राष्ट्रिय
-
२०७६ कार्तिक २०, बुधबार
बालबालिकालाई न्यानो कपडा वितरण
काडमाडाँै नार्गजुन नगरपालिका–१० साविकको स्युचाटार–४ का शिवप्रसाद पन्तलगायतको टोलीले आफ्नो रोजगारबाट प्राप्त आम्दानीको खर्चबाट बचत गरेर मुगु जिल्लाको एक दलित बस्तीमा विभिन्न सामग्री सहयोग गरेका छन् । वैदेशिक रोजगारमा काम गर्दै आएका पन्तलगायतको सात जनाको टोलीले शनिबार छायाँनाथ रारा नगरपालिका–१३ लापु गाउँका ३४ विद्यार्थीलाई न्यानो कपडा, विद्यालयलाई हिल ट्याङ्की, फिल्टरलगायत २८ घरधुरीलाई कम्मल वितरण...
-
२०७६ कार्तिक २०, बुधबार
सामुदायिक घरवास सञ्चालनमा
मुगुको पूर्वी क्षेत्रमा पर्ने लामा समुदायको बसोबास रहेको मुगुम कार्मारोङ गाँउपालिका–८ माङ्ग्रीगाँउमा स्थानीयवासीले सामुदायिक घरवास होमस्टे सञ्चालनमा ल्याएका छन् । सदरमुकाम गमगढीबाट पाँच घण्टा टाढा पर्ने माङ्ग्रीगाउँका १५७ घरधुरी लामा समुदाय बसोबास गर्छन् । पहिलो चरणमा करानी समुदाय संस्था केसीडेसीले २५ घरधुरीलाई घरवाससम्बन्धी तालीम उपलब्ध गराएपछि २५ घरधुरीले सामुदायिक घरवास सञ्चालनमा ल्याएका हुन्...
-
२०७६ कार्तिक २०, बुधबार
पर्यटकको आकर्षण बन्दै तारेभिर पोखरी
कलान्तरदेखि वर्षातको पानी सङ्कलन गरी वस्तुभाउसँगै कृषिमा उपयोग गर्दै आइएको यहाँको एक ऐतिहासिक पोखरी यतिखेर भने पर्यटकीय गन्तव्य बनेको छ । पर्यटकीय नगरी पोखराको वडा नं २२ पुम्दीभुम्दीस्थित तारेभिर पोखरी संरक्षण र आवश्यक भौतिक संरचना निर्माणसँगै यो आन्तरिक एवं बाह्य पर्यटकको पनि आकर्षण बनेको हो । स्थानीय ९२ वर्षीय जङ्गबहादुर गुरुङका अनुसार खानेपानीको समेत अभाव रहेको तत्कालीन अवस्थामा पशुपालन र खेत...
-
२०७६ कार्तिक २०, बुधबार
एकै ठाउँमा सात जातिका घर
विभिन्न जनजातिको रहनसहन र संस्कृतिबारे जानकारी दिन एकै ठाउँमा सात जातिका घर निर्माण गरिएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले आजदेखि गर्न लागेको तनहुँ सांस्कृतिक तथा पर्यटन महोत्सवस्थलमा विभिन्न सात जातिका घर निर्माण गरिएका हुन् । व्यास नगरपालिका–४ सिमलटारमा दरै, कुमाल, थारू, मगर, गुरुङ, बोटे र भुजेल जातिका घर निर्माण गरिएका परिषद्का अध्यक्ष बसुन्धरा घर्तीले जानकारी...
-
२०७६ कार्तिक २०, बुधबार
स्थायी लेखा नम्बर प्यान लिनेको सङ्ख्या बढ्दै
रुपन्देहीको बुटवलस्थित आन्तरिक राजस्व कार्यालयबाट व्यक्तिगत स्थायी लेखा नम्बर प्यान लिनेको सङ्ख्या बढ्दै गएको छ । अहिलेसम्म कूल ६० हजार ३५२ ले व्यक्तिगत स्थायी लेखा नम्बर प्यान लिएको सो कार्यालयले जनाएको छ । उक्त सङ्ख्यामध्ये चालू आर्थिक वर्षको २०७६÷०७७ को कात्तिक १५ गतेसम्म झण्डै सात महिनाको अवधिमा २८ हजार ६८४ ले व्यक्तिगत स्थायी लेखा नम्बर ९प्यान० लिएको आन्तरिक राजस्व कार्यालय, बुटवलका प्रमुख...
-
२०७६ कार्तिक २०, बुधबार
पैसठ्ठी किमीको भाडा दुई हजार पाँच सय
जिप व्यवसायीले मनोमानी भाडा असुल्न अझै रोकेका छैनन् । कर्णाली करिडोरअन्तर्गत पर्ने जिल्लाको पिलुचौरदेखि कालिकोटको जितेगडासम्मको ६५ किलोमिटर बाटोमा रु दुई हजार ५०० सम्म भाडा लिने गरेका छन् । महङ्गो भाडा जिपमै तिर्नु यात्रुका लागि बाध्यता जस्तै छ । जिप प्रयोग गर्नुपर्ने बाध्यताले भनेअनुसार भाडा तिर्नुपरेको यात्रुको दुखेसो छ । उक्त बाटोमा एक यात्रुबाट रु दुई हजार ५०० सम्म भाडा असुली गर्ने गरेको...
-
२०७६ कार्तिक २०, बुधबार
सीमा अतिक्रमणकोे विरोधमा नेमकिपाद्वारा प्रदर्शन
नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्साको विरोध गर्दै नेपाल मजदूर किसान पार्टीले विरोध ¥याली प्रदर्शन गरेको छ । नेमकिपाले आज भक्तपुरको कमलबिनायकबाट शुरु गरेको विरोध ¥याली भक्तपुर नगर क्षेत्रको विभिन्नस्थान परिक्रमा गरी सूर्यविनायक चोकमा पुगेर विरोधसभामा परिणत भएको थियो । लामो समयदेखि नेपाली सीमाबारे विवाद जारी रहेको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई भारतले आफ्नो देशको नक्सामा राखेर...
-
२०७६ कार्तिक १९, मंगलबार
अलपत्र अवस्थामा वृद्ध जिटी
खरले छाएको पाली, एउटा सानो घर त्यही घरको पिँढीमा ढाकाटोपी, आस्कोट र कछाडको पहिरनमा एक्लै टोलाइरहनुभएका एक वृद्धलाई देखेपछि त्यहाँ पुग्ने जोकोहीको मनमा एउटा नरमाइलोपनले अर्कै अनुभूति हुन्छ । गल्याङ नगरपालिका–९ गेजाका ८० वर्षीय देवीलाल जिटीलाई देख्दाको दृश्य हो यो । उमेरले डाँडा काटिसक्यो, यो बुढ्यौलीको उमेरमा आफन्तको माया, ममता र स्याहारसुसारको आवश्यकता पर्ने बेलामा उहाँलाई आफन्तकै सम्झनाले...
-
२०७६ कार्तिक १९, मंगलबार
प्रसाईँ स् चार पटक जेल जीवन
प्रदेश नं ३ का लागि प्रदेश प्रमुखमा नियुक्त हुनुभएका विष्णु प्रसाईँ कम्युनिष्ट आन्दोलनका पुराना नेता हुनुहुन्छ । उहाँ विसं २०२७ यता भएका बिभिन्न आन्दोलनका क्रममा चार पटक जेल पर्नुका साथै लामो समय निर्वासित हुनुभएको थियो । झापाको मेचीनगर–११ निवासी विसं २०१० साउन २१ गते तेह्रथुमको आठराइमा जन्मनुभएका उहाँ १७ वर्षको कलिलै उमेरमा कम्युनिष्ट राजनीतिमा लाग्नुभएको थियो । झापा आन्दोलनमा सक्रिय उहाँ...
-
२०७६ कार्तिक १९, मंगलबार
प्रहरीका सात भवन निर्माणाधीन
जिल्लामा एकैसाथ सात ठाउँमा प्रहरी भवन निर्माण भइरहेका छन् । जिल्ला प्रहरी कार्यालयको आवासगृह, इलाका प्रहरी कार्यालय ऐसेलुखर्क, मात्तिमबिर्ता, प्रहरी चौकी देवीस्थान, रतन्छा, च्यास्मिटार र बुइपाको कार्यालय भवन निर्माणाधीन अवस्थामा छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता आमोदकुमार खेरवारका अनुसार जिल्ला प्रहरी कार्यालयको आवासगृह ४८ प्रतिशत, इलाका प्रहरी कार्यालय ऐसेलुखर्क ६५...
-
२०७६ कार्तिक १९, मंगलबार
राष्ट्रपतिबाट नवनियुक्त प्रदेश प्रमुखलाई शपथ
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित विशेष समारोहमा उहाँले नवनियुक्त प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ प्रदेश नं १, तिलक परियार प्रदेश नं २, विष्णुप्रसाद प्रसाई प्रदेश नं ३, अमिक शेरचन गण्डकी प्रदेश, धर्मनाथ यादव प्रदेश नं ५, गोविन्दप्रसाद कलौनी कर्णाली प्रदेश र शर्मिलाकुमारी पन्त सुदूरपश्चिम...
-
२०७६ कार्तिक १९, मंगलबार
सुदूरपश्चिमका पहाडी जिल्लामा जात्राको रौनक
ठूला चाड दशैँ, तिहार सकिएसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक छाएको छ । कात्तिक शुक्ल पक्षमा सुदूरपश्चिमका पहाडी जिल्ला अछाम, बझाङ, डडेल्धुरा, बैतडी, बाजुरा, दार्चुला तथा डोटीमा रहेका शक्तिपिठ तथा मन्दिरमा जात्रा लाग्ने भएकाले जात्राको रौनक छाएको केआइसिंह गाउँपालिकाका स्थानीय तथा पुजारी जयराज जोशीले बताउनुभयो । कात्तिक शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म यहाँका विभिन्न शक्तिपिठ तथा...


