STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ कार्तिक १९, मंगलबार

    देशमा शान्ति र स्थिरता सुदृढ बन्दै गएको छ ः गृहमन्त्री थापा

    गृहमन्त्री रामबहादुर थापाले हिंसात्मक गतिविधि गरेर देशलाई फेरि पृथकतातर्फ धकेल्ने र अस्थिरता कायम गर्ने प्रयासलाई सरकारले समाधान गर्न सफल भएको बताउनुभएको छ । गृहमन्त्रालय र प्रदेश नंंंं। ५, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा बुटवलमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उहाँले मुलुकको शान्ति र स्थिरता सुदृढ बन्दै गएको तथा देशलाई अस्थिरता र विघटनतर्फ धकेल्ने कतिपय समस्याको मूलरुपमा समाधान...

  • २०७६ कार्तिक १९, मंगलबार

    सुरुङमार्ग समृद्धिका लागि कोशेढुङ्गा

    सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो आधुनिक रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सडक यातायातमै कोशेढुङ्गा साबित हुने भएको छ । सुरुङमार्ग मात्र नभइ सो स्थानमा ‘फ्लाई ओभर’ पनि बन्ने भएकाले सो संरचना इतिहासमा पहिलो बन्ने भएको छ । दुई सुरुङ र एउटा ‘फ्लाई ओभर’ बन्ने उक्त सुरुङमार्गले सडकमा जाम हटाउने मात्र नभइ नेपालकै समृद्धिमा विशेष योगदान गर्नसक्ने देखिएको छ । जापान...

  • २०७६ कार्तिक १९, मंगलबार

    प्रदुषणको असर मानसिक रोग देखि मुटुरोग सम्म, मर्निङ वाक नजान विज्ञको सुझाव

    काठमाडौं लगायत देशका विभिन्न स्थानहरुमा वायु प्रदूषणले खतराको तह पार गरिसकेको छ । काठमाडौंको रत्नपार्क लयायत सौराहा, नेपालगञ्ज लगायतका स्थानमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डको तह पार भएको हो । चिसो मौसममा गर्मीको समयमाभन्दा धेरै वायु प्रदूषण हुने भएकाले जानकारहरु प्रदूषणबाट जोगिन आफैंले सतर्कता अपनाउनु पर्ने बताउँछन् । प्रदूषण धेरै हुने समयमा सकेसम्म बाहिर धेरै नहिँड्ने, मास्कको प्रयोग...

  • २०७६ कार्तिक १९, मंगलबार

    विकटमा टिकटको सास्ती

    हुम्लाका नागरिकलाई जिल्ला बाहिर जान जहाजले उडान नगर्दा टिकट पाउन समस्या भएको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले उडान कम गरेका छन् । नेपालगञ्जबाट उडान गर्दै आएको सीता एयरलाइन्सले एक हप्तादेखि र समिट एयरलाइन्सले दुई दिनदेखि उडान बन्द गरेको छ । तारा एयरलाइन्सले दैनिक एक उडान गर्दै आए पनि कोठाबाट नै टिकट बुक गर्ने गरेको विमानस्थल पुगेका यात्रुले गुनासो...

  • २०७६ कार्तिक १९, मंगलबार

    बालश्रम रोकथाम चुनौतिपूर्ण

    बालश्रम न्यूनीकरणका लागि बाँके जिल्लामा अनुगमन संयन्त्र प्रभावकारी हुन नसकेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । जिल्लामा पछिल्लो समय बालश्रमिकहरु दैनिक रुपमा बढ्दै गइरहेका छन् । आर्थिक स्थिति कमजोर भएका परिवारका बालबालिकाहरु विभिन्न व्यवसायिक प्रयोजनका लागि बालश्रमिकका रुपमा काम गर्दै आएका छन् । बालअधिकारका क्षेत्रमा काम गर्ने धेरै सङ्घसंस्थाहरु भएपनि उनीहरुको उचित विकल्पसहित व्यवस्थापन...

  • २०७६ कार्तिक १९, मंगलबार

    शिक्षकदेखि प्रदेश प्रमुखसम्म प्यासी

    कास्कीका कम्युनिष्ट नेता सोमनाथ अधिकारी ९प्यासी० प्रदेश नं १ को प्रदेश प्रमुखमा नियुक्त हुनुभएको छ । नेपालको वामपन्थी आन्दोलनमा लामो समय सङ्घर्ष गर्नुभएका प्यासी शिक्षक हुँदै प्रदेश प्रमुखसम्मको जिम्मेवारीमा पुग्नुभएको हो । विसं २०१८ मा पोखराको विन्ध्यवासिनी माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्दाखेरी बालसङ्गठनको सभापति चुनिनुभएका प्यासी त्यसयताको झण्डै छ दशकको सङ्घर्षपछि प्रदेश प्रमुखमा नियुक्त...

  • २०७६ कार्तिक १९, मंगलबार

    राष्ट्रपतिसमक्ष आयोगको प्रतिवेदन पेश

    राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले ६० आँै वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीलाई उहाँले आर्थिक वर्ष २०७५÷०७६ को प्रतिवेदन पेश गर्नुभएको हो । संवैधानिक व्यवस्थाअनुसार आयोगले हरेक वर्ष आफूले सम्पादन गरेका कामको प्रगति विवरण राष्ट्रपतिसमक्ष पेश गर्ने गरेको छ । सो अवसरमा आयोगका...

  • २०७६ कार्तिक १९, मंगलबार

    कालीगण्डकी करिडोरको फलेवास–अर्मादीखण्ड अलपत्र

    जिल्लाको ‘लाइफलाइन’ मानिएको कालीगण्डकी करिडोरको फलेवासदेखि अर्मादीसम्मको काम लामो समयदेखि अलपत्र परेको छ । दुई वर्षअघि नै ट्र्याक खुलिसक्नुपर्ने सडक अलपत्र परेपछि कालोपत्र गर्ने कार्यसमेत पछि धकेलिने भएको छ । निर्माणको काम गर्ने जिम्मा लिएको सूर्य कन्स्ट्रक्सन कम्पनीले काम अलपत्र छाडेर हिँडेको छ । विसं २०७३ असार २२ मा सम्झौता भई २०७५ जेठ २१ मा सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि सडकको जिम्मा लिएको...

  • २०७६ कार्तिक १९, मंगलबार

    कात्तिक नाचको पाँचौं दिन महामूर्ख नाटक मञ्चन

    ललितपुरको लोक प्रसिद्ध परम्परागत तथा ऐतिहासिक ३७९ वर्ष पुरानो कात्तिक नाचको आज पाँचौं दिन बाथःप्याखँ महामूर्ख नाटक मञ्चन भएको छ । पाटनको मङ्गलबजारस्थित चार नारायण मन्दिर अगाडि कात्तिक डबलीमा साँझ ७ बजेदेखि कात्तिक नाच हुँदै आएको छ । सो नाचको पाचाँै दिन आज बाथःप्याखँ महामूर्ख नृत्य वा नाटकको संवाद मञ्चन गरिएको कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण प्रधानले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “...

  • २०७६ कार्तिक १९, मंगलबार

    चुनावी गतिविधि बढ्यो

    आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको मिति नजिकिँदै गर्दा कास्कीमा चुनावी गतिविधि बढेको छ । प्रतिनिधिसभाका लागि कास्की निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि निर्वाचन हुनलागेको हो । चुनाव नजिकिँदै गर्दा यतिखेर यहाँका सार्वजनिक चोक तथा चिया पसलमा आगामी निर्वाचनमा...

  • २०७६ कार्तिक १९, मंगलबार

    जङ्गली जनावरबाट हुने क्षतिले कृषक चिन्तित

    जङ्गली जनावरले खेतीबाली नष्ट गरेपछि जिल्लाको सोताङ गाउँपालिका–१ का कृषकले क्षतिपूर्तिको माग गरेका छन् । साविक पावै–९ का हुलु, कुवापानी क्षेत्रमा किसानले लगाएको अन्नबाली जङ्गली जनवारले नष्ट गरेको भन्दै राहतको मागसहित वडा कार्यालयमा निवेदन दिएका छन् । जङ्गलबाट आएका बाँदर, दुम्सी, घोरल र मृगले धान, मकै, कोदो, फापर, केरालगायतका बाली सखाप पारेको कृषक मेगबहादुर राईले गुनासो गर्नुभयो । आम्दानीको मुख्य...

  • २०७६ कार्तिक १९, मंगलबार

    इँटा उद्योग वातावरणमैत्री बनाउन आग्रह

    पाँचखाल नगरपालिकाले मापदण्डविपरीतका इँटा उद्योग यथास्थितिमिा सञ्चालन नगर्न व्ययसायीलाई पत्राचार गरेको छ । नगरपालिकाले उद्योगीलाई पत्राचार गरी इँटाभट्टा व्यवस्थित गरी वातावरणमैत्री बनाउन आग्रह गरेको हो । इँटा उद्योग मापदण्ड तथा नगरपालिकाद्वारा निर्माण वातावरण ऐनअनुसार उद्योग सञ्चालन गर्न उद्योगीलाई पत्राचार गरेको नगरप्रमुख महेश खरेलले बताउनुभयो । “पाँचखालमा मापदण्डविपरीतका इँटा उद्योग यथास्थितिमा...

Pages