राष्ट्रिय
-
२०७६ कार्तिक १, शुक्रबार
तिहारको सुरक्षा ः जीत–हारको उद्देश्यले खेलिने खेलप्रति कठोर नीति
नेपालीहरुको दोस्रो ठूलो चाड तिहारमा जीत–हारको उद्देश्य राखेर खेलिने खेल नियन्त्रणमा सुरक्षा निकायले कठोर नीति अपनाएको छ । चाडबाड केन्द्रित विशेष सुरक्षा योजनालाई थप कडाइका साथ लागू गर्दै प्रहरीले तिहारमा खेलिने जुवातास, लङ्गुरबुर्जालगायतका गतिविधिले समाजमा विकृति फैलने, आर्थिक विचलन हुने र समाजमा आपराधिक क्रियाकलापलाई बढावा दिने भएकाले यस्ता गतिविधि नियन्त्रणमा सुक्ष्म निगरानी थालेको जनाएको छ ।...
-
२०७६ कार्तिक १, शुक्रबार
आपराधिक क्रियाकलाप संलग्न ‘बाघे’ पक्राउ
नेपाल प्रहरीले आपराधिक क्रियाकलापमा संलग्न ‘बाघे’ भनिने सन्देश लामालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न लामालाई आज दिँउसो पक्राउ गरेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका लामालाई स्वयम्भूबाट पक्राउ गरिएको जानकारी दिनुभयो । महाशाखाको टोलीले पक्राउ गरिएका लामालाई पत्रकार...
-
२०७६ कार्तिक १, शुक्रबार
सञ्चालक समिति चयन
दिक्तेल बहुमुखी क्याम्पसको नयाँ सञ्चालक समिति गठन गरिएको छ । विसं २०३७ असोज १२ गते स्थापना भएको उक्त क्याम्पसको बिहीबार सम्पन्न तेस्रो क्याम्पससभाबाट देवीप्रसाद रिजालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा दुर्गाजयन्ती राई, सदस्यमा कुमार आचार्य, बीणादेवी राई, टङ्क थापा, सुमानबाबु आचार्य, ललितकुमार राई, रामचन्द्र राई र झुलेन्द्र विश्वकर्मा सर्वसम्मत चयन भएका छन् ।...
-
२०७६ कार्तिक १, शुक्रबार
देशको प्रतिष्ठा बढाउने गरी प्रस्तुत हुनोस्– उपप्रधानमन्त्री पोखरेल
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र नेपालीको गौरव र प्रतिष्ठा बढाउने ढङ्गबाट अनुशासित र मर्यादित भएर प्रतियोगितामा प्रस्तुत हुन खेलाडीलाई निर्देशन दिनुभएको छ । सातौँ विश्व सैनिक खेलकूद प्रतियोगितामा भाग लिन यहाँ आइपुग्नुभएका उपपप्रधानमन्त्री पोखरेलले खेलाडीले गर्ने व्यवहारले देश र सङ्गठनको छवि झल्कने भएकाले अनुशासित भई ज्ञानलाई कुशलतापूर्वक प्रयोग गर्न सुझाव दिनुभयो ।...
-
२०७६ कार्तिक १, शुक्रबार
अबको समृद्धि सुदूरपश्चिमतिर केन्द्रित हुनुपर्ने ः अध्यक्ष ‘प्रचण्ड’
नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको समृद्धि सुदूरपश्चिमतिर केन्द्रित हुनुपर्ने बताउनुभएको छ । आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले सुदूरपश्चिम प्रदेश विगतमा पनि पछाडि परेकाले अब विकास निर्माणको काम यतातिर बढी केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष प्रचण्डले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएर निर्वाचनपछि विकास र...
-
२०७६ कार्तिक १, शुक्रबार
पोखरीमा गोही फेला
सार्वजनिक पोखरीमा माछा मानेक्रममा बिहीबार सप्तरीको पूर्वी भेगको एउटा गाउँमा गोही फेला परेको छ । हनुमाननगर कंकालिनी नगरपालिका–८ स्थित जोगीनियाँमा सार्वजनिक पोखरीमा माझीले माछा मार्ने क्रममा अन्दाजी छ÷सात किलोको गोही भट्टाएका हुन् । गोही जालमा परेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय हनुमाननगरबाट गएको प्रहरी टोलीले गोही समातेर जिल्ला वन डिभिजन कार्यालयलाई बुझाएको छ ।...
-
२०७६ कार्तिक १, शुक्रबार
पत्रकार बोहोरालाई उपचार खर्चको अभाव
आर्थिक अभावका कारण पत्रकार अर्जुन बोहोराको उपचार प्रभावित भएको छ । मस्तिष्कघातका कारण गम्भीर बिरामी भई काठमाडौँ, बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत उहाँलाई खर्चको अभाव भएको हो । उहाँ यही असोज ११ गतेदेखि बिरामी हुनुभएको थियो । बोल्न र हिँडडुल गर्न नसक्ने भएपछि बेहोस अवस्थामै आइतबार काठमाडौँ लगिएको हो । सिमकोट गाउँपालिका– २ का २९ वर्षीय बोहराको पारिवारको आर्थिक अवस्थासमेत नाजुक छ । उहाँको...
-
२०७६ कार्तिक १, शुक्रबार
बाला नलागेपछि हरियो धान काट्दै किसान
धानमा बाला नलागेपछि चितवनका किसानले हरियो बोट काट्न थालेका छन् । धानमा बाला लाग्ने समय सकिँदासम्म पनि गरिमा जातको धानमा बाला नलागेपछि उनीहरुले हरियो बोट नै काट्न थालेका हुन् । जिल्लामा अन्य जातका धान लगाउने किसान भने पाकेको धान काट्नमा व्यस्त छन् । लामो समय प्रतिक्षा गर्दा पनि धानमा बाला नलागेपछि बाध्य भएर हरियो बोट काट्नुपरेको पूर्वी चितवन खैरहनी–११ पिद्रहनीका कृष्ण लामाले बताउनुभयो । उहाँले...
-
२०७६ कार्तिक १, शुक्रबार
अस्पताल गएर प्रसूति गराउने बढ्दै
दाङको तुलसीपुर उपमहानगरपालिकाले शुरु गरेको सुत्केरी भत्ताले प्रसूति गराउनेको सङ्ख्यामा वृद्धि भएको छ । तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख डा गोकर्ण दाहालका अनुसार उपमहानगरपालिकाले बनाएको मापदण्डअनुसार गर्भवती भएदेखि स्वास्थ्य संस्थामा गएर गराउनुपर्ने नियमित जाँचका प्रक्रिया पूरा गरेपछि सुत्केरी भत्ता दिने गरिएको छ । अहिले सरकारी स्वास्थ्य संस्थाले रु एक हजार ८०० र उपमहानगरपालिकाले...
-
२०७६ कार्तिक १, शुक्रबार
तातोपानीमा स्नान गर्नेको घुइँचो
अन्नपूर्ण गाउँपालिका–२ स्थित भुरुङ तातोपानी कुण्डमा स्नान गर्नेको घुइँचो लागेको छ । बेनी–जोमसोम सडकअन्तर्गत कालीगण्डकी नदीको किनारमा प्राकृतिकरूपमा निस्कने तातोपानीको ताल र धारामा स्नान गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ । चिसो बढेसँगै मुस्ताङ जाने–आउने पर्यटक तातोपानी कुण्डमा स्नान गर्न आउन थालेको कुण्डका व्यवस्थापक बाबुराम गर्बुजाले बताउनुभयो । उहाँका अनुसार हाल दैनिक ५०० भन्दा...
-
२०७६ कार्तिक १, शुक्रबार
मजारमा शौचालय अभाव
हिन्दू र मुस्लिम समुदायको आस्थाको धरोहरको रूपमा रहेको मजारमा शौचालय अभाव रहेको छ । यहाँ नेपाली मात्र होइनन् भारतीय नागरिकसमेत दर्शनका लागि आउने गरेका छन् । मजारका पुजारी नजिर मोहम्मदका अनुसार सरकारले उत्कृष्ट १०० नयाँ पर्यटकीय गन्तव्यको सूचीमा राखेको मजारमा भौतिक पूर्वाधार अभावका कारण पूजापाठ गर्न आउने पर्यटकले सास्ती भोग्नुपरेको छ । यहाँ आउने पर्यटक जङ्गलमा शौच गर्न बाध्य छन् । नेपालगञ्जबाट आठ...
-
२०७६ कार्तिक १, शुक्रबार
गोदावरीमा करियापुत्री भवन
गोदावरी नगरपालिका–३ साविकको गोदावरीमा तीनवटा किरियापुत्री भवन निर्माण गरिएको छ । सागरमा गएका मलामीलाई रात–बिहान घामपानी र जीवजन्तुको आक्रमणबाट जोगाउने उद्देश्यले नगरपालिका, वडा र स्थानीय गुठीको संयुक्त पहलमा सो भवन निर्माण गरिएको हो । साविकको गोदावरी क्षेत्रमा पर्ने कोटार, लेलिनथोक र पौँडोलमा एक÷एक भवन निर्माण गरिएको वडाध्यक्ष बालमुकुन्द घिमिरेले जानकारी दिनुभयो । कोटारमा रु आठ लाखमा भवन निर्माण...


