राष्ट्रिय
-
२०७६ कार्तिक १९, मंगलबार
निर्माणाधीन सडकमा दुर्घटना बढे
लामो समयदेखि निर्माणाधीन रहेको विराटनगर–धरान सडकको निर्माणकार्य समयमै सम्पन्न नहुँदा सडक दुर्घटनामा वृद्धि भएको पाइएको छ । छ लेनको सो सडकका बीच–बीचमा रहेका खाल्डाखुल्डी छन् भने यो बाटो निर्माण शुरु भएको लगभग छ वर्ष भइसकेको छ । सडकमा सवारी चाप बढ्नु र बाटो नबन्नु सवारी दुर्घटना प्रमुख कारण रहको जिल्ला प्रहरी कार्यालयको भनाइ छ । सोमबार मात्रै सो सडकमा बुबा आँखाका डाक्टर र छोरी स्टाफ नर्स सवार...
-
२०७६ कार्तिक १९, मंगलबार
अलपत्र अवस्थामा वृद्ध जिटी
खरले छाएको पाली, एउटा सानो घर त्यही घरको पिँढीमा ढाकाटोपी, आस्कोट र कछाडको पहिरनमा एक्लै टोलाइरहनुभएका एक वृद्धलाई देखेपछि त्यहाँ पुग्ने जोकोहीको मनमा एउटा नरमाइलोपनले अर्कै अनुभूति हुन्छ । गल्याङ नगरपालिका–९ गेजाका ८० वर्षीय देवीलाल जिटीलाई देख्दाको दृश्य हो यो । उमेरले डाँडा काटिसक्यो, यो बुढ्यौलीको उमेरमा आफन्तको माया, ममता र स्याहारसुसारको आवश्यकता पर्ने बेलामा उहाँलाई आफन्तकै सम्झनाले...
-
२०७६ कार्तिक १९, मंगलबार
प्रसाईँ स् चार पटक जेल जीवन
प्रदेश नं ३ का लागि प्रदेश प्रमुखमा नियुक्त हुनुभएका विष्णु प्रसाईँ कम्युनिष्ट आन्दोलनका पुराना नेता हुनुहुन्छ । उहाँ विसं २०२७ यता भएका बिभिन्न आन्दोलनका क्रममा चार पटक जेल पर्नुका साथै लामो समय निर्वासित हुनुभएको थियो । झापाको मेचीनगर–११ निवासी विसं २०१० साउन २१ गते तेह्रथुमको आठराइमा जन्मनुभएका उहाँ १७ वर्षको कलिलै उमेरमा कम्युनिष्ट राजनीतिमा लाग्नुभएको थियो । झापा आन्दोलनमा सक्रिय उहाँ...
-
२०७६ कार्तिक १९, मंगलबार
प्रहरीका सात भवन निर्माणाधीन
जिल्लामा एकैसाथ सात ठाउँमा प्रहरी भवन निर्माण भइरहेका छन् । जिल्ला प्रहरी कार्यालयको आवासगृह, इलाका प्रहरी कार्यालय ऐसेलुखर्क, मात्तिमबिर्ता, प्रहरी चौकी देवीस्थान, रतन्छा, च्यास्मिटार र बुइपाको कार्यालय भवन निर्माणाधीन अवस्थामा छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता आमोदकुमार खेरवारका अनुसार जिल्ला प्रहरी कार्यालयको आवासगृह ४८ प्रतिशत, इलाका प्रहरी कार्यालय ऐसेलुखर्क ६५...
-
२०७६ कार्तिक १८, सोमबार
सत्तारुढ समाजवादी र राप्रपाद्वारा कास्की २ मा उम्मेदवार चयन
कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले उम्मेदवार चयन गरेका छन् । सत्तारुढ दल समाजवादीले पार्टीका प्रदेश कमिटीका सदस्य इञ्जिनीयर धर्मराज गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको सो पार्टीका कास्की जिल्ला अध्यक्ष गिरीप्रसाद गुरुङले जानकारी दिनुभयो । उम्मेदवार गुरुङ भूतपूर्व सैनिकसमेत हुन् ।...
-
२०७६ कार्तिक १८, सोमबार
सडक बालबालिको उद्धारमा तीव्रता
सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा अनाथ बालबालिको संरक्षण र व्यवस्थापन गर्न सडक बालबालिको उद्धार र व्यवस्थापनलाई तीव्रता दिने भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिकासम्बन्धी गुरुयोजनाअनुसार व्यावहारिक रुपमै बालश्रम अन्त्य गर्न प्राथमिकताका साथ काम गर्दै आएको छ । बाल विवाह अन्त्य गर्नाका साथै तिनको बेचबिखन, यौनशोषण तथा दुव्र्यवहार अन्त्यका लागि आवश्यक सबै कार्य गर्ने...
-
२०७६ कार्तिक १८, सोमबार
वडाध्यक्ष घर्ती नेकपामा प्रवेश
ढोरपाटन नगरपालिका–३ का वडाध्यक्ष हेमेन्द्र घर्ती सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० मा प्रवेश गर्नुभएको छ । घर्ती देशभक्त जनगणतान्त्रिक मोर्चाबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । घर्तीसहित मोर्चाका नेता, कार्यकर्ता पार्टी परित्याग गरी आइतबार नेकपामा प्रवेश गरेको नेकपा बागलुङका सचिव ज्ञामनाथ गैरेले जानकारी दिनुभयो । पार्टी प्रवेश गर्नेमा मोर्चाको गण्डकी प्रदेश समितिका कोषाध्यक्ष एवं...
-
२०७६ कार्तिक १८, सोमबार
बेलायती संसद्मा नेपाल भ्रमण वर्षको प्रचार गरिँदै
बेलायती संसद्मा नेपाल भ्रमण वर्ष २०२० अभियानको प्रवद्र्धन गरिने भएको छ । बेलायतस्थित हाउस अफ लर्ड्स बेलायतको माथिल्लो सदनमा भ्रमण वर्षको प्रचार प्रसार गर्न लागिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ । बेलायतको हाउस अफ लर्ड्समा भ्रमण वर्ष घोषणाका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई बेलायत पुगिसक्नुभएको छ । मन्त्री भट्टराईसँगै भ्रमण वर्ष सचिवालय र नेपाल पर्यटन बोर्डका...
-
२०७६ कार्तिक १८, सोमबार
रक्त सञ्चार केन्द्र स्थापना
नवलपरासी पूर्व नवलपुरको कावासोतीमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ । नेपाल रेडक्रस उपशाखा कावासोतीले जिल्लामानै पहिलोपटक उपचारको समयमा रगतको अभाव नहोस् भन्ने उद्देश्यले रक्त सञ्चार केन्द्र स्थापना गरेको हो । ‘हिल्फे बेलिङ्ग्रिस इ भि जर्मनी’को रु ४६ लाखको सहयोगमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको उपशाखाका सभापति बेदप्रसाद न्यौपानेले बताउनुभयो । २०० पोका रगत सङ्कलन गर्न सकिने गरी ‘डि’ समूहको...
-
२०७६ कार्तिक १८, सोमबार
पेट्रोलियम पदार्थ अन्वेषणको काम तीव्र
नेपाल सरकार र चीन सरकारसँग भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको सम्भावना भएको दैलेखको शिरिस्थान, नाभिस्थानलगायत क्षेत्रमा अन्वेषणको काम तीव्र पारिएको छ । चीनको अन्वेषण टोली तथा अन्य कामदारका लागि यहाँ क्याम्प निर्माण गरिएको छ । डुगेश्वर गाउँपालिका–१ चुप्राबजार नजीक क्याम्प निर्माण भएसँगै सामान ल्याउने क्रम अघि बढेको छ । पहिलो चरणमा सर्वेको काम हुनेछ । सदरमुकाममा सर्वेका लागि कार्यालय स्थापना...
-
२०७६ कार्तिक १८, सोमबार
जाजरकोटका सबै टावर निर्माण गर्ने सहमति
तोकिएको मितिमा नेपाल टेलिकमका टावर निर्माण नगर्ने भारतीय एम एस आस्टर कम्पनीका अधिकारी र जनप्रतिनिधिबीच माघ मसान्तभित्र निर्माण सम्पन्न गर्ने सहमति भएको छ । सात वटा स्थानीय तहका सरकार प्रमुख, जाजरकोट क का प्रदेशसभा सदस्य गणेशप्रसाद सिंह, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल, प्रहरी नायब उपरीक्षक श्याम खत्री, सशस्त्र प्रहरी बलका डिएसपी योग्य बस्नेतको रोहवरमा...
-
२०७६ कार्तिक १८, सोमबार
न्याय सम्पादनका लागि वडा वडामा संयोजक चयन
स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले न्याय सम्पादनका लागि वडा÷वडामा संयोजक चयन कार्यान्वयन प्रक्रियाको थालनी गरेको छ । न्याय सम्पादनमा जिल्लाकै उत्कृष्ट एवं नमूनायोग्य कार्य गर्दै आएको न्यायिक समितिले न्याय सम्पादनमा अझ सहजता ल्याउनका लागि प्रत्येक वडामा संयोजक तोकिएको नगर उपप्रमुख एव न्यायिक समिति संयोजक कल्पना तिवारीले बताउनुभयो । नगरपालिकाका १४ वटै वडामा...


