STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ कार्तिक ३, आइतबार

    किजा पूजाका लागि बिदा दिन प्रम सकारात्मक

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेवाः समुदायको भाइटीका किजा पूजाका लागि यही कात्तिक १३ मा बिदा दिन आफू सकारात्मक रहेको जनाउनुभएको छ । पञ्चाङ्ग निर्णायक समितिको सिफारिसमा सरकारले कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिने निर्णय गरेका सङ्घीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश नं ३ का सांसद डा अजयक्रान्ति शाक्य, राजेश शाक्यलगायतको टोलीले आज प्रधानमन्त्री ओलीलाई उक्त दिन पनि बिदा दिन आग्रह गरेको थियो ।...

  • २०७६ कार्तिक २, शनिबार

    असी प्रतिशत सकियो दरबार हाइस्कूल पुनःनिर्माण

    निर्धारित समयमै काम सक्ने गरी रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कूल भानु माध्यमिक विद्यालयको पुनःनिर्माण काम ८० प्रतिशत सकिएको छ । चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको यस भवनको ठेक्का चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले लिएको छ । तोकिएको समयमै सक्ने गरी चीन र नेपालका गरी दैनिक १०० कामदारले काम गरिरहेका छन् । निर्माणको कामअन्तर्गत अहिले रङ्गरोगनको कम भइरहेको छ । आगामी माघ महीनासम्ममा...

  • २०७६ कार्तिक २, शनिबार

    म्यान्माबाट नेपाललाई बुद्धका ३० मूर्ति

    यङ्गोनस्थित सितागु अन्तरराष्ट्रिय बौद्ध प्रतिष्ठानले नेपाललाई गौतम बुद्धका धातुका विभिन्न ३० मूर्ति प्रदान गरेको छ । प्रतिष्ठानका संस्थापक सितागु सायदले राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्र शाक्यमार्फत बुद्धका विभिन्न मुद्राका मूर्ति हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले लुम्बिनीको विकासमा...

  • २०७६ कार्तिक २, शनिबार

    वाग्मती सफाइ अभियान जारी

    उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान प्रत्येक हप्ता शनिबारझैँ आज पनि जारी रह्यो । वाग्मती सफाइ महाअभियानको ३३६औँ हप्तामा त्रिपुरेश्वर पुलमुनिको नदी क्षेत्रमा सफाइ गरियो । पन्ध्र संस्थाका ३०० भन्दा बढी अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले जानकारी दिनुभयो । सफाइमा अधिकारसम्पन्न वाग्मती...

  • २०७६ कार्तिक २, शनिबार

    यी हुन् एनआरएनएका बाचा

    सरकारले अभियानको रूपमा अगाडि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई साकार पार्ने तथा नेपाल भ्रमण वर्ष २०२० वर्षलाई सफल बनाउनेलगायत १२ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० को नवौँ विश्व नेपाली सम्मेलन सम्पन्न भएको छ । एनआरएनएले नेपालको समृद्धिका निम्ति ठूला आयोजनामा नेपाल लगानी बोर्डसँग सहकार्य गरी सहजकर्ताको भूमिका निर्वाह गर्ने र सम्बन्धित देशका...

  • २०७६ कार्तिक २, शनिबार

    राष्ट्रपतिबाट स्वतन्त्रत सेनानी आङ सन सङ्ग्रहालय अवलोकन

    राष्ट्रपति विद्यादेवी भण्डारीले यङ्गोनास्थित बोग्योक आङ सन सङ्ग्रहालयको आज अवलोकन गर्नुभएको छ । म्यान्माका राजनीतिज्ञ तथा क्रान्तिकारी नेता सनको घरमा रहेको सङ्ग्रहालयमा उहाँका शयन कक्ष, भोजन कक्ष, अध्यययन कक्ष तथा अन्य तस्वीरहरु राखिएका छन् । स्वतन्त्रता सेनानी सन म्यान्माका वर्तमान स्टेट काउन्सिलर आङ सान सु चीका पिता हुनुहुन्छ । सङ्ग्रहालमा राष्ट्रपति र प्रतिनिनिधिमण्डललाई यङ्गोन क्षेत्र सरकार र...

  • २०७६ कार्तिक २, शनिबार

    १११ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

    चन्द्रागिरि नगरपालिका–१२ बलम्बुस्थित देःपखा भित्रका १११ घर÷जग्गाको धनी प्रमाणपत्र पूर्जा वितरण गरिएको छ । विसं २०२१ सालमा गरिएको नापीका क्रममा छुटेका बलम्बु गाउँ ब्लक एरियामा रहेका घर जग्गाको चारकिल्ला छुट्टयाइ सम्बन्धित जग्गा धनीलाई नगरपालिकाको पहलमा धनीपूर्जा वितरण गरिएको हो । नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख घनश्याम गिरी, नापी कार्यालयका प्रमुख सुरेश जोशी, वडा अध्यक्ष प्रकाश...

  • २०७६ कार्तिक २, शनिबार

    प्रदेश सरकारकै लगानीमा हेटौँडा–काठमाडौँ सुरुङमार्ग

    बहुचर्चित हेटौँडा–काठमाडौँ सुरुङमार्ग प्रदेश नं ३ सरकार आफैँले निर्माण गर्ने भएको छ । प्रदेश सरकारले हेटौँडा काठमाडौँलाई सुरुङमार्गमार्फत जोड्ने तयारीलाई तीव्र पारेको छ । सुरुङमार्गलाई प्रदेश सरकारले आफ्नो पहिलो नीति तथा कार्यक्रममा नै गौैरवको आयोजनाको रुपमा अगाडि सारेको भए पनि निजी कम्पनीको केन्द्र सरकारसँगको सम्झौता अवधि बाँकी नै रहेका कारण पहिलो वर्ष प्रदेशले उक्त मार्ग निर्माण गर्ने आधार...

  • २०७६ कार्तिक १, शुक्रबार

    व्यासभूमिमा हिन्दू महामिलन पर्व

    वेदव्यासको जन्मभूमि दमौलीलाई विश्वमाझ चिनाउने उद्देश्यले व्यास गुफा क्षेत्रमा विश्व ओमकार तथा हिन्दू महामिलन पर्व आजदेखि शुरु भएको छ । वेद अनुयायी प्रतिष्ठान नेपालको आयोजनामा शुरु भएको महामिलन पर्व कात्तिक मसान्तसम्म चल्नेछ । महामिलन पर्वको उद्घाटन गर्दै अनन्त श्रीविभुषित शन्त महाराजजीले सनातन हिन्दू धर्ममाथि सङ्कट आइपरेको बताउँदै धर्म बचाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले धर्म...

  • २०७६ कार्तिक १, शुक्रबार

    दैनिक सत्तरीभन्दा बढी कन्टेनर केरूङतर्फ

    नेपाली बजारमा खपत हुने सामान आयातका लागि केरूङ जाने ट्रक कन्टेनरको सङ्ख्या दिनानुदिन बढ्न थालेको छ । जिल्ला प्रहरी प्रमुख भाज्ञेन्द्रपुरूष ढकालका अनुसार बडादशँै समाप्तीसँगै सामान लिनका लागि दैनिक ७० र ८० वटा ट्रक कन्टेनर रसुवागढी नाकाको मितेरी पुलबाट केरूङतर्फ प्रस्थान भइरहेको छ । वर्षायाम समाप्तिसँगै पहिरो जाने समस्या हल भएकाले चिनियाँ सामग्री लिन जाने आउने सवारी साधन गुडाउन सहज हँुदै गएको...

  • २०७६ कार्तिक १, शुक्रबार

    एनआरएनए को अध्यक्षमा कुमार पन्तको विजयी

    १ कात्तिक, काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनए को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । संघको नयाँ कार्यकालका लागि बिहीबार भएको निर्वाचनमा आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई परास्त गर्दै पन्त विजयी बनेका हुन् । मतगणना सकिए पनि मतपरिणाम भने औपचारिक रूपमा घोषणा हुन बाँकी छ । गोरखा फुजेलका स्थायीबासिन्दा पन्त सन् सन् १९९९ देखि जर्मनीमा व्यवसायरत् छन् । पन्त यसअघि एनआरएनएको दुई कार्यकाल...

  • २०७६ कार्तिक १, शुक्रबार

    राष्ट्रपति भण्डारी जापानी सम्राटको शुभराज्याभिषेकमा भाग लिन जानु हुने

    राष्ट्रपति विद्यादेवी भण्डारीले जापानी सम्राट नारुहितोको शुभराज्याभिषेकको अवसरमा आयोजना हुने समारोहमा भाग लिन जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा यही कात्तिक ३ गतेदेखि ५ गतेसम्म जापानको औपचारिक भ्रमण गर्नुहुने भएको छ । परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा राष्ट्रपति भण्डारी म्यानमाको राजकीय भ्रमण सम्पन्न गरी त्यहाँबाट टोकियो प्रस्थान गर्नुहुने उल्लेख गरिएको छ । राष्ट्रपति भण्डारीले...

Pages