STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७७ श्रावण २६, सोमबार

    इन्द्रजात्राको साइत सार्वजनिक

    काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ । जात्राको लिङ्गो काट्न वन यात्रा जाने साइत भदौ ४ गते बिहान ११ः१५ बजे निस्किएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । रूख काट्ने साइत त्यसै दिन राति ९ः२५ बजे छ । काटिएको लिङ्गो नगर प्रवेश गराउन साइत भदौ १० गते बुधबार बिहान १०ः५५ बजे शुभ रहेको छ । लिङ्गो भोटाहिटीबाट भित्र प्रवेश...

  • २०७७ श्रावण २६, सोमबार

    सरकारकै समर्थनमा भए पनि जुलुस निषेध गरौँ – उपत्यका नगरपालिका फोरम

    विजयरत्न असंबरे – उपत्यका नगरपालिका फोरमको आज बसेको बैठकले उपत्यकामा समुदाय स्तरमा कोभिड—१९ को संक्रमण जान सक्ने जोखिमलाई ध्यानमा राखी सरकारको समर्थन वा विरोधमा र्याली, भेला, अनसन, जुलुुस लगायतका गतिविधि गर्न कडाईका साथ निषेध गरिनुपर्ने तथा भिडहुने साँस्कृतिक गतिविधि जात्रा पर्व सञ्चालनमा पनि रोक लगाउन पनि सरकार लाइ अनुरोध गरेको छ । आर्थिक गतिविधिलाई चलायमान गर्नका लागि लकडाउन खुकुलो बनाइएको र...

  • २०७७ श्रावण २५, आइतबार

    कीर्तिपुर नगरपालिकाको वडाहरु अवलोकन गर्दै नगरप्रमुख महर्जन

    विजयरत्न असंबरे शनिबार विदाको दिन भए पनि कीर्तिपुर नगरपालिकाका प्रमुख श्री रमेश महर्जन नगरका विकास निर्माण कार्यको निरीक्षण भ्रमणमा व्यस्त हुनुभयो । कीर्तिपुर नगरपालिका वडा नंं ७ पूरै अवलोकन गर्नु हुँदै सञ्चालन भैरहेको योजनाको जानकारी लिनु भयो भने सम्बन्धित स्थानमै बसेर आवश्यकतानुसार नयाँ योजना बनाउन थाल्नुभयो । नगर प्रमुख महर्जनले भाजंगल (नगाउँबासीहरूको मसानको माथितिर) हालै स्थापना गरेको...

  • २०७७ श्रावण २५, आइतबार

    कोरोनाको उच्च जोखिममा काठमाडौं उपत्यका

    काठमाडौँ – तराईका केही जिल्लासँगै काठमाडौँ उपत्यका कोभिड–१९ का हिसाबले उच्च जोखिममा परेको छ । काठमाडौँमा दैनिकजसो नै सङ्क्रमणदर बढ्दो रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बाहिरी जिल्लाबाट भित्रिएका मानिसमा सङ्क्रमण देखिएपछि उनीहरुमार्फत धेरैमा सङ्क्रमण हुन सहयोग गरेको छ । त्यसपछि आम जनमानसको प्रत्यक्ष सम्पर्क हुने सुरक्षाकर्मीमा सङ्क्रमण ह्वात्तै बढ्यो । विगतभन्दा अहिले मानिसले...

  • २०७७ श्रावण २४, शनिबार

    काठमाडाैंकाे हाडिगाउँ क्षेत्र सिल

    काठमाडौं – काठमाडाैंकाे हाडिगाउँ क्षेत्र सिल गरिएकाे छ । पुरानाे नेवार बस्ती हाडिगाउँकाे काेताल क्षेत्रमा ८ जना काेराेना संक्रमित भेटिएपछि साे क्षेत्र सिल गरिएकाे जनाइएकाे छ । काठमाडाै‌ं महानगरपालिका ५ वडामा पर्ने साे टाेलमा नेपाल प्रहरीका संक्रमितका परिवार रहेका छन् । संक्रमितकै कारण स्थानीय घरधनीहरुमा पनि संक्रमण देखिएकाे जनाइएकाे छ ।  

  • २०७७ श्रावण २४, शनिबार

    कीर्तिपुर नगरपालिका भवनमा मातृशिशुको स्वास्थ्य सुरक्षाको व्यवस्था

    विजयरत्न असंबरे • कीर्तिपुर नगरपालिका भवनमा मातृशिशुको स्वास्थ्य सुरक्षाको ध्यानमा राखेर स्तनपान कक्ष स्थापना गरेको छ । विश्व स्तनपान दिवसको उपलक्ष्यमा कीर्तिपुर नगरपालिका भवनमा शुक्रवार आयोजित कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले सो कक्षको उद्घाटन गर्नुभएको हो । विश्व स्तनपान सप्ताह यस वर्ष २०७७ साउन १७ गते देखि २३ गते (१–७ अगस्ट २०२०) सम्म विभिन्न कार्यक्रमहरू गरी मनाइएको छ...

  • २०७७ श्रावण २४, शनिबार

    पीसीआर भनेको औषधी होइन : कामनपा मेयर शाक्य

    विजयरत्न असंबरे • कोरोना संक्रमण बढिरहेको याे अवस्थामा हामी आफै सचेत नहुने हो भने सरकारले चाहेरे पनि कोरोना नियन्त्रण गर्न नसकिने कुरा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताउनु भएको छ । काठमाडौंको श्रीघःस्थित धर्मकीर्ति विहारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुुहुँदै उहाँले यस्ताे बताउनु भएको हाे । अहिले कोरोना फैलिएकोले पीसीआर परीक्षण व्यापक गर्नुपर्यो भनी आवाज उठिरहेकोमा पनि...

  • २०७७ श्रावण २४, शनिबार

    कोरोनाले पारेको प्रभावबारे ललितपुरमा बृहत चिन्तन्

    विजयरत्न असंबरे• विश्वव्यापि महामारीको रुपमा फैलिरहेको कोरोनाले काठमाण्डौं उपत्यकामा पारेको प्रभावबारे ललिपुरको मङ्गलबजारमा आयोजित एक कार्यक्रममा बृहत चिन्तन मनन् गरिएको छ । नेवाः ग्वाहालि पुचः हःखाःको आयोजनामा सम्पन्न सो कार्यक्रममा प्रमुख वक्ता सामाजिक अभियन्ता एवं विकासविज्ञ अनिल चित्रकारले मानिसहरुले प्रकृतिमाथि गरेको अतिक्रमणको परिणाम स्वरुप विभिन्न भाइरसको प्रकोप बढेको औंल्याउनु भएको थियो...

  • २०७७ श्रावण २३, शुक्रबार

    बागलुङमा नेवार समुदायका जात्रा स्थगन

    बागलुङ– कोरोना सङ्क्रमणको जोखिम हुन नदिन यहाँको नेवार समुदायमा प्रचलित जात्रा र नाचहरु स्थगन गरिएको छ । भदौरे जात्राअन्तर्गतका सबै नाच यस वर्ष नदेखाउने निर्णय भएको शाक्य कल्याण समाज बागलुङका सचिव मञ्जुल शाक्यले जानकारी दिनुभयो । “समाजको बैठक बसेर यस वर्ष जात्रा र नाच ननिकाल्ने निर्णय गर्र्यौँ”, उहाँले भन्नुभयो, “कोरोना महामारीका कारण उत्पन्न विषम स्थितिका कारण जात्रा रोक्नुपर्यो ।” नेवार...

  • २०७७ श्रावण २३, शुक्रबार

    विद्यालय सञ्चालन तयारी अन्योलमा

    काठमाडौँ – राजधानीको उत्तरपूर्वी भेगका स्थानीय तहले भदौ १ गतेदेखि शैक्षिक संस्था खोल्ने तयारी गरे पनि कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि अभिभावक बालबालिकालाई विद्यालय पठाउने नपठाउने द्विविधामा छन् । कागेश्वरी मनोहरा नगरपालिकाले साउन १ गतेदेखि नै नगर क्षेत्रका शैक्षिक संस्था खोल्ने तयारी गरेको थियो । यसका लागि असार १५ गतेदेखि विद्यार्थी भर्ना आह्वान गरेको थियो । साउनदेखि विद्यालय चलाउने वातावरण...

  • २०७७ श्रावण २३, शुक्रबार

    सङ्क्रमित बढ्न थालेपछि कोभिड–१९ अस्पतालमा शय्याको अभाव

    काठमाडौँ – उपत्यकामा दिनहुँ कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या बढेपछि कोभिड–१९ तोकिएका (डेडिकेटेड) अस्पतालमा चाप बढेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा सङ्क्रमितको भर्ना हुने सङ्ख्या बढिरहेको छ । बिहीबार मात्र उपत्यकामा ८७ जनामा सङ्क्रमण देखिएको थियो । अहिलेसम्म उपत्यकामा करिब ७०० मा सङ्क्रमण देखिएको छ । अस्पतालमा...

  • २०७७ श्रावण २३, शुक्रबार

    दुई पाङ्ग्रे सवारी साधनमार्फत यात्रु बोक्ने सेवाबारे अन्योल

    काठमाडौँ – दुई पाङ्ग्रे सवारी साधनमार्फत यात्रु बोक्ने सेवालाई कानूनको दायरामा ल्याउनेबारे अझै टुङ्गो लाग्न सकेको छैन । यातायात व्यवस्था ऐनमा नसमेटिएको यो सेवालाई न त कुनै व्यवस्थामा समेटिएको छ न त कारवाहीको दायरामा नै ल्याइएको छ । संशोधनका क्रममा रहेको सवारी तथा यातायात व्यवस्था ऐनमा सो व्यवस्था समेट्ने गरी छलफल भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सरोजकुमार प्रधानले...

Pages