राष्ट्रिय
-
२०७६ जेठ ३०, बिहिबार
थाइले बनाइदिएको भवन विद्यालयलाई हस्तान्तरण
थाइल्याण्डका एक नागरिकले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित सावित्रा माविमा पक्की भवन निर्माण गरिदिनुभएको छ । थाइ नागरिक मास्टर वान्चाइ रौइ एरीको रु ४० लाख लगानीमा चारकोठे दुईतले पक्की भवन निर्माण गरिएको हो । एरीको लगानीमा निर्माण गरिएको विद्यालय भवन बुधबार नेपालका लागि थाइल्याण्डका राजदूत भाकवत टान्स्कुलले औपचारिकरूपमा उद्घाटन गर्नुभएको छ । नवनिर्मित भवनका लागि आवश्यक...
-
२०७६ जेठ ३०, बिहिबार
गुठी विधेयकको बचाऊ र विरोध प्रतिनिधिसभामा
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सत्तापक्षका सांसदले गुठी विधेयकको बचाऊ र विपक्षले विरोध जनाउनुभएको छ । नेपालमा राज गुठी, सार्वजनिक गुठी र निजी निजी गुठी रहेकामा ती गुठीका जमीनलाई व्यवस्थापन गर्न राष्ट्रियसभामा केही दिन पहिले सो विधेयक दर्ता गरिएको थियो । विशेष समयमा सत्तापक्षका सांसदले विधेयक संविधानको धारा २९० बमोजिम आएको सो विधेयकमा जमीनको मालिक गुठी संस्थान नभई जनतालाई बनाउन...
-
२०७६ जेठ ३०, बिहिबार
सगरमाथा नाप्ने कार्कीलाई सम्मान
नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरीबी मन्त्रालयअन्तर्गतको नापी विभागले पहिलोपटक गर्न लागेको सगरमाथाको उचाइ मापन सफलतापूर्वक सहभागी भई फर्किनुभएका मापन टोलीका एक सदस्य रविन कार्कीलाई गृहजिल्लामा सम्मान गरिएको छ । नापी विभागले पठाएको चार जनाको टोलीमध्ये कार्की सगरमाथाको चुचुरोमै पुग्ने दुईमध्येका एक हुन् । नेपालले पहिलोपटक सगरमाथाको उचाइ मापनमा सफलतापूर्वकरूपमा जिम्मेवारी पूरा गर्नुभएको...
-
२०७६ जेठ ३०, बिहिबार
बोयर जातका बाख्रा पालनप्रति बढ्दो आकर्षण
बाख्रापालक किसानहरुको आय आर्जनमा अभिवृद्धि गर्ने तथा पशुजन्य खाद्य पौष्टिक पदार्थको पहुँच र उपलब्धतामा सुधार ल्याउने उद्देश्यले जिल्लाको जोरायल गाउँपालिका–२ रुपसकाडामा “बोयर बाख्रा स्रोत केन्द्र स्थापना” गरिएको छ । ग्लोबल एग्रिकल्चर एण्ड फुड सेक्यूरीटी कार्यक्रमको सहयोगमा डिभिजन पशु सेवा कार्यालय सिलगढी, कृषि तथा खाद्य सुरक्षा आयोजनाअन्तर्गत सो स्रोत केन्द्र स्थापना गरिएको हो । विश्व कृषि तथा...
-
२०७६ जेठ ३०, बिहिबार
जनता पाटनमा, विकास निर्माणका काम अलपत्र
स्थानीयवासी डोल्पाका विभिन्न पाटनमा पाइने यार्सागुम्बा सङ्कलनका लागि गएपछि जाजरकोट र डोल्पाका गाउँमा विकास निर्माणको काम ठप्प भएको छ । विकासे कामदेखि विद्यालयमा पढाइसमेत प्रभावित हुँदै समस्या भएको स्थानीय तहले बताएका छन् । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र अन्य सामुदायिक वनले डोल्पामा जेठ १३ देखि असार २५ सम्मका लागि जिल्लाका पाटनमा यार्सा सङ्कलन खुला गरेको छ । स्थानीय बासिन्दा यार्साको खोजीमा...
-
२०७६ जेठ ३०, बिहिबार
शिक्षिका नै जाँदैनन् महिनावारीमा विद्यालय
जिल्ला सदरमुकाम मार्तडीदेखि नजीकै रहेकोे जनप्रकाश आधारभूत विद्यालयका शिक्षिकाहरु महिनावारी भएका बेला विद्यालय नजाने गरेको पाइएकोे छ । विद्यालय नजीकै रतुडा देवताको मन्दिर रहेकाले महिनावारी भएको समयमा देउता लाग्ने डरले शिक्षिकाहरु विद्यालय नजाने गरेको जयबहादुर ऐडीले बताउनुभयो । ऐडीका अनुसार पुराना पुस्ताका बूढापाकाले यो कुरालाई प्रोत्साहित गरे पनि युवाहरुले यसको समयसमयमा विरोध गरेपनि स्वयम्...
-
२०७६ जेठ ३०, बिहिबार
धवलागिरि आधार शिविर जाने पदमार्ग निर्माण
म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ ८,१६७ मिटर अग्लो धवलागिरि हिमालको आधार शिविर जाने पदमार्ग निर्माण गरिएको छ । भीर र जङ्गलको जोखिमपूर्ण पदमार्गलाई फराकिलो बनाएर पूर्वाधार निर्माण गरिएको हो । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु ५० लाख बजेटबाट नाउराभीरदेखि सल्लाघारीसम्म पदमार्ग मर्मत गरिएको छ । सो खण्डको नौ किलोमिटर ४०० मिटर अप्ठ्यारो...
-
२०७६ जेठ ३०, बिहिबार
स्वाथ्यचौकीमा ३६ प्रकारका औषधि सहयोग
सधैँ औषधि अभाव हुने हिमाली जिल्ला हुम्लाको ठेहे स्वास्थ्य चौकीमा विकासका लागि साझा मञ्च सिएफडी नेपाल नामक संस्थाले औषधि सहयोग गरेको छ । सिमकोट गाउँपालिका–२ मा रहेको ठेहे स्वास्थ्य चौकीमा औषधि अभाव हुन नदिनका लागि ३६ प्रकारका औषधि सहयोग गरेको मञ्चका जिल्ला कार्यक्रम संयोजक शौरभ लामाले जानकारी दिनुभयो । वडा २ मा रहेको ठेहे स्वास्थ्य चौकीमा साविक वडा १ देखि ६ सम्मका करीब पाँच सय घरधुरीले उपचार...
-
२०७६ जेठ ३०, बिहिबार
नेकपाको शपथग्रहण सम्पन्न
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा डोटीका जिल्ला कमिटी सदस्यको आज शपथग्रहण सम्पन्न भएको छ । पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी इञ्चार्ज भीम रावलले १३५ जिल्ला कमिटी सदस्यलाई शपथग्रहण गराउनुभएको हो । शपथग्रहण गर्नेमा पूर्वएमालेबाट ८१ तथा पूर्वमाओवादी केन्द्रबाट ५४ जिल्ला कमिटी सदस्य छन् । उहाँहरुले पद तथा गोपनीयताको शपथग्रहण गर्दै आगामी दिनमा पार्टीका नियमित क्रियाकलापमा कटिबद्ध भएर लाग्ने...
-
२०७६ जेठ ३०, बिहिबार
गौतमबुद्ध विमानस्थलमा सौर्य ऊर्जामार्फत विद्युत् उत्पादन गर्ने
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य उर्जामार्फत १० मेघावाट विद्युत् उत्पादन गर्ने गरी छलफल अगाडि बढाइएको छ । विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार एशियाली विकास बैंक ९एडिबी० को अनुदानमा सौर्य ऊर्जा जडान गरिने भएको हो । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन गौतमबुद्ध विमानस्थललाई प्रदूषणरहित विमानस्थलको रुपमा विकास गर्ने गरी नेपालमै पहिलो प्रयोगको थालनीका...
-
२०७६ जेठ ३०, बिहिबार
प्रविधिमैत्री सेवामा जोड दिनुपर्छः प्रहरी नायब महानिरीक्षक अधिकारी
प्रदेश नं ५ का प्रहरी प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीले रामपुर नगरपालिका–३ स्थित प्रहरी चौकी केलादीको नवनिर्मित कार्यालय भवनको बुधबार उद्घाटन गर्नुभएको छ । नेपाल प्रहरीको भौतिक पूर्वाधार निर्माणअन्तर्गत रु एक करोड आठ लाख ३५ हजार ९१६ को लागतमा निर्माण भएको उक्त दुईतले भवनमा भान्साघर, बाथरुम र शौचालयसहित प्रतिक्षालय, पार्किङस्थल र गार्डपोष्ट पनि निर्माण भएको छ । सो अवसरमा...
-
२०७६ जेठ ३०, बिहिबार
अपाङ्गता भएका व्यक्तिलाई बाख्रा र बङ्गुर वितरण
कैलालीको जानकी गाउँपालिका–८ अपाङ्गता भएका व्यक्तिलाई बाख्रा तथा बङ्गुर वितरण गरिएको छ । चालू आर्थिक वर्षमा सामाजिक विकास कार्यक्रमअन्तर्गत अपाङ्गता भएका व्यक्तिका लागि विनियोजित रकमबाट उनीहरुलाई बाख्रा र बङ्गुर वितरण गरिएको हो । अपाङ्गता भएका मानिसलाई व्यवसायतर्फ आकर्षित गर्न बाख्रा र बङ्गुर वितरण गरिएको वडा नं ८ का वडाध्यक्ष डम्बरबहादुर थारूले बताउनुभयो । “अपाङ्गता भएका व्यक्ति केही गर्न...


