राष्ट्रिय
-
२०७६ जेठ ३०, बिहिबार
नेकपाको शपथग्रहण सम्पन्न
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा डोटीका जिल्ला कमिटी सदस्यको आज शपथग्रहण सम्पन्न भएको छ । पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी इञ्चार्ज भीम रावलले १३५ जिल्ला कमिटी सदस्यलाई शपथग्रहण गराउनुभएको हो । शपथग्रहण गर्नेमा पूर्वएमालेबाट ८१ तथा पूर्वमाओवादी केन्द्रबाट ५४ जिल्ला कमिटी सदस्य छन् । उहाँहरुले पद तथा गोपनीयताको शपथग्रहण गर्दै आगामी दिनमा पार्टीका नियमित क्रियाकलापमा कटिबद्ध भएर लाग्ने...
-
२०७६ जेठ ३०, बिहिबार
गौतमबुद्ध विमानस्थलमा सौर्य ऊर्जामार्फत विद्युत् उत्पादन गर्ने
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य उर्जामार्फत १० मेघावाट विद्युत् उत्पादन गर्ने गरी छलफल अगाडि बढाइएको छ । विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार एशियाली विकास बैंक ९एडिबी० को अनुदानमा सौर्य ऊर्जा जडान गरिने भएको हो । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन गौतमबुद्ध विमानस्थललाई प्रदूषणरहित विमानस्थलको रुपमा विकास गर्ने गरी नेपालमै पहिलो प्रयोगको थालनीका...
-
२०७६ जेठ ३०, बिहिबार
प्रविधिमैत्री सेवामा जोड दिनुपर्छः प्रहरी नायब महानिरीक्षक अधिकारी
प्रदेश नं ५ का प्रहरी प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीले रामपुर नगरपालिका–३ स्थित प्रहरी चौकी केलादीको नवनिर्मित कार्यालय भवनको बुधबार उद्घाटन गर्नुभएको छ । नेपाल प्रहरीको भौतिक पूर्वाधार निर्माणअन्तर्गत रु एक करोड आठ लाख ३५ हजार ९१६ को लागतमा निर्माण भएको उक्त दुईतले भवनमा भान्साघर, बाथरुम र शौचालयसहित प्रतिक्षालय, पार्किङस्थल र गार्डपोष्ट पनि निर्माण भएको छ । सो अवसरमा...
-
२०७६ जेठ ३०, बिहिबार
अपाङ्गता भएका व्यक्तिलाई बाख्रा र बङ्गुर वितरण
कैलालीको जानकी गाउँपालिका–८ अपाङ्गता भएका व्यक्तिलाई बाख्रा तथा बङ्गुर वितरण गरिएको छ । चालू आर्थिक वर्षमा सामाजिक विकास कार्यक्रमअन्तर्गत अपाङ्गता भएका व्यक्तिका लागि विनियोजित रकमबाट उनीहरुलाई बाख्रा र बङ्गुर वितरण गरिएको हो । अपाङ्गता भएका मानिसलाई व्यवसायतर्फ आकर्षित गर्न बाख्रा र बङ्गुर वितरण गरिएको वडा नं ८ का वडाध्यक्ष डम्बरबहादुर थारूले बताउनुभयो । “अपाङ्गता भएका व्यक्ति केही गर्न...
-
२०७६ जेठ ३०, बिहिबार
गुठी विधेयकले निजी गुठीलाई समाप्त पार्ने
गुठीसम्बन्धी कानूनलाई एकीकरण तथा संशोधन गर्न बनेको विधेयक–२०७५ ले निजी गुठीलाई समाप्त पार्ने आज यहाँ आयोजित एक कार्यक्रमका वक्ताहरुले विचार व्यक्त गरेका छन् । स्वर्गद्वारी आश्रम, नेपाल विद्वत परिषद्, हिन्दू जागरण अभियानलगायतका संस्थाले आज यहाँ पत्रकार सम्मेलन गरी संसद्मा पेश भएको गुठीसम्बन्धी विधेयकले गुठीहरूको समस्या समाधान गर्ने नाममा गुठी सम्पदा र सनातन संस्कृतिलाई नियन्त्रण गरी प्राचीन र...
-
२०७६ जेठ ३०, बिहिबार
क्याम्पसमा छात्रावासको शिलान्यास
धौलागिरिको एक मात्र आङ्गिक क्याम्पस धौलागिरि बहुमुखी क्याम्पस बागलुङले निर्माण गर्न लागेको सुविधा सम्पन्न छात्रावास भवनको आज एक कार्यक्रमको आयोजना गरी शिलान्यास गरिएको छ । साविक धौलागिरि अञ्चलका छात्राहरुलाई क्याम्पस अध्ययनका लागि आवासीय सुविधा प्रदान गर्ने उद्देश्यले निर्माण गर्न थालिएको छात्रावास भवनको त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाले शिलान्याश गर्नुभएको हो । क्याम्पसले हाल...
-
२०७६ जेठ २८, मंगलबार
नसकिने भयो दिपायल विमानस्थलको काम
डोटीको दिपायल विमानस्थलको कालोपत्रको काम तोकिएको समयमा सम्पन्न हुनसकेको छैन । सँगै काम शुरु गरिएको अछामको साँफेबगर विमानस्थलको निर्माणकार्य सम्पन्न भएर परीक्षण उडान भइसक्दासमेत दिपायल विमानस्थलको निर्माणकार्य भने अझै अधुरो छ । विसं २०५८ बाट बन्द भएको यो विमानस्थल पुनःसञ्चालनका लागि काम शुरु भएको थियो । तर दोस्रोपटक म्याद थप भएको समयमा पनि कालोपत्रको काम भने नसकिने अवस्था देखिएपछि स्थानीय...
-
२०७६ जेठ २८, मंगलबार
खप्तडमा गङ्गादशहरा मेला शुरु
सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा प्रत्येक वर्ष जेठमा लाग्ने गङ्गादशहरा मेला शुरु भएको छ । उक्त मेला भर्नका लागि खप्तड क्षेत्रमा स्वदेशी तथा विदेशी हजारौँ तीर्थालु तथा पर्यटकहरु पुगेको खप्तड मेलामा पुग्नुभएका उद्योग वाणिज्य सङ्घ डोटीका महासचिव दीपकबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “खप्तडमा मेला भर्न पर्यटक तथा तीर्थालुहरु हजारौँको सङ्ख्यामा पुगेका छन्, निकै रमाइलो भएको छ ।”...
-
२०७६ जेठ २८, मंगलबार
कर्णालीमा कृषकको पहिचान गर्न माग
कर्णालीका कृषकले वास्तविक कृषकको पहिचान गर्नुपर्ने माग गरेका छन् । कृषक समूह महासङ्घ नेपाल र इन्सेक कर्णाली प्रदेश कार्यालयले सुर्खेतमा आयोजना गरेको कृषिका सवाल पहिचान र समधानमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा सहभागी कृषकले प्रदेश सरकारले वास्तविक कृषक पहिचान गरी परिचयपत्र उपलब्ध गराउन माग गरेका हुन् । बजेटमार्फत किसानको पहिचान, वर्गीकरण, परिचय–पत्र वितरण र सामाजिक सुरक्षा ९पेन्सन० को...
-
२०७६ जेठ २८, मंगलबार
चलचित्र ‘अधुरो’ एक दृश्य पाठशाला
एक दर्जन बढी सुर्खेती युवाको प्रयासमा सामाजिक कुरीतिले समाज विकासमा पार्ने प्रभावलाई चलचित्र ‘अधुरो’ पर्दामा उतारिएको छ । पुस्ता मिडिया प्रालिको ब्यानरमा यसको गीत र ‘ट्रिजर’ सोमबार सुर्खेतका वरिष्ठ कलाकार प्रेमदेव गिरी र वरिष्ठ नृत्य निर्देशक कुलमान नेपालीले संयुक्तरुपमा सार्वजनिक गर्नुभयो । सार्वजनिक कार्यक्रममा वरिष्ठ कलाकार गिरीले नेपालको चलचित्र इतिहासबारे जानकारी गराउँदै नवयुवापुस्ताले...
-
२०७६ जेठ २८, मंगलबार
विज्ञापन रद्द गर्ने निर्देशनको विरोधमा परीक्षार्थी सडकमा
प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहमा विभिन्न पदका लागि लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन रद्द गर्न दिएको निर्देशनविरुद्ध आज विरोध जनाइएको छ । लोकसेवाको परीक्षाका लागि तयारी गरिरहेका परीक्षार्थीले माइतीघरमण्डलदेखि नयाँ बानेश्वरसम्म विभिन्न नारा लगाउँदै प्रदर्शन गरेका हुन् । उक्त समितिले गरेको निर्णयविरुद्ध लोकसेवा तयारी तदर्थ सङ्घर्ष समितिले बिहान १० देखि १२ बजेसम्म...
-
२०७६ जेठ २८, मंगलबार
सदरमुकाममा खानेपानी समस्या
सुख्खा मौसमसँगै पाल्पा सदरमुकाम तानसेनमा खानेपानीको समस्या देखिन थालेको छ । तानसेन बजारभित्रका अधिकांश ढुङ्गेधारा, खानेपानीका मुहान सुकेका छन् । अहिले तानसेनवासीलाई पानीको जोहो कसरी गर्ने भन्ने समस्याले पिरोलिएको छ । गर्मीयाम बढेसँगै दिन प्रतिदिन खानेपानीको समस्या विकराल बन्दै गएको छ । तानसेनमा अहिले एक हप्तादेखि पन्ध्र दिनमा एक पटक धारामा पानी आउने गरेको स्थानीवासीको गुनासो छ । बालबालिकालाई...


