अन्तर्राष्ट्रिय
-
२०७७ आषाढ १८, बिहिबार
पाक सेनाको लेफ्टिनेन्ट जनरलमा पहिलोपटक महिला नियुक्त
एजेन्सी : पाकिस्तानी सेनाले एक महिला अधिकृतलाई पहिलो लेफ्टिनेन्ट जनरलको रुपमा नियुक्त गरेको छ । मंगलबार मेजर जनरल निगर जोहर लेफ्टिनेन्ट जनरलको रुपमा नियुक्त भएकी हुन् । पाकिस्तानी सेनाको इतिहासमै उनी पहिलो तीन तारे जनरल बनेकी छन् । सेनामा सर्जनको रुपमा रहेकी निगर सेनाबाट नै दीक्षित बनेकी थिइन् । लेफ्टिनेन्ट जनरलमा पदोन्नती हुने उनी पहिलो महिला अधिकृत हुन् । पाकिस्तानी सेनाको एक अधिकृत पहिलो...
-
२०७७ आषाढ १५, सोमबार
स्वीकृति विना कोरोनाकाे 'औषधि' सार्वजनिक गरेपछि रामदेवविरुद्ध मुद्दा
एजेन्सी : भारतमा सरकारको स्वीकृति विना नै कोभिड १९ को औषधि भन्दै आयुर्वेदिक औषधि सार्वजनिक गरेकोमा भारतीय योग गुरु रामदेवविरुद्ध मुद्दा दर्ता भएको छ । राजस्थान प्रहरीमा रामदेवविरुद्ध यही शनिबार मुद्दा दर्ता भएको उच्च अधिकारीले जानकारी दिएका छन् । रामदेवसँगै आचार्य बालकृष्ण, बिएस तोमर, तोमरका छोरा अनुराग तोमर र वरिष्ठ वैज्ञानिक अनुराग भर्सनेमाथि पनि मुद्दा दायर भएको छ । हरिद्धारस्थित पतञ्जली...
-
२०७७ आषाढ १२, शुक्रबार
मेक्सिकोमा भूकम्पबाट मृत्यु हुनेको संख्या सात पुग्यो
मध्य अमेरिकी राष्ट्र मेक्सिकोमा मंगलबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या सात पुगेको बताइएको छ । मेक्सिकोको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार ७.५ म्याग्नीच्यूडको भूकम्प गएको थियो । उक्त शक्तिशाली भूकम्पबाट जनधनको ठूलो क्षति भएको प्रारम्भिक रुपमा खुलेको बताइएको छ । बुधबार मेक्सिको सरकारले सो भूकम्पबाट कम्तीमा पनि सात जनाको निधन भएको बताइएको छ । बुधबार दिइएको प्रारम्भिक...
-
२०७७ आषाढ १२, शुक्रबार
रुसी राष्ट्रपति पुटिन सन् २०३६ सम्म शक्तिमा रहन पाउने
मस्को : रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल लम्याउनेगरी जनमत आएको छ । झण्डै एक हप्ता लामो मतदानपछि बिहीबार सार्वजनिक भएको नतिजा अनुसार राष्ट्रपति पुटिन आगामी सन् २०३६ सम्म शक्तिमै रहन पाउनुहुने भएको छ । पुटिनलाई लामो समयसम्म शक्तिमा राख्नेगरी बनाइएको नयाँ संवैधानिक व्यवस्थाको पक्षमा ठूलो मत परेको हो । नयाँ मतादेशले संविधान संशोधनको प्रस्तावलाई अनुमोदन गरेकाले रुसको संविधानमा केही संशोधन...
-
२०७७ आषाढ १२, शुक्रबार
मार्चदेखि बन्द आइफेल टाबर खुल्यो
पेरिस – कोरोनाभाइरस महामारीका कारण मार्चदेखि बन्द रहेको आइफेल टाबर १०४ दिनपछि पहिलोपटक बिहीबारदेखि पुनः खोलिएको छ । विश्वभरका पर्यटकका लागि आश्चर्य र प्रमुख आकर्षणका रुपमा रहेको आइफेल टाबर अझै केही समय पर्यटकका लागि खुला नगरिने जनाइएको छ । बिहीबार पत्रकार र फ्रान्सेली अधिकारीहरु सहित करिब ५० जनाले सिँढीबाट आइफेल टाबरको दोस्रो तलासम्म चढ्ने कार्यक्रम छ । सामाजिक दूरीका नियम पालना गर्नुपर्ने भएका...
-
२०७७ आषाढ १२, शुक्रबार
चट्याङ लागेर उत्तर प्रदेशमा एकैदिन २४ जनाको मृत्यु
एजेन्सी - भारतको उत्तर प्रदेश राज्यमा चट्याङ लागेर बिहीबार (एकैदिन) २४ जनाको मृत्यु भएको छ । भारी वर्षाका बीच परेको चट्याङका कारण २४ जनाको मृत्यु भएको र थुप्रै सर्वसाधारण घाइते भएका छन् । चट्याङ लागेर सयौं पशुपंक्षी समेत मरेका छन् । उत्तर प्रदेशका राहात आयुक्त सञ्जय गोयलले बीबीसीसँग भने– आज चट्याङ लागेर उत्तर प्रदेशमा २४ जनाको मृत्यु भएको छ । मर्नेहरुको सबैभन्दा बढी संख्या देवरिया जिल्लामा रहेको...
-
२०७७ आषाढ ९, मंगलबार
दक्षिण कोरिया र उत्तर कोरियाबीच तनाव बढ्दो
एजेन्सी - उत्तर कोरियाले सीमा क्षेत्रमा माइकिङ् गर्दै सन् २०१८ को शिखर सम्मेलनमार्फत् दक्षिण कोरियासँग सहमति गरिएका सहमतिलाई रद्द गरिएको जनाएको दक्षिण कोरियाली सैन्य अधिकारीले बताएका छन् । “उत्तर कोरियाले सीमा क्षेत्रका ‘सैन्य गतिविधि निषेधित’ कैयौँ स्थानमा ‘लाउडस्पिकर’ जडान गरी दक्षिण कोरिया विरोधी हल्लाहरू फैलाउने गरेको छ,” दक्षिण कोरियाली समाचार संस्था योन्हाप समाचार संस्थाले जोइन्ट चिफ अफ...
-
२०७७ आषाढ ९, मंगलबार
डब्लुएचओ प्रमुखको चेतावनी — महामारीलाई राजनीतिकरण नगर्नुस्
एजेन्सी - विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले महामारीलाई राजनीतिकरण नगर्न चेतावनी दिनुभएको छ । “विश्व नेताहरुले कोरोनाभाइरससँगै उत्पन्न महामारीलाई राजनीतिकरण गर्न पाउनुहुन्न, बरु एकताबद्ध भएर लड्नु पर्छ,” डब्लुएचओ प्रमुख टेड्रोस अधानोम गेबे्रयोसुसले सोमबार भन्नुभयो । उहाँले अझै पनि कोरोनाभाइरसको सङ्क्रमण उत्तिकै फैलिइरहेको र यसले गर्ने क्षतिमा कमी नभएको पनि उल्लेख गर्नुभएको छ ।...
-
२०७७ आषाढ ८, सोमबार
विश्वभरि २४ घण्टामा एक लाख ८३ हजार २० नयाँ संक्रमित फेला
एजेन्सी - विश्व स्वास्थ्य संगठनले २४ घण्टामा हालसम्मकै उच्च संख्यामा कोरोना संक्रमित फेला परेको जनाएको छ। संगठनले बितेका २४ घण्टामा एक लाख ८३ हजार २० नयाँ संक्रमित फेला परेको जनाएको छ। यसमा ६० प्रतिशत संक्रमित दक्षिण अमेरिकाबाट भएको उसको भनाइ छ। विश्वका थुप्रै मुलुकले लकडाउनलाई खुकुलो पार्दे गएको सन्दर्भमा यो तथ्यांक सार्वजनिक भएको हो। यसअघि जुन १८ मा सबैभन्दा धेरै संक्रमित फेला परेका थिए। सो दिन...
-
२०७७ आषाढ ७, आइतबार
जापानमा अर्थतन्त्र पुनः सुचारु
जापानमा कोरोनाभाइरसको खतराका कारण बन्द गरिएका आर्थिक गतिविधिहरुलाई पुनः सुचारु गर्न थालिएको छ । व्यापार व्यवसाय सञ्चालनका लागि सरकारी तवरबाट आग्रह गरिएको तर जबरजस्ती भने नगरिएको अधिकारीहरुले जनाएका छन् । रेस्टुरेन्टहरुलाई सकेसम्म धेरै सिटहरु कोठाभन्दा बाहिर बनाउन सुझाव दिएको पनि जनाइएको छ । कोरोनाभाइरसको जोखिम अझै पनि उत्तिकै रहेकाले जुन सुकै गतिविधि गर्दा पनि सामाजिक दुरी कायम गरेर मात्रै गर्न...
-
२०७७ आषाढ ३, बुधबार
कोरोना भाइरसबाट भारतमा एकैदिनमा दुई हजारको मृत्यु
असार ३ (रासस/एएनआई) - भारतमा २४ घण्टाभित्र कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको संख्या एक्कासी बढेको छ । अघिल्ला दिनहरुमा मृत्यु हुनेहरुको विवरण सयको संख्यामा आउने गरेकोमा बुधबार हजारको संख्यामा आएको छ । भारतका स्वास्थ्य अधिकारीहरुले बुधबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या २ हजार ३ रहेको छ । अघिल्लो दिन मङ्गलबार बिहान उक्त मन्त्रालयले दिएको...
-
२०७७ जेठ २१, बुधबार
कोरोना भाइरसबाट पाकिस्तानी मन्त्रीको मृत्यु
एजेन्सी- कोरोना भाइरस संक्रमणबाट पाकिस्तानमा एकजना मन्त्रीको मृत्यु भएको छ । पाकिस्तानको सिन्ध प्रान्तको मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको कोरोना संक्रमणबाट मंगलबार मृत्यु भएको हो । सिन्ध प्रान्तका शिक्षामन्त्री सइद गनीका अनुसार मुर्तुजालाई कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा राखिएको थियो र स्थिति गम्भीर हुँदै गएपछि अस्पताल भर्ना गरिएको थियो । मुर्तुजा बलोच पाकिस्तानको पिपुल्स...


