ । नगरपालिकाले घुम्ती शिविर कार्यक्रम आयोजना गरी बुधबार नगरपालिकाभित्रका विभिन्न क्षेत्रमा बसोबास गर्ने ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरेको हो । परिचयपत्र वितरण गरिएकामध्ये वडा नं १० मा ५५ ज्येष्ठ नागरिक र आठ अपाङ्गता भएका व्यक्ति तथा वडा नं १२ मा १७ ज्येष्ठ नागरिक रहेका छन्...

  • २०७६ कार्तिक २०, बुधबार

    संसदीय समितिद्वारा सहकारी संस्थाको अनुगमन

    कर्णाली प्रदेशसभाअन्तर्गतको सामाजिक विकास समितिले प्रदेश सरकारबाट अनुदान लिएका सहकारी सङ्घसंस्थाको स्थलगत अनुगमन गरेको छ । समितिका अध्यक्ष राजु नेपाली नेतृत्वको संसदीय टोलीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा गत आर्थिक वर्षमा अनुदान पाएका सुर्खेतका सहकारी संस्था तथा व्यक्तिगत फार्मको अनुगमन गरेको हो । समितिले बराहताल गाउँपालिका–८ झुल्केपानीस्थित हातेमालो कृषि तथा सहकारी संस्था,...

  • २०७६ कार्तिक २०, बुधबार

    कुपोषणविरुद्धको राष्ट्रिय अभियानमा सार्वजनिक र निजी क्षेत्रको सहकार्य

    कुपोषणविरुद्धको राष्ट्रिय अभियानमा सार्वजानिक र निजी क्षेत्रले सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । पोषणको अवस्थालाई सुधार गर्दै स्वास्थ्यको स्थिति सुधार गर्न सरकारले पहिलोपटक पोषणका क्षेत्रमा निजी क्षेत्रसितको सहकार्य अगाडि बढाएको हो । पाँच वर्षमुनिका करीब ५० प्रतिशत बालबालिका कुपोषणबाट प्रभावित हुने गरेका राष्ट्रिय आँकडा छ । राष्ट्रिय योजना आयोग र संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य...

Pages